खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा ( फोटो फिचर )

विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना

सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...

हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

Showing posts with label साहित्य/लेख रचना. Show all posts
Showing posts with label साहित्य/लेख रचना. Show all posts

Monday, October 10, 2016

विजया दशमीको पावन अवसरमा हार्दिक मगंलमय शुभकामना…


विजया दशमी २०७३ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति, सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं ।
जाँगर दिने जमरा आँट दिने अक्षता
घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता
शरद्को खुशियालि छाइरहोस, फुलिरहोस
महान चाड विजया दशमी २०७३ को पावन अवसरमा
हजुरलाइ हार्दिक मगंलमय शुभकामना…


सम्पादक: एम लाल बेलबासे
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार

Tuesday, April 12, 2016

नयाँ वर्ष २०७३ को हार्दीक मंगलमय सुभकामना

नमस्कार, सर्ब प्रथम त नयाँ बर्ष २०७३ ले हाम्रा सम्पुर्ण पाठक सुभचिन्तक साथै देश बिदेश मा छरिएर रहनु भएका समस्त महानुभाब हरुमा प्रगती उन्नती र सफल्ता को कामना गर्दै,खुशी उमंग का साथ हामीलाई साथदिनुहुने सम्पुर्ण पाठक हरुमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ !


नयाँ बर्ष को सुभकामना संगै नया जोश जागर का साथ हाम्रो यस नेटवर्कलाई अझ बढी प्रभावकारी बनाउन यहाँहरु सम्पुर्णलाई फेरी पनी गुल्मी दिगाम सेरोफेरो नेट्वर्कका तर्फबाट स्वागत गर्दछौ । देश विदेशमा रहनु भएका तपाईहरुको दुःख सुखका भावना संगै आफ्नै गाउठाउँका ताजा समाचारको साथमा बिबिध जानकारीहरु तपाईहरुलाई बाड्ने प्रयास गरेका छौ ।

सम्पूर्ण गुल्मीवासी लगायत नेपाल तथा नेपाल बाहिरा रहनु भएका नेपाली दाजुभाई ,दिदि बैनीहरूमा गुल्मी दिगाम सेरोफेरो नेट्वर्कको लागि तपाईहरूको सहयोग अपरिहार्य महसुस गरेका छौ। हाम्रो नेटवर्क लाई लोकप्रिय बनाउन आवश्यक लेख रचनाहरुमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। तपाईहरुको साथ र सुझाब,सल्लाह अनि प्रतिकृयाहरु निरन्तर पाईरहे हामी अबश्य पनि यस गुल्मी दिगाम सेरोफेरो नेट्वर्क लाई अझ उचाईमा पुर्याउने छौ ।

हाम्रा कमि कमजोरी र सुधारका लागि यहाँहरूको सदैव सहयोग पाउने अपेक्षा व्यक्त गर्दछौ । यदि तपाँईहरुका कुनै सामग्री पठाउनु परेमा तलको इमेल ठेगानामा पत्राचार गर्नुहोला । धन्यावाद.!

gulmidigam@gmail.com

:~ धन्यवाद :~
संपादक: यम लाल बेलबासे
तथा
गुल्मी दिगाम सेरोफेरो नेट्वर्क परिबार



Sunday, June 29, 2014

नेपाली भनेर गौरव गर्ने मन अब बेथिति बारे बोलौं

संगिता कुवँर गुल्मी हाल काठमाण्डौ
एक हप्ता अगाडी भारतीय टेलिभिजन जिटिभिको चर्चित कार्यक्रम डिआईडि लिलिट मास्टरको उपाधि जितेर हिजो नेपाल फकेर्की तेरीया फौजामगरको स्वागतमा बसेका नेपालीलाई देख्दा लाग्थ्यो साच्चिकै हामी धेरै कुरामा धनि छौ । उनलाई भब्य स्वागत संगै भृकुटी मण्डप नजिकै ल्याईपु¥याउदा म पनि आफैलाई गौरव गरीरहेकी थिए तेरीया माथि तर राजनितिक समचारबाट बितृष्णा भइरहेका दर्शक, स्रोता, पाठकलाई पनि यो गौरवले केही सान्त्वना थपिन्छ होला भन्ने अनुमान गरे । केही बर्ष पहिला इन्डीयन आइडल प्रशान्त तामाङको चर्चा भन्दा बढि चर्चा र स्याबासी पाएकी तेरीयाबाट केही सिक्नु जरुरी छ ।
ताकी त्यो शिक्षा राजनितिक दललाई मात्र होइन किसान, बिद्याथी, अभिभावक, गृहणी सबैका लागी तेरीयाको परिवार सिकाईको माध्यम बन्न सक्छ । त्यो सफलतामा प्रोत्साहन गर्ने तेरीयाका हजुरबुबा, छोरीलाई माया स्नेह र मेहनती बनाउन सिकाउने आमा, तेरीयाको अध्ययन नृत्य र आर्थिक पाटोमा साथ दिने बाबा र नेपाली भनेर गौरव गर्ने लाखौं दर्शक नभइदिएको भए के सफलता सम्भव थियो ? अब प्रश्न यहाँ छ । हाम्रो सिकाई पनि ग्रान्ड फाइनलको लाइभ हेरीरहदा तेरीयाको प्रस्तुती उनका बिदेशबाट आएका बाबा उनकी ममि नेपालीको हौसला देख्दा साच्चिकै खुसीका आशुँ पोख्खीरहेका थिए । नेपाली क्रिक्रेट टोलीलाई बिश्वकपमा पुरा¥यौ, तेरीया मगर, प्रशान्त तामाङलाई जितायौ, पुष्पा बस्नेत र अनुराधा कोइरालालाई सिएनएन हिरो बनायौ । उनिहरुलाई गरेका भोटले बिश्वमा चिनायो तर राजनितिक दललाई दुईपटक गरेको भोटको कुनै औचित्य छैन् । अब हाम्रो काम भोट दिने र नेपाली हुँ भनेर गौरव गर्ने मात्र होइन देशको राजनितीक बेतिथि बिरुद्ध पनि यसै गरी एकजुट भयौ भने नेपाललाई बनाउन सक्छौ । हामीमा धेरै सहने बानी छ । हामी गुनासो गर्छौ तर त्यसको समाधान बारे भने मौन छौ । एउटा युवा भनेर गौरव गरीरहदा के सधै पासपोर्ट  बनाउने लाइनमा र राजनितिक दलको बन्द हड्तालका लागी मात्र हो ? अब मुल्याङकल त्यसबाट हुन्छ युवा भएर देशको चिन्ता र चिन्तन गर्ने कि नगर्ने के गुनासो र एक अर्कालाई दोष लगाउदैमा हामी पन्छीने हो ? इतिहास हामी संग छ । सुरुवात गरौ राजनितिलाई घिनलाग्दो भनेर अरुलाई दोष दिनुभन्दा घिनलाग्दोलाई सफा बनाउन तपाई हामी बोल्नुपर्छ । जसले जहाँबाट जसरी सक्छौ समाधानको लागी प्रश्न गरौ राजनितिमा अब तपाईको पनि चासो चाहिन्छ ।

Monday, June 2, 2014

खरेलको दाबी प्रमाणित भो त, जेल जाने होइन ग्रिहमन्त्रीज्यू ?

हुन त वामदेवलाई कसले नैतिकता भएको भन्छ र ? उनैका पार्टीका नेता प्रदीप नेपालले राष्ट्रको एक नंबर भ्रस्टाचारी घोषणा गरेकै थिए । त्यति हुँदापनि वामदेव चुपचप सहेरै बसे, पचाए । आफैं गिहमन्त्री भएर ट्राफिक नियम उल्लंघन गर्दापनि उनले माफीसम्म मागेनन् । यस्ताको के नैतिकता हुने ? तर अब भने उनमा अलिकति मात्रैपनि नैतिकता छ भने राजिनामा दिनुपर्छ । किनभने नेपाल प्रहरीका डिआइजीहरुले एआइजीमा बढुवा हुनका लागि नेताहरुको घरमा पैसाको ब्रिफकेश बोकेर हिँड्छन् भनेर रमेश खरेलले दिएको दाबी अन्तत प्रमाणित भएको छ ।

रमेश खरेलले त बिरालाका घाँटीमा घण्टी बाँध्ने हिम्मत पो गरेका रहेछन् । हिजै नेपाल प्रहरीको एआइजी बढुवामा सिफारिस भएका पाँच जना डिआइजीहरुले आफूमाथि अन्याय भएको भन्दै लोकसेवा आयोग समिक्ष पुनरावलोकनका लागि उजुरी दिए । रमेश खरेलले भने झैं ‘नोट सहितको ब्रिफकेश दिने र ए आइ जीमा बढुवाको पद लिने काम भएको छ भन्दै लोकसेवा आयोगसित छानबिन गर्न उजुरी हाले । यसले के सिद्द गर्यो भने नोटको ब्रिफकेश सित ए आइ जी पद साटिएको रहेछ । रमेश खरेल एक्ला रहेनछन् । खरेलले हावाका तालमा, आबेग र आकोशमा, ग्रिहमन्त्री मन नपरेर बोलेका होइन रहेछन् ।

किनभने त्यो अभिव्यक्ति दिएपछि प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी रमेश खरेललाई कारवाही स्वरुप सरुवा गरेका थिए ग्रिह मन्त्रीले । त्यति मात्रै होइन उनमाथि थप कारवाहीकालागि प्रहरी प्रधान कार्यालयले डिआइजी विज्ञान शर्माको संयोजकत्वमा छानबीन समिति गठन गरेको थियो । त्यो समितिको मुख्य उद्देश्य रमेश खरेललाई थप कारवाही गर्ने थियो ।

डिआइजी नारायण बास्ताकोटी, गणेश राई, यादब अधिकारी, परशुराम खत्री र सुशीलवरसिंह थापाले बढुवामा आर्थिक चलखेल भएको छ । हामीमाथि अन्याय गरिएको छ पैसाको लेनदेन गरेर । त्यसैले त्यो नियमसम्मत भएन । छानबिन गरि पाऊँ, न्याय पाऊँ भन्दै लोकसेवा आयोगमा उजुरी हालेपछि वामदेवले फेरि भ्रस्टाचार गरेको सिद्द भएन र ? रमेश खरेल एक्ला रहेछन् त ब्रिफकेशभरि नोट बोकेर ए आइ जी पद साटेको पत्तो पाउने ? एमालेले भन्न सक्छ उजुरीकर्ता पाँचै जना डि आइ जीहरु एमाले बिरोधी, ग्रिहमन्त्री बिरोधी हुन् भनेर ?

अब रमेश खरेललाई दिएको मानसिक तनाब, यातना र कारवाही बिरुद्द सरकारले माफि माग्नु पर्छ । पहिले वामदेवलाई भ्रस्टाचारीका रुपमा जेल हाल्नु पर्छ । ग्रिहमन्त्रीबाट राजिनामा आफैंले नदिए प्रधानमन्त्री सुशिल कोइरालाले वामदेवलाई बर्खास्त गर्नुपर्छ । यो घटनामा नेकपा एमाले जनता, सुरक्षा निकायसित माफी माग्नुपर्छ । वामदेवले आनाकानी गरे, एमालेले पुच्छर लुकाउँदै सहेमा प्रधानमन्त्रीले दह्रो निर्णय लिनुपर्छ। त्यसमा एमालेकै असल कार्यकर्तालेपनि साथ दिनुपर्छ । वामदेवलाई कारवाहीका लागि दबाब दिनुपर्छ । त्यसको लागि जनतालेपनि चारैतिरबाट दबाब दिनु जरुरि छ ।- नेपाल प्लस 

Wednesday, April 2, 2014

बधाई सोमपाल !

मेरो घर गुल्मीको हस्तिचौरमा भएपनि मेरो करिब ५ बर्षे बसाई तम्घासमा भयो । होली र चुनावी मौसममा रंगीन बन्थ्यो तम्घास । तर मंगलबार एउटा फरकपनाबाट रंगीन बन्यो तम्घास, तम्घासमा क्रिक्रेट खेलाडी सोमपाल कामीको स्वागतले,सामाजिक सञ्जालमा गुल्मी र सोमपाललाई माया गर्नेहरुको खुसी पोख्खीरहेको थियो । शब्द र उनि संग कैद गरीएका तस्वीरले म पनि एक्लै ति तस्वीर हेर्दै खुसी र गौरव दर्शारहेकी थिए ।
हासेँर, रोएर । कहिले याद गर्थे बंगलादेशमा सोमपालले देखाएको प्रस्तुतीमा खुसी बनेर चिच्याएको धन्य सोमपाल सोमपाललाई जन्माउने गुल्मेली माटो । गुल्मी तुराङ्गको मजुवामा जन्मीएका सोमपालको पछिल्लो समयको चर्चाले गौरव गर्ने बाटो म जस्तै हजारौ गुल्मेलीलाई खुल्ला भएको छ । म खासै क्रिक्रेट खेल हेर्दिनथे र बुझदिनथे पनि कहिले काँहि फुटबल हेर्ने गर्थे, तर जब म काठमाण्डौ आए त्यो समय नेपाली त्रिक्रेट टोली ट्वान्टी ट्वान्टी बिश्वकपका लागी छनोट भएको थियो । संगै नयाँ खेलाडी राष्ट्रिय टिममा समेत सहभागी बने गुल्मीका सोमपाल कामी, म उत्सुक थिए क्रिक्रेट बुभm्न संयोग पनि मेरो फुपुको छोरी दिदि क्रिक्रेटको यति क्रेजी त्यसको कुरै छोडौ । मलाई झन सजिलो भयो । दिदिले मलाई क्रिक्रेट खेलबारे बुझाउन एक हप्ता लाग्यो त्यहि पनि पचास पटक गाली गरी गरी मैले खेलाडी आउट नहुदै आउट भनीदिदाँ दिदिले उल्टै मलाई असुभ बोल्ने भनेर गाली गर्नुहुन्थ्यो । बुझाउन नसक्ने भए भन्दै थकित पनि बन्नुभयो । क्रिक्रेट खेलबारे बुभmन कहिले काहीँ टिभिमा लाईभ संगै अनलाईमा अपडेट हेर्ने गर्थे बिस्तारै क्रिक्रेट खेलको बारेमा बुभmदै गए । जब बंगलादेशको चटगाउँ नेपाली झण्डा र नेपालको आबाजले गुञ्जीरहेको थियो महशुस हुन्थयो रेसुङ्गा पनि सोमपालको प्रस्तुतिले मुस्कुराइरहेको छ । म संग त्यो समय बोल्ने र भन्ने कुनै शब्द थिएन क्रिक्रेट हेर्दा हेर्दै रोएर दिदिले फकाएको याद छ । ति आशुँ खुसीका थिए । हुनत नेपाल नेपाल आबाजले रङ्गीएको चटगाउँमा नेपाल र पारस आएपनि एउटा कोठाले सुन्ने मेरो आवाजमा भने सोमपाल र गुल्मी नै आउथ्यो । ब्याटिङ, बलिङ, फिल्डीङ जोले राम्रो गरोस मलाई प्रवाह थिएन् । जो आए पनि म चिच्याई सोमपाल सोमपाल नाम नै भन्थ्ये,
 बंगलादेश संग पराजित भए पनि हङकङ र अफगानिस्तानलाई हराउन सोमपालको भुमिका पनि कम्ता थिएन् । अर्को दिन कलेजमा चिया पसलमा बसेकाले पनि चर्चा क्रिक्रेट कै गरेका थिए । त्यो चर्चामा पनि सोमपाल कै नाम अझ खुसिको सिमा थिएन् । त्यो चर्चामा सोमपालको नामको पनि खुबै प्रशंसक थिए उनिहरु भन्दै थिए “सोमपाल नाम कसले कसरी राखे होला ?”खुबै युनिक नाम भन्दै थिए । अझ उनको फास्ट बलरको उपनाम पनि उत्तिकै चर्चित बन्यो,यि र यस्तै सोमपालको चर्चा गर्ने म जस्तै लाखौं छन् । उनिहरु सोमपालका पछाडी गुल्मी पनि भनिरहेका छन् । सोमपाललाई मंगलबार सदरमुकाम तम्घासमा बिभिन्न संघसस्था, क्लब, खेलकुद बिकास समिति लगाएत गुल्मेली सम्मान गरेको यो हौसलले पनि अब सोमपाल जस्ता अरु जन्मीनेछन् । सोमपाल कामी गुल्मीको प्रतिनिधित्व मात्र गरेका छैनन् । उनले दलित समुदायको समेत प्रतिनिधित्व गरेका छन् । अझै पनि जातिय मुद्दाका बिषयमा गुल्मी हुने बिभिन्न घटनाका समाचार बाहिर आइरहेका बेला दलित समुदायका ब्यक्तिको यो सम्मान र कामले पनि जातियताका नाममा बिभेद गर्नेलाई दरिलो झाप्पड दिएको छ । अब यो गौरवलाई बचाई राख्न पनि आबश्यक छ । सोमपालका गुल्मीमा जन्मघर भएता पनि उनिका बुबा ममि भारतमा बस्नुहुन्छ । अब सोमपालले पनि सो सम्मानबाट आफुलाई गुल्मीमा क्रिक्रेटलागी काम गर्ने दायित्व थपिएको महशुस गर्नेछन् । यसको लागी खेलकुदको क्षेत्रमा काम गर्ने संघसस्थाले सहयोग र बिद्यालय स्तरबाट पनि बिद्यार्थीलाई खेल प्रति चासो र चिन्तीत शिक्षा कार्यालय बिद्यालय,क्लब,समुहले काम गर्न सकुन् ।

जय सोमपाल जय गुल्मी,
संगिता कुवँर
गुल्मी,

Tuesday, February 11, 2014

लेखः बढिघाट खोलामा मृतक महिलाको घटनाले उठाएका सवालहरु

प्रेम सुनार÷गुल्मी ।
नेपाल टेलिकमको विश्वस्त श्रोतका अनुसार उनले चलाउँदै आएको सिमबाट ११ दिन देखि कुराकानी बन्द भएको थियो । यस हिसावले उनि कसैको बल्याकमेलीमा परेको हुनु पर्छ भन्ने बुझ्न सकिन्छ । श्रीमान गत चार वर्ष देखि बैदेशिक रोजगारका लागि लग्जेम्वर भन्ने मुलुकमा हुनहुन्छ । ५ बर्षका एक छोरा त्यस्तै ११ वर्षका अर्का छोरा घर मैं र , १३ वर्षकी जेठी छोरी मामा घर बुटुवलमै बसेर पढ्दै थिईन् ।
दुई तिन दिन अघि मात्र उनि छोरी र श्रीमानसंग कुराकानी भएको ति वालक बताउछन् । माघ २६ गते साँझ करिव ८ वजे सदा झै खान खाएर विस्तरामा लडेकी उनलाई एक पुरुषको फोन आउछ । केहि वेर कुरा हुन्छ । वालकहरु सुते । फोन आएको मात्रै थाह भयो के कुरा भयो पुरै उनिहरुले सुन्न पाएनन् । विहानपख करिव ४ वजेतिर वस आउँछ । दिदी.....दिदी भनेर एक जना पुरुषले दोकानको समान राख्न बोलाएपछि आमा बाहिर निस्केको बताउछन् छोरा अनि कति वेला कुरा फेर्दै भन्छन् त्यति वेला मात्रै थाह पाएको हुँ आमा विस्तरामा हुनु हुन्न भन्ने कुरा । यो २७ माघ विहना दोभान नजिकै बडिघाट खोलामा मृत फेला परेकी आँपचौर ६ ईन्द्रगौंडाकी ३५ वर्षिय कमला खरालको छोरा र आफन्त जनसंग गरिएको रेडियो कुराकानीमा आधारित सामग्री हो यो ।
उहाँका श्रीमान घनश्याम खराल विदेश हुनु हुन्छ । उहाँका छोराको कुरा सुन्ने हो भने बैदेशिक रोजगारको परिणती जो जसले भोगेका छन्, त्यही भोगाई उहाँका श्रीमानले र त्यही मराई कल्पनाको हो कि भन्ने अडकल काट्न सकिन्छ । कसैले ब्ल्याकमेली गरेको थियो कि भन्ने उहाँको छोराको भनाईले देखाउछ । सत्य यहि हो पत्याउनुस वा नपत्याउनुहोस नजिकका हुन वा टाढाका विदेश श्रीमान भएकी महिला माथीको गिद्धे दृष्टी डाल्ने भुस तिगे्रहरुबाट बच्न गारो भई सकेको छ । निर्दोषलाई पनि वापत लगाउने, लोग्नेले विदेशमा कमाएको पैसा प्रति डाह गर्ने र त्यसको रिस उसकी श्रीमतिसंग पोख्ने, भरसक घर विगार्ने षडयन्त्र भईनै रहन्छ ।

विदेश श्रीमान भएका कैयौं महिलाको विकृतिको खवर पनि लेखे मैले र उनिहरु मध्ये निर्दोषहरुको पिडा पनि लेखे र परिवार , समाजले छुटाउन लागेकाहरुलाई पनि जोडाएँ मैले जस्तो लाग्छ । केहि घटनाहरु म संग छन् । ओझेलका खवरमा सुनि सक्नु पनि भएकै होला । खास के हो भने कसैसंग जान आँटेका महिलाहरुले श्रीमानले कमाएको पैसा धुलो पार्छन र छोरा छोरीहरुको हेर विचार पनि गर्दैनन् । तर कल्पनाले थुकले टिपेर पैसो जोगाए जस्तो देखिन्छ । उहाँले किराना पसल गर्नु हुन्थ्यो । अर्लाङ्गकोटस्थित माईती परिवार पनि प्रतिष्ठीत र यता घरमा पनि त्यस्तै । ईज्जत उहाँको सवै भन्दा ठुलो सम्पत्ति हो भन्ने कुरा म पनि छिमेकी गाविस भएको नाताले बुझ्न सक्छु ।
तर नियतिले त्यसरी झम्टीन पनि सक्छ । सुन्दा कम्मरमा बाँधेको रुमाल कम्मर मैं छ । पानीमा डुवेका शरिर धेरै माथीबाट बगेको छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ । शवको प्रकृतिले र ११ वािर्षय छोराको भनाईले यहि भन्छ कि कल्पनाको मृत्यु घटना साजिस भनिने हिन्दी फिल्मको झैं ठुलो रहस्यको गर्वमा छ । प्रहरीले आफ्नो धर्म निभायो भने रहस्य छिट्टै पत्ता लगाउन सक्छ ।
को को थिए त उनि माथी डाह गर्नेहरु ? को को थिए त आँखा गाड्न खोज्नेहरु ? को को थिए त उनलाई सुत्ने बेलामा फोन गर्नेहरु ? पहिल्लै देखि प्रयोग गर्दै आएको मोवाईलको अन्तिम कल कसको थियो ? के के कुरा भएका थिए ? यि सवै पत्ता लगाउन प्रहरीले सक्छ । हत्या होृ वा आत्मा हत्या ? यो प्रहरीले बाहिर ल्याउन जरुरी छ । यदि उसले आत्मा हत्या नै भने पनि हत्या हो र उनलाई मर्न बाध्य पार्नेलाई कार्बाही नभए अव जनता उठ्नुहोुस । भोली तपाई म र उहाँ पनि त्यसरी नै नै मर्नेछौं । यस्तो पनि कानुन हुन्छ ? यो त ज्यानमारा कानुन हो । कसरी मरे थानापतिमा पढाउने शिक्षक ? कसरी मरिन दौघा माईती भएकी अर्घखाँची पडेनाकी चेली ? कसरी झण्डै प्रहरीले निर्दोष सावित गरी सकेको थियो अमरपुरमा श्रीमति मारेर झुण्डीएको बनाउने श्रीमान ? गुल्मी जिल्लाका यस्ता धेरै उदाहरणहरु म संग सुरक्षित छन् । प्रहरीलाई मेरो आग्राह अव भिर देखि तल भेटिने शव, झुण्डीएर , विष सेवन गरेर वा खोलामा डुवेर मरेका मान्छे उपर गहिरो छानविन गरौं ।
खाली आत्मा हत्याको संख्या बढि देखाउने र टेन्शन सेन्सन मिल्काउने परिपाटीले नै धेरै मान्छे आत्मा हत्या भन्दै कसैबाट मारिएका हुन सक्छन् । वस्तुको कुलोमा भेटिएका हिमालय उच्च मावि वस्तुका तत्कालिन परिचरको हत्या नै भएको हो भन्ने कुरा सर्व साधरणले समेत अडकल गर्छन् । यहाँ सम्मकी त्यसको बारेका खोजि निती गरीस भने तेरो पनि तेही हालत होला भनेर धम्की दिने मान्छेको फोन नम्वर र कल गरेको समय दिदा समेत गुल्मी प्रहरीले उसलाई बोलाएर सोधपुछ गर्न सकेको छैन् ।
परिवारजनका अनुसार आसंका गरिएको त्यो ब्याक्तिको प्रहरीमा ठुलै ओहदाको मान्छे छ । त्यस्तो भए पहँुचमा भएका मान्छेहरुबाट पहँुच विहिनहरु अकाल मै मारिने त ? प्रहरीले उल्टो पिडितलाई धम्काउछ । वस्तुका ति पिडितहरुलाई पनि त्यही गरेको हो । यस्ता थुप्रै घटना पत्रकार हुँ भन्नेहरुले खोजौं तर प्रहरीको भनाई राखेर मात्रै समाचार लेख्ने हो भने उसको प्रवक्ता हुँ भनेर घोषण गरौं जसले गर्दा मान्छेहरु अर्काल मर्न बाट बच्न सक्थे कि भन्ने लाग्न थाल्यो ।
थानापतिका शिक्षक शिक्षक निर्मल ज्ञवालीले छात्रलाई दुब्यबहार गरेको र मदिरा सेवन गरेको कुरा त आयो सञ्चार माध्यममा तर उनि माथी कति सम्म प्रहार हुँदै आई रहेको थियो ? त्यो कुरा किन आएन् ? यस्तो प्रश्नमा घोतलिदै उनका परिवार तडपिएर बसेका छन् । उनि माथीको त्यो प्रहार स्थानियवासीबाट बुझने हो भने त्यो मदिरा सेवन, त्यो छात्रामाथीको दुब्र्यबहरा भन्ने कुरा पनि त सुनियोजित मञ्चन हुन सक्यो । नागरिक पत्रकारिताको यो दुनियाँमा कसैले कसै माथी भ्रष्टचारको आरोप लगाउछ भने त्यो नियम संगत छानविन हुने कि लेख्ने मान्छेलाई नै प्रहरी र आफ्ना दलवल लगाएर ठिक पार्ने ? यो प्रश्न पनि उनका परिवारजनले गरेका छन् ।
पछिल्लो पटक ईन्द्रेगौडाकी कल्पनाको मृत्यु घटनाले मलाई साह्रै यस कुरामा चिन्तीत पा¥यो कि अव अकाल मृत्युको शिकार बढि मात्रमा बैदेशिक रोजगारमा हुने पुरुषका श्रीमति हुनेछन् । ति छोराको कुरा सुन्दा कसैले उनिहरुलाई कठोर बन्न सिकाए जस्तो छ । ए वावा, ति अवोध वालक अरुका बाबु आमा मर्दा त आँशु थाम्न नसक्ने हुनु पर्ने तर उनि भन्छन् हामीलाई नै रातमा छोडेर जाने आमा सम्झेर कति रुने ? बरु मन सम्हालेर त्यो पाँच वर्षको भाईलाई हुर्काउने, पढाउने गर्दछौं ।
आमाको शव आँखा अगाडी छ , उनिहरु भाई वहिनी सामन्य दिनमा जस्तै गफ गर्ने, अझ बेला बेलामा हाँस्ने गरेको दृश्यले मलाई अचम्वीत पारेको छ । अडियोमा रेकर्ड उनिहरुसंगको कुराकानी बढो मार्मिक र सोचनिय छ । प्रतिक्षा गर्नुहोस् ओझेलका खवर सम्म वा रेडियोको नियमित रिर्पोटमा । घटना स्थलको तस्वीर सार्वाजानिक रुपमा देखाउन नमिल्ने खालको छ । यसर्थ नग्न शरिर छोपेर राखिएको छ अव यस्ता घटनामा प्रहरीको मात्रै भर नपरौं र नागरिक समाजबाटै निष्पक्ष छानविन गरौं अनि दोषिलाई कार्वाही पनि नागरिक समाजबाटै गर्नेतिर लागौं भन्ने आव्हान गर्न चाहन्छु । 









Thursday, January 16, 2014

कथाः माघे सक्रान्तिको धर्म र उनको कर्म...

प्रेम सुनार गुल्मी २ माघ । थाकेको शरिर , निद पनि नपुगेको , यसो अधकल्चो निद्रबाट जागेकी उनि हाई काड्दै लथालिङ्ग कपाल सम्हालिन ।
शरिरका अस्त्र–वस्त्र नियाल्दा लाजले भुतुक्क हुँदै अस्त्र छोप्ने ‘वस्त्र’ खोज्दा पलङ्ग मुनी पुगेको देखिन् । अनि सिरकै सित उठीन र लगाईन । यसो झ्यालबाट हेरिन् । तल चिनेका मान्छेहरु देखिन् । फसाद प¥यो उनलाई । लोग्ने घर छैन् । किन होटलमा बसेकी भनेर कसैले सोधे भने के जवाफ दिने ?
वजियाले फँसाई हाल्यो, म कुकुर्नीको मनले पनि मानेन् । अँस्ती फेरी अर्को गधाले ‘ विना टोपी’ फँसायो , यस वजियाले पनि लास्टमा त्यति कै झम्टेर म¥यो , कतै केही भयो भने के होला………. ? .यस्तै यस्तै पिर चिन्ताले बल्ल विहान पख पोल्यो उनलाई । रातीको पोलाईले भने उनलाई मदहोस पारेको थियो तर विहानको पोलाईले आफैले आफैलाई थुक्क कुकुर्नी तेरो बैंस…….लोग्ने विचरो कति दुख गरेर बसेको छ तेरो यो चर्तिकला……भनेर मनमनै आफुलाई सराप्न थालिन् ।
उनि अर्थात हिजो फुल–प्रसाद बोकेर रिडीको माघे सक्रान्ति मेलामा धर्म गर्न गएकी ‘बाह्र मासे फुल’ नाम परिवर्तन । धर्म त उनले गरिन तर आफ्नै आत्माको । त्यो रिडीको माघे सक्रान्ति मेला कहाँ निर कस्तो भयो विचरीलाई थाहै छैन् । माथीबाट त्यो वजियाले वाईकबाट देखाएको हो त्यस पछि…….मेला न सेला…………।
घरबाट ह्डिदा छोरा छोरीले मम्मी  चाँडै घर आउनु भन्ने वर मागेर आउनु है रिडीका देवि देउतालाई भनेका थिए । त्यो झर्लक्क सम्झीन् । बाटो ह्डिदै गर्दा उताबाट श्रीमानले फोन गरेर रिडीमा तिमीले नुहाएको र पुजा पाठ गरेको फोटो खिच्न लगाएर फेश बुकमा पठाई दिए है , म हेर्छु भनेको कुराले उनलाई झस्याङ्ग पा¥यो । ए बा, कसरी पठाउ फोटो..? उफ…..गर्दै फेरी लडिन पलङ्गमा । सवै जना हिजै घर फर्के । उनले फोन गरे भने के जवाफ दिने होला ? यस्तो कुरा के सोच्दै थिईन टिङ्ग टिङ्ग घण्टी बज्यो मोवाईलको ।
रेडिमेट जवाफ तयार भई नसकेकोले फोन उठाईनन् । तिन कल आई सके पछि तयार भई सकेका सति सावित्रयाँईका फार्मुलाहरु पस्कीनका लागि फोन उठाईन् । सधा झैं मिठास फोनमा उस्तै । जवाफ थियो हेर्नुस न म त नुहाएँ, पुजा पाठ गरेर फुवै सित भेट भयो र उहाँले कर गरे पछि उहाँको घरमा आएकी छु………यस्तै यस्तै सति सावित्रयाँईका फार्मुलाहरु पस्केपछि उनि मख्ख परे अनि त्यसो भए आजै जाउ हैं घर भन्दै सदा र्झै चुप्प म्वाँई खाएर फोन राखे ।
उनका मनमा धेरै कुरा खेल्यो । आज सम्म मेरो यति विश्वास गर्ने देउता जस्तो लोग्नेलाई मैले किन यसरी घात गरेकी छु ? भन्ने सवाल गरिन् आफै सित । कित भने पचास वर्ष सम्म बेपत्ता भएको लोग्ने कुरेर बसीन जेठी सासुले र पनि भए कै थियो । उहाँ फर्के पछि अहिले बुढेसकालमा कस्तो मिलन भएको छ । पाल्तीरकी ठुलीका पनि गोसाँ ९ वर्ष पछि फर्के उनले पनि कत्ति मन डकाईनन् । उफ…मलाई बाउ आमाले के पातकी छोरी जन्माए छन् है भनेर उल्टै बाउ आमालाई दोष थुपरिन् ।
घाम लागे वाहिर । त्यो वजिया झिसेमिसेमा उठेर हिड्यो । आफु कति बेला हो हिड्ने …..यस्तै यस्तै सोच्दै थिईन । ढकढक ढोका हाने बाहिरबाट तर खोल्न डराईन । एक छिन पछि सुनिन् चिया लिएर आएका रहेछन् । पैसा कति भयो हिसाव गर्नु है भनेर सोधिन् । त्यस्तै पाँच हजार जति भा’ होला यस्तो जबाफ पाईन् । त्यो सुनेपछि वजियाले खानु खान्छ र सधै त्यस्तै भनेर मनमनै भनिन् अनि चिया पिए पछि एक झप्को सुत्ने कोशिसमा लडेकी उनलाई के को निद्रा लागोस् मनमा कुरा खेलिनै रह्यो ।
घरकाले थाह पाए वा केहि कसो भए के गरुँला ? त्यो पिरलाई शान्ता पार्न अरुका घटनाहरुबाट चित्त बुझाउने कोशोस गरिन् उनले । त्यो उपल्ला घरे सानी त्यत्रा वर्ष सम्म कहिले काँही त हाकी दाउ हर्केलाई घर मै सुताएर पनि के भयो ? उल्टै टन्न पैसा पाई । उसको लोग्ने आयो घरका कुरा सुन्यो, उ सित झगडा ग¥यो , दुई चार थप्पड के हानेको थियो उसको पालो गई जिल्लामा र सम्वन्ध विच्छेदको उजुरी हाली , १५ लाख मागी आखिर ७ लाख त च्ड्काएरै छाडी ।
अझ पल्ला गाउँकी सुन्तली त पोईला गई सकेकी थिई पछि उसकी सौताले लुछेर माईतमा बसेकी मान्छेले लोग्ने आएर अर्को विवाह के गरेको थियो वहु विवाहको मुद्धा जाकी । पछि अधिकारकर्मीहरु बसेर जेल जान्छस्की उ विचरीलाई गोजी भराई गर्छस् ? भन्दै मुखा मुखा चप्पल गराउन थाले पछि ४ लाख त दिन बाध्य भयो । हाम्राँकाले पनि निहुँ खोजी हाले भने मैले पनि त्यसै गरुँला, विना स्वादै………..भनेर चित्त बुझाईन ।
विचरीले चित्त त बुझाईन तर पनि हिजो आएकी मान्छे यति वेला सम्म होटलको कोठाबाट बाहिर निस्कन सकेकी छैनन् । के गर्नु धर्मकर्म ,मेलो मेसो धार्मिक मानिसहरुले त राम्रै मिलाएका हुन तर यस्तो मेलोमोसोमा अर्को मेसो मिलाउनेहरुलाई बढो गजव चाँही हुँदो रहेछ, है ? (कथाको विषय वस्तु पछिल्लो चरण कतिपयमा बढ्दै गएको विकृतिमा आधारित छ र कथाकी पात्र पनि काल्पानिक हुन् । कसैको यथार्थ संग मेल खान गएमा संयोग मात्रै हुनेछ ।

रुकुमेली राडी काम्लाले वजार पाएन रिडीको मेलामाः फोटो फिचर

प्रेम सुनारbbbb
गुल्मी २ माघ ।  धार्मिक विधी अनुसार हिजै सकिए पनि रिडीको माघे सक्रान्ति मेला संस्कष्तिक रुपमा अझै चलिरहेको छ । जहाँ पन्द्र दिन अघि देखि घरबाट हिडेका रुकुम, रोल्पा र जुम्लाका राडी पाखीहरुले पहिला जस्तो वजार पाउन सकेका छैनन् । उनिहरुको जन जिविका पनि आज भन्दा ५० वर्ष अघि जे थियो त्यो भन्दा खासै फरक देखिएन ।
एक घरमा पाँच सय वटा सम्म भेंडा पाल्ने गरिएको र छोरा छोरी र बाबु आमाको भेट दशैताका हुने गरेको बताउने उनिहरुका छोरा छोरी जंगल मैं भेंडा चराएर बस्ने र असौज कार्तिकमा घर आउने गरेको सुनाए । सिल्टीको डेक्सीमा भैसीको मासु तेल नहाली पानीमा पकाएका उनिहरु केहि वर्ष अघि ढाँक्रे , उघोखोले भनिनेहरुको जस्तै गरेर  खान खाँदै थिए ।
हरेक कुरामा पुरानै चलन, चुरोट उनिहरुले खाँदैनन् । घर मैं उब्जाएको कांचोपातको कक्कड सुल्पामा तान्दै थिए । एकाधा बाहेक हुर्के बढेका बैसालु बहिनीहरुको कपाल जिङ्गी्रग , कपडा पनि लहरे–थाँगुरे, कतिपयका खुट्टामा त चप्पल नै देखिन्नथ्यो । कपडा र शरिरको सर–सफाई पनि थिएन् । जुम्रा मार्दै थिए कतिपयले जव हामी पुग्यौं लजाएर छाडी हाले ।
भैंसीको सुकटी बेच्न राखेका , ओखरको घाँजी अन्य जढिबुटी र  काम्लो वेच्ने उनिहरु दुखेसो गर्दै थिए –‘स्वदेशका सक्कली उनका राडी पाखीहरु नहेरेर आजकल महंङ्गा–महङ्गा विदेशी बलाङ्गकेट खोजिन्छ र वर्षभरी भेडा पालेको पर्ता पनि उठ्न छाड्यो ।’ कुनै समय राडी पाखी नभए त्यो परिवारको घरमा शोभा र  प्रतिष्ठा रहँदैनथ्यो । तर अहिले विदेशी उत्पादनले उनिहरुको परम्परागत उत्पादनले लोप हुने हो कि भन्ने चिन्ता बढेको छ भने उनिहरुको जन जिविकाले पनि कहिल्लै परिवर्तनको महशुस सकेन् ।   हेरौं तस्वीरमा उनिहरुको जिविका……..
yy xx ww uu unnamed ll m oooo qq rr l h d ccc bbbb aqw

तस्बीर : प्रेम सुनार 

Tuesday, January 14, 2014

अमिलाका अनुभुती

प्रेम सुनार,


यो चिसो मौसम, रातभरीको अनिदो होस् । विहान पारीलो घाम लागोस् । घर देखि अलि मात्थेर गुन्द्री ओछाएर एक झप्को निदाउन पाईयोस् । त्यस्तै दिनको बाह्र एक बजेको होस र घाम निकै चर्केका हुन् । ठिक त्यति बेला थाला भरी अमीलो साँधीएको होस् । 
त्यसमा नुन खर्सानी चट्ट लागोस् । दही पनि त्यसमा होस र चिनी पनि । खाएर न थाकियोस् । लास्टमा थालमा रहेको रस पनि झुरुपझुरुप पिउन पाईयोस् ..............तर आजकल कहाँ पाउनु गाउँमा अमिलो ? पिता पुर्खाले हुर्काएका बोट सुकेर दाउरा बाल्ने भए । नयाँ पुस्ता किनेर खान थाल्यौ, त्यसैले गाउँमा पाउन छाड्यो ।
तर सम्झना चाँही छ त्यो घरबारीको छेउमा कुनै समय पहेलै पाकेको त्यो अमिलाको रुखको । जहाँ सात दिनको ज्वरोले थला परेको बेलामा बारी मै बसेर फोक्दै खाईएको थियो । जुन रुखको अहिले जरा समेत उखलेर दाउरा वालियो । पछुतो भयो मलाई , म पनि अव रोप्छु र कृपया तपाई पनि वेर्ना खोजेर रोप्न थाल्ने कि ?

Saturday, January 11, 2014

बहिनीलाई चिठी

प्रेम सुनार गुल्मी २७ पुस ।
प्यारी बहिनी....., शुभ आशिर्वाद । सुन्छु तिमी भर्खर कक्षा ६ मा पढ्दै छौ रे । उमेर पनि त्यस्तै १३, १४ वर्षको छ भन्छन् । अलि चञ्चले स्वाभाविककी छौ रे । मैले तस्वीर देखे पनि प्रत्यक्ष देखेको छैन । 

यो तिम्रो उज्वल भविस्यको पाईला लम्काउने उमेर हो । कम्तीमा पनि एसएलसी पास नगरे सम्म तिम्रो मनमा अनेक लहडहरु पलाउनु हुन्न भन्ने मलाई लाग्छ । मैले धेरै देखे , सुनेको छु कि तिमी जस्ता धेरै बहिनीहरु सानै उमेरमा अलि चञ्चले हुँदा पढाई छाडेर विग्रेका छन् । कोही क्षणीक स्वार्थ लुट्नेहरुको फन्दामा परेर घर न घाट जस्तै भएका छन भने कोही वलात्कारको शिकार समेत भएका छन् ।

तिमीले यसै हप्ता स्याङ्गजाको खवर पढे हौली र वाग्लुङ्गमा १४ वर्षिया एक होटलकी कामदार बहिनी पनि त्यसै होटलमा झुण्डीएको अवस्थामा फेला परेकी छन् । तिमी कसैलाई यौन अपिल युक्त संकेत गर्न थाल्यौं भने कतिपय हिंसक पुरुषहरु वलत्कार सम्म गर्न पछि नपर्लान । यसर्थ फेशबुकमा साथी बनाउनु तर धेरै होलो हाई नगर्नु , गफाडी नहुनु ।

तिमीले त्यो उमेरमा आशक्तीपन देखाउनेहरु कोही कसैका श्रीमान होलान त कोही फोटो ठिटो मान्छे यसै वर्ष चौरासी गर्ने तयारीका होलान । बहिनी मेरा त आमा कै कोखबाट जन्मेका बहिनी छैनन् । त्यसैले तिमीलाई सहोदर बहिनी जस्तै लाग्छ र अर्थी बुद्धि दिन खोजेको हुँ । अन्यथा नसोच्नु अव देखि मलाई हाई होईन , हेलो दाई भन्नु हैं ?

Thursday, January 9, 2014

हिजोको तम्घास र आज, एक चर्चा

प्रेम सुनार, गुल्मी पुष २५ - 
हालको ब्यस्त बजार भिमचोक, शहिदचोक, चिदीचौर मा कुनै दिन निरह ताल थियो रे भन्छन् बुढापाकाहरु । पछि सम्म हाल बस पार्क रहेको स्थान र चारखोला तिर डर लाग्दो झाडी देख्ने बुढापाकाहरु त जिवितै छन् । स्याल कराएर सुत्नै दिदैनथ्यो रे । २००९ साल अघि सम्म पुर्ण तः सुनसान गाउँ तम्घासको नामकरण कसरी रह्यो भन्नेबारे दुई बेग्ला बे ग्लै जनश्रुति छन् । कसैले तम्घासमा ताल थियो रे, जहाँ असाध्धै घाँस पलाएको र ताल र घाँसबाट तम्घास नामकरण गरिएको भन्छन् भने अलि धेरैको जनश्रुति अर्जुन लेकका तत्कालिन दुराचारी राजको विहे गरेर ल्यादै गरेकी बेहुलीको कुमारीत्व हर णबाट तम्घास नामकरण रहेको भन्ने छ । एक समयका चर्चित पण्डित उपल्लो तम्घासका ९५ वर्षिय फर्शुराम पन्थीका अनुसार देउरालीमा अर्जुन डाँडामा रहेका ति दुराचारी राजाले नाकाका रुपमा आफ्ना सेना तैनाथ गर्ने गर्दथे र विवाह गरेर ल्याईएकी बेहुलीलाई रोक्न लगाएर माथी दरबारमा पुराएर ति राजाले कुमारीत्व हरण गरेर मात्रै पठाउने गर्दथे ।

पछिल्लो चरणकी वेहुलीले मानिन् । उनि माथी जान त बाध्य भईन तर बे हुलासंग भनिन् मैले आफ्नो सत डगाउन दिने छैन, म त्यससंग लडेरै आफ्नो ईज्जत बचाएरै आउने छु यदि उसले मेरो ईज्जत लुट्यो भने यहाँ र गत बग्ने छ र मैले देह त्याग गर्नेछु भन्ने वाचा गरेर गईन । हालको तम्घासस्थान मन्दिर जो उपल्लो तम्घासको खलाचौरमा छ । त्यहाँ बेहुलीको बाचा अनुसार दुधको कुण्डली बनाईयो । माथी राजासंग कुमारीत्व बचाउको संघर्ष गर्दा गर्दै सकिनन् ति बेहुलीले अन्ततः उनले देह त्याग गरिन् र के हि बेर पछि त्यो दुधको कुण्डलीमा रगतको पोखरी प¥यो । त्यो देखेर के तमासा भयो यस्तो ? भन्दा भन्दै यहाँका बासीन्दामा तमासा शब्द ओंठमा झुण्डीन थाल्यो । फलतः तमासा तमासा अप्रभंस हुँदै तम्घास नामकरण हुन गएको पण्डित पन्थीको भनाई छ । कान्छा पण्डितका नामले परिचत उनि रेसुङ्गाका प्रभु यदुका नन्दका एक मात्र जिवित साँछी हुन् । उनले तत्कालानि रेसुङ्गा र तम्घासको बेली विस्तार सुनाउँदै भने–‘ यहाँ त पुरै झाडी थियो हाम्रा पिता पुर्खाहरु एउटै घरधुरले पचास साठी वटा गाई पाल्थे । ’ काठमाण्डौंका राण महाराजको घरमा पण्डित्याई गरेको अनुभव समेत संगाले का उनि विपि कोईराललाई राण विरोधी आन्दोलनका क्रममा उपल्लो तम्घासको आफ्नो घरमा आश्रय दिने पनि जिवित साँछी हुन् । उनका अनुसार तम्घासका पुरानाबासीन्दाहरु मध्ये हालको धागीधुममा तामाखानी थियो । त्यो खानी उत्खननका लागि भार्षे लगायतका स्थानबाट मगरहरु आए । उनिहरु बसोबास गरेको ठाउँलाई खानीगाउँ भन्न थालियो । त्यस्तै उनिहरु संगै यहाँ पन्थीहरु बसोबास गरेका थिए । उनै पन्थीहरु संगै भुजेलखर्कमा बस्ने चुँदरा, उपल्लो तम्घासका सुनार, चारीखोलाका चित्रेहरु , बसपार्क र बसोबास गने र् जुत्ता सिलाउने मोची , बुढीचौर, खलाचौर लगायतका स्थानमा बस्ने दर्जिहरु आएका थिए । त्यस्तै मरासीनी पनि यहाँका पुराना बासीन्दाहरु हुन् । ८० को नेटो काटेका र तम्घासमा अग्रेजी विषय पहिलो पटक पढ्न सुरु गरेको दावि गर्ने साहु टोलका ताराप्रसाद पाण्डेका अनुसार हालको रेसुङ्गा माध्यामिक विद्यालय रहेको स्थानमा प्राध्यापकद्धयः सशी पन्थी र दीन पन्थीका बाबुले नुन चामल बोक्न हिड्ने ढाँक्रेहरुलाई बास बस्न मिल्ने पौवा बनाएका थिए । जसलाई धौले पौवा भनिन्थ्यो । त्यही धौले पौवाबाट गुरुकुल शिक्षा सुरु भएको थियो । ‘हामीहरु त्यो धौले पौवामा चिपलेटी खेल्थ्यौ, घोडाहरु पालिएको थिए पाण्डेले भने–‘ त्यहीबाट हामीले गुरु कुल शिक्षा लिएका थियौं । ’ उनका अनुसार हाट वजारका नाममा पुरानो बजार र यता साहु टोलमा तमाखु, भुर्रा, सिध्रा , गुँडहरु बेच्ने साना पसल थिए । पछि साहु टोलमा अर्घाखाँची माझकोटबाट भुवानप्रसाद श्रेष्ठका पिता मथुराप्रसाद श्रेष्ठहरु आए ।
त्यस भन्दा अझ पहिला पुरानो बजारमा आएर राजकुमार श्रेष्ठ, सुरेन्द्र कक्षापति लगायतका बाजे गणेशप्रसाद श्रेष्ठ आएर तम्घासमा पहिलो पटक पसल राखेका थिए । तम्घासका पुराना समाज सेवी नन्दराम भुसालका अनुसार उनको पसलको नाम पछि सम्म रु न्चेको पसलका रुपमा निकै चर्चित रह्यो । भुसाल भन्छन –‘ हालको तम्घास बजारका सस्थापक ब्यवसायीका रुपमा उनै गणेश श्रेष्ठ र वजार विस्तारक तत्कालिन बडाहाकीम चन्द्रमान थकाली थिए । पहिलो पटक तम्घासमा २००९ सालमा पाल्पाबाट प्रशासनिक निकाय बस्न सुरु गरेको भुसालले बताए । त्यस अघि सम्म पाल्पा कै अधिनमा रहेको गुल्मीमा २००९ साल देखि गुल्मी अर्घाखाँची जोडेर एउटा प्रशासनिक निकाय बनाईएको हो ।’उनका अनुसार खास तम्घास बजार त २०१९ सालबाट विस्तार भएको हो । त्योे प्रशासनिक निकायलाई गौ डा भनिन्थ्यो र सानो खरले छाएको पौवामा बसेको थियो । पछि सहायहक अञ्चलाधिसा बस्न थाले’–भुसालले भने । २०१९ सालमा बडाहाकिम थकालीले भुजेलखर्कका चुँदराहरुको तल तम्घास खाल्डोमा रहेको बारी किनेर वजार विस्तार गराएको भुसालले बताए । ‘उति बेला कै जमनामा त्यस्तै तिन लाख जतिमा बडाहाकिम चन्द्रमान थकालीले चुँदराको बारी किनेर चार चार हजारका दरले घडेरी वितरण गरिएको थियो’–भुषालले भने –‘हामीले त अलि पछि किनेका हौं । ’ उनका अनुसार नेपालका सडकहरु मध्ये सबै भन्दा ढिलो पिच भएको तान्सेन तम्घास मोटरबाटो हो जो विस वर्ष सम्म कच्ची नै थियो । त्यस्तै यो सडक गुल्मेली जनता आफैले पन्ध्र वर्ष लगाएर खनेका थिए र २०३९ साल बैशख १ गते तम्घासमा पहिलो पटक ट्याक्टर आएको भुसाल बताउँ छन् । यो सडक खन्नमा तत्कालिन जिल्ला सभापति र पछि तिन तिन पटक राष्ट्रिय पञ्यतका सदस्य समेत रहेका बैकुठबहादुर चन्दको मुख्य भुमिका र अतुलनिय यो गदान रहेको भुसालको ठहर छ । यो सडकलाई त बैकुण्ठ मार्ग नामकरण नै गर्नु पर्ने कुरा चलेको हो तर राजनितीका करण कुरै सेलाएको बताउँदै उनले चन्दको सम्मान स्वरुप बैकुण्ठ मार्ग हुनु पर्नेमा जोड दिए । २०३९ सालमा पहिलो पटक तम्घासमा गाडी आउँदा हेर्न आउनेको ताँती लागेको थियो । दुई तिन वर्ष सम्म त गाडी चड्नका रहरले विना काम पनि युवा युवतीहरु गाडी चड्न डाईवर सित अनय विनय गर्दथे भने पछाडीबाट झुण्डीने केटा केटीहरुले हैरान पार्दथे । जति बेला तम्घासका अधिकांस घरहरु खरले छाएका थिए । भिमचोक लगायतको वजार माथी सिडियो क्यावटरलाई दिशा वस्ने गौंडाको रुपमा चेतनारण मरासीनीका पिता र उनका दाई भाईले त्यत्तिकै दिएको जमिन हो भन्छि । उनले सिडियो क्वाटर लगायतको प्रशस्त जमिन त्यतिकै दिएका थिए । २०३९ देखि तम्घासमा गाउँका लाहुरे, जागिरेहरुले घडेरी किन्ने क्रम सुरु भयो । ४० को दशक सम्म हालको ब्यस्त बजार मिलनचोक देखि उता उदिनढुङ्गातिर घडेरीमा आँखा लगाउने कोहि थिएन् । स-साना खरका झुपडी थिए । पहाड जत्रा डुङ्गाका विचमा बाटो खोलिएको थियो । अलि पैसावालाले यतैतिर घडेरी किन्दै थिए । अलि थोरै पैसा हुने तर बुद्धि भएकाहरुले पछि भए होला नभए नहोला भन्दै दोधारै दोधारमा उदिन ढुङ्गातिर घडेरी किन्न थाले । यसै पंक्तिकार शान्ति सेनाबाट आउदा उदिनढुङ्गको ४० हजार हात घडेरी खान छिःयस्तो ठाउँमा पनि के किन्ने भन्यो र राम्रै जग्गामा पैसा हालौ भने र नवलपरासीको प्रगति नगरमा गएर किनेको थियो । अहिले उदिन ढुङ्गाको त्यही घडेरीको मुल्य प्रति हात डेढ लाख हुँदा ठुलो पछुतो लाग्छ । अझ हातको दश आठ हजार भाउमा महंगो भयो भनेर न किन्नेहरु झन पछुतोमा छन् । अझ देउराली, अर्खाखाँची बस पार्क तिर त कसले आँखा लगाओस । उपल्लो तम्घामा त धेरै जसो ब्यवस्थीत शौचालय समेत नभएका स साना घरका झुपडीहरु थिए । पाहुनाहरु आउँदा मान्छेले देख्ने भएकाले झिसमेसीमा उठेर पाटाका कुनाकानीमा शौचालय बस्न जान्थे । खानी गाउँका घरहरु पनि प्राय उस्तै थिए । पालीसितको खरको छाना भएको खानी गाउँका घरहरुमा उपल्लो तम्घासका सुनारहरु कतै फुपु, कतै मामा माईजु भन्दै रक्सी खाना जान्थे । भैलोमा निकै नाच्ने भएकाले पुर्सुङ्गे भनेर चिनेने वालकृष्ण बरालका बाबु र म अर्थात उहाँ की दिदीको नाती पछ्याउँदै खानी गाउँ जान्थे । खै माईजु पहिला चाखम त रक्सी भनेर उहाँले भने पछि सिल्टीको बटुकोमा र क्सी दिन्थे, जो अहिलेको डेढ बोतल त्यही एउटा बटुकामा हुन्थ्यो । खानीगाउँले मगरहरु दिएर खाएर नसकीने ब्यबहारका थिए । प्राय घर घर मा सुँगुर पालिएको हुन्थ्यो । दशैं तिहारमा कालो सुँघुरको चोपीलो मासु, अझ रक्ती हालेको भुटुवा दुनामा राखेर सुनारहरुालई दलानमा दिन्थे तर बोलीचाली र ब्यवहारमा आफ्नोपन हुन्थ्यो । उपल्लो तम्घास लगायतका ठाउँमा भने ४० को दशक सम्म सुनार लगायतका दलितलाई खुवाएको भाँडाहरु पखाल्न लगाईन्थ्यो र भित्र लैजान परे त्यो भाँडामा थोरै पानी राखेर च्वास्स आगोको कैलो हालिन्थ्यो । त्यो दशक सम्म रेडियोको च्यादर ओढ्ने चलन थियो । उपल्ला् तम्घासबाट तल बजार झर्ने बुढापाका सुनारहरु जाडोले रेडियोको च्यादर भित्र लुकाएका हातहरु निकालेर आफ्नै छोरा सरहका उमेरका युवालाई पनि जदो भन्दै हात उठाउँथे । कतिपयले त त्यो ढोग पनि नर्फकाई मुख लुकाएर बाटो लाग्थे । म सानै देखि बुढा मावल उपल्लो तम्घास वसे । भट्ट मकै खाने चलन निकै थिई दिदीलाई ‘दि’भनेर बोलाउने गरेको म अहिले सम्म भुल्न सक्दीन् । तम्घास भाष अलि लस्के भाषा थियो उति बेला । । जति बेला जहुँ र गहुँ तम्घासमा निकै हुन्थ्यो । कोदो कम रोप्थे । गहुँको सुख्खा रोटी खाने चलन थियो र खुव खाईयो । तिहारमा पकाएका फिनी रोटी र वटुक खैरेनी वुडियाँले माघे सक्रान्ती सम्म राखी दिनु हुन्थ्यो । । उपल्ला तम्घासका ब्राम्हणहरुका घरहरु अलि देख्न लायक थिए । सुनार मध्ये मा जग्गा जमिनमा धनी बाटे साईला थिए र अहिले पनि छन् । जति सम्पत्ति , सक्दो पुग्दो भए पनि उनि बाटे साईला लगायतका बुढा पाका सुनारहरुमा अहिले सम्म पनि पुरानै लावाई खवाई, पुरानै ढवाक रहेको छ । उनिहरु कहिल्लै ठुल्याई पार्न जानेन् । ४० को दशक अघि सम्म तम्घासका अधिकांस सुनारहरु गाउँमा झोला वोके र गहना कमाउन जान्थे । दिनभरी जोत्न आएका अन्य दलितहरुलाई आटो ढिडो र सुनारलाई दुध र भात अनि मतवालीकहाँ कुखराका भाले काटेर खुवाउने चलन थियो । कुखरा किन्न जाँदा यो भाले त फुली मुन्द्री बनाउन सुनार बोलाएका छौ उसैलाई राखेका हुँ भन्थे । ४० को दशक अघि सम्म तम्घासका व्राम्हण क्षेत्री महिलाहरुको नाकमा फुली र डोलो मुन्द्र देखिन्थ्यो भने खानी गाउँका मगर महिलाको नाकमा झुम्के बुलाकी, काडे फुली , हातमा काँडे वाल, गलामा चारनी आठनीको हारी, दशैको कोटको राम हेर्न जाँदा श्रीफुल, क्लीप, मडौरी ढुङ्री लगाउथे । झण्डै दई दशक सम्म कानमा तम्घासे सुनारले बनाएका कल्ली कांडे मडवारी महिलाहरुको निकै रोजाईको गहना बन्यो । कसका कानका मडवरीमा कति लामा कांडा छन् ? दाँज्ने गरिन्थ्यो । पछि टप फुली, नथ्थाको चलन बढ्यो । कुनै समय दाँतमा सुन बाध्ने पनि महिलाहरुमा फेशन बढे को थियो । नाकमा दार्जलिङ्गे फुली, लामा लामा काँडा भएको झुम्के बुलाकी र मखमलको घलेकमा पनि तम्घासे मगर महिलाहरु सजिन्थे । छिटको गुन्यु , रातो मखमलको चोलो र पिलासको चोलो किनै चलेको थियो भने किनार सितको धोती, कालो आस्कोट (स्टकोट) सेतो कमिजमा पाका पुरुषहरु सजिन्थे । त्यस्तै शहरिया फेशन खोज्ने युवाहरु ३७ ईन्च सम्मका बेली वटन पाईन्ट ल्याफ्रे ल्याफ्रे पार्दै हिड्थे । त्यो बेला सेतो टेर्लिङ्गको सर्ट , रातो पोलीस्टरको पाईन्ट अमिता बच्चन बन्न लगाउँथे युवाहरु । पछि डिस्को डान्सर, प्यार झुक्ता नही हिट भए पछि मिथुन चक्रवतीको गेटअपमा तम्घासका युवा देखिन्थे भने युवतीहरु पदमीनी कोहलापुरे मिनक्षी सोसाद्री र श्रीदेवि बन्ने होडमा थिए । । पछि नेपाली चलचित्र कान्छीले मार्केट लियो र शिव श्रेष्ठ अनि युगदे खि युग सम्म हिट भए पछि राजेश हमाल बन्न रुचाए युवाहरु ।उता गाउँमा भने युवाहरुरु टाईट जाँगे र जुत्ता मजा चाड पर्व,विवाहमा लगाउने गर्दथे । जसलाई राख्ने कपडा भनिन्थ्यो । गाउँका बुढा पाकाहरु प्राय धरो लगाउँथे । खेत रोपाई ताका त महिलाहरु पेट मिचीमिची हाँस्ने गर्दथे आली लगाउने र खोक चलाउने पुरुषहरुको धरो एकाति खुस्केर । अझ रोचक पुराना कुरा कोट्याउनु पर्दा राती दुई तिन वजे उठेर एक देखि अर्को गाउँमा पुग्ने बुढापाकाहरु च्यादर ओढेर पारी पुग्ने र उज्यालामा हेर्दा त के को च्यादर हुन्थ्यो गोसेनीको खद्दरको गुन्युमा पो भे टिन्थे । अहिले जमना कहाँबाट कहाँ पुगी सक्यो ? सिंगापुरका फेशन अहिले तम्घासमा भन्दा बढि गाउँमा पुगेको छ । गत दशैंको सुनासान तम्घास बजार नियाल्दा खास तम्घास देखिएको थियो । जहाँ गाउँ घरे फेशन थियो भने उता गाउँमा शहरिया । तम्घासको बुढीचौर,थम्का , छापटोलामा अझै शहर छिरेको छैन र विकास हुन पनि सकेको छैन् ् । धागीथुम, यता भुजेलखर्क वेदुखर्क, कुँडापानी, भुजेलखर्कमा केहि विकास भएको छ । सान्त र हिमश्रृंखलाले मनोरम बसाईका दृष्टीले कुनै समय छिः भुजेलखर्क भन्नेहरुको आँखा त्यो गाउँमा परेको छ । भुजेलखर्कमा समस्या खाने पानीको थियो । जव बृहत पम्पीङ्ग सिष्टम खाने पानी पुग्यो तव त्यो गाउँमा घडेरी किन्नेको ताँती छ । तम्घास भएर पनि आग्लुङ्ग भन्दा पछाडी परेको ठाउँ हो वडा नम्वर ९ । जहाँको सिस्न्यारा, बुट्टाखुरी, नेटा लगायतका टोलका मानिसहरुले खाने पानी, मोटर वाटो लगायतको विकास सुविधा पाउन सके को छैनन् । बुट्टाखुरीका दर्जनौं दलतिहरु सुकुम्वासी छन् । व्राम्हण क्षेत्रीहरु मा पनि गरिवी ब्याप्त छ ।

सोता गाउँमा पनि घाउघरे चल्ती चलन छ । त्यहाँ पनि एक दर्जन बढी सुकुम्वासीले जग्गा पाको गराउन सकेका छैनन् । तम्घासमा मोटरवाटो आएको अहिले झण्डै तिस वर्ष भई सक्दा ग्रामिण क्षेत्रका टोल टोलमा बाटो पुग्यो तर तम्घासका वडाहरुमा भने नपुग्नुको कारण के हो ? यसको पनि राजनैतिक संयन्त्रमा समिक्षा र हल हुन जरुरी देखिएको छ । समग्रमा हेर्दा गुल्मीको ऐतिहाँसिक पृष्ठभुमी बोकेको चारपालाले नपाएर तम्घासले सदरमुकाम पाउनुमा धार्मिक सत रहेको बताईनछ । ऋषेश्रृङ्गाको तपो भुमि रेसुङ्गाको काँख भएकोले पनि यस्तो अवसर तम्घासले पाएको नन्दराम भुसालको भनाई छ । महेन्द्र उच्च माध्यामिक विद्यालय रहेको जमिनमा मानव वस्ती विस्तार हुनु अति ताल जमेको र त्यहाँ नागहरु थिए भन्छन् प्रार्चय केशर बहादुर थापा । उनले भने–‘त्यति बेलै देखि यहाँ नागको पुजा गरिन्छ र उनलाई समखान पुराउन नसक्दा अथवा विधि विपरित भए विद्यार्थीहरुमा कुनै अप्रि य घटना हुने गरेको समेत छ ।’ यस्तो धार्मिक महत्व बोकेको र सदरमुकामका कारण जिल्लाको मुख्य ब्यापारिक केन्द्र बनेको तम्घासलाई अव भने मानिसको चहल पहल घट्ने हो कि भन्ने चिन्दा बढेको छ । उता रिडी रुद्रवेणी सडक खण्ड ,यता साल झण्डी अर्घाखाँची पुर्कोटदह हुँदै ढोर पाटन जोड्ने निर्माणधिन मोटरबाटो सम्पन्न भएपछि तम्घासमा मानिसहरु को आवत जावत घट्ने देखिन्छ । अर्को कुरा सभाषद चन्द्र भण्डारीले प्र तिबद्धता जनाएको साल झण्डी तम्घास फास्टट्रयाक बन्यो भने रिडी, वले टक्सार, गौ.डाकोट र ऐतिहाँसिक चारपाला पछाडी पर्ने हो कि भन्ने चिन्ता पनि स्थानियवासीले गर्न थालेका छन् । त्यस्तै सडक चौडा पार्ने सरकारको निति अनुसार दुख गरेर बनाएको घर पनि भत्काई दिने हुन कि भन्ने चिन्ताले ग्रसित छन् सडक छेउछाउँका वासीन्दाहरु । सवैको माग छ वैकल्पीक सडक खोलियोस । यसरी हिजोको तम्घासको रहन सहन, गाउँ वस्तीको अवस्थाको तस्वीर नियाल्दै खानीगाउँका प्रकाश भलामी समयको परिवतर्नसगै विकास भएको बताउँ छन् ।

तम्घासको ब्यस्त ठाउमा सवारी दुर्घटना मानविय क्षति भने भएन

अनिल खत्री गुल्मी पौस २५ - 
तम्घासको पुतली बजारस्थीत शिबशक्ति चलचित्र मन्दीर अगाडी मर्मत गरि निकाल्ने क्रममा शिबशक्ती चलचित्र मन्दीर भवनमा अगाडी सवारी साधन दुरघटना मानबिय क्षती भने भएन
हेरौ  उक्त दुर्घटना स्थल  बाट अनिल खत्रीले खिच्नु भएका केहि तस्विरहरु
                                      



Monday, December 30, 2013

चन्द्र भण्डारीलाई खुल्ला पत्र

चन्द्र दाजु,
नमस्ते !
दाई, हजुरको विजयले हामी गुल्मेली जनताका आशा र सपना ह्वात्तै बढेका छन् । आफु जितेको क्षेत्र मात्र हैन समग्र मा गुल्मीका सबै क्षेत्र र यसको आसपासको स्पर्श जोडिएको स्थानमा भएका सबै जनताको मनमा अब केहि राम्रो अवश्य हुनेछ भन्ने आशा जागृत भएको छ । निरन्तरताको प्रयाशपछिको हजुरको कार्यकाल पार्टीमा निर्वाह गरेको शिक्षा बिभागले भन्दा पनि भौतिक निर्माण तथा यातायात तिरको क्याबिनेट सम्हालेमा हामी बढी खुशी हुनेछौं । केहि गरि शिक्षा क्षेत्रकै सम्हाल्न परेछ भने पनि गुल्मीको तिनै क्षेत्रमा केन्द्रिय स्तरका व्यवशायिक क्याम्पस र पोलिटेक्निक कलेज खोल्ने ,बिद्यालयहरुको स्तर सुधार गर्नुपर्छ । साथै बर्खायाम मा ,बन्द हड्तालमा र आपतकालीन उपचार र सेवाको लागि बिमानस्थल अनिबार्य छ । अत्यन्त सुविधाजनक बिमान स्थल बन्यो भने त्यो व्यस्त हुनेछ  । समग्र गुल्मी, पाल्पा, अर्घाखाँची, पश्चिम स्यांग्जा, पुर्बी प्युठान र दक्षिण बाग्लुंग सबैले उक्त बिमान स्थल प्रयोग गर्नेछन । यसबाट तम्घास आसपास र गुल्मीको जनजीवन उस्किने छ  । धार्मिक र आन्तरिक पर्यटन विकास हुनेछ । चन्द्र
दाई, हामी सडकमा ठगिएका छौं -बुटवल देखि तानसेन सम्म डबल भएको बाटो तानसेन बाट तम्घास सिंगल नहुनुपर्ने ! त्यो बाटो अनिबार्य डबल गरिनुपर्छ । अझ समयको बचतको लागि चण्डी भन्ज्यांग-कुरुंग खोलाको छोटो बाटो गर्यो भने खर्च पनि कम लाग्छ -दिर्घकालिन रुपमा कुरुंग खोला तिरबाट गुल्मी लगियो भने मान्छेको समय, गाडीको इन्धन अनि ढुवानी खर्च र भाडा सबै सस्तो हुनेछ । अहिले भएको लघुवा हार्थोकको बाटो भैहाल्यो ठिकै छ बैकल्पिक सडक हुनु पनि राम्रै हो तर त्यो खण्डमा धेरै दुर्घटना भएर सुन्दर जिन्दगीहरु समाप्त भएका छन् तसर्थ यसबारे सोच्नुहोला । सबैभन्दा पिडित त रिडी-रुद्रबेनी-वामी टक्सार बाटो भएको छ यो बाटो हजुरले नै पहल गरेर बनाउनु पर्छ । २०३९ सालमा जनताले श्रमदानमा खनेको बाटो हो जुन अहिले सम्म पनि जस्ताको त्यस्तै छ,मेरो निर्बाचन क्षेत्र हैन नभन्नुहोला किनकि हजुरलाई झन्डै ११०० भोट दिने वामी गा बि स जाने बाटो हो यो । उक्त बाटो सारै समस्याग्रस्त छ -डबल गर्नुपर्छ यो बाटो ,सबै खोला नदीमा पक्कि मोटर पुल बनाउनु पर्छ, ग्रेडिंग लेन, अनि ग्रावेल र पक्कि गर्ने कार्य तुरुन्त गर्ने बातावरण मिलाउनुहोला । तम्घासबाट रेसुंगामा मोटर लैजाने कार्यले त्यहाँको बातावरण बिनास भएको छ, जंगल मासिएको छ अनि यसको अलौकिक धार्मिक महत्व घटेर रक्शी मासुको बनभोज अखडा बनेर सामाजिक बिकृति आउन थालेको छ । त्यसैले रेसुंगालाइ संरक्षित क्षेत्र घोसणा गर्नु पर्छ, बरु तम्घासबाट केबलकार जाने सिस्टम गर्यो भने पर्यटन र मनोरंजन बाट यसको महत्व बढ्नेछ . यसको लागि निजि क्षेत्रलाई लगानीको लागि अनुरोध गर्न सकिन्छ । रुद्रबेनीबाट स्यांग्जा जोड्ने डबल पक्कि पुल अनि संगसंगै कालिगण्डकी करिडोर पनि अधिकतम गुल्मीको प्रमुख स्थान रुद्रबेनी र रिडी छोएर राम्रोसंग बनोस भन्ने हाम्रो चाहना छ । हाम्रो जिल्ला मध्यपहाडी लोकमार्गबाट ठगियो -त्यस्तो राष्ट्रिय महत्वको योजना मध्य पहाडको प्रमुख जिल्ला गुल्मी नै नछुनु भनेको तपाईंहरु अथवा तत्कालिन पदमा भएका सांसद-सभासद्को कमजोरी हो । बाग्लुंगको कुश्मीशेरा बाट गुल्मीको शान्तिपुर छिराएर रिडी रुद्रबेनी सडक संग जोडेर पनि बुर्तिबांग लैजान सकिन्थ्यो । त्यसो नभएर हामी सदाको लागि ठगिएका छौं तर रिडी रुद्रबेनी वामी बाटो साँघुरो, कम्जो, सिंगल हुने अनि वामी पल्तिर खर्बांग पुगेपछि ४ लेनको पक्कि सडक भेटिने भयो भने सधैभरि गुल्मीका जनताले आफ्ना नेतालाई नामर्द मेरीहरु भात माराहरु भनेर कोसि र टोकी रहनेछन जिबनभर ! तसर्थ गुल्मीलाई राष्ट्रिय राजनीतिको मुलधार, बिकासको मुलधार, पर्यटनको मुलधार, शिक्षाको मुलधार, नगदे बालीको मुलधार, स्वास्थ्यको मुलधार, उर्जाको मुलधार बनाउनु पर्छ । जनताले सधैभरि नमन गर्नेछन । दाईको कार्यकाल सुखद र महत्वपूर्ण बनोस  । अहिले मुख्य सचिव लीलामणि पौड्याल छँदै रास्ट्रिय गौरबका योजना छनौट गरि गुल्मीमा राम्रा राम्रा योजना पार्न सफल हुनुहोला । लिलामणि दाई पनि सारै बढी सिद्धान्तबादी कुरा गर्नुन्छ - अब सेवा निबृत्त हुने बेला भयो त्यसैले जतिसक्दो काम फटाफट गुल्मी र गुल्मेली जनताको बृहत्तर हीतमा काम गर्न ढिला नगरी लाग्नुस् । केन्द्रको राजनीति चल्दै गर्छ तर जिल्लाको राजनीति छोड्दै नछोड्नुहोला । जिल्लामा भएका महत्वपूर्ण पदमा पुगेका कर्मचारी, रास्ट्रिय राजनीतिका महत्वपूर्ण अन्य दलका नेता जस्तै प्रदिप ज्ञवाली जी र गोकर्ण बिष्ट जी सबै एकाकार भएर जिल्लाको विकास गर्नुस । सहिष्णु राजनीति र दत्त चित्त भएर गुल्मीको शिर ठाडो पार्ने पथमा लागि नै रहनुस । शुभकामना छ !

नबराज खराल
सिड्नी, अस्ट्रेलिया


Saturday, December 28, 2013

  • (गजल) चुनाव पछि सँविधान लेख्छु भन्थे नेता हरु

  • सगरमाथा नदी नाला खोला फेवा ताल छ,
  • वुध्द जन्मेको देशमा शान्तिको अनिकाल छ ।

  • चुनाव पछि सँविधान लेख्छु भन्थे नेता हरु,
  • के भनौ खै हाम्रो देशको आज वेहाल छ ।।

  • रोजगार छैन देशमा सबै जनता विदेश तिर,
  • के को चिन्ता विदेस पठाउन हजारौ दलाल छ ।।

  • एउटा कुर्सी ताना तान चल्य छ रे देशमा,
  • विस्वले चिन्ने हाम्रो सानो देश नेपाल छ ।।

  • आफ्नै पैसाले हामी आफै बेचिएका छौ साथी,
    हाम्रा अगि नुन छैन उनको अगि सुनको थाल छ ।।

  • कुनै देशमा नभाको राजनिती भा छ रे देशमा,
  • चड्नै दिन्नन् 
    माथी खुट्टा तान्ने जाल छ ।।

  • बाउ नाच्ने मस्त हिरोईन सँग छम छमी,
  • छोरा अर्कैको श्रीमती लि भाग्ने कस्तो चाल छ ।। 
  •                      अनन्तराम गिरि
                     गुल्मी, सिमल्तारी
                     हाल मलेशिया

Friday, December 27, 2013

भट्टी पसल तिर धाए जस्तो हुन्न विदेश

भट्टी पसल तिर धाए जस्तो हुन्न विदेश 
परिवार सँग बसेर खाए जस्तो हुन्न विदेश 

रगत पसिनाको मोलै छैन परदेशमा साथी 
वन पाखामा गित गाए जस्तो हुन्न विदेश

न त रातमा निन्द्रा न त भोक छ दिनमा
सुखीको रोजी रोटी पाए जस्तो हुन्न विदेश

विरामी भै ढल्दा कसले हेर्छ र यहाँ हजुर
फोनमा आरामै छु भनि बताए जस्तो हुन्न विदेश

                            

















              अनन्तराम गिरि
              गुल्मी, सिमल्तारी
              हाल मलेशिया

Monday, December 23, 2013

परदेशीकी पत्नी हुँदा...

ऊ वैदेशिक रोजगारमा गयो । त्यसको केही महिनामै छिमेकी ठिटो उसको घरमा बारबार छिर्न थाल्यो । सानो-सानो बहानामा पुग्ने त्यसले उसकी श्रीमतीलाई फकाउने प्रयास गर्‍यो । ती महिला निस्किन लागेको थाहा पाएपछि गेटअघि मोटरसाइकलमा आइपुग्थ्यो ।
अनि भन्थ्यो, 'कता जाने भाउजू ? बस्नुहोस् म छोडिदिन्छु ।'
ती महिलाले उसको ननिको चाला बेलैमा बुझिसकेकी थिइन् । भन्थिन्, 'पर्दैन, पल्लो घरसम्म मात्र हो ।'
तैपनि कहिले के, कहिले के बहानामा सहयोग गर्न चाहन्थ्यो । सँगै लान खोज्थ्यो । उनी तर्किन्थिन् ।
एकदिन झमक्क साँझ परेको थियो । उनी बजारबाट र्फकंदै थिइन् । घर नजिकको गल्लीमा ऊ ढुकिरहेको रहेछ । देख्नासाथ उनी छड्किन खोजिन् ।
'भाउजू, कता पुगेर हौ यति ढिला ?' उसले सोध्यो ।
'कतै होइन', उनी हतार-हतार अघि बढ्न खोजिन् ।
'आज साँच्चै च्वाँक देखिनुभएको छ नि भाउजू ?' ऊ इत्रियो ।
उनी चुपचाप हिँडिन् ।
कट्न लाग्दा उसले हातमा च्याप्प समात्यो । र आफूतिर तान्न खोज्यो । फनक्क फर्किएर उनले अर्को हातले गालामा झाप्पु लाइन् । र भनिन्, 'आइन्दा बाटो ढुकिस् भने पुलिस बोलाएर पठाइदिन्छु ।'
गालो छाम्दै उसले कुलेलम ठोक्यो । उनी पनि घरतिर लागिन् ।
छ वर्षकी छोरी र तीन वर्षको छोरो थिए, उनका घरका साथी । त्यही रात कसैले झ्यालमा ढुंगा
हान्यो । डराई-डराई हेरिन्, केही देखिएन ।
भोलिपल्ट साँझ कतारबाट लोग्नेले फोन गर्‍यो,
'के हो, खुब नाठा खेलाउँछेस् रे नि ?'
'कसले भन्यो ?' उनी झ्वाँक्किइन् ।
दाम्पत्य झगडा गहिरियो । कारण- एउटा अज्ञात नामबाट उनको लोग्नलाई इमेल गएको रहेछ, 'म तपाईंको शुभचिन्तक हुँ । तपाईंकी श्रीमती अर्कैसँग दिनभरि घुम्छे । अब त राति पनि त्यही केटालाई ल्याएर घरमै सुताउन थालेकी छे । साँचो कुरा सुनाएकामा माफ गर्नुहोला ।'
'भन्, को हो त्यो ?' इमेलै सुनाएर एक दिन लोग्नेले सोधेछ ।
उनी छाँगाबाट खसेझैं भइन् । 'झूठो हो' भनेर प्रस्टीकरण दिँदा पनि लोग्नेले पत्याएन । फोनबाट तनाव दिन पनि छाडेन ।
केही दिनपछि मध्यराति पारेर ऊ कतारबाट
आयो । गेट नाघेर भित्र छिर्‍यो । श्रीमतीलाई परपुरुषसँग पक्रने सोचेर सिधै ढोका घचघच्याउन पुग्यो । तर उनी त बालबच्चासँग मात्र थिइन् । एउटा परीक्षामा हार्‍यो ऊ । तर शंका हटाउन सकेन । अर्को दिन श्रीमती नभएको मौकामा छोरा-छोरीलाई कोही मान्छे घर आउने/नआउनेबारे सोध्यो । उनीहरूको उत्तरले पनि उसले खोजेको चिज पाउन सकेन । र आफैं रन्थनिँदै गयो । झोक्राउन थाल्यो ।
उसले र मैले क्याम्पस सँगै पढेका थियौं । स्नातक पास गरेको ऊ देशमा जागिर नपाएपछि विदेश उडेको थियो । सहपाठीको घनिष्टता उपयोग गर्दै गत बिहीबार उसले आपmनो समस्या अप्ठ्यारो मानी-मानी मलाई सुनायो ।
'तिम्रो इमेल एड्रेस कतिलाई थाहा थियो ?' मैले सोधेँ ।
उसले सीमित संख्या सम्झ्यो, तर मलाई नाम भनेन ।
मैले सल्लाह दिएँ, 'पहिला इमेल पठाउने मान्छे पत्ता लगाऊ ।'
ऊ राजी भयो । मैले एक प्रहरी अधिकृतसँग कुरा गरइदिएँ । इन्टरनेटको आईपी एड्रेसबाट एक घन्टामै पत्ता लाग्यो, 'इमेल त्यही छिमेकी घरबाट गएको रहेछ ।'
अनि पो श्रीमतीले उसको कुकृत्य प्रयास र आफूले झाप्पु लाएको घटना सुनाइछिन् । उनीहरूको सम्बन्ध पुनः सुमधुर भयो ।
'त्यसलाई के गरौं ?' उसले शुक्रबार सोध्यो ।
'साइबर अपराधमा मुद्दा लाइदेऊ', मैले भनेंँ ।
ऊ अनकनायो, 'यो कुरो बाहिर आउँदा कतै हाम्रै बेइज्जत त हुने होइन ?'
अन्योलग्रस्त उसले हिजो पनि फोन गर्‍यो, 'यार, म के गरुँ ?'
उसले जे गरोस् । मलाईचाहिँ लाग्यो- समस्या यो सानो होइन । वैदेशिक रोजगारको बढ्दो लर्कोसँगै हाम्रो देशमा विभिन्न खाले सामाजिक समस्या उब्जिएका
छन् । तीमध्ये मुख्य बनिरहेको छ- पारिवारिक खटपट । कति विदेशमै घरजम गरेर अड्किएका छन् । कतिका परिवार यता भत्किएका छन् । कतिमा मनोवैज्ञानिक समस्या छ । दुवैतर्फ शंकैशंकामा दिनहरू बित्दा छन् । त्यही बहानामा झगडा बढेका छन् । कटुता थपिएका छन् । सुमधुर वैवाविक सम्बन्ध धराशायी हुँदाछन् ।
समाजमा खोज्दै जानुभयो भने यस्ता पात्रसमेत अचेल पाउनुहुनेछ, जो एक्लै बसेका महिलाका पछि लागिरहेका हुन्छन् । त्यस्तैका खोजीमा भौँतारिइरहेका हुन्छन् । बाटा-बाटामा बोलाइदिन्छन् । सार्वजनिक ठाउँमा गफ गर्न खोज्छन् । त्यही दृश्य ती महिलाका नन्द/आमाजू, देउरानी/जेठानी आदिले सुराकी गरिरहेका हुन्छन् । तत्काल डायल गरेर विदेशमा सुनाइदिन्छन् । ठूलो कारणै चाहिँदैन- सम्बन्ध सकेसम्म सकिन्छ । नभए धराप अवश्य हुन्छ ।
खासमा भन्नुपर्दा वैदेशिक रोजगारका सबैभन्दा पीडित महिला भइरहेका छन् । छोडेर हिँड्नेका उदाहरण दिएर इमानदारहरूमाथि प्रश्न उठाउने पतिहरू प्रशस्त छन्, अचेल । पुरुष पलायन हुँदा पनि घरमा महिला छन् र घर चलेका छन् । समाज बँचेका छन् । जिन्दगीमा नछोएको हलो महिलाले जोत्नुपर्ने दिन आएको छ । परम्पराले नजाऊ भनेको मलाममा अब महिलैमात्र हुनथालेका छन् । मेला-पर्व उनीहरूले नै धानेका छन् । हाट-बजार भ्याएका छन् । गाउँका भेला र कचहरीमा उनीहरू नै अघि सरेका छन् । ती सारा भार काँधमा बोकेर हिँडडुल गर्दा लोग्नेले उल्टै सोधिदिन्छन्, 'दिनभरि कोसँग कहाँ गएकी थिइस् ?'
शंका र गडबडीका स्रोतचाहिँ पुरुषहरू हुन् । किनकि श्रीमतीको भर्भराउँदो बैंस छाडेर उनीहरू नै परदेशिएका छन् !

















लेखक : अखण्ड भण्डारी

Wednesday, December 11, 2013

मुटु छुने दुखद कथा ….

३ बर्ष बिदेसमा बसेर २ महिने छुट्टिमा घर गइयो बाबु आमा को माग अनि आफ्नो पनि इच्छा अनुसार बिहे गरियो,कलेज पढ्ने केटि संग !! मागी बिबाह थ्यो हाम्रो !!हुनेवाली ‘जीवन संगिनी’को मागथ्यो-”बिहे पछी पनि कलेज पढ्न चै छोडदिन है”..हुन्छ भन्नैपरो..भनियो पनि !!
बिहे गरेको एक महिना पनि घर बस्न नपाउदै छुट्टि पुरा भयो,फेरी बिदेस आउनै पर्यो, आइयो आज यहाँ आएको मात्र ८ महिना भयो प्राण प्यारी,अर्धांगि नी को अर्को माग-’स्कुटी’ चाहियो रे कलेज जानको लागि,उनको हरेक माग र चाह पुरा गर्ने बचन दिएको थिएँ,अग्नि लाइ साक्षी राख्दै !! किन्दिनै पर्यो !!भर्खर घरबाट आएको,अलिकति ऋण पान गरेर भएपनि ‘स्कुटी’ को बजेट जुटाएँ,अनि उनै प्राण
प्यारीको नाममा पठाईदिएँ !! उनि खुशी भइन,स्कुटी किनिन,फोटो पनि पठाइन, माध्यम ‘फेसबुक’ छँदै छ !! लाइक र कमेन्ट को अनगिन्ति बर्षा ले कता कता मुटु नमिठो संग थतरकियो !!फेरी पनि उनको खुशी सम्झेर म आफैपनि मख्ख नै थिएँ !!
त्यस्तै ४०/४५ दिनजति भयो उनि ‘स्कुटी’ मा कलेज जान लागेकी तर..घर बाट अलि चांडै निस्किनु र बेलुका अबेर फर्किनु त सामान्य कुरो भयो,कोइ बजार मा देखें भन्छन,कोइ पार्क मा भेटें भन्छन,कोइ गुल्मी सिमल्तारी घरमा देख्या थिए भन्छन !!आज कल सुन्नमा आउछ बिगत ८/१० दिनदेखि उनको घरमा बास छैन रे,कलेजमा पनि आएकी छैनन् भन्ने खबर सुन्छु !!
फोन गर्यो ‘सम्पर्क हुन सकेन भन्छ,’कैले ब्यस्त छ भन्छ,मलाई पनि कुनै इन्फर्मेसन छैन..आखिर कहाँ गइन त.उनि ?सायद मैले धेरै माया गरेर त होइन ? कहिँ गल्ति त गरिन मैले उलाई स्कुटी किनीदिएर ??
अनन्तराम गिरि
गुल्मी, सिमल्तारी
हाल मलेशिया