संगिता कुवँर गुल्मी हाल काठमाण्डौ
एक हप्ता अगाडी भारतीय टेलिभिजन जिटिभिको चर्चित कार्यक्रम डिआईडि लिलिट मास्टरको उपाधि जितेर हिजो नेपाल फकेर्की तेरीया फौजामगरको स्वागतमा बसेका नेपालीलाई देख्दा लाग्थ्यो साच्चिकै हामी धेरै कुरामा धनि छौ । उनलाई भब्य स्वागत संगै भृकुटी मण्डप नजिकै ल्याईपु¥याउदा म पनि आफैलाई गौरव गरीरहेकी थिए तेरीया माथि तर राजनितिक समचारबाट बितृष्णा भइरहेका दर्शक, स्रोता, पाठकलाई पनि यो गौरवले केही सान्त्वना थपिन्छ होला भन्ने अनुमान गरे । केही बर्ष पहिला इन्डीयन आइडल प्रशान्त तामाङको चर्चा भन्दा बढि चर्चा र स्याबासी पाएकी तेरीयाबाट केही सिक्नु जरुरी छ ।

ताकी त्यो शिक्षा राजनितिक दललाई मात्र होइन किसान, बिद्याथी, अभिभावक, गृहणी सबैका लागी तेरीयाको परिवार सिकाईको माध्यम बन्न सक्छ । त्यो सफलतामा प्रोत्साहन गर्ने तेरीयाका हजुरबुबा, छोरीलाई माया स्नेह र मेहनती बनाउन सिकाउने आमा, तेरीयाको अध्ययन नृत्य र आर्थिक पाटोमा साथ दिने बाबा र नेपाली भनेर गौरव गर्ने लाखौं दर्शक नभइदिएको भए के सफलता सम्भव थियो ? अब प्रश्न यहाँ छ । हाम्रो सिकाई पनि ग्रान्ड फाइनलको लाइभ हेरीरहदा तेरीयाको प्रस्तुती उनका बिदेशबाट आएका बाबा उनकी ममि नेपालीको हौसला देख्दा साच्चिकै खुसीका आशुँ पोख्खीरहेका थिए । नेपाली क्रिक्रेट टोलीलाई बिश्वकपमा पुरा¥यौ, तेरीया मगर, प्रशान्त तामाङलाई जितायौ, पुष्पा बस्नेत र अनुराधा कोइरालालाई सिएनएन हिरो बनायौ । उनिहरुलाई गरेका भोटले बिश्वमा चिनायो तर राजनितिक दललाई दुईपटक गरेको भोटको कुनै औचित्य छैन् । अब हाम्रो काम भोट दिने र नेपाली हुँ भनेर गौरव गर्ने मात्र होइन देशको राजनितीक बेतिथि बिरुद्ध पनि यसै गरी एकजुट भयौ भने नेपाललाई बनाउन सक्छौ । हामीमा धेरै सहने बानी छ । हामी गुनासो गर्छौ तर त्यसको समाधान बारे भने मौन छौ । एउटा युवा भनेर गौरव गरीरहदा के सधै पासपोर्ट बनाउने लाइनमा र राजनितिक दलको बन्द हड्तालका लागी मात्र हो ? अब मुल्याङकल त्यसबाट हुन्छ युवा भएर देशको चिन्ता र चिन्तन गर्ने कि नगर्ने के गुनासो र एक अर्कालाई दोष लगाउदैमा हामी पन्छीने हो ? इतिहास हामी संग छ । सुरुवात गरौ राजनितिलाई घिनलाग्दो भनेर अरुलाई दोष दिनुभन्दा घिनलाग्दोलाई सफा बनाउन तपाई हामी बोल्नुपर्छ । जसले जहाँबाट जसरी सक्छौ समाधानको लागी प्रश्न गरौ राजनितिमा अब तपाईको पनि चासो चाहिन्छ ।
0 $type={blogger}:
Post a Comment