टोपलाल अर्याल
असार १२ गते गुल्मी । गुल्मीको दोहोली गाविसलाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको छ । सोही अवसरमा गाविसलाई पूर्ण खोप, पूर्ण साक्षर, बिद्यालय शान्तिक्षेत्र र ५ बर्ष देखि १२ बर्ष उमेर समुहका बालबालिका बिद्यालय सेबा क्षेत्र बाहिर नभएको घोषणा गरिएको हो । दोहली गाविसलाई ३० औँ गाविसको रुपमा खुल्ला दिसामुक्त र पूर्ण खोप तथा १० औँ गाविसको रुपमा पूर्ण साक्षर गाविस घोषणा गरिएको हो ।
सोही अवसरमा बोल्दै प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु घर्तिले अहिले घोषणाको चरणमा सक्रिए भएका सरोकारवाला र स्थानियबासी निरन्तर लागी परे कार्यन्वयन त्यति चुनौतिपुर्ण नहुने बताउनु भयो । समाजको विकास र समृद्धिका लागी जिल्ला र बाहिरबाट कोहि नआउने बताउँदै घर्तिले सवभन्दा पहिले स्थानियकै सक्रियता चाहिने भनाई राख्नु भयो । त्यस्तै नेपाली काङग्रेसका नेता छन्त पहराइले घोषणा भन्दा पनि कार्यन्वयनको पाटो चुनौति पुर्ण भएकाले स्थानिय सवै पक्षबिचको कार्यगत एकता चाहिने बताउनु भयो । यसैबिच एमाले नेता लक्ष्मण बिष्टले जिल्लाका ठूलाबडा नेता तथा कर्मचारीहरुले स्थानिय स्तरका जनता र योजनाहरुलाई व्यवास्ता गर्ने गरेको गुनासो गर्नु भयो । आधिकारीक रुपमा भेटेर अनि पत्र मार्फत निम्तो दिँदा पनि जिल्लाका हाकिम कार्यक्रममा नआएको प्रति उहाँले चिन्ता ब्यक्त गर्नु भयो ।
सोहि अवसरमा एमाओवादी नेता युवराज केशीले जनतामा चेतनाको कमिले गर्दा घोषणा संगै कार्यन्वयनको पाटो थप चुनौतिपुर्ण भएको बताउनु भयो । यस्तै जिविस प्रतिनिधि हरि प्रसाद पोख्रेलले गाविस र जिविस बिचमा अझै पनि समन्वयको खाँचो रहेको बताउनुभयो । यसैबिच जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि बोम अर्यालले साहित्यीक रचना तथा भनाई मार्फत समाज विकास संगै सरसफाईलाई जोड दिनुपर्ने भनाई राख्नु भयो । सोहि अवसरमा खानेपानी कार्यालयको तर्फबाट माधव प्रसाद पाण्डेयले व्यतिmको आफ्नै सानो लाप्रबाहिले भयङकर रोगको सिकार हुने गरेको बताउनु भयो । बिद्यालय निरीक्षक कल्पना भण्डारीले शिक्षाको माध्यमबाट समाज चेतनशिल बनाउन सकियो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिनेमा जोड दिनुभयो ।
यस्तै रामराज्य उमावि व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतले धेरै मेहनतका साथ घोषणाको दिन सम्म ल्याउने सवै स्थानियलाई धन्यवाद दिनु भएको थियो । घोषणाका क्रममा स्थानिय संग सम्झाई बुझाइ गरेर वा नटेर्नेहरुको सेवा सुविधा कटौति गरेरै यो अवस्था सम्म आउनुमा कसैको व्यतिगत स्वार्थ नभएर सिङ्गो गाविसको स्वार्थ भएको महतको भनाई रहेको थियो । यसैबिच नेपाल पत्रकार महासंघ गुल्मीका कार्यसमिति सदस्य टोपलाल अर्याल, नेपाली काँग्रेस दोहली गाउँ सभापति कार्य समितिको तर्फबाट केशव रिजाल, एमालेको तर्फबाट लङ्क बहादुर बस्नेत, एमाओवादीको तर्फबाट कृष्ण रिजाल, इस्मा रजस्थल गाविस सचिव शेर बहादुर खड्का, हर्मिचौर गाविस सचिव मेघनाथ पोख्रेल, नेटा गाविस सचिव चुरा बहादुर नेपाली, दर्लामचौर गाविस सचिव सुरेन्द्र पाण्डेय लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पूर्ण साक्षर गाविसको प्रतिबेदन रामराज्य उच्च माविका प्रर्चाय लालबहादुर कुँवर, पूर्व खोप गाविसको प्रतिबेदन दोहोली उपस्वास्थ्य चौकीका प्रमुख रमेश मरासीनिले र खुल्ला दिसामुक्त गाविसको प्रतिबेदन गाविस सचिव भिम प्रसाद पोख्रेलले पेश गर्नुृभएको थियो ।
कार्यक्रममा सहाय प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर घर्तिको प्रमुख आतिथ्यता र गाविस सचिव भिम प्रसाद पोख्रेलको अध्यक्षता, सामाजिक परिचालक चन्द्रबहादुर महतराको स्वागत तथा शिक्षक गुणाखर अर्यालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय झाँकी, पञ्चैबाजा, भजनकृतन, भैलो नाच, बिद्यार्थीहरुको सास्कृतिक कार्यक्रम लगायतका प्रस्तुतीहरु पनि देखाईएको थियो । कार्यक्रमका अभियानलाई सहयोग गर्ने महिला स्वयसेविका तथा सरोकारवालालाई सम्मान र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

0 $type={blogger}:
Post a Comment