परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना
सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...
गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...
Showing posts with label फोटो फिचर. Show all posts
Showing posts with label फोटो फिचर. Show all posts
Sunday, October 9, 2016
Saturday, August 27, 2016
दिगाममा तिज गित प्रतियोगिता भब्यताका साथ सम्पन्न
अमर पन्थ / गुल्मी दिगाम सेरोफेरो नेटवर्क भदौ ११ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा दिगाम महिला सञ्जाल गुल्मीको आयोजनमा आदर्श उच्च माध्यामिक बिद्यालयको प्रांगडमा भब्य तिज गित प्रतियोगिता संम्पन भयको छ ।
प्रतियोगितामा दिगामका कुल ५ वडाका प्रतियोगीहरुको सहभागिता थियो भने स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो, प्रतियोगितामा वडा नं. ५ प्रथम, वडा नं. ३ दोस्रो, वडा नं.४ तेस्रो भय भने वडा नं. ८ र ९ ले सान्तवनामै चित्त बुझाय ।
उक्त कार्यक्रमको संचालन लक्षमी न्यौपानेले गर्नु भयको थियो भने, स्वगत मन्तब्य भगवता न्यौपानेले राख्नु भयको थियो तेसै गरी अतिथिहरुमा प्रमुख अतिथि एमाले ईलाका नं ६ का हुमनाथ कंडेल थिय भने अन्य अतिथिमा नेकपा ए माओवादीका नेता बिन बहादुर राना र दिगाम आदर्श उच्च माध्यामिक बिद्यालयका शिक्षकहरु थिय ।
तस्बीर: रामृष्ण न्यौपाने
Sunday, January 3, 2016
Wednesday, November 11, 2015
उज्यालो पर्व दीपावली (तिहार)को अवसरमा हार्दिक मगंलमय शुभकामना
उज्यालो देशमा होस, उज्यालो घर परिवारमा होस् ... तपाइहरुको तिहार रमाइलो र हर्षोल्लास पूर्बक बितोस ! .....दीपावली (तिहार) २०७२ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति , सु स्वास्थ , समृद्धि
एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं !
सम्पादक: एम लाल बेलबसे
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार -
एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं !
सम्पादक: एम लाल बेलबसे
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार -
Wednesday, October 21, 2015
यस्तो रह्यो गुल्मी दिगाममा महाअष्टमी दुर्गा पुजा (फोटो फिचर)
एम लाल बेलबासे बहरीइन, कात्तिक ४ । आज बडादसैँको आठौं दिन महाअष्टमी दुर्गा भवानीको पूजा गरी देशभर मनाईंदैछ .... यसै अवसरमा दिगाम घलाम (थुम्की)मा अबस्थित कालिका शक्तिपीठमा पनी बिधि पुर्वक पूजा अर्चना गरी धुम-धामका साथ मनाईयो, यस शक्तिपीठमा भाकल गरे चिताएको पूरा हुन्छ भन्ने जनविश्वास छ। आज यहाँ वोका परेवाको वली दिईयो साथै यस मन्दिरको अर्को विषेसता यहाँ पश्चिम नेपालका केही भागमा मात्र नाचिने सराय नाच यहाँ पनी देख्न सकिन्छ .....
हेरौ सोही अबसरमा प्रेम बिस्वाकर्मले कैद गर्नुभयका केही तस्बिरहरु
हेरौ सोही अबसरमा प्रेम बिस्वाकर्मले कैद गर्नुभयका केही तस्बिरहरु
Tuesday, October 13, 2015
Friday, September 18, 2015
ऋषिपञ्चमीमा दिगामको डाँडाँपोखरीमा जे देखियो
एम लाल बेलबासे बहराईन, आसोज २ ।
हिन्दू महिलाहरुले सप्तर्षिको पूजा गरी हिजो ऋषि पंचमी पर्व मनाए । पंचमी ब्रत बस्ने महिलाहरुले हिजो बिहानै नजिकको नदी, खोला र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दा“त माझेर , गाईको गोबर, माटो र खरानी लगाई नुहाउने गर्छन् ।
वर्ष भरि घर व्यवहार गर्दा ऋषिहरुको सम्मानमा पूजा पाठ गर्न नभ्याएको र मासिक धर्मको बेला अन्जानमा अनादार भएको हुन सक्छ भनि महिलाहरुले सप्तर्षिको पूजा गर्ने चलन छ । पंचमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ ।
सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको अवसरमा गुल्मी दिगामको वाडा न. ४ / ५ को सङम स्थल डाँडाँपोखरीमा पनि बिहानै देखि ब्रत बसेका महिलाहरुले ऋषिपञ्चमीको पूजा लगाइ, दिवसो नाच-गान गरि रमाईलो गरेका थिय ।
हेरौ गुल्मी दिगाम सेरोफेरो नेटवर्क सहयोगी रमेस पन्थले कैद गर्नुभयका केहि तस्बिरहरु
Wednesday, September 16, 2015
यस्तो देखियो तस्बीरमा तीज "दिगामेलीहरु नाच - गान गरी रमाईलो गर्दै"
यम लाल बेलबासे बहराईन, भदौ ३० । नेपाली महिलाहरूले हरितालिका तीज आज मनाउँदैछन् ।प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।
यस्तो देखियो आज दिगामको बोखरमा तीजको रौनक हेरौ गुल्मी दिगाम सेरोफेरो सहयोगी प्रकाश न्यौपानेले कैद गर्नुभयका कार्यक्रमका केहि झलकहरु
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।
यस्तो देखियो आज दिगामको बोखरमा तीजको रौनक हेरौ गुल्मी दिगाम सेरोफेरो सहयोगी प्रकाश न्यौपानेले कैद गर्नुभयका कार्यक्रमका केहि झलकहरु