एम लाल बेलबासे बहराईन, आसोज २ ।
हिन्दू महिलाहरुले सप्तर्षिको पूजा गरी हिजो ऋषि पंचमी पर्व मनाए । पंचमी ब्रत बस्ने महिलाहरुले हिजो बिहानै नजिकको नदी, खोला र पोखरीमा गई ३ सय ६५ वटा दतिवनले दा“त माझेर , गाईको गोबर, माटो र खरानी लगाई नुहाउने गर्छन् ।
वर्ष भरि घर व्यवहार गर्दा ऋषिहरुको सम्मानमा पूजा पाठ गर्न नभ्याएको र मासिक धर्मको बेला अन्जानमा अनादार भएको हुन सक्छ भनि महिलाहरुले सप्तर्षिको पूजा गर्ने चलन छ । पंचमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने पनि भनिन्छ ।
सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । ऋषिपञ्चमीको अवसरमा गुल्मी दिगामको वाडा न. ४ / ५ को सङम स्थल डाँडाँपोखरीमा पनि बिहानै देखि ब्रत बसेका महिलाहरुले ऋषिपञ्चमीको पूजा लगाइ, दिवसो नाच-गान गरि रमाईलो गरेका थिय ।
हेरौ गुल्मी दिगाम सेरोफेरो नेटवर्क सहयोगी रमेस पन्थले कैद गर्नुभयका केहि तस्बिरहरु
0 $type={blogger}:
Post a Comment