परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना
सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...
गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...
Showing posts with label राष्ट्रिय समाचार. Show all posts

Sunday, October 9, 2016
Saturday, June 11, 2016
देशकै नमुना अस्पताल बनाउँछुः अध्यक्ष टण्डन
गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मनु भएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि गरेको कुराकानी जस्ताको तस्तै :-
धेरै क्षेत्रहरु छन मैलै विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छु । २०२५ सालमा बुवा रनसिहं टण्डन लुम्सामा किराना पसल गर्नुहुनथ्यो । २०४३ सालमा गुल्मीको हर्दिनेटामा मैले पसल शुरु गदै गर्दा–गर्दा म विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । राजनीति गर्दा विभिन्न बाधा अड्चन भोग्नुपर्दो रहेछ । यसक्रममा २०४७ साल पुष ३ गते दिगाममा एउटा ठूलो काण्ड घट्यो । त्यो काण्डमा एमालेबाट मैले निकै पिटाइ खानुपर्यो ।
त्यो पिटाईले मैले गाउँ छोड्न बाध्य भएँ । अहिले उहाँहरुलाई धन्यवाद दिन चाहान्छु किनभने यदि त्यो समयमा मैलै त्यसरी पिटाई नखाएको भए सायद म गुल्मी मै रहिरहन्थे होला । म केहि समय पछि विदेशतिर लागे केही पैसा पनि कमाए । विदेशबाट फर्केपछि बुटवलमा ग्लास हाउस तथा फर्निचर उद्योग लगायतका विभिन्न क्षेत्रमा लगानी बढाउँदै लगे । अहिले पनि केहि व्यवसायहरु बुटवलमा चलिरहेका छन् भने काठमाडौंमा पनि ग्रीन सिटि अस्पताल, यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न व्यवसायहरु च्लिरहेको अवस्था छ ।
तपाई स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण के हो ?
म व्याडमिण्टन खेलाडी थिए । मलाई घुँडामा केही समस्या आयो । चेकअपको क्रममा त्यतिबेला वि.पी. अस्पतालमा डा.दिपक महरा र डा.अर्जुन लामिछानेको टिमले मेरो घुँडाको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रियाका क्रममा झ्याप्प बत्ति गयो । मैलै डा.साबलाई सोधे बत्तिको समस्याले मेरो शल्क्रियामा केही अप्ठेरो त पर्दैन भनेर । म उपचारको क्रममा जुन शैयामा बसेको थिएँ, अप्रेशन कक्षबाट त्यतिबेला मैले मनमनै प्रतिज्ञा गरेको थिएँ की लोडसेडिङ मुक्त अस्पताल खोल्नुपर्छ भनेर, त्यहि अनुरुप ग्रीनसिटी अस्पताल २०६९ सालमा खोलँे । अस्पताल शुरु गरेदेखि अहिलेसम्म यो अस्पतालमा लोडसेडिङको बेला पनि त्यसको असर अस्पताल र सेवामा पर्न दिएको छैन, यो अस्पताल लोडसेडिङ मुक्त अस्पतालको रुपमा चिनिन्छ ।त्यहि घटनाले मलाई स्वास्थ्य सेवा प्रवेश गर्न प्रेरित गर्यो ।
यो क्षेत्रमा के–कस्ता चूनौतीहरु देख्नुभयो ?
अस्पतालमा अनेक बिरामीहरु आउने गर्दछन, कसैसँग आर्थिक अभावको कारणले गर्दा उपचार गराउन नसकेर लामो समयसम्म रोग पालेर बस्न बाध्य भएको देखिन्छ, त्यस्ता समस्याको पहिचान गरी अस्पतालले निशुल्क रुपमा उपचार गर्ने गरेको छ । यसको जानकारीको लागि ग्रीनसिटीको वेवसाइटमा पनि यहाँहरुले देख्न सक्नुहुन्छ ।समस्याको बारेमा कुरा गर्दा अस्पताल यस्तो ठाउँ हो, एउटै घटनाक्रमले सय प्रतिशत जश पाउन पनि सक्छ र एउटै कारणले बदनाम हुन पनि सक्छ, यसकारण अस्पताल निकै संवेदनशिल क्षेत्रको रुपमा मैले बुझेको छु ।मैले ग्रीनसिटिको टिमलाई बारम्बार के भन्ने गरेको छु भने निरन्तर आफ्नो दक्षता, क्षमता र कुशल प्रतिभालाई संयमताका साथ सेवामा जुट्नुस, खुशीमा बढी हौसीने र दुखमा बढी आत्तिने काम कहिल्यै नर्गनुस । सेवामा पूर्ण जश पाइदैन तर पनि यसमा आफूले सन्तुष्टी लिदै इमान्दारिताका साथ अगाडी बढ्नुपर्दछ ।
ग्रीनसिटि हस्पिटलको लोकप्रियता बढ्नुको मुख्य कारण के मान्नुहुन्छ ?
नेपालभरीमा नीजि अस्पताल करिब ३५० को सङख्यामा पुगेका छन यसको अलवा सरकारी अस्पतालहरु प्रशस्तै छन । प्रमाण जुटाएर आएको खण्डमा नेपाल सरकारले स्वास्थ्यक्षेत्रका विभिन्न ५ शीर्षकमा एक–एक लाखका दरले अनुदान दिने गरेको छ । यो सबैमा जानकारी पुगेको पनि छैन, थाहा भएका पनि प्रक्रियाबाट सेवासम्म आउन अप्ठेरो अवस्था रहेको छ । म के कुरामा बढी खुसी छु भने गरिव र असहाय व्यक्तिहरुलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म निशुल्क उपचार गरिदिने गरेको छु । यसमा मलाई निकै आनन्द लाग्छ। वरिष्ठ डा.अनिल भट्टराईको सक्रियतामा कालिकोट जिल्लाबाट १० वटा ओपनहर्ट सर्जरीको लागि केशहरु कलेक्शन गरी ल्याउनुभयो र तिनीहरु ग्रीनसिटी अस्पतालको निशुल्क उपचारपछि घर फर्केका छन ।बुटवलबाट प्रकाशित हुने बुटवल टुडे राष्ट्रिय दैनिकमा छापिएको समाचारले रुपन्देहीको खैरेनी निवासी लोकमाया सुनार जस्को जन्मजात मलद्धार थिएन ९ महिना सम्म दिसा निष्काशन नभएकी उनको ग्रीनसिटीले सफल उपचार गरी उनको नियमित दिसा हुने बनाइदिएको छ ।यसैगरी,ओखलढुंगा पोखरे गाविस वडा नम्बर–४ निवासी १३ वर्षकी लिला बि.क. जसले १३ वर्षसम्म आफ्नो दिसालाई पेटमा च्यापेर पिंडामा बाँचीरहेकी थिईन् । साच्चै भन्ने हो भने उनको नाम गिनिजबुकमा लेख्नुपथ्र्यो, त्यो हुन सकेन यसमा मलाई दुख लागेको छ । लामो समयसम्म हेरिरहन सक्ने त्यहाँको समाजप्रति मेरो गुनाँसो पनि छ ।
मुलुकमा भ्रष्टचार मौलाईरहेको छ, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जुन निशुल्क सेवा दिने कोशिस छ, यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अहिले मुलुकको सबै क्षेत्रमा हेर्दा व्यापक भ्रष्टचार भएको देखिन्छ ।मानव भएर जन्मेपछि मानवताको स्वभाव देखाउन सक्नुपर्छ भन्ने मुल उद्देश्यका साथ म यो अभियानमा जुटेको छु । सेवा नै धर्म हो भन्ने नारा लिएर अगाडी बढिरहेको छु । यो अभियानमा म कत्ती पनि बिचलित नभई अगाडी बढिरहने छु यो मेरो प्रतिबद्धता हो ।म नास्तीक होइन आस्तीक हो यसो भन्दैमा मन्दिर मात्रै धाउनु पर्छ भन्ने मेरो सोच होईन । मानव सेवा नै धर्म हो भन्ने मलाई लागेको छ ।देशलाई समृद्धीको बाटोमा लैजानको निम्ति सबैको आ–आफ्नो भूमिका हुनुपर्छ । एक जना व्यक्तिले मात्र गरेर केही हुँदैन् । यसको लागि सबैमा सकारात्मक सोचको आवश्यकता हुन्छ । अहिले धन कसरी थुपार्न सकिन्छ भन्ने होडवाजी नै चलेजस्तो देखिन्छ । विदेशी मुलुकबाट आएको सहयोग भनौ या विकास निर्माणको रकम भनौ सबैतिर ठुलो रकम दुरुपयोग भएको सुनिन्छ । यसलाई तत्काल रोक्न कडा भन्दा कडा कानुन बनाउन आवश्यक छ ताकि फेरी अर्कोले गलत गर्ने आँट नगरोस । गलत गर्ने मान्छेलाई प्रोत्साहन गरेर अगाडी बढाउनु हुँदैन । यसलाई निरुत्साहीत गर्ने तर्फ राज्यको ध्यान जानुुपर्छ ।
ग्रीनसिटीको टीम एकता कस्तो छ?
मान्छे जन्मेपछि एकदिन अवश्य मर्नुपर्छ,बाचुञ्जेल आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु नै महानता हो भन्ने सोचको विकश यो टीममा छ । हामीले जुन खालको काम गर्छौ भनेर हामी अगाडी बढिरहेका छा,आज यसो गरौ है भन्दा नो भनेर कसैले भन्नुहुन्न । डाक्टरहरुले पनि यो केश फ्रिमा गर्नुपर्छ है भनेर भन्यो भने उहाँहरुले साथ दिईरहनु भएको अवस्था छ । म गरिब हुँ भन्दैमा उसको निधारमा देखिँदैन । यसकारण पनि उहाँलाई हामीले नाप्ने यन्त्र भनेको गाविस, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासन कार्यालयबाट यो व्यक्ति साच्चिकै असाहय र गरीब भन्ने सिफारिस लिएर आएमा ग्रिनसिटी अस्पताल निशुल्क सेवा दिन सधै तयार रहेको छ ।
नेपालका विभिन्न ठाउँका दुर दराजमा बस्नेहरुको स्थिती एकदमै नाजुक छ शहरमा त भनेको बेला औषधी उपचार गर्न सकेको अवस्था छैन । सुगम ठाउँमा अस्पताल निर्माण गर्नुभएको छ । यो ग्रिनसिटीले दुर्गम ठाँउका लागि केही सोच बनाएको छ कि छैन ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, यो दुर्गमका लागि सबैभन्दा ठुलो कुरा चाँही के छ भने नेपाल सरकारको पोलिसी मै जानुपर्छ । हामीले चाहेर पनि केही गर्न सक्दैनौ। एमबिबिएस पास गरेर आउने डाक्टरलाई पहिले कम्तिमा २ वर्षसम्म दुर्गममा काम गराएर मात्रै सुगम प्रवेश गराउने प्रक्रिया नेपाल सरकारले गरिदियो भने त्यतीखेर मात्र दुर्गमले सेवा पाउन सक्छ । अहिले सबैले चाइना, बंगलादेश अथवा नेपाल जहाँबाटै प्रोडक्ट भएपनि तीनीहरुले सुगम ठाउँमात्रै खोज्छन् । दुर्गममा गएर काम गर्न कोही पनि मन पराउँदैनन् । त्यसको लागि हामीले जति लगानी गरे पनि सफल हुन सक्दैनौ ।कम्तीमा पनि २ वर्षसम्म दुर्गम ठाँउमा काम गरेको सर्टि्फिकेट नभएसम्म प्रमोशन र सुबिधाहरुलाई राज्यले नै रोक्न सक्नुपर्छ । अहिले दुर्गममा गएर हामीले अस्पताल खोलौँ भन्ने हो भने दुर्गममा डाक्टर नै जाँदैनन्। डाक्टर नभएपछि अस्पताल कसरी चलाउने त्यो एकदमै ठुलो समस्या छ ।
ग्रिनसिटीले स्वास्थ्य शिविरहरु चलाएको अवस्था के छ ?
यसको रेकर्ड नै हेर्यो भने पनि हाम्रो प्रशासनमा गएर हेर्न सकिन्छ । मलाई लाग्छ सबैभन्दा बढी स्वास्थ्य शिविरहरु ग्रिनसिटीले नै सञ्चालन गरेको छ । नुवाकोट, धादिङ, रसुवा, लमजुङ अनि टोखा एरिया, मनमैजु एरियामा प्रायजसो हामीले गरिरहेका छौ । विभिन्न कलेज, स्कुलहरुमा पनि शिविरहरु सञ्चालन भइरहेको छ। अब हामी अष्ट्रेलियाको एनआरएनको टिमसँग दैलेखमा वैशाख ४ गतेदेखि ७ दिनको शिवीर लिएर यो हस्पीटलको टिम जांदैछ । महिलाहरुको पाठेघर सँग सम्बन्धित केशहरु हुन्छन ती केशहरुलाई तुरुन्तै शिविरमा नै अप्रेशन गर्ने गरि हामीले कार्यक्रम राखेका छौँ ।
भावी योजनाहरु के –के छन् ?
यसलाई नेपालकै एउटा नमुना अस्पताल बनाउन हामीले प्रतिबद्धता गरेका छौ । देश र विदेशमा बस्ने साथीहरुसँग छलफल भईरहेको छ । मैले नेपालको एउटा राम्रो र सुविधा सम्पन्न अस्पताल जहाँ औषधी उपचार गर्न नसकेर यहाँबाट भारत लगायत अन्य मुलुकमा जाने पैसालाई नेपालमा नै रोक्नुपर्छ, कार्यदक्षता भएका मान्छेहरु नेपालमा प्रशस्तै छन् ।“मान्छेहरुलाई चिन्ने व्यवहार गरेर सुनलाई चिन्ने कसी लगाएर” त्यसको लागि देशका ठुला नेताहरुलाई सबभन्दा पहिले नेपालमा नै सेवा हुन्छ नेपालमा नहुने भनेको सेवा केही पनि छैन भन्ने कुरामा बिस्वास हुनुपर्यो । नेपाली डाक्टरहरुले देश विदेशमा गएर नाम कमाएका छन् । त्यस्तै खालका डाक्टरहरु नेपालमा पनि छन् कार्डियो सर्जरी डाक्टर अनिल भट्टराईलाई राम्रो उदाहरणका रुपमा लिन सकिन्छ । यसै अस्पतालमा कार्यरत उहाँ विश्वका १० जना मध्ये एक जना डाक्टर पनि हो ।उहाँले यति राम्रो सर्जरी गर्नुहुन्छ की,४५ मिनेटमा ओपनहर्ट बाइपास सर्जरी गर्न सक्नुहुन्छ । उहाँ जस्तै यहाँ अरु पनि सक्षम डाक्टरहरु हुनुहन्छ । स्पान्युल, न्युरो, गाइनो, कार्डियो सर्जन डाक्टर विभिन्न विधाका डाक्टरहरुले राम्रो तरिकाले सेवा दिईरहनुभएको छ । हामीले सबैभन्दा पहिले नेपालमै भएका डाक्टरलाई विश्वास गर्ने बानी बसाल्यौं भने यो देशलाई अगाडी बढाउन सकिन्छ ।तर विशेष गरेर नेपाल सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु र राजनीतिक दलका प्रतिनिधीहरुको विशेष भूमिका रहन्छ ।
स्वास्थ क्षेत्रमा भएका राज्यका नीतिलाई कसरी लिनुभएको छ ?
नीतिको कुनै टुङगो नै छैन् । जति बेला अफ्ठयारो पर्यो त्यतीखेर माईनोटिङ गर्ने, क्याबिनेटमा निर्णय गर्ने परम्परा छ, यो मुलुकको लागि दुर्भाग्य हो । आज एउटाले गर्यो भोली अर्को मन्त्री आएपछि त्यो चेन्ज हुन्छ । मेरो विचारमा कानुन सबैलाई हुने खालकोर दिर्घकालिन हुनुपर्दछ ।कानुन फितलो देखिरहेको छु । कानुन भन्ने कुरा एकपटक बनिसकेपछि जो आएपनि परिवर्तन नहुने खालको हुनपर्यो अनि मात्रै देशको विकाश हुन सक्छ ।आफूलाई सजिलो पार्ने मात्र कानुन बनाएर हुन्छ र ? त्यसले गर्दा आफूलाई सजिलो पर्ने गरेर कसैले पनि काम गर्नुहुँदैन । मैले पनि मलाई सजिलो हुने गरी कुनै पनि यो संस्थामा नियम बनाएको छु जस्तो मलाई लाग्दैन । किनभने हामी पनि एउटा दायरामा छौ । हामी जसरी एउटा प्राईभेट सेक्टरमा काम गर्छौ राज्यका जिम्मेवार निकायहरुले पनि कानुनको दायरमा बसेर काम गरिदिए धेरै राम्रो हुने थियो ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
म एउटा कर्मश पढेको मान्छे एउटा विजनेश गरेको नन टेक्निकल ब्यक्ति विशुद्ध नयाँ क्षेत्र भित्र प्रवेश गरेको छु । मैले प्रवेश गरेको ठाँउमा लोक बहादुर टण्डनले यस्तो चलाएर नी चल्छ र ? भन्ने गरेको पनि सुनेको थिएँ । तर आज लोक बहादुर टण्डन भएन भने अस्पताल चल्दैन भन्ने कुरा मैले सुनेको छु । मैले गरेका कामहरुप्रति म सन्तुष्ट छु । काम सानो ठुलो हुँदैन, काम जे गरेपनि हुन्छ । तर लगनशिलता, मेहनत र इमान्दारीका साथ गर्नुपर्छ । सम्पूर्ण साथीभाई इष्टमित्रलाई के भन्न चाहान्छु भने इमानन्दारितालाई कायम गर्न जानियो भने अवश्य पनि आफ्नो गन्त्वयमा पुग्न सकिन्छ । -(ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि चेनता न्युज डट कमले केहि महिना अघि गरेको कुराकानी )
Tuesday, October 13, 2015
Friday, May 23, 2014
पर्यटन मन्त्रीको रेसुंगा भ्रमण (फोटो फिचर)
घनश्याम गौतम गुल्मी जेठ ९ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भिम आचार्यले विहिवार र शुक्रवार गुल्मी जिल्लाका विभिन्न स्थानहरुको भ्रमण तथा अनुगमन गरेका छन् । पर्यटन मन्त्रालय अन्तर्गत गठन भएको रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति मार्फत भएका झण्डै ६ करोड लागतका पर्यटकीय पूर्वाधार निर्माणका संरचनाहरुको अनुगमन गर्दै रेसुंगा क्षेत्र धार्मिक र पर्यटकीय दुवै हिसाबमा अत्यन्त महन्वपूर्ण भएको भन्दै मन्त्रालयले आगामी दिनमा विशेष प्राथमिकतामा राख्ने बताए । २३४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा रहेका वन पैदवार, धार्मिक तथा ऐ तिहासिक महत्व, प्राकृतिक मनोरम दृश्य र यस क्षेत्रमा निर्माण भएका संरचनाहरुले रेसुंगा थप अर्कषक बनेको छ । मन्त्री आचार्यले लुम्बिनी आउने धार्मिक पर्यटकहरुलाई रुपन्देही, कपिलबस्तु, अर्घाखा“ची हुदै गुल्मी ल्याएर पाल्पा र पोखरा जाने व्यवस्था मिलाउन सकेत यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने भन्दै त्यसै अनुसारको गुरु योजना तयार गरी मन्त्रालयमा पेश गर्न रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलाई निर्देशन समेत दिए । मन्त्री आचार्यले सिमिचौरमा निर्माणाधिन रेसुंगा विमानस्थलको निर्माण कार्य पुरा गर्ने र रिडीमा तिन जिल्ला छुने तिनमुखे पुल लगायतका लागि समेत आवश्यक बजेट व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।
तस्विर : घनश्याम गौतम
Thursday, May 15, 2014
तेत्तिस महिनामा सक्ने सडक सेनाले आठै महिनामा सक्यो : अडियो कुराकानी र साथमा तस्वीर...
कालिगण्डकी कोरिडोर अन्तरगत गुल्मीको हर्मीचौर अर्वेनीका वासीन्दाको ३० वर्ष देखि अलपत्र सडक नेपाली सेनाको हातमा परेपछि सुरु गरेको ८ महिना मैं सम्पन्न गरेको छ ।
जुन सडक कडा चट्टान भएका कारण अन्य निकायले नसक्ने भए पछि नेपाल सरकारले नेपाली सेनालाई ३३ महिनामा सक्नु पर्ने सम्झौता गरी गत वर्ष जिम्मा दिएको थियो । गुल्मीको क्षेत्र नम्वर १ को अति विकट गाविस हर्मीचौर, अर्वेनीको कडा चट्टान फोरेर नेपाली सेनाले रुद्रवेणी देखि सडक पुराई दिए पछि त्यहाँका वासीन्दा औधी खुशीमा छन् । भारत देखि सिधै चिन जोड्ने सुनौली रिडी तिव्वतको कोराल्ला जोड्ने कालिगण्डकी कोरिडोर अन्तरगत उक्त स्थानमा नेपाली सेना सडक निर्माण कार्यदलले १२ किलो मिटर कडा चट्टान फोरेर सडक निर्माण गर्ने जिम्मा लिएको थियो । तर उसले स्थानियवासीको आग्राहमा थप दुई किलो मिटर सडक समेत खनी दिएको छ ।
कुल १२ करोडको लागतमा सेनाले खनी दिएको सडक जिल्लाकै नमुना सडक बनेको छ ।
कालिगण्डकी कोरिडोर सरोकार समितिका प्रवक्ता टिकाराम ढकाल भन्छन्–‘ नेपाल सरकारले ३३ महिनामा सक्ने गरी दिएको थियो र त्यति वेला सेनाले २४ महिनामा सक्छौं भनेको थियो तर कल्पना नै नगरेका आठ महिनामा सक्दा असाध्धै खुशी छौं ।
आफ्नो अध्यक्षतामा २०४९ सालमा जनता आफै बाटो खन्न सुरु गरेका थियौ, पछि २०५४ सालमा थप जोड गरेर खन्न सुरु ग¥यौं–‘ ढकालले भने–‘ कडा चट्टान परे पछि कसैको वलवुताले भ्याउने नदेखेर अलपत्र अवस्थामा छाडेका थियौं । ’ उनका अनुसार २०५८ सालमा पाल्पाको श्रीनगर होटलमा पश्मिाञ्चालका १६ जिल्लाका जन प्रतिनिधीहरु भारत चिन जोडने सडक निर्माण गर्ने छलफल भएको थियो ।
त्यस पछि २०६० सालमा काठमाण्डौंको मदरल्याण्ड होटलमा पुनः ति जिल्लाका जन प्रतिनीधी र नेपाल सरकारका प्रतिनीधी सहितको भेलाले सरोकार समिति गठन गरी तल्लो तिब्वतको कोराल्ला र सुनौली सडकलाई राष्ट्रिय गौरवको सडक सम्वोधन गरिेएको थियो ।
सेनाले खनेको १४ किलो मिटर सहित रुद्रवेणी देखि खड्गकोट ,भुर्तङ्ग हुँदै बाग्लुङ्गको सिमाना सम्म ४४ किलो मिटर सडकको करिव ९० प्रतिशत काम सम्पन्न भई सकेको र अव फिनिसिङ्गको काम मात्रै बाँकी रहेको ढकालले बताए । सडक सुचारु भए पछि हर्मीचौर ,अर्वेनी, जयखानी, फोक्सीङ्ग खड्गकोट र भुर्तुुङ्ग र वाग्लुङ्गको वरेङ्ग, हुुग्दीशिर सम्मका जनताले प्रत्यक्ष लाभ लिन थालेको ढकाल बताउँ छन् ।
पुर्तिघाट वजारमा अँस्ती सम्म प्रति किलो ८० रुपैयाँ पर्ने चिनी अहिले ७३ मा झरेको छ ढकालले भने–‘ ढुवानीको मुल्य घट्यो र यहाँका मानिसहरु सिधै वुटवाल र तम्घास जान थाले , तिस वर्ष पछि बल्ल यहाँका जनताको सपना पुरा भएको छ । ’हर्मीचौर ७ का ७४ वर्षिय बृद्ध पिताम्वर पाण्डेले त सडक सुचारु भएको खुशी ब्यक्त गर्ने क्रममा विगतको भोगाई सम्झेर बोल्दा बोल्दै गला अबरुद्ध पारे । –‘ भने गौरवको महशुस भएको छ यस्तो पहरो फोरर सडक बन्दा भन्ने त कल्पना पनि गरेका थिएनौं । ’
स्थानिय समाज सेवी शिवलाल न्यौपानेले पनि आफुलाई सपना जस्तै लागेको बताए । उनले थपे –‘बुवाहरुले बटौली देखि नुन बोकेर खानु भयो , मै आफै पनि ३० वर्ष देखि हिडेर सदरमुकाम पुग्थे अहिले गाउँ सम्मै गाडी आउँदा असाध्धै खुशी लागेको छ ।’ अर्का स्थानिय समाज सेवी डिल्लीराज पाण्डेले पनि सेनाले गरेको राम्रो कामलाई राम्रै भन्नु पर्ने बताए ।
नेपाली सेना कागिण्डाकी कोरिडोर सडक निर्माण कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराई संग सम्र्पक राख्दा उनले गरे असम्भव के छ र ? भन्ने नेपाली सेनाका मुल मन्त्र अनुसार दिन रात, घाम पानी नभनी काम सुरु गरे पछि आठै महिनामा सम्पन्न गर्न सफल भएको बताए ।
स्थानियवासीको सहयोग, सहकार्यमा उक्त काम सकेर पनि त्यस सडक खण्डको साँघुरेमा समेत चट्टान फोर्ने जिम्मेवारी नेपाली सेनाले पाएको र काम सुरु भएको उनले बताए । उताको चट्टान फोर्ने क्रममा ज्यान गुमाउने दुई जना कामदार र ७ जना घाईतेलाई पनि प्रमुख सेनानी भट्टराईले सम्झाना गरे ।
हर्मीचौरको चट्टान फोर्ने क्रममा साउन २८ गते सिन्धुलीको ककुरठाकुर गाविस वडा नम्वर ९ का टेकबहादुर खड्काको माथीबाट खसेको ढुङ्गाले घटना स्थल मै ज्यान लिएको थियो । त्यस्तै उपचारका लागि पोखरा पठाईएका उदयपुर टिस्कुटका सिङ्गलाल तामाङ्गको उपचार कै क्रममा ज्यान गएको र ७ जना घाईते रहेको उनले जानकारी दिए ।
गुल्मी कै म्यालपोखरी वडा नम्वर २ निवासी प्रमुख सेनानी भट्टराईले सामाजिक दायित्य पनि पुरा गर्नु पर्छ भनेर अलि मेहनतले नमुना काम गरौ भनेर लागेको बताए । उनले आगमी शनिवार अर्थ सचिव अवलोकनमा आउने जानकारी समेत दिए ।
त्यस कालिगण्डकी कोरिडोर योजना कर्यान्वयन गराउनमा क्षेत्र नम्वर १ का तत्कालिन सभाषद सुदर्शन वरालको महत्वपुर्ण योगदान रहेको स्थानियवासीले बताए । यस सम्वन्धमा पुर्व सभाषद वरालसंग सम्पर्क राख्दा आफुले तत्कालिन अर्थ मन्त्री वावुराम भट्टराईसंग कालीगण्डकी कोरिडोर निर्माणका लागि प्रस्ताव राखेको र पछि राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, सदस्य सचिव युवराज भुसाललाई स्थलगत भ्रमण गराई काम सुरु गरेको बताए ।

‘उहाँहरुलाई रुद्रवेणी, हर्मीचौर अर्वेनी र यता रुद्रवेणी देखि मजुवा सम्मको स्थलगत भ्रमण गराएको थिएँ ’–वराललले भने–‘ अर्को दिन त्यहाँबाट फर्केर सदरमुकाममा आफुहरुले पत्रकार सम्मेलन गरी कालिगण्डकी कोरिडोर निर्माणको काम अगागी बढ्ने जानकारी गराएका थियौं ।’
उनले आफ्नो कार्यकालमा साढे चार करोड र पछि १ करोड रकम विनियोजन गराएको बताए । ‘मेरो कार्यकाल सम्म हर्मीचौरको पहरा फोरेर अर्वेनी तर्फ काम सुरु भएको थियो ’ वरालले थपे –‘आफुलाई सवै राजनैतिक दलले साथ सहयोग दिई लगातर २०६७ साल देखि गरिएको पहलको परिणाम अहिले सवैका सामु छर्लङ्ग छ । ’
वरालले यस अवसरमा तत्कालिन योजना आयोगका उपाध्यक्ष क्षेत्री, सदस्य सचिव भुसाल, भौतिक योजना मन्त्रालयका सचिव तुल्सी सिटौला, गुल्मी घर हुने नेपाल सरकारका मुख्य सचिव लिलामणी पौड्याल र नेपाली सेनाका ईन्जिनियर विभाग हेर्ने जर्नेलले पुराएको सहयोगलाई सम्झीनै पर्ने बताए ।
नेपाली सेनाको सक्रियताको पनि उनले प्रशंसा गरे । उनका अनुसार माथील्लो मुस्ताङ्गमा पनि सेनाले नै काम सकेकोले अव छिट्टै कालिगण्डकी कोरिडोरका सडक खन्ने कार्य सम्पन्न हुने र कालोपत्रे पनि हुने जानकारी दिए । सुनौली देखि तिब्बत सम्म करिव २ सय ३५ किलो मिटर दुरी सर्वे गरिएको उनको भनाइ छ ।
त्य सडकमा गाडी गुड्न थाले पछि त्यस भेगका कृषकहरुले व्यवसायीक तरकारी खेती र दुग्ध उत्पादन कार्य सुरु गरेका छन् । विगतमा यातयात सुविधाको अभावमा वसाई सराई बढेको तर अहिले रोकिए र जनतामा उत्साह आएको उक्त सडक सरोकार समितिका प्रवक्ता एवं खड्गकोटका वासीन्दा ढकालले बताए ।
कृषि उत्पादनका दृष्टीले हर्मीचौर, अर्वेनी गुल्मीको भित्री मधेस मानिए पनि यातयात सुविधा नहुँदा व्यवसायीक खेती गर्न सकेका थिएनन् । त्यस भेगका जनता विगतमा सदरमुकाम आउन तिन दिन सम्म लगाउने गर्दथे । अव आजको आजै आवत जावत गर्न सक्ने भएका छन् ।
सुनौली देखि पवित्र धार्मीक क्षेत्र रिडी , रुद्रवेणी मुस्ताङ्ग र चिनको तिब्बत सम्म सडक खुले पछि धार्मिक पर्यटकहरु बढ्ने र व्यापार आदन प्रदानले गुल्मी, स्याङ्गजा , पर्वत बाग्लुङ्ग, म्याग्दी मुस्ताङ्गका मानिसहरुको आर्थिक अवस्थामा पनि परिवर्तन आउने निश्चीत भएको छ । प्रस्तुत छ आजको गुल्मी फिचरमा त्यसै सकरात्क कदमको सम्वन्धी पक्षसंग गरिएको रेडियो कुाराकानी र साथमा तस्वीरहरु

Tuesday, March 11, 2014
गुल्मीको ठुलोलुम्पेकमा दुर्घटनामा मृत्यु भयो भनिएका जिवितै
गुल्मी , २६ फाल्गुन।
नेपाली समय दिउँसो ३. ५२ । एक अनलाईनमा गुल्मीको ठुलोलुम्पेक जिप दुर्घनामा मृत्यु भएको भनिएका एक जना यो समाचार लेख्न बेला सम्म प्रहरीले जिवितै रहेको बताएको छ ।
ठुलोलुम्पेकबाट वुटवल जाँदै गरेको लु १ ज १९५८ नम्वरको जिप सोही गाविसको वडा नम्वर ३ को कुँडहरामा दुर्घटना हुँदा एक जना सिकिस्त, ५ जना घम्भीर घाईते र ४ जना सामन्य घाईते रहेको घटना स्थल पुगेको रिडी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरक्षक केशव चन्दले जानकारी दिए ।
सिकीस्त घाईते वडा नम्वर ३ का ७० वर्षिय सन्तबहादुर राहडी हुन् । ‘उहँलाई पाल्पा पुराई सकिएको छ’ स्थानिय समाज सेवी अमर सिंजापतिले भने ‘अहिले सम्म डाक्टरले मृतक घोषणा नगरे पछि कसरी मृत्यु भयो भन्ने ? ‘ उनि अचेत अवस्थामा भएकोले बाँच्ने आशा भने कमै गर्न सकिने उनले बताए । उनका साथमा छोरा श्याम पाल्पा पुगेका छन् । उनले पनि निधो दिन सकेनन् । फोनमा उनले भने–‘पाल्पा ल्याएर वुवाको एसीजी गरिएको छ तर डाक्टरले केहि भनेका छैनन्, बाटोमा जिवितै ल्याएका हौं ।’ उनले अहिले भने आशा मारी सकेको बताए ।
अन्य घम्भीर घाईतेहरुमा ठुलोलुम्पेक ३ कै ६० वर्षिय ओलजित तरामु, सोही वडाकी ७० वर्षिया खगिस्वरा राहडी, ठुलोलुम्पेक ४ का ६५ वर्षिय देउबहादुर राहडी र सोही वडाकी ६० वर्षिया धनमाया राहडी रहेको र उनिहरुलाई उपचारका लागि पाल्पा पठाईएको प्रहरी निरक्षक चन्दले बताए ।
उनका अनुसार अन्य सामन्य घाईतेहरुमा ठुलोलुम्पेक ३ का १९ वर्षिय तेजमान राहडी, सोही वडा वर्ष १० का ओम राहडी, पाल्पाका थम्मन थापा, ग्वाँदी निवासी चालक डम्वर कुँवर रहेको र उनिहरुको रिडी उपस्वास्थ्यचौकीमा उपचार भई रहेको चन्दले पछिल्लो जानकाी दिए । ‘जिप अन्दाजी ६० मिटर तल खसेको छ र क्षतविच्छेद अवस्थामा छ’ उनले भने ‘सन्तबहादुरको अवस्था चिन्ता जनक छ तर घटना स्थल मैं मृत्यु भयो भन्ने समाचार कतै आएको छ भने त्यो गलत हो ।’
‘उनिहरुलाई पाल्पा पठाए कै झण्डै एक घण्टा भयो तर कुनै अप्रिय खवर पाएका छैन’् उनले भने ‘म घटना स्थलबाट फर्केर रुद्रवेणी आई पुगेको छु, थप कुरा आए जानकारी दिउँला ।’ तर एक अनलाईनले भने पौने एक घण्टा अघि नै एक जनाको घटना स्थल मैं मृत्यु भनेर समाचार प्रशारण गरे पछि त्यसैको आधारमा केहि रेडियोहरुले पनि प्रशारण गरेका छन् ।

Monday, February 17, 2014
सुन होला नेपालमा ?
नदीको बालुवा र पर्वतमा सुन भेटिए पनि सरकारले खोज्न ध्यान नपुर्याएकाले नेपालमा कति सुन छ भन्ने अन्योल छ ।
रमेश कुमार,
नेपालका नदीकिनारका बालुवामा सुनका कणहरू भेटिए पनि सरकारले खोज्न प्राथमिकता नदिएकाले नेपालमा कति सुन छ भन्ने अझै थाहा हुनसकेको छैन । खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक हिफजुर रहमान स्वीकार्छन्, “भौगर्भिक रूपले नेपालमा सुन खानी भएकोमा शंका नभए पनि खोजी प्रभावकारी नहुँदा कुन परिमाणमा छ भन्ने पत्ता लागेको छैन ।”
विभागको अध्ययनले ६१ स्थानमा सुन हुनसक्ने सम्भावना देखाएको छ, जसमध्ये अधिकांश स्थान ‘प्लेसर गोल्ड’ भनिने बालुवाका कणमा भेटिने प्रकारका छन् । सुनकोशी, कालीगण्डकी, चमेलिया, राप्ती, मादी, म्याग्दी, मारोडी, मोदी, महाकाली, त्रिशूली, मस्र्याङ्दी, सेती सहितका दुई दर्जन नदी किनारको बालुवामा सुन भेटिएको छ । ती नदीमा सुन भेटिनुले उद्गममा सुन खानी हुनसक्ने सम्भावना देखाउँछ । भौगर्भिक हिसाबले सुन रहने आधार पत्थर (सोर्स रक) नेपालको हिमालय, चुरे र महाभारत पर्वत क्षेत्रमा भेटिएको विभागका उपमहानिर्देशक रहमान बताउँछन् ।
अधुरो खोजी
नदी किनारको बालुवामा सुन चाल्ने चलन धेरै पुरानो भए पनि सुन पाइने सम्भावनाबारे अध्ययन हुन थालेको आठ दशक पुगेको देखिन्छ । सन् १९३५ ताका भारतीय वैज्ञानिक एस के चटर्जीले कालीगण्डकी नदी क्षेत्रमा अध्ययन गरेर त्यहाँ ४ लाख १३ हजार ४८७ ग्राम सुन रहेको निष्कर्ष निकालेका थिए । १९५८ मा जेआर मानन्धर सहितको टोलीले मारोडी खोलामा गरेको अध्ययनले पनि सुन भएको संकेत दिएको थियो । विभागको अध्ययनले बूढीगण्डकी नदीको बालुवामा १८ किलो सुन हुनसक्ने देखाएको छ । एक दशकअघि रोल्पाको लुङ्ग्री खोलामा गरिएको अध्ययनले एक टन ढुङ्गामाटोमा ६.७ ग्रामसम्म सुन रहेको देखाएको थियो । त्यहाँको २५ किमी लामो र २० मिटर चौडा क्षेत्रमा सुनका कणहरू भेटिएको थियो । बैतडीको बाङ्गाबगर, गोरङ्ग, जमारीगाढ, डडेलधुराको बामनगाउँमा गरिएको अध्ययनले पनि प्राइमरी भनिने चट्टानभित्र एक टन ढुङ्गामाटोमा ०.२ देखि ५.६ ग्राम सुन रहेको देखाएको थियो । विभागले प्रकाशित गरेको ‘मिनरल रिसोर्सेज अफ नेपाल’ नामक पुस्तकमा नेपालका १४ स्थानमा पत्थरमा र ४७ स्थानमा बालुवामा सुन देखिएको उल्लेख छ ।
विभागको प्रारम्भिक अध्ययनले नदी किनारको एक टन बालुवामा ०.१ देखि ४ ग्रामसम्म २४ क्यारेटको सुन रहेको देखाउँछ । आँखाले नदेखिए पनि सुनको घनत्व बढी हुने भएकाले बालुवा छान्दा सुन फेला पर्छ । अन्तर्राष्ट्रिस्तरमा एक टन बालुवा छान्दा औसत ३ ग्राम सुन भेटिंदा आर्थिक सम्भावनाका दृष्टिले लाभदायक मानिए पनि नेपालमा भने प्राविधिक क्षमताको अभावका कारण एक टन बालुवा छान्दा ५ ग्राम सुन भेटिंदा मात्र लाभदायक हुने विभागका भूगर्भविद् धर्मराज खड्का बताउँछन् । त्यही कारण नदीको बालुवामा भेटिने सुन छान्नु आर्थिक रूपले लाभदायक नहुने र खानीको सुन निकाल्न लाग्नु उपयुक्त हुने उनको धारणा छ ।
रोल्पाको लुङ्ग्री खोलामा भेटिएको सुन ।
रोल्पामा पाइएको एक टन ढुङ्गामाटोमा ६.७ ग्राम सुन नै नेपालमा पाइएको सबैभन्दा राम्रो अनुपात हो । तर, दुइटा निजी कम्पनीले गरिरहेको अन्वेषणले त्यहाँको विस्तृत जानकारी दिन सक्ने विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झ बताउँछन् । बैतडीमा पनि त्यति अनुपातमा सुन हुनसक्ने संकेत देखिएको वरिष्ठ भूगर्भविद् कृष्णप्रसाद काफ्लेको भनाइ छ । यो हिसाबले मुलुकको पूर्व भन्दा पश्चिमी भेगमा सुनको सम्भावना बढी रहेको देखिन्छ । तर, इलामको बेरिङ खोला, मकवानपुरको चण्डीखोला, भोजपुरको छिर्लिङखोला जस्ता ठाउँमा पनि खानीको सुन भेटिने सम्भावना देखिएको छ ।
किन भएन अध्ययन
कालीगण्डकीको बालुवा चाल्दा भेटिएको सुन ।
खनिज अन्वेषण र उत्खनन् सरकारी प्राथमिकतामा नपरेकाले सुनबारे अध्ययन गर्न नसकिएको विभागका अधिकारीहरूको भनाइ छ । त्यही कारण विभागसँग अध्ययन गर्न चाहिने नयाँ प्रविधि, फिल्ड अध्ययन गर्ने प्रविधि र परीक्षण गर्ने गतिलो ल्याब नभएको भूगर्भविद् खड्का बताउँछन् । फलाम, तामा, सुन जस्ता खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । परिमाण थाहा पाउने ‘रासायनिक परीक्षण’ गर्ने प्रविधि नेपालमा भए पनि धातुको अवस्था तथा उत्खनन्, प्रशोधन गर्ने र नमूनाको विस्तृत परीक्षण गर्ने प्रविधि नेपालमा छैन । धातुजन्य खनिजको अध्ययन गर्न सम्भावित स्थानको नमूनालाई ‘मिनरल प्रोसेसिङ’ गर्दा मात्र उत्खनन्को सम्भावना, प्रविधि, फाइदा/नोक्सानीको विस्तृत तथ्य पाउन सकिन्छ । नेपालमा ती प्रविधि नभएकाले भारत वा अरू देशमा नमूना परीक्षण गर्दा लाखौं रुपैयाँ खर्च हुने बताउँदै भूगर्भविद् खड्का भन्छन्, “हामीसँग हिउँ जमेको क्षेत्रमा अन्वेषण गर्ने प्रविधि पनि छैन ।”
तर, बालुवाको सुन संकलन गर्न चिनियाँ कम्पनीहरूले उल्लेखनीय चासो देखाएका छन् । तिब्बतको नदी किनार र ल्हासा सहितका पठारमा चिनियाँ सरकारले निजी कम्पनीहरूलाई सुन खोज्न रोकेपछि उनीहरू नेपाल भित्रिएको विभागका अधिकारीहरूको भनाइ छ । गत आर्थिक वर्षसम्म विभागबाट सुन खोज्न अनुमति लिएका ६ दर्जनमध्ये ६० भन्दा बढी चिनियाँ कम्पनी रहेको र नदी किनारका करीब ८५ प्रतिशत सुन भेटिएका क्षेत्र उनीहरूले दर्ता गराइसकेको विभाग स्रोत बताउँछ । तर, नमूना परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले चीन लगेर परीक्षण गराउँदा सुनको परिमाण पर्याप्त नपाएपछि चिनियाँ कम्पनीहरूले काम रोकेको विभागका इन्जिनियर झले बताए । “धेरैजसो कम्पनी सम्पर्कमै छैनन्” उनको भनाइ छ । विभागका अर्का एक उच्च अधिकारी भने नेपालमा सुन खोज्न भित्रिएका चिनियाँहरूको भिसा लिने उद्देश्य मात्र रहेको दाबी गर्छन् । - साप्ताहिक खबरपत्रिका हिमालबाट

खानीमा तामा, फलाम सहितका धातु वा क्वार्जसँग मिलेर सुन बसेको हुन्छ । ताप र चापका कारण आग्नेय चट्टानमा सुन भेटिने सम्भावना बढी हुन्छ । तर, नेपालको हिमालयमा हुने पत्रे र महाभारतमा हुने मेटामर्फिक चट्टानमा पनि सुन पाइने उपमहानिर्देशक रहमान बताउँछन् ।
विभागले अहिलेसम्म मध्य पहाडी भूभागमा मात्र अध्ययन गरेको छ । हिमाली र पूर्व तथा पश्चिमी पहाडी क्षेत्रको गरेको छैन । विभागका वरिष्ठ इन्जिनियर झका अनुसार खनिजको सम्भावना रहेको ६० प्रतिशत क्षेत्रको अध्ययन हुनसकेको छैन । सुनका लागि हिमालय उच्च सम्भावना रहेको क्षेत्र भएको झ बताउँछन् भने भूगर्भविद् खड्का पनि हिउँले ढाकिएको उच्च हिमाली क्षेत्रमा सुनको सम्भावना हुनेमा सहमति जनाउँछन् ।किन भएन अध्ययन
कालीगण्डकीको बालुवा चाल्दा भेटिएको सुन ।
खनिज अन्वेषण र उत्खनन् सरकारी प्राथमिकतामा नपरेकाले सुनबारे अध्ययन गर्न नसकिएको विभागका अधिकारीहरूको भनाइ छ । त्यही कारण विभागसँग अध्ययन गर्न चाहिने नयाँ प्रविधि, फिल्ड अध्ययन गर्ने प्रविधि र परीक्षण गर्ने गतिलो ल्याब नभएको भूगर्भविद् खड्का बताउँछन् । फलाम, तामा, सुन जस्ता खनिज उत्खनन् गर्नुअघि विभिन्न चरणमा विस्तृत परीक्षण गर्नुपर्छ । परिमाण थाहा पाउने ‘रासायनिक परीक्षण’ गर्ने प्रविधि नेपालमा भए पनि धातुको अवस्था तथा उत्खनन्, प्रशोधन गर्ने र नमूनाको विस्तृत परीक्षण गर्ने प्रविधि नेपालमा छैन । धातुजन्य खनिजको अध्ययन गर्न सम्भावित स्थानको नमूनालाई ‘मिनरल प्रोसेसिङ’ गर्दा मात्र उत्खनन्को सम्भावना, प्रविधि, फाइदा/नोक्सानीको विस्तृत तथ्य पाउन सकिन्छ । नेपालमा ती प्रविधि नभएकाले भारत वा अरू देशमा नमूना परीक्षण गर्दा लाखौं रुपैयाँ खर्च हुने बताउँदै भूगर्भविद् खड्का भन्छन्, “हामीसँग हिउँ जमेको क्षेत्रमा अन्वेषण गर्ने प्रविधि पनि छैन ।”
तर, बालुवाको सुन संकलन गर्न चिनियाँ कम्पनीहरूले उल्लेखनीय चासो देखाएका छन् । तिब्बतको नदी किनार र ल्हासा सहितका पठारमा चिनियाँ सरकारले निजी कम्पनीहरूलाई सुन खोज्न रोकेपछि उनीहरू नेपाल भित्रिएको विभागका अधिकारीहरूको भनाइ छ । गत आर्थिक वर्षसम्म विभागबाट सुन खोज्न अनुमति लिएका ६ दर्जनमध्ये ६० भन्दा बढी चिनियाँ कम्पनी रहेको र नदी किनारका करीब ८५ प्रतिशत सुन भेटिएका क्षेत्र उनीहरूले दर्ता गराइसकेको विभाग स्रोत बताउँछ । तर, नमूना परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले चीन लगेर परीक्षण गराउँदा सुनको परिमाण पर्याप्त नपाएपछि चिनियाँ कम्पनीहरूले काम रोकेको विभागका इन्जिनियर झले बताए । “धेरैजसो कम्पनी सम्पर्कमै छैनन्” उनको भनाइ छ । विभागका अर्का एक उच्च अधिकारी भने नेपालमा सुन खोज्न भित्रिएका चिनियाँहरूको भिसा लिने उद्देश्य मात्र रहेको दाबी गर्छन् । - साप्ताहिक खबरपत्रिका हिमालबाट
यस्तो छ विमान दुर्घटनाको तस्वीर
नेपाल एयरलाईन्सको जहाज दुर्घटनाग्रस्त भएको मसिनाको लेक अर्घाखाँची सदरमुकाम सन्धिखर्कभन्दा २० किलोमिटर टाढा पर्छ ।
-प्रेमनारायण आचार्य, अर्घाखाँची ४ फागुन
मध्यान्हदेखि हराईरहेको नेपाल एयरलाईन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा ५ फागुन बिहान फेला परेको थियो । अर्घाखाँचीको ढिकुरा–८ स्थित मसिनेलेकमा ४ फागुनमा जहाज दुर्घटना भएको हो ।
मसिनाको लेकमा क्षतविक्षत अवस्थामा शव तथा जहाजका सामानहरु फेला परेको चन्दननाथ गणका गणपति रामकाजी राना मगरले बताए ।
चन्दननाथ गण म्यालपोखरी ब्यारेकका गणपति रामकाजी राना मगरको नेतृत्वमा गएको टोली, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक गोविन्द पन्थीको नेतृत्वमा गएको नेपाल प्रहरीको टोली र कपिलवस्तुको चन्द्रौटाबाट गएको शसस्त्र प्रहरीको टोली उद्दारमा खटिएको थियो ।
घटनाको प्रकृति हेर्दा जहाज ठोक्किएर नभई जहाजमा चट्टान परेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको उद्दारमा खटिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक मिंगमार लामाले जानकारी दिए ।
दुर्घटनामा मृत्यु हुनेको शव नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याइएको छ । सिम्रिक एयरको हेलिकोप्टरबाट सन्धिखर्कमा ल्याइएको दुर्घटनामा मृत्यु हुनेको शव सेनाको हेलिकोप्टरबाट ५ फागुन दिउँसो राजधानी ल्याइएको हो ।
दुर्घटनाको कारण थाहा हुन सकेको छैन । जहाजमा चालक दलका सदस्य सहित १८ जना सवार थिए । - himalkhabar
Wednesday, January 22, 2014
एमालेमा भागभण्डा भएको ज्ञवालीको खुलासा
काठमाडौ, माघ ८ -
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आन्तरिक सहमतिका लागि नेताहरुबीच पदको भागभण्डा मिलिसकेको खुलासा गरेका छन् । उनले संसदीय दलको नेता, आगामी पार्टी अध्यक्ष, राष्ट्रपति र सरकारको नेतृत्व गरेर जाने बिषयमा नेताहरुबीच सहमति भइसकेको दाबी गरे ।
‘पार्टीभित्र चार पदको लागि आन्तरिक सहमति भइसकेको छ’, उनले राजधानीमा बुधबार भने । उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व कांग्रेसले गर्नु स्वभाविक भएको भदै सहमतिको खाका ल्याउन आग्रह गरे ।
उनले ताजा जनादेशमा राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन हुनुपर्ने पार्टीको धारणा दोहो¥याए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा उनले कांग्रेसले गणितीय खेलमा लागेर आफ्नो पार्टीलाई बाईपास गरे त्यसको असर संबिधान निर्माणमा पर्ने चेतावनी दिए ।
‘कांग्रेस, एमाले र एमाओवादीको सहमतीय सरकार बन्नुपर्छ’, उनले भने,‘ परिर्वतनकारी दलवीच सहमति बनाएर काग्रेस अघि बढ्नुपर्छ ।’ उनले शासकीय स्वरुप र संघीयता बाहेकका विषयमा पहिले भएको सहमतिलाई नयाँ संबिधानसभाले ग्रहण गर्नुपर्ने बताए ।- कान्तिपुरबाट

Tuesday, January 14, 2014
रिडी मेलाको तैयारी पुरा
शिबलाल सुबेदी गुल्मी ३० पुस,
माघे सक्रान्तिको अवसरमा लाग्ने रिडी मेलाको तैयारी पुरा भएको छ । माघेसक्रान्तिको अवसरमा रुरुक्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला मूल आयोजक समितीले जनाएको छ ।
गुल्मी, पाल्पा,र स्याङ्गजा जिल्लाको सगंमस्थलका रुपमा रहेको चारधाम मध्येको एक धाममा परिचित रुरु क्षेत्रमा स्नान तथा पुजाआजा गर्नका यस क्षेत्रमा माघे सक्रान्तिमा रिडीमा ठुलो मेला लाग्ने गर्दछ । अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष पनि रुरु क्षेत्रको थप विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यका साथ माघेसक्रान्ति मेला गन लागिएको मेला ब्यवस्थापन समितीले जनाएको छ । मेलाको अवसरमा रुरु क्षेत्र सरसफाई , सडक मर्मत, लगायतका बिभिन्न कामहरु सम्पन्न भएका छन । मेलामा कृषि प्रदशनी, लगायत घरेलु उत्पादनहरुलाई प्रोत्साहन दिने बताइएको छ । यस बर्ष अघिल्ला बषको तुलनामा मेला फरक र आर्कषण हुने आयोजकले दावी गरेको छ । मेलाको आकर्षणका रुपमा यस पटक गुल्मीको रुद्रबेणीदेखि रिडीसम्म कालीगण्डकीमा ¥यापटिङ्ग रहेको छ । चार धाम मध्येको एक धामको रुपमा परिचित यस रुरु क्षेत्र कालीगण्डकीमा स्नान गन तथा पुजाआजा गर्न माघेसक्रान्तिको अवसरमा देश तथा बिदेशबाट समेत श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिती हुने भएकाले यहाँ खानेपानी, स्वास्थ्य, प्रचार–प्रसार, स्यमसेवक, ब्यवस्थापन, सुरक्षा, धार्मिक लगायतका बिभिन्न उप–समिती समेत गठन भएर काम गरिरहेको समितीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय गुल्मीका अनुसार मेलामा बिभिन्न क्षेत्रका मानिसहरुको जमघट हुनाले कुनै पनि घटनाहरु नघटोस तथा श्रद्धालु भक्तजनहरुले कालिगण्डकीमा नुहाउने तथा मन्दिरमा भगवानको दर्शन गर्न सजिलो होस भन्नका लागि अघिल्लो बर्षको तुलनामा यस बर्ष केही प्रहरीहरुको सख्या समेत थपिने बताइएको छ । त्यस्तै बिगतका बषहरुमा जस्तै यस बर्ष तीर्थस्थलमा मदिराजन्य पदार्थहरु बिक्रि बितरणमा रोक लगाइएको छ ।
रुरु क्षेत्रमा रुरु कन्याको मन्दिर, ऋषिकेशव मन्दिर, ऋषिहरुले तप गरेको गलफूल गुफा, भृगुतुङ्गेश्वर गुफा जस्ता स्थलहरु दर्शनिय छन । यस क्षेत्रमा माघे सक्रान्ती, वैशाखे सक्रान्ती आदिमा ठूलो मेला लाग्ने गर्दछ । यस क्षेत्रमा सांस्कृतिक झाँकी, कौडा, झ्याउरे, कालिका नाच प्रदर्शन हुन्छ । मेला भने नेपालका धेरै स्थान भारत र विदेश बाट समेत तिर्थालुहरु आउँछन् । यो मेलामा धेरै मानिसको जमघट हुने भएकोले तिर्थब्रतको लागी आएका भक्तजनहरुले करौँडौँको व्यापार समेत गर्दछन् । व्यापारका लागी पनि नेपालको हुम्ला, जुम्ला र रुकुम रोल्पा तथा बाग्लुङ्ग लगायतका जिल्लाहरुबाट व्यापारीहरुले हातैले बुनेका राडीपाखी, काम्लो र चोयाँचित्राका सामान लिएर आउने गर्दछन् । क्षेत्रको अर्को विशेष अर्थ ‘तीर्थस्थल’ या ‘पूण्यधाम’ पनि हो । पाल्पाको तानसेनवाट ३५ कि.मि. पश्चिममा रहेको रिडीवजार गुल्मीको प्रवेशद्वार हो । रिडीवाट तम्घास, रुद्रवेणी हुँदै वामीटक्सार, तम्घासवाट अर्घाखाँची जाने वाटाहरु निर्माण भएका छन । रिडीवाट ४५ कि.मि.को दूरीमा गुल्मीको सदरमुकाम तम्घास बजार रहेको छ । माघे सक्रान्तिको अवसरमा रिडीमा रहेको रुरु फेन्ड क्लवले माघ १ गते देखि ५ गतेसम्म राष्ट्रिय स्तरका कलाकारहरु ल्याएर सास्कृतिक कार्यक्रम समेत गर्ने जनाएको छ । गत बर्ष माघेसक्रान्तिको अवसरमा राष्ट्रपति डाक्टर रामबरण यादव समेत यस क्षेत्रमा स्नान तथा पुजाआजा गर्न आउनु भएको थियो ।

Sunday, January 12, 2014
ज्ञवालीले भने, नेपालको राजनीति ‘रअ’ ले नै चलाउँछन्
' उपेन्द्रले भने, ‘जंगबहादुर नै ठिक’
काठमाडौ, पुस २८
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्रचार–प्रसार प्रमुख प्रदिप ज्ञवालीले नेपाल ‘रअ’ को भरमा चलेको खुलासा गरेका छन् । नेपाली राजनीतिमा भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रत्यक्ष हस्तक्षेप भएकाले राष्ट्रियता खतरामा परेको बताए ।
नेपाली राजनीतिकको घर घरमा ‘रअ’ को प्रवेश छ अनि हामी राष्ट्रियताको कुरा गर्छौ, उनले भने–‘जो सबभन्दा बढी राष्ट्रियताको कुरा गर्छन् उनै व्यक्ति भारतको शरणमा जान्छन् ।’ आइतवार ग्रिनवीच मिडिया रिसर्च सेन्टरले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा उहाँले देश परनिर्भर छ, एक्स ब्यूरोक्राइसको भरमा चलिरहेका छन् । अर्काको सल्लाह नलिइकन एककदम पनि चल्न नसक्ने राजनीतिक दलबाट यो देशले उभो लाग्छ भने विश्वास गर्न नसकिने धारणा राखे ।
नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईले नेपाली राजनीतिमा ‘रअ’ को हस्तक्षेपमा परिवर्तन आएको दावी गरे । उनले पहिला जस्तो अहिले हस्तक्षेप नरहेको बताए । आफ्नो पार्टी ठुलो पार्टी भएको हुनाले होला, उनले विगतको सरकार र तत्कालिन अवस्थामा विदेशीको जस्तो हस्तक्षेप थियो त्यस्तो अहिले नरहेको समेत दावी गरे । उनले भने, ‘पहिला हरेक काम एजेन्सीमार्फत हुन्थ्यो तर अहिले त्यो अवस्थामा परिवर्तन भएको छ ।’ अरुले कुनै कुरामा हस्तक्षेप गरेको छ भने आफू चुप लागे भने झन हस्तक्षेप हुने भएकाले त्यस्तो प्रवृतिलाई विरोध गर्नुपर्ने उनले उल्लेख गरे ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको पराकाष्ठा नाघेको बताएका छन् । नेपाली नेता हरेक कुराका लागि प्रभुलाई नै गुहार्छ, अरुको इशाराबाहेक उनीहरु एककदम पनि अगाडि बढ्न सक्दैन, उनले भने, ‘यो भन्दा राम्रो त जंगबहादुर राणाको शासन नै ठीक थियो । कमसे कम तरबार देखाएर भएपनि राष्ट्रियता जोगाएका थिए तर अहिले देश लाजमर्दो अवस्थामा पुगेको छ ।’ यस्तो परनिर्भरता जंगबहादुर त के राजा विरेन्द्रको पालामा पनि थिएन, उनले भने, ‘यसरी गणतन्त्रलाई उपहास गर्ने नेताहरु भन्दा ती जंगवहादुरहरु नै ठीक ।

Friday, January 3, 2014
एमाओवादी फेरि फुटको संघारमा
पुस १९, काठमाडौं ।
समानुपातिक सभासद सिफारिस गर्ने विषयमा एकीकृत नेकपा माओवादीभित्र उत्पन्न विवाद चर्कैंदै जाँदा पार्टी फुटको संघारमा पुगेको छ। पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालविरूद्ध मोर्चाबन्दी कस्दै लगेपछि एमाओवादी थप संकटमा फसेको हो। बुधबार साँझ लाजिम्पाटस्थित दाहाल निवासमै पुगेर भट्टराई र श्रेष्ठले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकको सूची सच्याउनुपर्ने भन्दै ‘संयुक्त फरक मत’ दर्ज गरेका थिए। दाहालले भने त्यसलाई घुर्की भन्दै ठाडै अस्वीकार गरिदिएका छन्। भट्टराई–श्रेष्ठले ‘विधि र प्रक्रिया मिचेर सभासद चयन गरेको’ भन्दै दाहाललाई फरक मत बुझाएका थिए। भट्टराई र श्रेष्ठले ‘हेडक्वाटर’ मा बुझाएको लिखित विरोधपत्रमा समानुपातिकतर्फका सूचीप्रति आपत्ति जनाउँदै ‘सच्याउन’ माग गरे पनि दाहालले फरक मतलाई सम्मान गर्ने, तर ‘घुर्की’ अस्वीकार गर्ने भन्दै भट्टराई र श्रेष्ठको विरोधपत्रको सुनुवाइ नगर्ने जवाफ दिएको लाजिम्पाट स्रोतले बतायो। भट्टराई र श्रेष्ठले केन्द्रीय समितिले तय गरेको मापदण्डविपरीत सूची निर्माण गरेको, सबै जिल्लाबाट प्रतिनिधित्व गराइने भनिए पनि २० जिल्लाबाट प्रतिनिधित्व नै नगराइएको, सशस्त्र युद्धमा ज्यान गुमाएका, बेपत्ता र घाइतेलाई प्राथमिकतामा नराखिएको, जनआन्दोलनमा कुनै पनि योगदान नदिएका व्यक्तिलाई समावेश गरिएको जस्ता बुँदा उल्लेख गर्दै लिखित विरोधपत्र दाहालसमक्ष बुझाएका हुन्। ‘समानुपातिक सूची छनोटको प्रक्रिया र विधिमा विरोध जनाउँदै सच्याउन आग्रह गर्दछौं,’ भट्टराई र श्रेष्ठले संयुक्त हस्ताक्षर गरेको पत्र उद्धृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षले सकारात्मक रुपमा लिने विश्वाससहित विरोधपत्र बुझाएका छौं।’ भट्टराई र श्रेष्ठले आफ्नो विरोधपत्रमा ‘फरक मत’ लाई अध्यक्ष दाहालले सम्मान नगरेको पनि आरोप लगाएका छन्। निर्वाचन परिणामले तेस्रो स्थानमा झरेलगत्तै ‘संविधानसभामा नजाने’ घोषणा गरेको एमाओवादीभित्र अन्ततः संविधानसभामा को–को जाने भन्ने विषयमा भएको हानथापले उग्र रुप लिएको हो। भट्टराई र श्रेष्ठले दाहालविरुद्ध घोषित रुपमै मोर्चाबन्दी गरेपछि त्यसको असर क्रमशः तल्लो निकायसम्म पर्न थालेको छ। सूची छनोट गर्न डाकिएको केन्द्रीय कार्यालयको बैठकमा भट्टराई र श्रेष्ठ अनुपस्थित भएदेखि सुरु भएको विवाद फरक मत हुँदै प्रत्यक्षतर्फका सभासद महेन्द्रबहादुर शाही (कालिकोट) को राजीनामासम्म पुगिसकेको छ।
धादिङमा कार्यकर्ताले पार्टी कार्यालय जलाएका छन् भने वीरगन्जमा संस्थापन (दाहाल पक्ष) र भट्टराई पक्षबीच पत्रकार सम्मेलनमै कुटपिटसम्म भएको छ। तर, दुवै पक्ष आ–आफ्ना अडानमै रहेकाले एमाओवादी थप संकटमा परेको हो। ‘पहिलो बैठकमा छलफल गरौं न त भन्दा आउनुभएन, अहिले सच्याउनुपर्छ भनेर कुन आधारमा भन्नुहुन्छ?,’ दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘कस–कसलाई हटाउने र राख्ने हो? त्यो निर्क्याेल गरेर आउनुस्, होइन भने घुर्की लगाएर पार्टी र नेतृत्वलाई अप्ठ्यारोमा पार्न पाइँदैन।’ दाहालले सच्याउन सक्ने ठाउँ नभएको र शतप्रतिशत नयाँ अनुहारलाई प्राथमिकतामा राख्दै विधिसम्मत तरिकाले सूची बुझाएको जवाफ भट्टराई र श्रेष्ठलाई बुधबार दिएका छन्। पेस गरिएको सूची नसच्चिने संकेत पाएपछि भट्टराई र श्रेष्ठ लाजिम्पाटबाट फर्केका थिए। बिहीबार फेरि बैठक बस्ने भएकाले कसरी जाने भन्ने रणनीतिमा भने भट्टराई र श्रेष्ठ पुगिसकेका छैनन्।
यता, दाहाल पक्षले ‘नेतृत्वलाई असफल पार्ने गुरुयोजना’ अनुसार भट्टराई र श्रेष्ठले बैठकमा अनुपस्थिति जनाउँदै समानुपातिकमा विवाद निकालेको ठहर गरेको छ। र, त्यसको सामाना गरेर जाने निचोड पनि निकालिसकेको छ। मंगलबारको सोही निचोडअनुसारको जवाफ बुधबार अध्यक्ष दाहालले भट्टराई र श्रेष्ठलाई दिएको दाहाल निकटस्रोतले जनायो। दाहालले पार्टीभित्र भट्टराई र श्रेष्ठ गुटबन्दी गरेर आउन सक्नेबारे पूर्वसतर्कता अपनाउँदै नामावली छनोटमा सावधानी अपनाइएको लाजिम्पाट स्रोतको दाबी छ। दाहालले भट्टराई र श्रेष्ठबीच हुन सक्ने गुटबन्दीका बारे पुस १४ को केन्द्रीय समिति बैठकमा नै संकेत गरिसकेका थिए। ‘गुट ध्वस्त गरेर पार्टी निर्माण गर्ने कुरा सबैले गर्नुभयो, प्रतिबद्धता पनि जनाउनुभयो, साँच्चै पार्टी निर्माण हुन्छ कि विघटनको दिशामा जान्छ भन्ने अब दुई मोडमा पुगेपछि मात्रै थाहा हुन्छ,’ दाहालको १४ पुसको अभिव्यक्ति उद्धृत गर्दै दाहाल निकट एक सदस्यले भने, ‘पहिलो समानुपातिकतर्फको सूची निर्माण गर्ने बेला र दोस्रो केन्द्रीय समितिलाई सानो आकार गराउने बेला। यी दुइटा मोड सजिलै पार गर्न सकियो भने पार्टी नयाँ बन्छ, नत्र विघटनमा जान्छ।’ दाहालले यी दुई प्रसंगलाई आगामी पार्टी जीवनका लागि निकै खतरनाक मोड भएको पूर्वसंकेत दिएका थिए। ‘आजबाट गुटबन्दी घोषित रुपमा नै देखा परेको छ, त्यसको सामना गरेर जाने पक्षमा हामी छौं, पछाडि फर्कंदैनौं,’ दाहाल निकट अर्का नेताले नागरिकसँग भने। ती नेताका अनुसार ‘घुर्की’को राजनीतिलाई असफल बनाउने पक्षमा संस्थापन पक्ष छ। अचम्म त यो छ कि गुटबन्दी अन्त्य गर्ने भनी पुस १२ गते नेताहरूले गरेको सामूहिक प्रतिबद्धताको एक सातापछि मंगलबार सानेपा निवासमा भट्टराई समूहको, कोटेश्वरमा श्रेष्ठ समूहको र लाजिम्पाटमा संस्थापन (दाहाल) समूहको छुटाछुट्टै बैठक बसेको थियो। - नागरिक दैनिक बाट