खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा ( फोटो फिचर )

विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना

सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...

हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

Showing posts with label हाम्रै दिगाममा. Show all posts
Showing posts with label हाम्रै दिगाममा. Show all posts

Sunday, November 25, 2018

मन्त्री पौडेलले गर्नुभयो छत्रकोट स्थित सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन


अमर पन्त गुल्मी, मंसिर १० प्रदेश न ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले गुल्मीको छत्रकोट ४ श्रृङ्गा रुप्से मा रहेको सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन गर्नुभएको छ ।


मन्त्री पौडेल सँग सभासद माननीय गिता रिजाल , आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थसचिव ठानेश्वर गौतम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक देविराम मरासिनी, स्वकीय सचिव सुर्य रोकायले पनि फर्मको अवलोकन गर्नुभएको थियो । फर्म अवलोकन पछि नेता पौडेलले माटो प्रतिको लगाव प्रति खुसी व्यक्त गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै फर्म संचालक रामकृष्ण कडेलले आफुले गा. पा. बाट चाहेजस्तो सहयोग नपाएको गुनासो गर्नुभएको छ । उहाले राष्ट्रिय स्तरको कृषक बन्नको लागि प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा राखेको समेत बताउनु भएको छ ।


छत्रकोट गा. पा ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले, रूरू गा.पा. ५ का वडा अध्यक्ष हरि ज्ञवाली, नेपाल कम्युनिस्ट पाटीका नेपालका जिल्ला समिति सदस्य एवम् युवा जुझारु नेता रामप्रसाद पाण्डे, समाजसेवी रवी कडेल लगाएतले फर्मको अवलोकन कार्यक्रममा सहभागीता रहेको थियो ।

Sunday, October 16, 2016

नेपाली काङ्ग्रेसको दिगाममा चियापान कार्यक्रम सम्पन: दिगाम पुगेका भण्डारीले के भने ?



अमर पन्थ / गुल्मी दिगाम सेरोफेरो नेटवर्क, कार्तिक १। नेपाली काँग्रेस दिगामको आयोजनामा गत सनिवार दिगाम ७ उप्पली अमराईमा चियापान तथा शुभकामना आदान प्रदान सम्पन भयको छ । विगत वर्ष जस्तै नेपाली काँग्रेसले यस वर्ष पनी विजयादशमी तथा दिपावलीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो।

शुभकामना आदान प्रदान कार्यक्रममा दिगाम आयका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी जिल्लाका सभासद चन्द्र भन्डारीले दिगाम बिकाश निर्माणमा यति पछाड़ी पर्नुको प्रर्मुख करण एकलौटी राजनीती भयको भन्दै कुनै राजनितिक दलको नाम नलिकनै २० वर्ष सम्म दिगाममा तेस्तो ऊल्लेखिनिय के बिकाश भयो ? उनको भनाईले एमालेलाई ईंकित गर्दै थियो, भन्डारीले भन्नु भयो अझ ठुला-ठुला ओठे भासण गर्दै हिडेको देख्दा अचम्म लाग्छ छ। भन्डारीले चैन्थान- बोखर सडकको स्तर उन्नति गर्नको लागी आफुले पहल गर्ने बताएका छन्। तेस्तै नेपाली काँग्रेस दिगामले दिगामको आदर्श मा.वि. मा काङ्ग्रेस निकट कोही शिक्षक नभको नया दरवदीमा नियुक्ति लियर आउन लागेको शिक्षकलाई समेत रोकेर राखेको भन्दै दुःख ब्यक्त गरेकोछ साथै यस प्रति आफुहरुको गंभीर ध्यानाकर्षण भयको जनायको छ।



कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,ने.का जिल्ला सचीव खिलधोज पन्थी,नेपाल महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा तथा नेपाली काङ्ग्रेस दिगाम गा.वि.सका अध्यक्ष जितु पौडेल लगायत सक्रिय कर्याकर्ताको उपस्थिति हरेको थियो उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी करीव ६० जना काङ्ग्रेसमा प्रबेश गरेका थिय।



Monday, October 10, 2016

दु:खद समाचार : दिगामका न्यौपानेको भरतामा सडक दुर्घटनामा मृत्यू

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, असोज २५ । भारतको भुपालमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गयको छ, गुल्मी जिल्ला दिगाम गा.बि.स. वडा न. ९ एकुल डाडा स्थाई घर भई बिगत लामो समय देखी भारतको भुपालमा स:परिवार उतै बस्दै अयाका शिव न्यौपानेको हिजो सोमवार बिहान सडक दुर्घटनामा परी मृत्यू भयको छ। उनी बिहान ४ बजे छिमेकीको बच्चा संगै भुपालको प्रख्यात मन्दिर सलकनपुर दर्शन गर्न जादै गर्दा बाटोमा दुर्घटनामा परेको र दुर्घटना भयको ठाउ जंगल एरीया भयकोले धेरै समय सम्म उद्धार हुन नसक्दा निजको ज्यान गयाको पारिवारिक स्रोतले जानकारी दियको छ । मृतक न्यौपानेका श्रीमती दुई छोरा र एक छोरी छन् ।

मृतक : शिव न्यौपाने

श्रीमानको मृतुको खबर पाय पछी श्रीमती अचेत अबस्थामा छीन्न, पारिवारिक स्रोतका अनुसार हिजै घटना बारे पुलिशमा रिपोर्ट गरीसकेको र आज मृतका परिवार संगै उनका मईला भाई सहित स:परिवार स्थाई घर दिगाम आउदै छन्न ।

वहाँको दिवंगत आत्माको चीर शान्तिको निमित्त गुल्मी दिगाम सेरोफेरो नेटवर्क हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै अपुरणिय क्षति खेप्नु भएको वहाँका सम्पुर्ण परिवारजनहरुमा यस दुखद घडीमा धैर्यधारण गर्ने क्षमता मिलोस भनि भगवान समक्ष प्राथना गर्दछौं । फेरिपनि स्व. शिव न्यौपाने प्रति हार्दिक श्रद्धान्जलि ।



दशैको खुशीयालीमा यस्तो दु:खद समाचार लेख्दा अत्यानतै मर्माहीत बनायो, आउदा दिनमा यस्ता अप्रिय समाचार कहिलै लेख्न नपरोस्

- गुल्मी दिगाम सेरोफेरो नेटवर्क


तस्बीर: बिष्णु शर्मा



Thursday, September 8, 2016

गुल्मीमा शिक्षा दिवस भव्य रुपमा मनाईयो, उत्कृष्ट पुरस्कार पाउनेमा आदर्श मा.वि दिगाम सहीत दर्जनौं विद्यालय

प्रेम सुनार गुल्मी, भाद्र २३ । आज ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस गुल्मीमा सदाको भन्दा भव्य रुपमा मनाईएको छ । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा भव्य समारोहको विच दिवस विशेष कार्यक्रमको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्र सुरु भए देखि अन्तिम सम्म तम्घासका विभिन्न विद्यालयका भाई वहिनीहरुको नृत्यले मनोरञ्जनपुर्ण बनाएका थिए् । शिक्षा दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले जिल्लाका साठी जना भन्दा बढि शिक्षक विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
उसले उत्कृष्ट विद्यालयहरु छनौट गरी त्यसका अध्यक्षहरुलाई समेत सम्मान गरेको छ । गत वर्ष शिक्षा दिवसको अवसरमा राष्ट्रिय पुरस्कार प्राप्त गने रेसुङ्गा नगरपालिको अर्जुन प्राविका शिक्षिका कविता खनाल ज्ञवाली, वाग्ला मावि वाग्लाका शिक्षक भेषराज खनाल , रुन्खादह मावि विरवासका शिक्षक दिननाथ ज्ञवाली, काभ्रेपोखरी मावि झिरवासका नेत्रराम खड्का , रिडी माविका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुलाई सम्मान गरिएको थियो ।
त्यस्तै अमर मावि नेटाका व्यवस्थापन समितिका अध्यक्ष मानबहादर् बिक, रेन्वो ईङ्गलीस वोर्डिङ्ग स्कुल वलेटक्सारका प्रिन्सिपल फर्शुराम ज्ञवाली , देविस्थान प्रावि हुँगाका शिक्षिका सावित्री भण्डारी , घोर्ले माविकी शिक्षिका मिना राना वस्नेत लाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा संस्थागत विद्यालय तर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र तथा छात्राहरुलाई पनि पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
उक्त परिक्षामा प्रथम हुने गौरीशंकर ईङ्गलीश वोर्डिङ्ग स्कुल चारपालका विद्याथी गणेश भुसाललाई पुरस्कृत गरिएको हो । त्यस्तै दृतिय हुने गण्डकी वोर्डिङ्ग स्कुल तम्घासका हिमाल घिमिरे र तृतिय हुने तम्घासकै आदर्श विद्याश्रम ईलिङ्गलिश वोर्डिङ्ग स्कुलका विद्यार्थी अस्मीता मरासीनीलाई पनि पुरस्कृत गरिएको थियो ।
त्यस्तै सामुदायिक विद्यालय तर्फ उत्कृष्ट हुने रेसुङ्गा मावि तम्घासका विद्यार्थी प्रभास भण्डारी , दृतिय हुने शिद्धवावा मावि तम्घासका विद्याथी प्रविण बिक, तृतिय हुने हिमालय मावि वस्तुकी अर्चना भण्डारीलाई पनि पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट हुुने विद्यालयहरु मध्ये पुर्तिघाटको जिवनोद्धार मावि, ग्वाघा मावि ग्वाघा, सरस्वती मावि विसुखर्क, ज्ञानोदय मावि तुराङ्ग, दृेविस्थान मावि हुँगा , काभे्रपोखरी मावि जुभुङ्ग, आदर्श मावि दिगाम ।

मुसिकोट मावि बडागाउँ , भगवती मावि हर्दिनेटा, रेस््ङ्गा मावि तम्घास , राष्ट्रिय मावि थोर्गा , महेन्द्र आदर्श मावि थोर्गा, वाग्ला मावि वाग्ला , वालविकास निमावि वाँझकटेरी, रामराज्य मावि दोहली, कङकेदेउराली निमावि पुर्कोटदह र हिमालय मावि वस्तु रहेका छन् ।
त्यस्तै विशेष योगदान पुराएको भन्दै रुरु एफएमका स्टेशन म्यानेज युगराज वस्याल , उत्कृष्ट कार्य गर्ने कर्मचारीका रुपमा जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति तारबहादुर राउत र सोही कार्यालयका शाखा अधिकृत हरिप्रसाद ज्ञवालीलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना , अध्यक्षता गरेका स्थानिय विकास अधिकारी डिलाराम पन्थी र जिल्ला शिक्षा अधिकारी लगायतका अतिथीहरुले सम्मान पत्र र पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता र शैक्षिक क्षेत्रका अगुवाहरु र सरोकारवाला संघ संस्थाको प्रतिनिधीत्व रहेको थियो भने ति मध्ये केहिले मात्र शुभकामना मन्तव्य राखेका थिए । ‘ समृद्ध राष्ट्र निर्माणका लागि जीवनेपयोगी शिक्षामा लगानी ’ भन्ने मुलनाराका साथ मनाईदै गरेको दिवसमा कार्यपत्र पस्तुत गर्दै जिल्ला शिक्षा अधिकारी खनालले प्राविधिक शिक्ष्ााँमा राज्यले जोड दिएको बताए ।

जिल्ला शिक्षा समितिका अध्यक्ष स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयाक जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जिल्लाको शैक्षिक अवस्थावारे प्रकाश पारिरहेका थिए । कार्यक्रमको शाखा अधिकृत हरि ज्ञवालीले सञ्चालन गरेका थिए । त्यस्तै शारदा मावि अमरअर्वथोक गुल्मी लगायत जिल्लाका सवै विद्यालयहरुमा पनि शिक्षा दिवस विविध कार्यक्रमका साथ मनाईएको समाचार प्राप्त भएको छ ।

Saturday, August 27, 2016

दिगाममा तिज गित प्रतियोगिता भब्यताका साथ सम्पन्न

अमर पन्थ / गुल्मी दिगाम सेरोफेरो नेटवर्क भदौ ११ ।

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको पावन अवसरमा दिगाम महिला सञ्जाल गुल्मीको आयोजनमा आदर्श उच्च माध्यामिक बिद्यालयको प्रांगडमा भब्य तिज गित प्रतियोगिता संम्पन भयको छ ।




प्रतियोगितामा दिगामका कुल ५ वडाका प्रतियोगीहरुको सहभागिता थियो भने स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो, प्रतियोगितामा वडा नं. ५ प्रथम, वडा नं. ३ दोस्रो, वडा नं.४ तेस्रो भय भने वडा नं. ८ र ९ ले सान्तवनामै चित्त बुझाय ।




उक्त कार्यक्रमको संचालन लक्षमी न्यौपानेले गर्नु भयको थियो भने, स्वगत मन्तब्य भगवता न्यौपानेले राख्नु भयको थियो तेसै गरी अतिथिहरुमा प्रमुख अतिथि एमाले ईलाका नं ६ का हुमनाथ कंडेल थिय भने अन्य अतिथिमा नेकपा ए माओवादीका नेता बिन बहादुर राना र दिगाम आदर्श उच्च माध्यामिक बिद्यालयका शिक्षकहरु थिय ।


तस्बीर: रामृष्ण न्यौपाने

Saturday, July 30, 2016

यस्तो छ माओवादीले तयार पारेको गुल्मीका स्थानीय निकायहरु

प्रेम सुनार गुल्मी, साउन–१५ ।
 नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला संगठनले यस जिल्लामा १४ वटा स्थानिय निकाय हुनु पर्ने प्रस्ताव गरेको छ । उसले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी उक्त प्रस्ताव सार्वजानिक गरेको हो । नेपाल सरकारले गठन गरेको गाउ ँपालिका , नगरपालिका विशेष क्षेत्र संख्या र सिमा निर्धारण आयोगले गुल्मीलाई ९ वटा स्थानिय निकाय बनाउन जिल्ला विकास समितिलाई जिम्मेवारी तोकेको छ ।
त्यतिले मात्र दुरदराज गाउँका जनताले सहज रुपमा सेवा पाउन नसक्ने माओवादी केन्द्र गुल्मीले ठहर गरेको सो पार्टीका केन्द्रिय सदस्य बुद्धि जिसीले बताए । उनले भने–‘ यो हाम्रो प्रस्ताव मात्र हो , यति नै हुनु पर्छ भन्ने हाम्रो एकलौटी जोड हुन सक्दैन तर यस प्रस्तावमा सवै राजनैतिक दलहरु विच छलफल गरेर स्थानिय निकय बढाउन सकियो भने जनताले सहज रुपमा सेवा पाउन सक्थे भन्ने हाम्रो पार्टीको निश्कर्ष हो ।’
अर्का केन्द्रिय सदस्य बिरवहादुर कार्की र पोलिटव्युरो सदस्य तथा गुल्मी जिल्ला संयोजक दिनेश पन्थीले पनि गुल्मी जिल्लाका ऐतिहाँसिक स्थानहरु र सामथ्र्यका आधारमा सवै राजनैतिक दलहरु विच छलफल गरेर स्थानिय निकाय गठन गरिनु पर्ने आफुहरुको प्रस्ताव रहेको बताए ।
सो पार्टीले प्रस्ताव गरेको स्थानिय निकाय अन्तर्गत क्षेत्र नम्वर १ को हर्मीचौर, अर्वेनी, जयखानी पुर्तिघाट, खड्गकोट भुर्तुङ्ग, र भार्सेको वडा नम्वर १ र २ सहित ८ वटा गाविसहरुको स्थानिय निकाय पुर्तिघाटमा हुनु पर्ने रहेको छ । उक्त स्थानिय निकायको नाम कालिगण्डकी राखिएको छ । उक्त स्थान सदरमुकाम तम्घास सम्म ८४ किलो मिटर रहेको र वुटवल सम्म १ सय ७ किलो मिटर रहेको माओवादी केन्द्रले बताएको छ ।
त्यस्तै ठुलोलुम्पेक, अस्लेवा, लिम्घा, रिमुवा , ग्वादी र हसराको स्थानिय निकाय अस्लेवामा राखिने र त्यस निकायको नामकरण सत्यवती राखिएको छ । उक्त स्थानिय सदरमुकामबाट ५६ किलो मिटर, वुटवलबाट ८८ र काठमाण्डौबाट ३ सय ४७ किलो मिटर रहेको माओवादी केन्द्रको आँकलन रहेको छ ।
ग्वाघा, हरेवा , शान्तिपुर , हर्राचौर , दिव्रुङ्ग र विशुखर्क गाविसहरुको स्थानिय निकाय शान्तिपुरमा राखिनु पर्ने रहेको छ । त्यस निकायको नाम चन्द्रपुर रहेको छ । उक्त स्थानि सदरमुकामबाट ४२ किलो मिटर, वुटवलबाट १ सय ४ किलो मिटर र काठमाण्डौबाट ३ सय ६३ किलो मिटर रहेको माओवादी केन्द्रले जारी गरेको विवरणमा उल्लेख छ ।
भार्से वडा नम्वर ३ देखि ९ सम्म, जुनिया , जोहाङ्ग, रुपाकोट र तुराङ्गको स्थानिय निकाय खैरेनीमा हुनु पर्ने र त्यस निकायको नाम थाप्ले राखिएको छ । उक्त स्थान सदरमुकामबाट ३९ किलो मिटर, वुटवलबाट ९३ र काठमाण्डौबाट ३ सय ५२ किलो मिटर रहेको उल्लेख गरिएको छ ।
त्यस्तै रुरु थानापति, वलेटक्सार , वम्घा, हुँगा । दिगाम गरी ६ वटा गाविसहरुको स्थानिय निकाय वलेटक्सार हुनु पर्ने र त्यसको नामकरण रुरु राख्ने प्रस्ताव गरिएको छ । उक्त स्थान सदरमुकामबाट ३० किलो मिटर, वुटवलबाट ८७ र काठमाण्डौंबाट ३ सय ४६ किलो मिटर रहेको माओवादी केन्द्रले बताएको छ ।
दौंघा, खज्र्याङ्ग, हर्दिनेटा , पल्लीकोट , विरवास र अमरअर्वाथोकको स्थानिय निकाय विरवासको भेंडुवामा राख्न र प्रस्तावित नाम चोंयग राखिएको छ । उक्त स्थान सदरमुकामबाट २२ किलो मिटर, वुटवलबाट ९० र काठमाण्डौबाट ३ सय ४९ किलो मिटर रहेको उल्लेख छ ।
जुभुङ्ग, गौंडाकोट, दरवार देविस्थान , वलिथुम र पराल्मीको स्थानिय गौंडाकोटमा राख्ने र प्रस्तावित नम गुल्मी दरवार रहेको छ । उक्त स्थान सदरमुकामबाट १३ किलो मिटर, वुटवल १ सय ६ र काठमाण्डौ ३ सय ६५ किलो मिटरमा रहेको छ । रेसुङ्गा नगरपालिकाको स्थानिय निकाय तम्घासमा राख्ने प्रस्ताव गरिएको छ भने नामकरण पनि तम्घास नै गरिनु पर्ने माओवादी केन्द्रको प्रस्ताव रहेको छ ।
नयाँगाउँ, पिपलधारा, हाडहाडे , जैसीथोक , धुर्कोट रजस्थल र हस्तीचौर वडा नम्वर ८ र ९ सहितको स्थानिय निकाय जैसीथोकको वरवोटमा राखिनु पर्ने र त्यसको नामकरण धुर्कोट हुनु पर्ने माओवादी केन्द्रको प्रस्ताव रहेको छ । सदरमुकामबाट २० किलो मिटर , वुटवल १ सय ३४ र काठमाण्डौं ३ सय ९३ किलो मिटर रहेको उल्लेख रहेको छ ।
भनभने, पुर्कोटदह, म्यालपोखरी, मलायगिरी, वाँझकटेरी र अग्लुङ्गको स्थानिय निकाय पुर्कोटदहमा हुनु पर्ने केन्द्रको प्रस्ताव गरेको छ भने उक्त निकायको नामकरण कंकेदेउराली गरिएको छ । सदरमुकामबाट ३९ किलो मिटर, वुटवलबाट १ सय ५३ किलो मिट काठमाण्डौंबाट ४ सय १२ किलो मिटर रहेको उल्लेख छ ।
वाग्ला , सिर्सेनी, मरभुङ्ग, घमिर र अर्जैको वडा नम्वर ९ को स्थानिय निकाय सिमलटारीमा राखिनु पर्ने र उक्त निकायाको प्रस्तावित नाम मालिका राखिएको छ । सदरमुकाम देखि तम्घास २९ किलो मिटर, वुटवलबाट १ सय ४३ र काठमाण्डौबाट ४ सय २ किलो मिटरमा उक्त स्थान रहेको छ । अर्जै १ देखि ८ , अमरमपुर, ईस्मारजस्थल, दोहली १ देखि ८ , दर्लामचौर र छापाहिलेको स्थानिय निकाय ईस्मारजस्थलको मैदानमा राखिनु पर्ने र त्यसको नाम ईस्मा राखिनु पर्ने प्रस्ताव गरिएको छ । उक्त स्थान सदरमुकामबाट २६ किलो मिटर, वुटवलबाट १ सय ४० किलो मिटर र काठमाण्डौंबाट ३ सय ९९ किलो मिटर रहेको छ ।
अर्खवाङ्ग, दोहली वडा नम्वर ९ , छापाहिलेको हिले गाउँ, ह्वाङ्गदी, दर्लिङ्ग र नेटाको स्थानिय अर्खवाङ्गको ठुलाचौरमा राखिनु पर्ने र त्यसको नाम मदाने राखिएको छ । उक्त स्थान सदरमुकामबाट ३२ , वुटवलबाट १ सय ४६ र काठमाण्डौंबाट ४ सय ५ किलो मिटर रहेको छ । हस्तीचौर १ देखि ७ सम्म , मुसिकोट , बडागाउँ र पौदीअमराईको स्थानिय निकाय निस्तेखोलाको उपल्लो फाँटमा राख्ने र नामकरण निस्ती प्रस्ताव गरिएको छ । उक्त स्थान सदरमुकामबाट २०, वुटवलबाट १ सय ३४ , काठमाण्डौबाट ३ सय ९३ किलो मिटर मा रहेको छ ।
वामी, कुर्घा, अर्लाङ्गकोट र आँपचौरको स्थानिय निकाय वामीटमा राख्ने र नामकरण मालारानी प्रस्ताव गरिएको छ । उक्त स्थान सदरुमुकामबट ३४, वुटवल १ सय २० र काठमाण्डौं ३ सय ९९ किलो मिटरमा रहेको छ माओवादी केन्द्रका तिन वटै नेता पन्थी, कार्की र जिसीले आफुहरुको उक्त प्रस्ताव माथी सम्वन्धीत निकाय अन्तरगतका राजनैतिक दलहरु, शिक्षक , वुद्धिजिवी, समाज सेवीहरु र सर्वसाधरण सम्मले व्यापक छलफल र वहस गरेर थप सुझाव दिन आग्रह गरेका छन् । ‘यस विषयलाई व्यापक वहसको विषय बनाईनु पर्दछ ताकी पछि पछुताउनु पर्ने र विवादमा अल्झीन नपरोस भन्ने हाम्रो मान्यता हो ’– माओवादी केन्द्र गुल्मीका संयोजक दिनेश पन्थीले भने ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले माओवादी केन्द्र गुल्मीले यस कुरामा राम्रो मेहनत गरेको तर नगरपालिका थप्नु पर्ने कुरामा भने चुकेको प्रतिकृया दिएका थिए । यस सम्वन्धमा स्थानिय विकास अधिकारी डिलाराम पन्थी संग सम्पर्क राख्दा आयोगले निर्धारण गरेको ९ वटा स्थानिय निकाय भन्दा बढि राख्न आफुहरुको अधिकार क्षेत्र भित्र नपर्ने प्रतिकृया दिए । उनले भने–‘ वरु स्थान तोक्ने र नामकरण गर्ने विषयमा दलहरु विच छलफल गरेर आयोगलाई सिफारिस गर्न सकिन्छ तर निर्धारित संख्या घटबढ गर्न सकिँदैन् । ’

Tuesday, July 26, 2016

अविरल बर्षाका कारण पहिरो जादा दिगाममा सडक अवरुद्ध

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, साउन १२ । सोमबार रातीदेखी लगातार परेको अविरल बर्षाका कारण श्रींगा-दिगाम सडक खण्ड अन्तर्गत ठुलो पहिरोमा पहिरो जादा उक्त सडक बन्द भयको छ, तेसै गरी चैनथान - बोखार सडक खण्डमा पनि बिभिन्न ठाउँमा पहिरो गयको छ भने यता दिगाम ७ अमराईमा साखा बाटोमा पहिरो जादा यस सडकमा पनि अवरोध भएको छ। यो बाटो तल्ली अमराई देखि गाहा बारी हुदै उप्पलि अमराई को पुछार सम्म रहेको छ, जुन बाटो दुई वर्ष अघि खनियको थियो । यती खेर दिगामका प्रय सबै बाटाहरु पहिरोका करण अवरोध छन्न ।

अविरल वर्षा र बाढि पहिरोका करण गुल्मीका बिभिन्न ठाउ बाग्लुङ्ग, पर्वत, स्याङ्गजा , अर्घाखाँची र प्युठान जिल्लामा ठुलो जिउधनको क्षति भएको छ । अहिले सम्म गुल्मीमा एक जना वेवरिसे पुरुष रहस्यम रुपमा खोलामा मृत फेला सहित ६ जना मृत फेला परेका छन भने ३ जना घाईते भएका छन् । जिल्लाको १ नम्वर क्षेत्रको भुर्तुङ्ग र विशुखर्कमा एक घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने त्यस क्षेत्रका दर्जनौ घर परिवार विस्थापित भएको खबर आयपनी दिगाममा भने सामान्य पहिरो बाहेक अहिले सम्म कुनै अपिर्य घटना घटेको छैन ।




तस्बिरमा: दिगाम ७ अमराईमा साखा बाटोमा गयाको पहिरो





तस्बीर : S.P पाण्डे


Tuesday, July 19, 2016

गुल्मी दिगामका ऋषिराम पन्थको दिल्लीमा घाँटी रेटी हत्या

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, साउन ५ ।
रोजगारीको शिलशिलामा करिब १२ बर्ष देखि दिल्लीमा काम गर्दै आएका गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ८ बिसौना घर भयका ३७ बर्षीय ऋषिराम पन्थको दिल्ली स्थित मोतिनगर WZ -100 बसाइधारा मा गत १४ तारिक बिहिबार हत्या भएको पाँच दिन पछि उनको लास फेला परेको थियो ।
मृतकका दाजु कमल पन्थ र बिनोद खनालको अनुसार ऋषिराम कोठामा एक्लै बस्ने गर्दथे उनका श्रीमती एक छोरा र एक छोरी रुपन्देही भैरहवामा बस्छन ऋषिराम बस्ने कोठाबाट दुर्गन्धको बासना छिमेकी को घरमा फ़ैलिएपछि छिमेकीहरुले पुलिस लाइ खबर गरेपछि मृतक ऋषिराम को कोठाको ताला तोडेर हेर्दा त्यहा उनको सडिसकेको लास फेला परेको थियो दिल्लीको गर्मीले लासमा किरा परेर लास सडिसकेको थियो पोष्टमार्टम पछि उनको सतगत गरिएको छ ।
हत्या किन कसरी र कसले गर्यो भन्ने कुरा अझै सम्म पत्ता लागेको छैन तर हत्यारालाइ जसरि भएपनि पक्राउ गर्न दिल्ली पुलिसलाइ नेपाली राजदुतावास का एस एस पी यादव खनालले जोड दिनु भएको छ भने घटनाको छानबिन को लागि दिल्ली पुलिसमा केस दर्ता भइसकेको छ । - DC Nepal

Saturday, June 11, 2016

देशकै नमुना अस्पताल बनाउँछुः अध्यक्ष टण्डन


गुल्मी जिल्लाको हर्दिनेटा गाविस ७ चोयगामा २०२१ सालमा जन्मनु भएका ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि गरेको कुराकानी जस्ताको तस्तै :-
धेरै क्षेत्रहरु छन मैलै विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छु । २०२५ सालमा बुवा रनसिहं टण्डन लुम्सामा किराना पसल गर्नुहुनथ्यो । २०४३ सालमा गुल्मीको हर्दिनेटामा मैले पसल शुरु गदै गर्दा–गर्दा म विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए । राजनीति गर्दा विभिन्न बाधा अड्चन भोग्नुपर्दो रहेछ । यसक्रममा २०४७ साल पुष ३ गते दिगाममा एउटा ठूलो काण्ड घट्यो । त्यो काण्डमा एमालेबाट मैले निकै पिटाइ खानुपर्यो ।
त्यो पिटाईले मैले गाउँ छोड्न बाध्य भएँ । अहिले उहाँहरुलाई धन्यवाद दिन चाहान्छु किनभने यदि त्यो समयमा मैलै त्यसरी पिटाई नखाएको भए सायद म गुल्मी मै रहिरहन्थे होला । म केहि समय पछि विदेशतिर लागे केही पैसा पनि कमाए । विदेशबाट फर्केपछि बुटवलमा ग्लास हाउस तथा फर्निचर उद्योग लगायतका विभिन्न क्षेत्रमा लगानी बढाउँदै लगे । अहिले पनि केहि व्यवसायहरु बुटवलमा चलिरहेका छन् भने काठमाडौंमा पनि ग्रीन सिटि अस्पताल, यति हेल्थ साइन्स कलेज, टण्डन ग्लास हाउस लगायत विभिन्न व्यवसायहरु च्लिरहेको अवस्था छ ।
तपाई स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुको मुख्य कारण के हो ?
म व्याडमिण्टन खेलाडी थिए । मलाई घुँडामा केही समस्या आयो । चेकअपको क्रममा त्यतिबेला वि.पी. अस्पतालमा डा.दिपक महरा र डा.अर्जुन लामिछानेको टिमले मेरो घुँडाको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रियाका क्रममा झ्याप्प बत्ति गयो । मैलै डा.साबलाई सोधे बत्तिको समस्याले मेरो शल्क्रियामा केही अप्ठेरो त पर्दैन भनेर । म उपचारको क्रममा जुन शैयामा बसेको थिएँ, अप्रेशन कक्षबाट त्यतिबेला मैले मनमनै प्रतिज्ञा गरेको थिएँ की लोडसेडिङ मुक्त अस्पताल खोल्नुपर्छ भनेर, त्यहि अनुरुप ग्रीनसिटी अस्पताल २०६९ सालमा खोलँे । अस्पताल शुरु गरेदेखि अहिलेसम्म यो अस्पतालमा लोडसेडिङको बेला पनि त्यसको असर अस्पताल र सेवामा पर्न दिएको छैन, यो अस्पताल लोडसेडिङ मुक्त अस्पतालको रुपमा चिनिन्छ ।त्यहि घटनाले मलाई स्वास्थ्य सेवा प्रवेश गर्न प्रेरित गर्यो ।
यो क्षेत्रमा के–कस्ता चूनौतीहरु देख्नुभयो ?
अस्पतालमा अनेक बिरामीहरु आउने गर्दछन, कसैसँग आर्थिक अभावको कारणले गर्दा उपचार गराउन नसकेर लामो समयसम्म रोग पालेर बस्न बाध्य भएको देखिन्छ, त्यस्ता समस्याको पहिचान गरी अस्पतालले निशुल्क रुपमा उपचार गर्ने गरेको छ । यसको जानकारीको लागि ग्रीनसिटीको वेवसाइटमा पनि यहाँहरुले देख्न सक्नुहुन्छ ।समस्याको बारेमा कुरा गर्दा अस्पताल यस्तो ठाउँ हो, एउटै घटनाक्रमले सय प्रतिशत जश पाउन पनि सक्छ र एउटै कारणले बदनाम हुन पनि सक्छ, यसकारण अस्पताल निकै संवेदनशिल क्षेत्रको रुपमा मैले बुझेको छु ।मैले ग्रीनसिटिको टिमलाई बारम्बार के भन्ने गरेको छु भने निरन्तर आफ्नो दक्षता, क्षमता र कुशल प्रतिभालाई संयमताका साथ सेवामा जुट्नुस, खुशीमा बढी हौसीने र दुखमा बढी आत्तिने काम कहिल्यै नर्गनुस । सेवामा पूर्ण जश पाइदैन तर पनि यसमा आफूले सन्तुष्टी लिदै इमान्दारिताका साथ अगाडी बढ्नुपर्दछ ।
ग्रीनसिटि हस्पिटलको लोकप्रियता बढ्नुको मुख्य कारण के मान्नुहुन्छ ?
नेपालभरीमा नीजि अस्पताल करिब ३५० को सङख्यामा पुगेका छन यसको अलवा सरकारी अस्पतालहरु प्रशस्तै छन । प्रमाण जुटाएर आएको खण्डमा नेपाल सरकारले स्वास्थ्यक्षेत्रका विभिन्न ५ शीर्षकमा एक–एक लाखका दरले अनुदान दिने गरेको छ । यो सबैमा जानकारी पुगेको पनि छैन, थाहा भएका पनि प्रक्रियाबाट सेवासम्म आउन अप्ठेरो अवस्था रहेको छ । म के कुरामा बढी खुसी छु भने गरिव र असहाय व्यक्तिहरुलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म निशुल्क उपचार गरिदिने गरेको छु । यसमा मलाई निकै आनन्द लाग्छ। वरिष्ठ डा.अनिल भट्टराईको सक्रियतामा कालिकोट जिल्लाबाट १० वटा ओपनहर्ट सर्जरीको लागि केशहरु कलेक्शन गरी ल्याउनुभयो र तिनीहरु ग्रीनसिटी अस्पतालको निशुल्क उपचारपछि घर फर्केका छन ।बुटवलबाट प्रकाशित हुने बुटवल टुडे राष्ट्रिय दैनिकमा छापिएको समाचारले रुपन्देहीको खैरेनी निवासी लोकमाया सुनार जस्को जन्मजात मलद्धार थिएन ९ महिना सम्म दिसा निष्काशन नभएकी उनको ग्रीनसिटीले सफल उपचार गरी उनको नियमित दिसा हुने बनाइदिएको छ ।यसैगरी,ओखलढुंगा पोखरे गाविस वडा नम्बर–४ निवासी १३ वर्षकी लिला बि.क. जसले १३ वर्षसम्म आफ्नो दिसालाई पेटमा च्यापेर पिंडामा बाँचीरहेकी थिईन् । साच्चै भन्ने हो भने उनको नाम गिनिजबुकमा लेख्नुपथ्र्यो, त्यो हुन सकेन यसमा मलाई दुख लागेको छ । लामो समयसम्म हेरिरहन सक्ने त्यहाँको समाजप्रति मेरो गुनाँसो पनि छ ।
मुलुकमा भ्रष्टचार मौलाईरहेको छ, आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जुन निशुल्क सेवा दिने कोशिस छ, यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अहिले मुलुकको सबै क्षेत्रमा हेर्दा व्यापक भ्रष्टचार भएको देखिन्छ ।मानव भएर जन्मेपछि मानवताको स्वभाव देखाउन सक्नुपर्छ भन्ने मुल उद्देश्यका साथ म यो अभियानमा जुटेको छु । सेवा नै धर्म हो भन्ने नारा लिएर अगाडी बढिरहेको छु । यो अभियानमा म कत्ती पनि बिचलित नभई अगाडी बढिरहने छु यो मेरो प्रतिबद्धता हो ।म नास्तीक होइन आस्तीक हो यसो भन्दैमा मन्दिर मात्रै धाउनु पर्छ भन्ने मेरो सोच होईन । मानव सेवा नै धर्म हो भन्ने मलाई लागेको छ ।देशलाई समृद्धीको बाटोमा लैजानको निम्ति सबैको आ–आफ्नो भूमिका हुनुपर्छ । एक जना व्यक्तिले मात्र गरेर केही हुँदैन् । यसको लागि सबैमा सकारात्मक सोचको आवश्यकता हुन्छ । अहिले धन कसरी थुपार्न सकिन्छ भन्ने होडवाजी नै चलेजस्तो देखिन्छ । विदेशी मुलुकबाट आएको सहयोग भनौ या विकास निर्माणको रकम भनौ सबैतिर ठुलो रकम दुरुपयोग भएको सुनिन्छ । यसलाई तत्काल रोक्न कडा भन्दा कडा कानुन बनाउन आवश्यक छ ताकि फेरी अर्कोले गलत गर्ने आँट नगरोस । गलत गर्ने मान्छेलाई प्रोत्साहन गरेर अगाडी बढाउनु हुँदैन । यसलाई निरुत्साहीत गर्ने तर्फ राज्यको ध्यान जानुुपर्छ ।
ग्रीनसिटीको टीम एकता कस्तो छ?
मान्छे जन्मेपछि एकदिन अवश्य मर्नुपर्छ,बाचुञ्जेल आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु नै महानता हो भन्ने सोचको विकश यो टीममा छ । हामीले जुन खालको काम गर्छौ भनेर हामी अगाडी बढिरहेका छा,आज यसो गरौ है भन्दा नो भनेर कसैले भन्नुहुन्न । डाक्टरहरुले पनि यो केश फ्रिमा गर्नुपर्छ है भनेर भन्यो भने उहाँहरुले साथ दिईरहनु भएको अवस्था छ । म गरिब हुँ भन्दैमा उसको निधारमा देखिँदैन । यसकारण पनि उहाँलाई हामीले नाप्ने यन्त्र भनेको गाविस, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रशासन कार्यालयबाट यो व्यक्ति साच्चिकै असाहय र गरीब भन्ने सिफारिस लिएर आएमा ग्रिनसिटी अस्पताल निशुल्क सेवा दिन सधै तयार रहेको छ ।
नेपालका विभिन्न ठाउँका दुर दराजमा बस्नेहरुको स्थिती एकदमै नाजुक छ शहरमा त भनेको बेला औषधी उपचार गर्न सकेको अवस्था छैन । सुगम ठाउँमा अस्पताल निर्माण गर्नुभएको छ । यो ग्रिनसिटीले दुर्गम ठाँउका लागि केही सोच बनाएको छ कि छैन ?
एकदमै राम्रो प्रश्न गर्नुभयो, यो दुर्गमका लागि सबैभन्दा ठुलो कुरा चाँही के छ भने नेपाल सरकारको पोलिसी मै जानुपर्छ । हामीले चाहेर पनि केही गर्न सक्दैनौ। एमबिबिएस पास गरेर आउने डाक्टरलाई पहिले कम्तिमा २ वर्षसम्म दुर्गममा काम गराएर मात्रै सुगम प्रवेश गराउने प्रक्रिया नेपाल सरकारले गरिदियो भने त्यतीखेर मात्र दुर्गमले सेवा पाउन सक्छ । अहिले सबैले चाइना, बंगलादेश अथवा नेपाल जहाँबाटै प्रोडक्ट भएपनि तीनीहरुले सुगम ठाउँमात्रै खोज्छन् । दुर्गममा गएर काम गर्न कोही पनि मन पराउँदैनन् । त्यसको लागि हामीले जति लगानी गरे पनि सफल हुन सक्दैनौ ।कम्तीमा पनि २ वर्षसम्म दुर्गम ठाँउमा काम गरेको सर्टि्फिकेट नभएसम्म प्रमोशन र सुबिधाहरुलाई राज्यले नै रोक्न सक्नुपर्छ । अहिले दुर्गममा गएर हामीले अस्पताल खोलौँ भन्ने हो भने दुर्गममा डाक्टर नै जाँदैनन्। डाक्टर नभएपछि अस्पताल कसरी चलाउने त्यो एकदमै ठुलो समस्या छ ।
ग्रिनसिटीले स्वास्थ्य शिविरहरु चलाएको अवस्था के छ ?
यसको रेकर्ड नै हेर्यो भने पनि हाम्रो प्रशासनमा गएर हेर्न सकिन्छ । मलाई लाग्छ सबैभन्दा बढी स्वास्थ्य शिविरहरु ग्रिनसिटीले नै सञ्चालन गरेको छ । नुवाकोट, धादिङ, रसुवा, लमजुङ अनि टोखा एरिया, मनमैजु एरियामा प्रायजसो हामीले गरिरहेका छौ । विभिन्न कलेज, स्कुलहरुमा पनि शिविरहरु सञ्चालन भइरहेको छ। अब हामी अष्ट्रेलियाको एनआरएनको टिमसँग दैलेखमा वैशाख ४ गतेदेखि ७ दिनको शिवीर लिएर यो हस्पीटलको टिम जांदैछ । महिलाहरुको पाठेघर सँग सम्बन्धित केशहरु हुन्छन ती केशहरुलाई तुरुन्तै शिविरमा नै अप्रेशन गर्ने गरि हामीले कार्यक्रम राखेका छौँ ।
भावी योजनाहरु के –के छन् ?
यसलाई नेपालकै एउटा नमुना अस्पताल बनाउन हामीले प्रतिबद्धता गरेका छौ । देश र विदेशमा बस्ने साथीहरुसँग छलफल भईरहेको छ । मैले नेपालको एउटा राम्रो र सुविधा सम्पन्न अस्पताल जहाँ औषधी उपचार गर्न नसकेर यहाँबाट भारत लगायत अन्य मुलुकमा जाने पैसालाई नेपालमा नै रोक्नुपर्छ, कार्यदक्षता भएका मान्छेहरु नेपालमा प्रशस्तै छन् ।“मान्छेहरुलाई चिन्ने व्यवहार गरेर सुनलाई चिन्ने कसी लगाएर” त्यसको लागि देशका ठुला नेताहरुलाई सबभन्दा पहिले नेपालमा नै सेवा हुन्छ नेपालमा नहुने भनेको सेवा केही पनि छैन भन्ने कुरामा बिस्वास हुनुपर्यो । नेपाली डाक्टरहरुले देश विदेशमा गएर नाम कमाएका छन् । त्यस्तै खालका डाक्टरहरु नेपालमा पनि छन् कार्डियो सर्जरी डाक्टर अनिल भट्टराईलाई राम्रो उदाहरणका रुपमा लिन सकिन्छ । यसै अस्पतालमा कार्यरत उहाँ विश्वका १० जना मध्ये एक जना डाक्टर पनि हो ।उहाँले यति राम्रो सर्जरी गर्नुहुन्छ की,४५ मिनेटमा ओपनहर्ट बाइपास सर्जरी गर्न सक्नुहुन्छ । उहाँ जस्तै यहाँ अरु पनि सक्षम डाक्टरहरु हुनुहन्छ । स्पान्युल, न्युरो, गाइनो, कार्डियो सर्जन डाक्टर विभिन्न विधाका डाक्टरहरुले राम्रो तरिकाले सेवा दिईरहनुभएको छ । हामीले सबैभन्दा पहिले नेपालमै भएका डाक्टरलाई विश्वास गर्ने बानी बसाल्यौं भने यो देशलाई अगाडी बढाउन सकिन्छ ।तर विशेष गरेर नेपाल सरकारमा रहेका जिम्मेवार व्यक्तिहरु र राजनीतिक दलका प्रतिनिधीहरुको विशेष भूमिका रहन्छ ।
स्वास्थ क्षेत्रमा भएका राज्यका नीतिलाई कसरी लिनुभएको छ ?
नीतिको कुनै टुङगो नै छैन् । जति बेला अफ्ठयारो पर्यो त्यतीखेर माईनोटिङ गर्ने, क्याबिनेटमा निर्णय गर्ने परम्परा छ, यो मुलुकको लागि दुर्भाग्य हो । आज एउटाले गर्यो भोली अर्को मन्त्री आएपछि त्यो चेन्ज हुन्छ । मेरो विचारमा कानुन सबैलाई हुने खालकोर दिर्घकालिन हुनुपर्दछ ।कानुन फितलो देखिरहेको छु । कानुन भन्ने कुरा एकपटक बनिसकेपछि जो आएपनि परिवर्तन नहुने खालको हुनपर्यो अनि मात्रै देशको विकाश हुन सक्छ ।आफूलाई सजिलो पार्ने मात्र कानुन बनाएर हुन्छ र ? त्यसले गर्दा आफूलाई सजिलो पर्ने गरेर कसैले पनि काम गर्नुहुँदैन । मैले पनि मलाई सजिलो हुने गरी कुनै पनि यो संस्थामा नियम बनाएको छु जस्तो मलाई लाग्दैन । किनभने हामी पनि एउटा दायरामा छौ । हामी जसरी एउटा प्राईभेट सेक्टरमा काम गर्छौ राज्यका जिम्मेवार निकायहरुले पनि कानुनको दायरमा बसेर काम गरिदिए धेरै राम्रो हुने थियो ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
म एउटा कर्मश पढेको मान्छे एउटा विजनेश गरेको नन टेक्निकल ब्यक्ति विशुद्ध नयाँ क्षेत्र भित्र प्रवेश गरेको छु । मैले प्रवेश गरेको ठाँउमा लोक बहादुर टण्डनले यस्तो चलाएर नी चल्छ र ? भन्ने गरेको पनि सुनेको थिएँ । तर आज लोक बहादुर टण्डन भएन भने अस्पताल चल्दैन भन्ने कुरा मैले सुनेको छु । मैले गरेका कामहरुप्रति म सन्तुष्ट छु । काम सानो ठुलो हुँदैन, काम जे गरेपनि हुन्छ । तर लगनशिलता, मेहनत र इमान्दारीका साथ गर्नुपर्छ । सम्पूर्ण साथीभाई इष्टमित्रलाई के भन्न चाहान्छु भने इमानन्दारितालाई कायम गर्न जानियो भने अवश्य पनि आफ्नो गन्त्वयमा पुग्न सकिन्छ । -(ग्रिनसिटी हस्पिटल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनसँग स्वास्थ्य क्षेत्र सम्बन्धि चेनता न्युज डट कमले केहि महिना अघि गरेको कुराकानी )

Wednesday, February 10, 2016

गुल्मी दिगामका एक ब्यक्तिले गरे झुन्डिएर आत्महत्या


गुल्मी दिगाम सेरोफेरो नेटवर्क माघ २७ ।
आज बिहाना दिगाम ५ गुल्मीका ५४ वर्षीय ऋषि राम पन्थले आफ्नै घर भन्दा केही तल खन्नियुको रुखमा डोरीको पासो लगाई आत्महत्या गरेको श्रिंगा प्रहरी चौकीमा कार्यरत असाई मुक्ति पुनलाई उधृत गर्दै तेहाबाट हाम्रा गुल्मी दिगाम सेरोफेरो नेटवर्क सहयोगी अमर पन्थले जानकारी दियका छन्न, तेसै गरी केही दिन अघि मात्र हर्दिनेटा गा.वि स. कक्षा ७ मा अध्यानरत कमल बस्नेतले पनी स्कुलको समयमा स्कुल बाट निस्की स्कुलकेही पर पन्निउको रुखमा डोरीको पासो लगाई आत्महत्या गरेका आत्महत्या गरेकाथिय भने, यता पछिल्लो समय गुल्मीमा आत्महत्या गर्नेको संख्या बढेको पाइएको छ । जिल्लामा प्रत्येक वर्ष ५० जनाभन्दा बढीले आत्महत्या गरेका छन् । जिल्लामा गत तिन वर्षयता हरेक वर्ष ५० जना बढीले आत्महत्या गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पछिल्लो तथ्यांक हेर्दा  जिल्लामा आत्महत्याको अवस्था अत्यन्त्तै डरलाग्दो छ, प्रहरी पत्रकार लगायत सरोकारवालहरु सबै मिलेर आत्महत्या न्युनिकरण गर्नका लागि कार्यक्रमहरु जिल्लाभर सञ्चालन गर्नुपर्ने देखिन्छ


                तस्बीर: अमर पन्थ

Sunday, January 3, 2016

लक्ष्मी प्रा.वि दिगाम ८ बोखरको ३४ औ वार्षिक उत्सव

श्री लक्ष्मी प्रा.वि दिगाम ८ बोखरको ३४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा हाम्रा गुल्मी दिगामा सेरोफेरो नेटवर्क को लागी दीपक जि.सी ले कैद गर्नु भयका केही तस्बीहरु

Tuesday, December 22, 2015

एकै दिन ४ जनाद्धारा आत्महत्या/आत्महत्या न्युनिकरणका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने

शिबलाल सुबेदी/गुल्मी ७ पुस , एकै दिन गुल्मीमा चार जनाले आत्महत्या गरेका छन । जिल्लाका बिभिन्न गाविसमा भुण्डिएर र बिष सेवन गरेर मगंलवार चार जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको हस्तिचौर १ घर भएकी २१ बर्षिय लिलिमा महतले आफ्नो माइतीघर अर्जे गाविस ८ मा भुण्डिएर आत्महत्या गरेकी छन भने जिल्लाकै दरवार देवीस्थान ५ की १६ बर्षिय कमला टोमटाले आफ्नै घरको बिच तलामा भुण्डिएर आत्महत्या गरेकी छन । यस्तै जिल्लाको दौघा गाविस ३ का ३३ बर्षिय श्याम बहादुरले पनि मगंलवार नै भुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । यता अर्घाखांची चिदिकाकी ३८ बर्षिय सरस्वती अर्यालले बिष सेवन गरि स्वास्थ्य चौकी लग्दै गर्दा गुल्मीको दिगाममा मगंलवार नै मृत्यु भएको छ । अर्यालले ब्लुम नामक किटनाशक सेवन गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका मुद्दा फाटँका असई सत्यनारायण यादवले जानकारी दिनुभएको छ । यता गुल्मी जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरुको सख्या बढेको छ । गुल्मी जिल्लामा केही बर्षयता बार्षिक ५० जनाभन्दा बढीले आत्महत्या गर्ने गरेका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीको तथ्याङ्ग अनुसार गएको साउनसम्म ४७ जनाले आत्महत्या गरेका थिए भने साउनदेखि आजसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो भएपनि यहाँका सरोकारवालाहरु, अधिकारकर्मीहरु, बिभिन्न सघंसस्था लगायत प्रहरी प्रशासनले आत्महत्या न्युनिकरण गर्नका लागि कुनै जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन । महिला अधिकारकर्मी सीता भुसालले मगंलवार पत्रकारहरुलाई मिलेर आत्महत्या न्युनिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । जिल्लामा केही बर्षयता आत्महत्याको अवस्था अत्यन्त्तै डरलाग्दो भयो भुसालले भन्न्ुभयो “ पत्रकार लगायत सबै मिलेर जनचेतनामुलक कार्यक्रम गाउँ–गाउँसम्म लान जरुरी छ । ” यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शैलेन्द्रकुमार भट्टले पनि गुल्मी जिल्लाको आत्महत्या देखेर न्युनिकरणका लागि कुनै कार्यक्रम जिल्लाभर लैजान आवश्यक भएको बताउनुभयो । उहाँले पनि प्रहरी पत्रकार लगायत सरोकारवालहरु सबै मिलेर आत्महत्या न्युनिकरण गर्नका लागि कार्यक्रमहरु जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

Monday, December 21, 2015

जिपको ठक्करबाट दिगाममा एक जनाको मृत्यु



अमर पन्थ/ गुल्मी दिगाम सेरोफेरो नेटवर्क, दिगाम पुस ६ । जिपको ठक्करबाट गुल्मीको दिगाम बोखरमा दिगाम गाविस-८ का ६२ वर्षका रामलाल भण्डारीको ज्यान गएको छ ।सोमबार बिहान लु १ ज १२९६ नम्बरको जिपको ठक्करबाट घाइते भएका भण्डारीको उपचारको क्रममा पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ठक्कर दिने जिपका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Tuesday, December 15, 2015

मिर्गौलारोगीद्वारा सहयोगको याचना

गुल्मी दिगाम सेरोफेरो नेटवर्क।दुबै मिर्गौला काम नलाग्ने अवस्थामा भएका गुल्मी दिगाम ६ बाेहा निबाशी तारापती ज्ञवालीका छाेराविष्णुप्रसाद ज्ञवालीले उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । भारतको मुम्बईमा रोजगारी गर्दै गर्दा तीन महिना अघि दुबै मिर्गौला खराब भएका ३४ वर्षिय ज्ञवालीले मिर्गौलाको नियमित डायलासिस गर्न र औषधि उपचारका लागि लाग्ने खर्च आफूसंग नभएकाले सहयोगको याचना गरेका हुन् । घरको कमाउने व्यक्ति नै विरामी भएपछि परिवार चलाउन पनि समस्...या थपिएको छ । ‘घरको आर्थिक अवस्था कमजोर र आय स्रोत केही नभएकाले अरुसंग सहयोगको याचना गर्नुपरेको हो’–ज्ञवालीले भने–‘सबैको सानो सानो सहयोग मिलेमा मेरो जीवन रक्षा हुने थियो ।’ 
शुरुमा सिद्धार्थनगर सिटी हस्पिटलमा र हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा रहेको मिर्गौला उपचार केन्द्रमा ज्ञवालीले हप्ताको दुईपटक डायलासिस गरिरहेका छन् । उनलाई सहयोग गर्न चाहनेहरुले शाइन रेसुंगा डेभलपमेन्ट बैंकमा श्रिधर ज्ञवालीकाे नाममा रहेकाे खाता नं ०१२०१२००४०००७८०३२०००००१ मा रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८५७०६०९२७ र ९८२१५२४१२६ मा सम्पर्क गर्नसक्ने छन् । एकपटक डायलासिस गर्दा न्युनतम २५ सय रुपैया शुल्क लाग्छ भने नियमित सेवन गर्नुपर्ने औषधि पनि महंगो हुने गर्छ । अर्को मिर्गौला प्रत्यारोपण नहुंदासम्म नियमित डायलासिस र औषधि सेवन गर्नुपर्ने हुंदा मिर्गाैलाको उपचार निकै महंगो पर्दछ ।
हजुरको सानो सहयोगले पनि उहाँले नया जिबन पाउन सक्नुहुन्छ कृपया सक्दो share गरी सहयोग सहयोगी हातहरु जुटाऔ...

Tuesday, November 10, 2015

आजबाट रुरु एफ.एम.८औं वर्षमा प्रबेश

अनिल खत्री

गुल्मी कार्तिक २५ । रुरु मल्टी मिडिया प्रालि द्धारा सञ्चालित गुल्मीको श्रृङ्गामा रहेको रुरु एफ ९४.८ मेगाहर्ज आजबाट आठौं वषैमा प्रबेश गरेको छ । भाषा कला सँस्कृतिको प्रचार गाँउगाँउमा सुचाना र संञ्चार भन्ने नाराका साथ २०६५ साल कार्तिक लक्ष्मी पुजाको अबसर पारेर आफनो प्रसारण सुरु गरेको यस एफ एमले सफलतम सातौंं वर्ष पुरा गरेको छ ।
भाषा कला सँस्कृतिको प्रचार गाउगाउँमा सुचना र सञ्चार पु¥याउने मुख्य उदेश्य लिएर दैनिक १८ घण्टा सुचना,समाचार, ज्ञान वद्र्धक सामाग्रीहरु प्रसारण गर्दै आएको छ । लोकप्रिय कार्याक्रमहरु सगै आफ्नै उत्पादनमा प्रत्येक घण्टा घण्टामा समाचार प्रसारण गर्दै आएको यस एफ एमले आगामी दिनमा थप उत्कृष्ट बनाउन श्रोताको सुझाव सल्लाह अनुसार अगाडी वढ्ने स्टेशन मेनेजर युगराज बस्यालले बताउनु भयो ।
गुल्मीको सदरमुकाम तम्घासबाट ग्रामीण स्थानमा रहेको यस एफ एमको स्टेसन दिगाम गाविसको श्रृङ्गामा रहेको छ । वालक देखि बृद्धा सम्म लोकप्रिय बन्दै गएको यस एफ एमको ५ सय वाट क्षमता रहेको छ । रेडियोले आगामी दिनहरुमा नयाँ प्रबिधिका सामानहरु प्रयोग गरेर अझ थप उत्कृष्ट नयाँ नया कार्यक्रमहरु साथ अगाडी वढने रेडियोले जनाएको छ ।
रेडियोले वार्षिक उत्सवको अबसरमा कर्मचारीहरु बिच चिया पान तथा शुभकामना आदान प्रदानत गरेर मनाएको छ । सफलतम सातौं वर्ष पुरा भई आठौंं वर्ष प्रबेशको अबसरमा एफ एमलाई यहाँ सम्म ल्याउँन सहयोग गर्ने कर्मचारी, बिभिन्न स्थानमा अहोरात्र खटेर सहयोग गर्ने रेडियोका सहकर्मी,बिज्ञापन दाता, श्रोता तथा आम नेपालीहरुमा धन्यावाद दिदै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षारहेको स्टेशन म्यानेजर बस्याल बताउनु भयो । सत्य तथ्य सुचना समाचार प्रसारण मार्फत समाजमा सकरात्मक सन्देस प्रवाह गर्नु रेडियोको मुख्य उदेश्य रहेको म्यानेजर बस्यालको भनाई छ ।

Wednesday, October 21, 2015

विजया दशमीको पावन अवसरमा हार्दिक मगंलमय शुभकामना…

बिजया दशमी २०७२ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति , सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं ।
जाँगर दिने जमरा आँट दिने अक्षता घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता शरद्को खुशियालि छाइरहोस, फुलिरहोस महान चाड विजया दशमी २०७२ को पावन अवसरमा हजुरलाइ हार्दिक मगंलमय शुभकामना…


सम्पादक: एम लाल बेलबसे एवम् गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार