शिबलाल सुबेदी/गुल्मी ७ पुस , एकै दिन गुल्मीमा चार जनाले आत्महत्या गरेका छन । जिल्लाका बिभिन्न गाविसमा भुण्डिएर र बिष सेवन गरेर मगंलवार चार जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाको हस्तिचौर १ घर भएकी २१ बर्षिय लिलिमा महतले आफ्नो माइतीघर अर्जे गाविस ८ मा भुण्डिएर आत्महत्या गरेकी छन भने जिल्लाकै दरवार देवीस्थान ५ की १६ बर्षिय कमला टोमटाले आफ्नै घरको बिच तलामा भुण्डिएर आत्महत्या गरेकी छन । यस्तै जिल्लाको दौघा गाविस ३ का ३३ बर्षिय श्याम बहादुरले पनि मगंलवार नै भुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । यता अर्घाखांची चिदिकाकी ३८ बर्षिय सरस्वती अर्यालले बिष सेवन गरि स्वास्थ्य चौकी लग्दै गर्दा गुल्मीको दिगाममा मगंलवार नै मृत्यु भएको छ । अर्यालले ब्लुम नामक किटनाशक सेवन गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका मुद्दा फाटँका असई सत्यनारायण यादवले जानकारी दिनुभएको छ । यता गुल्मी जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेहरुको सख्या बढेको छ । गुल्मी जिल्लामा केही बर्षयता बार्षिक ५० जनाभन्दा बढीले आत्महत्या गर्ने गरेका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीको तथ्याङ्ग अनुसार गएको साउनसम्म ४७ जनाले आत्महत्या गरेका थिए भने साउनदेखि आजसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन । जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो भएपनि यहाँका सरोकारवालाहरु, अधिकारकर्मीहरु, बिभिन्न सघंसस्था लगायत प्रहरी प्रशासनले आत्महत्या न्युनिकरण गर्नका लागि कुनै जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन । महिला अधिकारकर्मी सीता भुसालले मगंलवार पत्रकारहरुलाई मिलेर आत्महत्या न्युनिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । जिल्लामा केही बर्षयता आत्महत्याको अवस्था अत्यन्त्तै डरलाग्दो भयो भुसालले भन्न्ुभयो “ पत्रकार लगायत सबै मिलेर जनचेतनामुलक कार्यक्रम गाउँ–गाउँसम्म लान जरुरी छ । ” यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक शैलेन्द्रकुमार भट्टले पनि गुल्मी जिल्लाको आत्महत्या देखेर न्युनिकरणका लागि कुनै कार्यक्रम जिल्लाभर लैजान आवश्यक भएको बताउनुभयो । उहाँले पनि प्रहरी पत्रकार लगायत सरोकारवालहरु सबै मिलेर आत्महत्या न्युनिकरण गर्नका लागि कार्यक्रमहरु जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
0 $type={blogger}:
Post a Comment