खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा ( फोटो फिचर )

विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना

सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...

हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

Showing posts with label अन्य समाग्री. Show all posts
Showing posts with label अन्य समाग्री. Show all posts

Sunday, November 25, 2018

मन्त्री पौडेलले गर्नुभयो छत्रकोट स्थित सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन


अमर पन्त गुल्मी, मंसिर १० प्रदेश न ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले गुल्मीको छत्रकोट ४ श्रृङ्गा रुप्से मा रहेको सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन गर्नुभएको छ ।


मन्त्री पौडेल सँग सभासद माननीय गिता रिजाल , आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थसचिव ठानेश्वर गौतम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक देविराम मरासिनी, स्वकीय सचिव सुर्य रोकायले पनि फर्मको अवलोकन गर्नुभएको थियो । फर्म अवलोकन पछि नेता पौडेलले माटो प्रतिको लगाव प्रति खुसी व्यक्त गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै फर्म संचालक रामकृष्ण कडेलले आफुले गा. पा. बाट चाहेजस्तो सहयोग नपाएको गुनासो गर्नुभएको छ । उहाले राष्ट्रिय स्तरको कृषक बन्नको लागि प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा राखेको समेत बताउनु भएको छ ।


छत्रकोट गा. पा ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले, रूरू गा.पा. ५ का वडा अध्यक्ष हरि ज्ञवाली, नेपाल कम्युनिस्ट पाटीका नेपालका जिल्ला समिति सदस्य एवम् युवा जुझारु नेता रामप्रसाद पाण्डे, समाजसेवी रवी कडेल लगाएतले फर्मको अवलोकन कार्यक्रममा सहभागीता रहेको थियो ।

Monday, October 10, 2016

विजया दशमीको पावन अवसरमा हार्दिक मगंलमय शुभकामना…


विजया दशमी २०७३ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति, सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं ।
जाँगर दिने जमरा आँट दिने अक्षता
घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता
शरद्को खुशियालि छाइरहोस, फुलिरहोस
महान चाड विजया दशमी २०७३ को पावन अवसरमा
हजुरलाइ हार्दिक मगंलमय शुभकामना…


सम्पादक: एम लाल बेलबासे
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार

Saturday, July 30, 2016

दिल्लीको रेडलाइटमा भेटिएका नेपाली चेली, मिसन: जिबी रोड “रातो लाईटको, कालो कहानी”

देबेन्द्र केसी, नयाँ दिल्ली। भन्छन दिल्ली `दिलवाला ‘ को शहर हो। दिलवाला त दिलदार हुनुपर्ने तर दिल्लीमा दिल अथवा मन कै कमी महसूस हुन्छ। `दिन दुई गुना र रात चौगुना ‘ रफ्तारमा गन्तव्य खोज्दै दौडिने दिल्लीलाई कसैको दुखमा आँशु खसाल्ने फुर्सद छैन। यो महानगरमा कतिपय सपनाहरुले नाम र दाम दुबै कमाएका छन् भने कतिपय सपनाहरु भाषमा कहिल्यै नउठ्ने गरि गडेका छन्। नयाँ दिल्ली नेपाली नागरिकहरुको सबै भन्दा सस्तो गन्तव्यको रुपमा पर्दछ। यहाँ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको स्थिति “हाँस्दा हाँस्दै रुने र रुँदा रुँदै हाँस्ने ” को भएपनि “जिबी रोड” नामले कुख्यात रेडलाईट एरियामा धकेलिएका नेपाली चेलीहरुको स्थिति एकदमै दर्दनाक छ। कल्कलाउदो जवानीलाई जवानी मै मारेर जिबी रोडका कोठाहरुमा नारकिय जीबन बिताउन बाध्य नेपाली चेलीहरुको बेदना नजिकबाट नियाल्न यो पड्तिकार नातामा अंकल पर्ने एक समाजसेवीलाई साथी बनाएर जिबी रोडको नामले कुख्यात रेडलाईट एरिया स्थित ६४ नम्बर कोठामा पुग्यो।
मिसन जिबी रोड
नयाँ दिल्लीको मुटु क्नाट प्लेसबाट १५ मिनटको यात्रा पछि पहाड़गंजको कमला मार्केट पुग्यौ। कमला मार्केटका गल्लीहरु छिचोल्दै पड्तिकारको टोली अजमेरी गेटलाई बाईपास गर्दै पहाड़गंजको फ्लाई ओभरलाई दाँया बनाएर जिबी रोड पुग्यो। जिबी रोड अन्दाजी ३ किलोमीटर लामो छ। त्यसो त रेडलाईट एरियाको नामले कुख्यात यो रोडमा यौन ब्यापार बाहेक अरुपनि सामानको किनमेल हुँदो रहेछ। सामान्य सामान देखी मेसिनरी पार्टपुर्जा पनि पाईने हुनाले जिबी रोडमा जाने हरेकलाई यौनप्यास मेटाउन आउने रहेछन भन्ने भ्रम रहेन अब। अजमेरी गेट तिरबाट शुरु भयो हाम्रो “मिशन जिबी रोड “को यात्रा। ठुला ठुला भवनहरु। भवनको बाहिर सजाईएका नसप्रेका गमलाका फुलहरु। साना साना गल्लीहरु। दिउसै साँझ पर्ने बातावरण। ट्यापे, मुन्द्रे, जगल्टेहरुको ओहोरदोहोर। सोझा साझा केटाहरु देखेपछि देखिने उनिहरुको दूषित मनसाय। केहि अनहोनीको आशंका पनि पलाउँदै थियो मनमा। तर मन दह्रो थियो। हामीहरुपनि “देश गुनाको भेष “भनेझै ट्यापेपना शरिरमा झल्काउदै आबश्यकिय रिपोर्ट सामाग्रीको चाँजो पाँजो मिलाएर कोठा नम्बर ६४ मा जाने निधो गर्यौ। त्यसो त जिबी रोडमा कोठा नम्बर ६४ जस्ता अन्दाजी ५०० भन्दा बढि कोठा छन्। तर नेपाली चेलीहरु बढि परोसिने र यातना दिएर राख्ने गरेको खुफिया रिपोर्ट पाएको कारणले र अंकलको बिशेष आग्रहले पनि कोठा नम्बर ६४ जाने निधो भयो।
रेड लाईटको कालो कहानी
“सर बढिया माल मिलेगा मेरे साथ चलो” गेटमै हात समायो एउटा दलालले। कुरो बुझ्दा प्रति ग्राहक १०० रुपैया मिल्दो रहेछ त्यो दलाललाई। मैले मोलभाव र सुबिधाको बारेमा केरकार पारेँ ।” सर यहाँ पर सबसे निचे वाला फ्लोरमेँ २५० मे, बिच वाले में ५०० रूपये में और टफ फ्लोर में १००० रुपये मे आप ऐस कर सकते हैं” मैले अझै केरकार गर्न खोज्दै थिए “आप पत्रकार हैं क्या ” दलाल बिच्कियो। अंकलले थम्थमाएर माल (केटी ) देखाउन आग्रह गरे। ” चलो सर उपर रिसेप्सन में बढिया नेपाली माल मिलेगा ” दलाल बड्बडाउदै उक्लियो हामी लाग्यौ पछि पछि उसैको। ओहो ! नामको रिसेप्सनमा एउटी मोटी अधबैसे आईमाई उपरखुट्टी लगाएर बसेकि थिई। अन्य ग्राहकहरु मोलभाव गर्दै थिए। ओठ निचोर्दा दुध निस्कने जस्ला कल्कलाउदा केटीहरुलाई भारतीय काल्दाईहरुले स्तनमा हात छिराउदै मोलभाव गरिरहेका थिए।
ओभर मेकअप, दिनभरि ग्राहक सन्तुष्ट पारेर थाकेको शरिरले कुटिल मुस्कान दिदै ग्राहकका गोप्य अंग छाम्दै थिए नेपाली चेलीहरु। अहो ! यो के तमाशा हो ? यि चेलीहरुलाई भनेझै भा होला त यो सबै गरेर ? ” जल्दी जल्दी पसंद करो *** नहि होता क्या ” ? अधबैसेले शासन लगाई अस्लिल बोली सड्गै। दलालले भने जस्तो २५० मा एकपटक, ५०० मा ३/४ घण्टा त १००० तिरेपछि रातभरि मस्ती गर्न पाईने रहेछ त्यो पनि बीयरको चुस्की सँगै। हामी बाबु छोराले एउटी गुल्मी घर बताउने कमला (नाम परिवर्तन) लाई छान्यौ ५०० मा र केहि घण्टा मस्ती गर्ने सर्तमा र लाग्यौ बाबु छोरा उपल्लो कोठामा।
पापी पेटको लागि सरिर बेच्ने रहर या बाध्यता
माथी कोठामा सिगरेट, बियरको दुर्गन्ध र अस्त ब्यस्त थियो। म प्रेस भएर आउने निउमा बाथरुममा छिरेँ। मेरी बास्सै! कन्डमहरुको भारी नै बनाएर राखेको घाँसको जस्तै। एकदुई कन्डमहरु एत्रतत्र छरिएका। मनमनै सोचेँ मान्छेलाई स्वस्थ रहन सेक्सको आवश्यकता छ त्यो पनि सुरक्षित लोग्ने, स्वास्नी बिच मात्रै। तर यहाँ भएको बिखण्डनकारी सेक्सले कस्को भलो गर्छ? भलो हुने र मोटाउने तिनै दलालहरु त होलान। तर जल्ले शरीर बेच्छ तेल्लाई के मिल्छ ? बेस्याको ट्याग ?
नेपाली चेलीहरुको बेस्यालयको बास रहर र बाध्यता दुबै
अंकलले कमलालाई सम्झाई सक्नु भएको थियो हामीहरु रिपोर्टिंगको लागि आएको भनेर। बरु मेरो सरिर लुछ्नुस तर मलाई केहि नसोध्नुस कमला रुन थालिन।

केहि समयको प्रयास पछि कमला केहि खुलिन”दाई यहाँ त जबरदस्ती ल्याएर बेचेका नेपाली केटीहरु पनि छन र आफै राजी खुसी आएका नेपाली केटीहरु पनि छन।” कमलाले खुलासा गरे अनुरुप नेपालीहरु बाध्यताले मात्र नभई स्वईच्छाले पनि बेस्यालयमा यौवन बेचिरहेका छन् यद्यपि यो संख्या निकै कम छ।

कमलालाई दाङको केटाले बिहे गरेर ल्याई बेस्यालयमा बेचेको रहेछ। दाई ! ” मामाघर दाङमा पर्छ। मामाघर मै बसेर स्कूल पढ्दै थिए एउटा केटा स्कूलमा दिनदिनै आउथ्यो। अरु केटीहरुसँग मेरै कुरा गर्दथ्यो रे। कपडा ल्याई दिन्थ्यो खुब माया देखायो। घरमा पनि ममी बित्नुभएको थियो। बाबाले अर्को बिहे गरेर बुटवलमा बस्नुहुन्थ्यो। मामाले पनि राम्रो केटा पाए गए हुन्छ भन्ने। मामाघरमा घाँडो भएझै लाग्यो र बिहे गरेँ उसैसँग ” बोल्दा बोल्दै कमलाका आँशु टिल्पिलाए । नाम, ठेगाना सोधिनौ? भन्ने प्रश्नमा कमलाले नाम सन्दिप कुँवर भएको र ठेगाना तिमी जस्तै घर न घाटको हो भनेको बताईन। कमलालाई दुई दिन भालुवाङ राखेर दिल्ली ल्याएको रहेछ। दिल्लीको कोठामा राखेर अहिले आउछु भनेर गएको सन्दिप नामको दलाल अहिलेसम्म फर्केको छैन्। तबदेखि अहिलेसम्म सयौले उनको शरिर लुछिसकेका छन्। “पहिला पहिला त यस्तो गलत काम भनेर मानिन। यो साहुनीले दिनु यातना दिई।” तातो चिम्टाले डामेका पेटका डामहरु देखाउदै कमला रुन थालिन। करिब २०० सेक्स वर्करहरु रहेको ६४ नम्बरमा २० नेपाली सेक्स वर्करहरु स्वईच्छाले शरिर बेच्दा रहेछन्। उनिहरु मोबाइल सहित सुबिधा सम्पन्न फ्ल्याटमा बस्दा रहेछन्। उनिहरुलाई आवश्यकता अनुसार बेश्यालय बाहिर जाने छुट पनि रहेछ।

ईच्छाले शरिर बेच्नेका समस्या पनि दयनीय
बेश्यालयमा आफै आएर शरिर बेच्ने नेपाली चेलीहरुका समस्या पनि चाङका चाङ छन्। ” दिनभरि रंगरसमा लट्पटिएर साँझ पैसा माग्दा उल्टै घोप्टो पारेर चुट्छन कोहि ग्राहकहरु। दिनभरि कमाएको पैसामा पनि दलाल, पुलिसले हिस्सा माग्छन्। उतिखेर साथीको लहैलहैमा पैसा पनि हुन्छ ऐस पनि हुन्छ भनेर बेश्यालय छिरियो अहिले उदेक लागेर आउछ। अन्त कतै जागिर माग्न गए “बेस्या” शब्द ले दुत्कार्छन।” खोटाड्ग घर बताउने एक राई थरकि युवतीले भनिन्। कतिपय ईच्छाधारी सेक्स वर्करले बिहे गरेर बच्चा पनि जन्माएका छन् तर पिरलो छ कतै बेस्याको कलंक नलागोस।
ग्राहक अधिकांश नेपाली, सरुवा रोग लाग्ने र लुटिने त्रास उत्तिकै
जिबी रोड जाने ग्राहकहरु भारतीय नै बढि भएपनि कोठा नम्बर ६४ जाने अधिकांश ग्राहकहरु नेपाली नागरिकहरु थिए। सोझा साझा नेपालीहरुलाई कहिले दलाल र कहिले पुलिसले लुट्नु लुट्दा रहेछन्। अनि कोठामा गएपछि सेक्स वर्करहरुले कन्डम लगाउन आग्रह गरेपनि “मजा नै आउदैन ” भन्दै आनाकानी गर्ने रहेछन्। घरपरिवारबाट लामो समय टाढिएर बसेका नेपाली युवाहरु केटी देख्ने बितिक्कै बाघ झै झम्टिदा रहेछन्। अधिकांश रक्सीको नसामा भेट्टिने नेपाली युवाहरुले एकछिनको रमाईलोको लागि जिन्दगी दाउमा लगाएको भेटियो।
लिगल कोठा ईलिगल धन्दा !
जिबी रोडमा सन्चालित कोठाहरु सरकारबाट स्वीकृत भएर सरकारबाट गाईड लाईन जारी गरेको भएपनि काम भने गैरकानूनी हुने गर्छ। ईच्छा बिपरित यौन कार्य गराउनु, पैसा दिएर दूरदराजका गरिब तर राम्रा केटीहरुको मोलमोलाई गर्नु, शारिरीक तथा मानसिक रूपमा सेक्स वर्करलाई प्रताड़ित गर्नु, उमेरै नपुगेकी १२१३ बर्षकी केटीलाई औषधी खुवाएर छिट्टै जवानी परोसन तयार गराउनु अनि ग्राहकहरुसँग लुटपाट, बदशुलकी र जबरदस्ती यी काम मनपरी हुन्छ बेश्यालयमा। कोठाहरुमा कानुन चल्ने भनेको कोठा मालिकको हो। उनिहरु स्वतंत्र छन मनपरि गर्न। कहिलेकाही उजुरी आएर पुलिस गएपनि पैसा खाएर कोठा मालिक र दलालकै पक्षमा बोल्ने जनगुनासो आईरहन्छ।
के भन्छन त बेचिएका चेली रेस्क्यु गर्ने सँस्था ?
नयाँ दिल्लीमा बेचिएका नेपाली चेलीहरुको रेस्क्यु गर्दै आईरहेका सँस्थाहरु हेल्प नेपाली मिसन, प्रवासी नेपाली मित्र मन्च र नवगठित सँस्था नेपाली देशभक्त आवाजले बिभिन्न ठाँउबाट नयाँ दिल्ली तथा तेस्रो मुलुकमा बेचिन लागेका कयौ चेलीहरुको उद्धार गरेको छ। माईती नेपालले बोर्डरमा कडा निगरानी थालेपछि पछिल्लो पटक चेलिबेटी बेचबिखनका घटनामा निकै कमि आएको छ। “हामीहरुले बेच्ने नियतले दिल्ली ल्याएका चेलीहरुको उद्धार गरेर सकुसल घर फर्काएका छौ तर जिबी रोड भित्रका पिडितको उद्धारका लागि दुताबास तथा स्थानीय प्रशासनको समन्वय हुन जरुरी छ” नेपाली देशभक्त आवाजका संस्थापक अध्यक्ष बाबु रोकाले भने। बिभिन्न चरणहरुमा हेल्प नेपाली मिसनले पनि बेचिएका या बेचिन लागेका चेलीहरुको रेस्क्यु गरेर दुताबास पुर्याएको थियो। अन्य राजनीतिक संगठनहरु र दुताबासले पनि हातेमालो गरेर चेली बेटी बेचबिखनको बिरुद्ध आवाज उठाउनु पर्ने देखिन्छ।
मलाई जिबी रोडको यात्राले सोचमा डुवायो। दिल्लीको चकाचौंधमा भासिएका ति सपनाहरु सँगै गुजिल्टिएका ब्याथाका पोकाहरु अनि ति अबोधको छातिमा लागेको दाग कसरी पखालिन्छ? कमला त यो घटनाकी प्रतिनिधि पात्र हुन्। हजारौ चेलीहरु छन भारतका महानगरहरुमा जस्ले नरकको जीबन जिउन बाध्य छन्। के छ यसको समाधान? अनि जन्म दिने बाबु आमालाई पन्छाएर कथित प्रेमीसँग आकाशमा उड्ने सपना देख्ने ति चेली पनि कठघरामा आउनु पर्दैन ? दोष केवल सिस्टमको मात्र हैन, दोष हाम्रो सोच र समझको पनि हो। घरपरिवारलाई मामको जोहो गर्न भारतका महानगरहरुमा भाषिने नेपाली युवाहरुको बेश्यालयप्रतिको आकर्षक किन? यि सबै पक्ष जागरुक भए मात्र नेपालीहरुको शिर ठाडो हुन्छ। तसर्थ एक गलत कदम चाल्नु अघि सयौं बार अवश्य सोचौ।
(स्थलगत रिपोर्ट)-himalpost


Tuesday, April 12, 2016

नयाँ वर्ष २०७३ को हार्दीक मंगलमय सुभकामना

नमस्कार, सर्ब प्रथम त नयाँ बर्ष २०७३ ले हाम्रा सम्पुर्ण पाठक सुभचिन्तक साथै देश बिदेश मा छरिएर रहनु भएका समस्त महानुभाब हरुमा प्रगती उन्नती र सफल्ता को कामना गर्दै,खुशी उमंग का साथ हामीलाई साथदिनुहुने सम्पुर्ण पाठक हरुमा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ !


नयाँ बर्ष को सुभकामना संगै नया जोश जागर का साथ हाम्रो यस नेटवर्कलाई अझ बढी प्रभावकारी बनाउन यहाँहरु सम्पुर्णलाई फेरी पनी गुल्मी दिगाम सेरोफेरो नेट्वर्कका तर्फबाट स्वागत गर्दछौ । देश विदेशमा रहनु भएका तपाईहरुको दुःख सुखका भावना संगै आफ्नै गाउठाउँका ताजा समाचारको साथमा बिबिध जानकारीहरु तपाईहरुलाई बाड्ने प्रयास गरेका छौ ।

सम्पूर्ण गुल्मीवासी लगायत नेपाल तथा नेपाल बाहिरा रहनु भएका नेपाली दाजुभाई ,दिदि बैनीहरूमा गुल्मी दिगाम सेरोफेरो नेट्वर्कको लागि तपाईहरूको सहयोग अपरिहार्य महसुस गरेका छौ। हाम्रो नेटवर्क लाई लोकप्रिय बनाउन आवश्यक लेख रचनाहरुमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। तपाईहरुको साथ र सुझाब,सल्लाह अनि प्रतिकृयाहरु निरन्तर पाईरहे हामी अबश्य पनि यस गुल्मी दिगाम सेरोफेरो नेट्वर्क लाई अझ उचाईमा पुर्याउने छौ ।

हाम्रा कमि कमजोरी र सुधारका लागि यहाँहरूको सदैव सहयोग पाउने अपेक्षा व्यक्त गर्दछौ । यदि तपाँईहरुका कुनै सामग्री पठाउनु परेमा तलको इमेल ठेगानामा पत्राचार गर्नुहोला । धन्यावाद.!

gulmidigam@gmail.com

:~ धन्यवाद :~
संपादक: यम लाल बेलबासे
तथा
गुल्मी दिगाम सेरोफेरो नेट्वर्क परिबार



Sunday, January 3, 2016

लक्ष्मी प्रा.वि दिगाम ८ बोखरको ३४ औ वार्षिक उत्सव

श्री लक्ष्मी प्रा.वि दिगाम ८ बोखरको ३४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहको अवसरमा हाम्रा गुल्मी दिगामा सेरोफेरो नेटवर्क को लागी दीपक जि.सी ले कैद गर्नु भयका केही तस्बीहरु

Wednesday, November 11, 2015

उज्यालो पर्व दीपावली (तिहार)को अवसरमा हार्दिक मगंलमय शुभकामना

उज्यालो देशमा होस, उज्यालो घर परिवारमा होस् ... तपाइहरुको तिहार रमाइलो र हर्षोल्लास पूर्बक बितोस ! .....दीपावली (तिहार) २०७२ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति , सु स्वास्थ , समृद्धि 
एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं !





सम्पादक: एम लाल बेलबसे 
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार -

Tuesday, November 10, 2015

आजबाट रुरु एफ.एम.८औं वर्षमा प्रबेश

अनिल खत्री

गुल्मी कार्तिक २५ । रुरु मल्टी मिडिया प्रालि द्धारा सञ्चालित गुल्मीको श्रृङ्गामा रहेको रुरु एफ ९४.८ मेगाहर्ज आजबाट आठौं वषैमा प्रबेश गरेको छ । भाषा कला सँस्कृतिको प्रचार गाँउगाँउमा सुचाना र संञ्चार भन्ने नाराका साथ २०६५ साल कार्तिक लक्ष्मी पुजाको अबसर पारेर आफनो प्रसारण सुरु गरेको यस एफ एमले सफलतम सातौंं वर्ष पुरा गरेको छ ।
भाषा कला सँस्कृतिको प्रचार गाउगाउँमा सुचना र सञ्चार पु¥याउने मुख्य उदेश्य लिएर दैनिक १८ घण्टा सुचना,समाचार, ज्ञान वद्र्धक सामाग्रीहरु प्रसारण गर्दै आएको छ । लोकप्रिय कार्याक्रमहरु सगै आफ्नै उत्पादनमा प्रत्येक घण्टा घण्टामा समाचार प्रसारण गर्दै आएको यस एफ एमले आगामी दिनमा थप उत्कृष्ट बनाउन श्रोताको सुझाव सल्लाह अनुसार अगाडी वढ्ने स्टेशन मेनेजर युगराज बस्यालले बताउनु भयो ।
गुल्मीको सदरमुकाम तम्घासबाट ग्रामीण स्थानमा रहेको यस एफ एमको स्टेसन दिगाम गाविसको श्रृङ्गामा रहेको छ । वालक देखि बृद्धा सम्म लोकप्रिय बन्दै गएको यस एफ एमको ५ सय वाट क्षमता रहेको छ । रेडियोले आगामी दिनहरुमा नयाँ प्रबिधिका सामानहरु प्रयोग गरेर अझ थप उत्कृष्ट नयाँ नया कार्यक्रमहरु साथ अगाडी वढने रेडियोले जनाएको छ ।
रेडियोले वार्षिक उत्सवको अबसरमा कर्मचारीहरु बिच चिया पान तथा शुभकामना आदान प्रदानत गरेर मनाएको छ । सफलतम सातौं वर्ष पुरा भई आठौंं वर्ष प्रबेशको अबसरमा एफ एमलाई यहाँ सम्म ल्याउँन सहयोग गर्ने कर्मचारी, बिभिन्न स्थानमा अहोरात्र खटेर सहयोग गर्ने रेडियोका सहकर्मी,बिज्ञापन दाता, श्रोता तथा आम नेपालीहरुमा धन्यावाद दिदै आगामी दिनहरुमा पनि यहाँहरुको सहयोगको अपेक्षारहेको स्टेशन म्यानेजर बस्याल बताउनु भयो । सत्य तथ्य सुचना समाचार प्रसारण मार्फत समाजमा सकरात्मक सन्देस प्रवाह गर्नु रेडियोको मुख्य उदेश्य रहेको म्यानेजर बस्यालको भनाई छ ।

Wednesday, October 21, 2015

विजया दशमीको पावन अवसरमा हार्दिक मगंलमय शुभकामना…

बिजया दशमी २०७२ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति , सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं ।
जाँगर दिने जमरा आँट दिने अक्षता घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता शरद्को खुशियालि छाइरहोस, फुलिरहोस महान चाड विजया दशमी २०७२ को पावन अवसरमा हजुरलाइ हार्दिक मगंलमय शुभकामना…


सम्पादक: एम लाल बेलबसे एवम् गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार

Monday, March 30, 2015

नेपालका लोकगायिका : देश विदेशको घुमाई र अपत्यारिलो कमाई

ओलीकाठमाडौं, चैत १६ - सदाबहार लोकगायिकाको छवि बनाएकी विष्णु माझीलाई आजकाल स्टेज कार्यक्रममा भने देखिदैन । व्यवसायिक रुपमा महंगी गायिका भनेर चिनिने बिष्णु माझी बाहेक नाम कमाएका गायिकाहरु लक्ष्मी न्यौपाने, हरिदेवी कोईराला, शिवा आले, शिला आले, 

शर्मिला गुरुङ र विमाकुमारी दुरा फुर्सदमा बसेका जस्ता देखिन्छन् भने उनीहरुपछि आएका र उनीहरुका केही दौतरी लोकगायिकालाई देश बिदेशका स्टेज शो र एल्बम निकाल्न भ्याई नभ्याई छ । कोमल ओलीदेखि ज्योति मगरसम्मका लोकगायिकाले आजकाल स्टेज शो र गायकीबाट उल्लेखनीय आम्दानी गर्न थालेका छन् भने उनीहरुको नाम पनि त्यत्तिकै लोकप्रिय छ । 
ढल्कदो उमेरमा पनि सधैं चर्चा र व्यस्ततामा रहने लोक गायिकाको पहिलो पगरी कोमल ओलीलाई पहिराई दिए फरक पर्दैन । दांगमा जन्मेकी ओलीको व्यस्तता र चर्चा देश र विदेश सबैतिर छ । लोकगायिका ओलीले माईक समाएर गाउन थालेको ४० को दशकदेखि हो । रेडियो नेपालको समाचार शाखामा स्थायी कर्मचारी भए पनि देश विदेशका स्टेज र महोत्सवमा ओलीको बाक्लो उपस्थिति हुन्छ । कोमल ओलीको समाचार जति प्रष्ट हुन्छ, गीत गाउँदा स्वर उति नै सुरिलो र ठट्यौली हुन्छ । स्टेजमा भरपर्दो कार्यक्रम प्रस्तोताको रुपमा पनि त ओलीको चिनारी छँदैछ । लोक संगीतकै आम्दानीले नीजि गाडी जोडेकी अविवाहित कोमल ओलीलाई रोमाण्टिक लोकगीतमा अझै कसैले टक्कर दिन सकेको छैन । नाम धेरै अगाडि कमाए पनि पोईला जान पाम् बोलको गीतपछि ओलीलाई लगातार विवाद र चर्चाले छाडेन । विवाद र चर्चासँगै आएका ओलीका प्राय सबै गीत चर्चित पनि छन् । नाम, दाम र कामका हिसाबले पनि ओलीलाई सदाबहार गायिका मानिन्छ । हुन त महिलाको उमेर र पुरुषको आम्दानी सोध्न हुँदैन भन्ने चलन छ हामीकहाँ, तर कोमल ओलीलाई सितिमित कसैले पनि उमेर र कमाई सोध्दैन । ओलीको ख्याति सेनाबीच अझ धेरै छ । 

मन्जु पौडेल

गुल्मीमा जन्मे हुर्केकी लोकगायिका मन्जु पौडेलले गाएका करिब एक दर्जन एल्बम बजारमा उपलब्ध छन् । रेडियो कार्यक्रम संचालिकाको कामबाट संचार माध्यममा प्रवेश गरेकी मन्जुको पछिल्लो गीत “मनको तिर्खा मायाले मेटेको, तिमी हामी लुकेरै भेटेको” बोलको गीत बढी चर्चित छ । प्रायजसो  रामजी खाँडसँग लोकगीत गाउने मन्जुलाई स्टेज कार्यक्रम संचालन गर्ने खप्पीस र चर्चित प्रस्तोताका रुपमा चिनिन्छ । प्रत्यक्ष लोकदोहोरी गाउन र दर्शकलाई मनोरन्जन दिलाउन सिपालु मन्जु आफुलाई भने गायिका कम र उद्घोषिका बढी भन्न रुचाउँछिन । नेपालमा धेरै जसो शहर र जिल्लामा आफ्नो कलाले दर्शक रिझाएकी मन्जु पौडेलको स्वर र प्रस्तुतिले जापान र अष्ट्रेलियाका नेपालीलाई समेत लठयाएको छ ।  गाएर कति कमाउनु हुन्छ भन्ने प्रश्नको ठ्याक्कै जवाफ दिन मञ्जुलाई पनि असजिलो लाग्यो, तर गाएरै नाम र दाम कमाउने थोरै भाग्यमानी महिला गायिकामा मन्जुको नाम परिहाल्छ । 

मुना थापा

३ वटा एल्बम बजारमा ल्याएपछि चर्चाको चुली चढेकी लोकगायिका मुना थापाको जन्मथलो गोरखाको मनकामना गाविस हो । करीब ९ सयभन्दा बढी लोकगीतमा स्वर दिएकी मुना थापा २०६१ सालमा गाउनकै लागि काठमाडौ पसेकी हुन् । गोरखाबाट आएको हावा झै मुनाका गीतहरु पनि चिसो चिसो हावा सरर ....रुमाल फरर, तिते करेली, तिमी राम्रो हाँसोले स्रोताको मन जितेका छन् । आम्दानी ठ्याक्कै भन्न अप्ठेरा मान्ने मुना थापाको नाम महिनामा एक लाख रुपैयाभन्दा कम नकमाउने कलाकारमा पर्छ ।  मुनाले गाएको आई लभ यु को उत्तरै जानिन भन्ने बोलको गीत छिट्टै आउँदैछ । मलेसिया, हङकङ, जापान, अष्ट्रेलिया, युके लगायतका देशमा गएर गाईसकेकी मुनाको नाम नेपालका धेरै स्टेज शोहरुमा गाउने कलाकारका रुपमा पनि आउँछ । 

देवी घर्ती

बाग्लुङमा जन्मिएकी र गाउनका लागि २०६१ मा काठमाण्डौ आएकी लोकगायिका देवी घर्तीको स्वरका फ्यान धेरै छन् । त्यसैले देबीलाई नेपालका चर्चित गायिकामध्ये एक बनाएको छ । हालसम्म ३ ओटा एल्बम सार्वजनिक भए पनि देवीको आवाजमा करीव ५ हजार गीत रेकर्ड भईसकेका छन । देवीले गाएका लाछा डोरी उनको, हास्न सिकायौ, बिरामी छु ,पर्खाइमा गयो जस्ता गीत अहिले निकै चर्चामा छन् । गीत गाउन कोरिया, जापान, कतार, मलेसीया, साउदी अरेविया, हङकङ लगायत देशहरुमा पुगेकी गायिका देवीको आम्दानी मासिक दुई लाखसम्म पुग्छ । पति राजु ढकाल र छोरी रिदमसंग काठमाडौको नयाँबजारमा बस्ने देवी नेपालका व्यस्त गायिकाको श्रेणीमा परेको धेरै भैसक्यो ।  

पम्फा कडेंल

सुर्खेत बावियाचौरबाट गीत गाउन २०६३ सालमा काठमाडौ हान्निएकी पम्फा कडेंल मध्यपश्चिम नेपाली उदयीमान लोकगायिका हुन् । पम्फाका ४ वटा एल्बम सार्वजनिक भएका छन् भने लगभग सयभन्दा धेरै लोकतथा दोहोरी गीत पम्फाको आवाजमा गुञ्जिएका छन् । पम्फाले गाएका अझै माया, तिनतलेमा झयाल, हिन्छौ मिसकल ठोकी गीतहरु निक्कै चर्चित छन् । एक छोराकि आमा पम्फाको बिवाह ४ वर्ष अघि भएको हो । उनका श्रीमान् नेपाली सेनामा जागिरे छन् । विवाह पछि गायनबाट केही सुस्ताएकी लोकगायिका पम्फालाई आजभोलि भने स्टेज कार्यक्रममा देखिन थालेको छ । भर्खरै स्टेजमा देखिन थालेकी पम्फा हालै भारतका विभिन्न शहरमा गायन कला देखाएर नेपाल फर्केकी छिन् । 

राधिका हमाल

रोल्पामा जन्मेर भारतमा हुर्के बढेकी राधिका हमालले ५४ साल देखि गाउन शुरु गरेकी हुन् भने २०५९ सालमा काठमाडौ छिरेकी हुन । लोकलयदेखि देउडासम्म करीब ३ हजार गीतम गाएकी लोकगायिका राधिका हमालले गाएको माता भवानी ढल्क्यो जवानी, झोर्ले, कुरकुरे बैसले लगायतका गीतहरु निक्कै चर्चित छन् । गायिका हमालले आफ्नै लगानीमा रेकडिङ स्टुडियो पनि खोलेकी छिन । उनको गायन पेशामा श्रीमान कृष्ण पुनले निक्कै सहयोग गर्ने गर्दछन । उनी गाएरै मासिक ५० हजार भन्दा बढी कमाउँछिन । 

जानकी तारामी

सुर्खेत साल्कोटको सामान्य परिवारमा जन्मे हुर्केकी जानकी तारामीले गाएको ढाड दुखेर मारो, भोटमा बस्ने भोटीनी तराईमा बस्ने थरुनी बोलका गीतहरुले अहिले बजारमा निक्कै चर्चा बटुलेका छन् । जानकी आफैले १० वटा लोक तथा दोहोरी गीतका एल्बम बजारमा ल्याएकी जानकि पोखराका  विभिन्न दोहोरी साँझमा लोकगीत र दोहोरी गाउँदा गाउँदै काठमाडौ पसेकी हुन् । काठमाडौको नयाँबजारमा बस्ने जानकीलाई उन्का साथी र स्रोताले सुरिलो आवाज र मिजासिलो व्यवहारकी गायिका भन्छन् । लोकदोहोरी गीत संगीतमा सधै व्यस्त जानकीको कमाई पनि उन्को उमेर जस्तै गोप्य छ । 

सुुनिता दुुलाल

सिन्धुपाल्चोकमा जन्मेकी सुुनिता दुुलालको परिचय भिजे, मोडेल  आरजे  सबै हो । तर पनि पछिल्लो समयमा उनको परिचयले सफल गायिकाको पगरी पाएको छ । स्टेज कार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्जन दिलाउन सिपालु सुनिताका फ्यान् देश र बिदेश सबैतिर छन् । सुनिताले गाएका “आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया” पछिल्ला समयमा श्रोताको मुखमुखमा झुन्डीएका गीतहरु हुन । गीत गाउनकै लागि अमेरिका, युरोपेली मुलकहरु, दक्षिण कोरिया, जापान,  मलेसिया , हङकङ, लगायत देशहरुमा पुगिसकेकी अविवाहित सुनिता आफ्नो गीतको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन । मोडल र गायिका दबुै भएकाले स्टेज शोमा बिदेश जाँदा सुनिता आफुले लगाएका लुगा आफ्ना महिला फ्यानलाई बेचेर पनि आम्दानी बढाउछिन् । 

ज्योति मगर

चल्तिका लोक गायिकाहरुमध्ये हट, हीट एण्ड सेक्सी छविकी ज्योति मगर जहाँ पुगे पनि तहल्का मच्चाएर फर्किन्छिन् । पछिल्लो समय कार्यक्रममा दुवई पुगेकी ज्योति स्टेजमा चढ्नासाथ हलमा हचलच मच्चियो । उपस्थित युवा जमात उनको नजिक पुग्न खोज्यो । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले दिए । ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले केही महिना अघि उनको अन्तरवार्ता प्रसारणमा रोक लगाएको थियो । महोत्सव र साँस्कृतिक कार्यक्रममा दर्शक र आयोजकको पहिलो रोजाई बन्नुको कारण उनका ग्लामरस् गफ, उत्तेजक पहिरन र प्रस्तुतिलाई मानिन्छ । 
“पिरतीमा दम छ, अघि मैले, मन किन टाढा भयो, मायासँग, उही मुलाको सिन्की, चौबन्दी चट्टै तथा जिम्वाल बाउकी छोरी” जस्ता अल्बम बजारमा ल्याइसकेकी ज्योतिको माग देश विदेशमा धेरै नै छ । ज्योति स्टेजमा उक्लिदा गीतसंगै उनले लगाएको पहिरनले पनि चर्चा पाउछ । स्टेज कार्यक्रममा ग्लामरस् र सेक्सी पहिरनमा सजिन मन पराउने ज्याति आफुले गाउने गीत अलि छाडा भएको हो भन्न अप्ठेरो मान्दिनन्, तर त्यस्ता गीत गाउन पनि छाड्दिनन् । ज्योति मगर अहिलेकी अति व्यस्त लोकगायिका हुन र जति व्यस्त छिन् उति नै कमाई पनि गर्दैछिन् । उज्यालो ऑनलाइन बाट

Tuesday, March 3, 2015

सावधान ! पासवर्डविना नै खुल्न सक्छ फेसबुक

क्यालिफोर्निया, के तपाइँको फेसबुक अकाउन्ट बिना पासवर्ड खुल्छ? तपाइँ भन्नुहोला खुल्दैन। तर केही मान्छे यस्ता छन् जसले तपाइँको फेसबुक अकाउन्ट साइन इन गर्न पासवर्ड आवश्यकतै पर्दैन।

 फेसबुकले केही कर्मचारीलाई बिना पासवर्ड कसैको पनि अकाउन्ट चलाउने सुविधा दिएको छ। भेन्चरबिट डट कमका अनुसार फेसबुकले पूर्ण विश्वास सहितको एउटा कस्टमर सपोर्ट सिस्टम बनाएको छ त्यसका सर्तहरु उल्लंघन गर्ने कर्मचारीलाई तत्काल निकालिनेछ।

फेसबुक प्रवक्ताले कसैको पनि फेसबुक अकाउन्ट खोल्ने स्वतन्त्रता एक तहका कर्मचारीलाई दिइएको छ। तर त्यो विशेष निर्धारित कामका लागि हो। ती कर्मचारीले सम्बन्धित कामका लागि तपाइँको फेसबुक अकाउन्ट बिना पासवर्ड खोल्नेछन्।

फेसबुकबाट हुने अपरिधिक गतिविधि रोक्न यो प्रणाली स्थापना गरिएको फेसबुकले दाबी गरेको छ। 'सन्दिग्ध व्यवहारलाई अनुसन्धान गर्न यो प्रकारको प्रणाली स्थापना गरिएको हो। यो सिस्टमले हरेक हप्ता एउटा रिपोर्ट बनाउनेछ', फेसबुकका ती प्रवक्ताले भनेका छन्।
अनुचित तरिकाले नियमको उल्लंघन गरेर जथाभावी अकाउन्ट खोलेको पाइएमा त्यस्ता कर्मचारीलाई तत्कालै जागिरबाट हटाउने चेतावनी फेसबुकले दिएको छ।

Tuesday, February 24, 2015

शरीरमा एसिड पर्दा यसो गर्नुहोस्

केही दिन अघि वसन्तपुरको एक ट्युसन सेन्टरको कक्षाकोठामा  दुई स्कुले छात्रामाथि एसिड प्रहार भयो । ट्युसन पढ्न गएका वेला कक्षाकोठामै १६ वर्षीया संगीता मगर र १५ वर्षीया सीमा बस्नेतमाथि अज्ञात व्यक्तिले एसिड फ्याँकेको घटनाले धेरै अभिभावकलाई चिन्तित तुल्याएको छ । एसिडले पोलेर रन्थनिएका उनीहरुलाई परिवारले हतारिँदै अस्पताल पुर्याएका थिए ।
वीर अस्पतालका बर्न वार्ड विभाग प्रमुख डा. पीयूस दाहाल अस्पताल दगुर्नुभन्दा एसिड लागेको ठाउँमा पानीले पखाल्नु बेस हुने बताउँछन् । उनका अनुसार एसिड जहाँ प्रहार हुन्छ,निमेषभरमै आगोको लप्कामा परेजस्तै शरीरका अंग डडाउँछ । एसिड जति बढी समय शरीरमा रह्यो,त्यति नै बढी गहिरो चोट पुर्याउँछ ।
त्यसैले जतिसक्दो छिटो चिसोपानीले पखाल्नुपर्छ । पानी नभए जे चिसो पदार्थ छ,त्यसैले धुनुपर्छ । पानीले पखालेपछि तत्कालै अस्पताल पुर्याउनुपर्छ भन्ने छैन । पानीले नपखालिकन अस्पताल पुर्याउँदा समस्या थप गहिरिन सक्छ । कम्तीमा आधा घन्टा पानीले सफा गर्नु राम्रो हुन्छ।

Monday, February 9, 2015

फेसबुक चलाउनेहरुलाई १० टिप्स : के गर्ने के नगर्ने ?

के तपाईं फेसबुक चलाउनुहुन्छ ? फेसबुकमा तपाईं पहिलो काम के गर्नुहुन्छ ? फोटो खोज्दै लाइक हान्नुहुन्छ कि ? अरुका स्टाटसमा कमेन्ट गर्दै हिंड्नुहुन्छ ? कि आफूले के गर्दैछु भनेर लेख्नुहुन्छ ?
फेसबुकमा तपाईंले के गर्नुहुन्छ वा के लेख्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्वको परिचय दिन्छ । तसर्थ फेसबुक खोल्नासाथ आफू को हुँ भनेर सोच्नुहोस् र फेसबुक चलाउनुहोस् । यहाँ फेसबुक नियमित चलाउनेहरुका लागि केही सुझाव प्रस्तुत छन्, हेर्नुस् :
१. फेसबुकमा ताइ न तुइका दुई लाइन वा चार लाइन गजल र कविताका तुक्का हालेर समय बर्बाद नगर्नुहोस् । त्यसो गरुन्जेल बरु देवकोटा, रिमाल, भूपी र पारिजात वा अरु स्थापित कविका कविता पढ्नुहोस् । दुई लाइन लेखेर तपाईं कवि बनिहाल्ने ग्यारेन्टी गर्न फेसबुक आएको होइन । त्यस्ता दुई लाइन आफ्नै डायरीमा लेख्नुस् र घरपरिवारमा सुनाउनुस्, साथीलाई सुनाउनुस् ।
२. फेसबुक सार्वजनिक स्थान हो । अरु मान्छेको समय बर्बाद गर्न आफ्ना भँडास सबै नओकल्नुस् । सार्वजनिक ठाउँमा धुम्रपान, मध्यपान निषेध छ भन्ने तपाईंलाई थाहै छ । तसर्थ, चुरोट पिएको, रक्सी खाँदै गरेको तस्विर नहाल्नुस् । मापसे गर्न फेसबुकमा पनि मनाही छ ।
३. ‘मेरो मनमा के खेलिरहेको छ’ टाइपका स्टाटस नलेख्नुस् । उदास छु, दिक्क लागेको छ, चिन्तामा छु, पेट दुःखेको छ, जस्ता स्टाटस लेखेर समाजमा निराशाको धुँवा नछोड्नुस् । समाजमा तपाईंजस्ता एक्लै हुने र अलगावमा रुने मान्छे मात्रै छ्रैनन् । एक्लोपन हटाउन साथीलाई भेट्नुस्, आफन्तकहाँ जानुस् । पुरानो साथीलाई फोन वा इमेल गर्नुस् । फेसबुक तपाईंको रोइलो सार्वजनिक गर्ने ठाउँ होइन ।
४ एकथरी मान्छे चौबिसै घण्टा फेसबुकमा पसेर ‘गुड मर्निङ साथी हो’ ‘लौ शुभरात्री’ ‘फलानो दिवसको शुभकामना’ भनिरहेका हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नो बच्चाले आज के–के उपति गर्यो ? उसले आँखा कसरी झिम्क्यायो ? ऊ आज स्कुल गयो कि गएन ? जस्ता कुरा लेखिरहेका हुन्छन् । आज के तरकारी खाइयो जस्ता निरर्थक स्टासटसको सट्टा कुन पुस्तक तपाईंलाई कस्तो लाग्यो ? कुन सिनेमा किन मन पर्यो ? जस्ता अरुलाई पनि काम लाग्ने कुरा लेख्नुस् ।
facebook
५. कोही कोही आफ्ना प्रेमी वा प्रेमिकालाई फेसबुकमा धम्की दिइरहेका हुन्छन्, फकाइरहेका हुन्छन्, कसैलाई सम्झाइरहेका हुन्छन् । फेसबुक तपाईंको निजी जीवन देखाउने ठाउँ होइन । आफ्नो ब्वायफ्रेन्ड वा गर्लफ्रेन्डलाई चिया वा कफी पसलमा बोलाएर आफ्ना कुरा सुनाउनुस् । श्रीमान् वा श्रीमती घरबाहिर हुनुहुन्छ र उनलाई सम्झाउने हो भने फोन गर्नुस् वा इमेल लेख्नुस् । फेसबुकको वालबाट दुनियाँलाई टेन्सन नदिनुस् ।
६. केही व्यक्ति आफ्ना छोराछोरी वा आफन्तले एसएलसी पास गरेको वा विदेश गएको भन्दै बधाइ दिइरहेका हुन्छन् । केही त जन्मदिनमा अरुले शुभकामना नदिए पनि ‘शुभकामना दिनेलाई धन्यवाद’ भन्ने स्टाटस लेखेका हुन्छन् । यस्ता निजी जीवनका सूचना मेसेज बक्समा दिनुस् । तपाईंका छोराछोरीले राष्ट्रिय पुरस्कार जितेको वा कुनै सामाजिक काम गरेको भए सार्वजनिक गरे हुन्छ । तपाईंको घरमा साँच्चिकै सामाजिक महत्वको कुनै काम भएको हो भने त्यो लेख्नुस् । नत्र तपाईंको घरभित्रको उत्सवको अरुलाई के मतलब ?
७. एकथरी लेख्छन्– म फलानो ठाउँ जाँदैछु । म ढिस्कानो ठाउँमा आइपुगें । तपाईं त्यहाँ पुग्यौ भन्ने अरुले थाहा पाउनैपर्ने हो भने लेख्नुस् । होइन भने तपाईं कहाँ पुग्नुभयो, के खाँदै हुनुहुन्छ वा कहिले फर्कनुहुन्छ भन्ने खबर फेसबुकमा किन लेख्नुपर्यो ? तपाईं फुपूको घरमा पुग्नुभयो कि मामाको पसलमा ? त्यो तपाईंका परिवारका सदस्यलाई बाहेक अरुलाई किन जान्नुपर्यो ?
८. केही व्यक्ति आफ्नै फोटो दिनमा तीनपटक फेर्छन् । प्रोफाइल फोटो मात्रै हरेक दिन फेरिरहेका हुन्छन् । श्रीमान् वा श्रीमतीसँग टाँस्सिएर खिचेका फोटोहरु फेसबुकमा हालेर अन्टसन्ट लेखिरहेका हुन्छन् । एकथरी फेसबुकमा फोटो मात्रै अपलोड गरिरहेका हुन्छन् । अर्कोथरीले लाइक गर्दै बस्ने वा ‘गज्जब’, ‘राम्रो’ भन्दै लेखिबस्छन् । त्यसको के जरुरी ? फोटो देखाउनै मन हो भने साथीहरुलाई घरमै बोलाएर एल्बम देखाउनुस् वा आफन्तलाई फोटो पठाउनै पर्नेछ भने इमेलमा पठाउनुस् । दुनियाँलाई रमिता नदेखाउनुस् ।
facebook-inc-news-feed
९. फेसबुकमा हारेका, थाकेका, चिन्तित भएका, हतोत्साही भएका र कुण्ठित व्यक्तिहरु धेरै सक्रिय छन् भनिन्छ । सबैभन्दा धेरै निराश र कुण्ठितहरु नै अरुलाई गाली गर्ने, अपशब्द बोल्ने, सराप्ने गरेर आफ्नो आत्मतुष्टि पूरा गर्ने गर्छन् । नेताहरुका नाम लिएर गाली गर्ने, अरुका स्टाटसमा बहस होइन, गालीगलौजमा उत्रनेहरु स्वस्थ मानसिकताका मान्छे होइनन् । तपाईं स्वस्थ हुनुहुन्छ भने तर्क गर्नुस्, विचार राख्नुस्, तथ्यहरु पेश गर्नुस्, गालीगलौज गरेर झगडालु वा कुण्ठित नदेखिनुस् ।
१०. मूलधारका मिडिया भनिनेठूल्ठूला टिभी च्यानल, अखबार, रेडियो वा अनलाइन माध्यममा आएका झुठ कुराको जनस्तरमा खण्डन गर्ने माध्यम अहिले फेसबुक भएको छ । तपाईंलाई चित्त नबुझेको, बंग्याइएको वा गलत खालको समाचार ठूला मिडियामा आएको छ भने फेसबुकबाट खण्डन गर्नुस् । तथ्य देखाउनुस् र आफ्ना विचारहरु लेख्नुस् । तर, गालीगलौज गरेर फेसबुकमा ‘फलानो चोर देश छोड’ पारामा नारा नलेख्नुस् । नारा लगाउनका लागि सडकमा जानुस् र अरुलाई पनि बरु फेसबुकबाटै सूचना गरेर सडकमा बोलाउनुस् ।

Thursday, December 25, 2014

ओझेलका खबर’ का संस्थापक तथा सहकर्मी पत्रकार प्रेम सुनारलाई मातृशोक

हाम्रो यस गुल्मी दिगाम सेरोफेरो (गुल्मी)का  बिशेष सहयोगी /सहकर्मी तथा ओझेलका खबर’ का संस्थापक पत्रकार प्रेम सुनारलाई मातृशोक परेको छ । उहाँकी आमा बाटुला सुनारको स्वास्थ्य उपचार् का क्रममा ५७ बर्षको ऊमेरमा वहांको आज बिहान  निधन भएकोछ । केहि  दिन अघि निमोनियाबाट बिरामी आमालाइ गार्हो भएपछि सहकर्मी प्रेम सुनार उहाँको रेख-देखको लागि आइतबार गुल्मी सदरमुकाम तम्घासबाट उहाँको घर बडागाउँ – ७ जानुभएको थियो जसको कारण नियमित रेडियो कार्यक्रम “ओझेलका खबर” पनि प्रकाशन/प्रसारण हुन सकेको थिएन । गुल्मी बडागाउँ – ७ निवासी सुनारका ४ छोराहरु हुनुहुन्छ ।
अल्पायुमै मृत्यु बरण गर्नु भएकी बाटुला सुनार प्रति गुल्मी दिगाम सेरोफेरो (गुल्मी) परिवार हार्दिक श्रद्दान्जली व्यक्त गर्दै यस् दु:खद घडीमा हामी स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछौं ।

संस्थापक/ सम्पादक : एम लाल बेलबासे
गुल्मी दिगाम सेरोफेरो
      एबम्
गुल्मी परिवार

Saturday, December 20, 2014

फोन फेशवुक र वैदेशिक रोजगारः ‘दाम्पत्य जिवन बेकार’

प्रेम सुनार गुल्मी, पौष ५ । 
गुल्मी नयाँगाउका विष्णु जिसीले विवाह गरेको एक हप्ता नपुगेकी अर्काकी नव दुलहीलाई भगाएर हिडे । मंसिर १८ गते छिमेकी जिल्ला अर्घाखाँचीको मरेङ्गमा विवाह भएकी १६ वर्षिया कामना (नाम परिवर्तन ) लाई मंसिर २५ गते भगाएर वुटवल पुराए । उता नव दुलाहका परिवारजनले उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा झिकाईयो ।
दुवै पक्षले वाहिरै छलफल गरेर जो संग भागेकी थिईन् उनैको जिम्मा लगाए । उता एक हप्ते दुलाह छुट्टिए । दर्लामचौरका एक पुरुष वैदेशिक रोजगारमा थिए । उनकी ४० वर्ष उमेरकी श्रीमतिलाई १६ वर्षे वैंसले कुतकुताएर स्थानिय १८ वर्षका युवा संग तिन सन्तानको विचल्ली पारेर टाप कसिन् । दर्लामचौरकै वैदेशिक रोजगारमा गएका अर्का पुरुषकी त्यतिनै उमेरकी श्रीमतिलाई १७ वर्षिय आफ्नै भतिजाले भगाएर तम्घासको होटलमा राखेको खुलसा भयो ।
भारतको रोजगारमा रहेका वडागाउँ–३ दजाकोटका मिनबहादुर सर्तुङ्गे यति दुई वर्षदेखि पाकीस्तानको जेलमा छन् । भारतको मालिकले माछा पार्ने काममा लगायो । माछा मार्ने क्रममा सामुन्द्रिक सिमनाको पाकिस्तानी प्रहरीले पक्राउ गरेर जेल हाल्यो । त्यस्तो अवस्थामा भाईको उद्धारमा जुट्नु पर्ने दाजु ओमबहादुरले उनकी श्रीमति अर्थात भाई वुहारी भगाएर हिडे ।
तिन चार वर्षका छोराहरुलाई विचल्ली पारेर हिडेकी उनकी श्रीमति विष्णु र दाजु अहिले वाग्लुङ्गको खालामा गएर वसेको छिमेकी अनिल सर्तुङ्गे बताउ छन् । यता ७० को नेटो काटेका हजुर वुवा मात्रै घरमा छन् । सम्पत्ती केहि छैन् । ति वृद्धले काम गरेर पनि ति दुई नावालक नातीहरुको पालन पोषण र पठन पाठन गराउन सक्ने अवस्था छैन् । छिमेकी सर्तुङ्गे भन्छन् –‘ साह्रै विचल्ली छ , वेलामा खान पनि पाउँदैनन् । ‘ फोन फेशवुकले निकै विकृति ल्याएको छ ’–सर्तुङ्गेले थपे हाड नातमै यस्तो नजाय सम्वन्ध अन्यत्र पनि बढेको सुन्दा माया सम्वन्ध र दाम्पत्य जिवन पनि बेकार जस्तो लाग्न थालेको छ । ’
मरभुङ्गका वसन्त पौड्याल कतारमा रोजगारी गर्दा कपलिवस्तुकी गिता पराजुली संग फेश वुकमा माया प्रगाढ बनाएर फेशवुकमै विवाहको टुङ्गो लगाए । त्यहाँबाट फर्केका पौड्ल र पराजुलीको वुटवलमा भेट भयो र शिद्धवावको मन्दिरमा विवाह गरी घर आए । घर आउँदा उनको श्रीमति र सन्तान समेत देखे पछि पराजुली छाँगाबाट खसे जस्तो भईन् । अविवाहित हुँ भनेर फेशवुकमा ढाँटेका पौड्यालले जेठी श्रीमतिबाट वहु विवाहको मुद्धा खेप्नु प¥यो ।
जिल्ला अदालत गुल्मीका अनुसार ति दुवैलाई अहिले पुर्पक्षका लागि २५ हजार धरौटी लिएर छाडिएको छ । विकट गाविस दर्लिङ्गको दुनाम गाउँमा पनि त्यस्तै भयो । विश्वकर्मा थरका विसा–वाईसे उमेरका युवाले विदेशमा छँदा नवलपसीकी महिला संग फोनै फोनमा प्रेम सम्वन्ध राखे । उनि घर फर्किए पछि प्रेमीकालाई वोलाए । उनि नवलपसाीबाट घर जाम गर्न भन्दै चाउरी परेको गालामा क्रिम पाउडर घसेर दर्लिङ्ग आईन् ।
दुनाम नपुग्दै दर्लिङ्गको विद्यालय नजिकै तालिम गर्दै गरेकी वहिनीलाई विश्वकर्माले भने–‘ कस्ती रै’छ, हेर्न वहिनी ।’ वहिनीले नजिक पुगेर हेरिन् । मुखमा माक्स लगाएकी । झण्डै चालिसको नेटो काटेकी । पछि वुझ्दै जाँदा श्रीमान विदेश, प्रेमीकै उमेरको उनको छोरा पनि विदेश भएको कुरा खुलसा भयो । त्यस पछि विश्वकर्मा पनि छाँगाबाट खसे जस्तै भए । अन्ततः प्रेमीकालाई दुनामबाट लिन आउनु पर्ने प्रेमीले फोनमा झपार्दै भने–‘ खुरुक्क लागेर फर्किन्छेस् की त्यही आएर लखटौं ? ’ त्यस पछि डरले वुढो वैंसले कुतकुताएकी ति महिला त्यहीबाट कुलेलाम टोकीन् ।
यस्तो हाँसो उठ्दो र लाजमर्दो प्रेम सम्वन्धका कारण कतै सम्वन्ध हुने त कतै विच्छेद हुने क्रम बढि रहेको बेला हामी जिल्ला अदालतमा गत चालु वर्षमा भएको सम्वन्ध विच्छेदका मुद्धा विवरण लिन पुगेका थियौं । त्यस अदालतका श्रेस्तेदार श्याम मौर्यले दिएको जानकारी अनसुसार यस वर्षको ६ महिनाकै अन्तरारलमा अघिल्लो वर्षको सम्वन्ध विच्छेदको मुुद्धाको संख्यालाई उछिनेको् छ ।
श्रावण मशान्त देखि अहिले सम्म ३६ वटा सम्वन्ध विच्छेदका मुुद्धा परेका छन् । जवकी आर्थिक वर्ष २०६९÷०७० भर कुल मुद्धाको २५ प्रतिशत सम्वन्ध विच्छेदको मुद्धा परेको थियो भने यो वर्ष ६ महिनाकै अन्तरालमा ३० प्रतिशत सम्वन्ध विच्छेद्का मुदा परेको श्रेस्तेदार मौर्यले बताए । मोवाईल फोन , फेशवुकबाट देख्दै नदेखी र वुझ्दै नवुझी लगाईएको माया प्रेम, वैदेशिक रोजगार सम्वन्ध विच्छेदको प्रमुख कारण हुन सक्ने अदालत श्रोतको ठम्याई छ ।
जिल्ला प्रहरी कार्यालयमा परेका ५४ वटा घरेलु हिंसाका उजुरी मध्ये बढि मात्रमा बैेदेशिक रोजगारबाट श्रीमान फर्किदा पिडित बनेकी श्रीमति वा श्रीमान देखिएका छन् । त्यस कार्यालयकी महिला तथा वालवालिका सेलकी प्रहरी जवान ईन्द्रकुमारी जैसीका अनुसार ४ जना पत्नी पिडित पुरुषले श्रीमतिबाट न्याय दिलाई पाउँ भनि उजुरी दिएका छन् । त्यसो त पाका पुरुषहरुबाट पिडित हुने महिलाको सख्या पनि बढि देखिएको छ । श्रीमतिको उमेर ढल्कीए लगत्तै कलिला युवतीहरु माथी नजर डुलाउँदै जाने र विवाह गरे भगाउने प्रवृद्धिका कारण महिलाहरु पिडित बनेको पाईएको छ ।
बिशेषतः चिन्दै नचिनी फेशवुक र मोवाईल फोनको झुटो परिचयबाट धेरै पुरुष र महिलाहरुले धोका खाँदै आएका छन् । यस प्रति सजग नहुने हो भने सम्वन्ध विच्छेदको सख्या बढ्ने मात्र होईन् समाजमा थप बिकृति समेत बढ्ने देखिएको छ ।

Sunday, November 16, 2014

श्रीमानको नाममा फर्केर आउँदिन भन्ने पत्र लेखेर महिला वेपत्ता


बर्दिया, कात्तिक ३० - बर्दियाको भुरीगाँउ बजारका दुई महिला पाँच दिनदेखि सम्पर्क विहीन भएका छन् ।
भुरीगाँउ बजारमा एनपिवी प्लाष्टिक भाँडा पसल सञ्चालन गरिररहेका नेत्रप्रसाद भट्टराईकी ३८ वर्षकी श्रीमती मेनुका शर्मा भट्टराई र उहाँकी घरबेटी रेखा कँडेल वेपत्ता हुनु भएको हो ।
कात्तिक २६ गते दिउँसो घरबेटीसँग बजारतिर हिँडेकी श्रीमती अझैसम्म घर नफर्किएपछि नेत्रप्रसाद  चिन्तामा हुनुहुन्छ । 
‘उनी हिँडेकै दिनदेखि धेरैतिर खोजी गरें, पत्ता लागेन हिजो दिउँसो पसलको गल्लामा राखेको डायरीमा लेखेको पत्र देखें ।’ नेत्रप्रसादले डायरीको पत्र देखाउँदै भन्नुभयो ‘डायरी यसो पल्टाउँदै गएको त ११ वर्ष संगै बसेँ, अब म फर्केर आँउदिन मलाई नखोज्नु भन्ने पत्र फेला पर्‍यो ।’
घरबेटी रेखा कँडेल पनि बेपत्ता भएकाले दुवै जनाका आफन्तलाई पनि खबर गरेको र कतै केही पत्तो नलागेको उहाँले बताउनुभयो ।
रेखाका श्रीमान भने वैदेशिक रोजगारीका लागि मलेशियामा छन् ।
भट्टराई दम्पतीको दोस्रो विवाह भएको ११ वर्ष भएपनि सन्तान छैनन् ।




‘मैंले गर्दा हजुरको धन सम्पत्ति धेरै खर्च भयो ।’ मेनुकाले लेखेको पत्रमा लेखिएको छ ‘दवाई र औषधिले अब हुँदैन, विवाह गरेको ११ वर्ष हुँदा पनि हजुरको विश्वास जित्न सकिन, सरी मबाट कुनै गल्ती भए माफ गरिदिनुहोला ।’ श्रीमती वेपत्ता भएपछि घरपरिवार पिरलोमा परेका छन् भन्दै उहाँले श्रीमतीको खोजी गरीदिनका लागि नेत्रप्रसादले सबैसँग आग्रह गर्नुभएको छ ।- उज्यालो