ओलीकाठमाडौं, चैत १६ - सदाबहार लोकगायिकाको छवि बनाएकी विष्णु माझीलाई आजकाल स्टेज कार्यक्रममा भने देखिदैन । व्यवसायिक रुपमा महंगी गायिका भनेर चिनिने बिष्णु माझी बाहेक नाम कमाएका गायिकाहरु लक्ष्मी न्यौपाने, हरिदेवी कोईराला, शिवा आले, शिला आले,
शर्मिला गुरुङ र विमाकुमारी दुरा फुर्सदमा बसेका जस्ता देखिन्छन् भने उनीहरुपछि आएका र उनीहरुका केही दौतरी लोकगायिकालाई देश बिदेशका स्टेज शो र एल्बम निकाल्न भ्याई नभ्याई छ । कोमल ओलीदेखि ज्योति मगरसम्मका लोकगायिकाले आजकाल स्टेज शो र गायकीबाट उल्लेखनीय आम्दानी गर्न थालेका छन् भने उनीहरुको नाम पनि त्यत्तिकै लोकप्रिय छ ।
ढल्कदो उमेरमा पनि सधैं चर्चा र व्यस्ततामा रहने लोक गायिकाको पहिलो पगरी कोमल ओलीलाई पहिराई दिए फरक पर्दैन । दांगमा जन्मेकी ओलीको व्यस्तता र चर्चा देश र विदेश सबैतिर छ । लोकगायिका ओलीले माईक समाएर गाउन थालेको ४० को दशकदेखि हो । रेडियो नेपालको समाचार शाखामा स्थायी कर्मचारी भए पनि देश विदेशका स्टेज र महोत्सवमा ओलीको बाक्लो उपस्थिति हुन्छ । कोमल ओलीको समाचार जति प्रष्ट हुन्छ, गीत गाउँदा स्वर उति नै सुरिलो र ठट्यौली हुन्छ । स्टेजमा भरपर्दो कार्यक्रम प्रस्तोताको रुपमा पनि त ओलीको चिनारी छँदैछ । लोक संगीतकै आम्दानीले नीजि गाडी जोडेकी अविवाहित कोमल ओलीलाई रोमाण्टिक लोकगीतमा अझै कसैले टक्कर दिन सकेको छैन । नाम धेरै अगाडि कमाए पनि पोईला जान पाम् बोलको गीतपछि ओलीलाई लगातार विवाद र चर्चाले छाडेन । विवाद र चर्चासँगै आएका ओलीका प्राय सबै गीत चर्चित पनि छन् । नाम, दाम र कामका हिसाबले पनि ओलीलाई सदाबहार गायिका मानिन्छ । हुन त महिलाको उमेर र पुरुषको आम्दानी सोध्न हुँदैन भन्ने चलन छ हामीकहाँ, तर कोमल ओलीलाई सितिमित कसैले पनि उमेर र कमाई सोध्दैन । ओलीको ख्याति सेनाबीच अझ धेरै छ ।
मन्जु पौडेल
गुल्मीमा जन्मे हुर्केकी लोकगायिका मन्जु पौडेलले गाएका करिब एक दर्जन एल्बम बजारमा उपलब्ध छन् । रेडियो कार्यक्रम संचालिकाको कामबाट संचार माध्यममा प्रवेश गरेकी मन्जुको पछिल्लो गीत “मनको तिर्खा मायाले मेटेको, तिमी हामी लुकेरै भेटेको” बोलको गीत बढी चर्चित छ । प्रायजसो रामजी खाँडसँग लोकगीत गाउने मन्जुलाई स्टेज कार्यक्रम संचालन गर्ने खप्पीस र चर्चित प्रस्तोताका रुपमा चिनिन्छ । प्रत्यक्ष लोकदोहोरी गाउन र दर्शकलाई मनोरन्जन दिलाउन सिपालु मन्जु आफुलाई भने गायिका कम र उद्घोषिका बढी भन्न रुचाउँछिन । नेपालमा धेरै जसो शहर र जिल्लामा आफ्नो कलाले दर्शक रिझाएकी मन्जु पौडेलको स्वर र प्रस्तुतिले जापान र अष्ट्रेलियाका नेपालीलाई समेत लठयाएको छ । गाएर कति कमाउनु हुन्छ भन्ने प्रश्नको ठ्याक्कै जवाफ दिन मञ्जुलाई पनि असजिलो लाग्यो, तर गाएरै नाम र दाम कमाउने थोरै भाग्यमानी महिला गायिकामा मन्जुको नाम परिहाल्छ ।
मुना थापा
३ वटा एल्बम बजारमा ल्याएपछि चर्चाको चुली चढेकी लोकगायिका मुना थापाको जन्मथलो गोरखाको मनकामना गाविस हो । करीब ९ सयभन्दा बढी लोकगीतमा स्वर दिएकी मुना थापा २०६१ सालमा गाउनकै लागि काठमाडौ पसेकी हुन् । गोरखाबाट आएको हावा झै मुनाका गीतहरु पनि चिसो चिसो हावा सरर ....रुमाल फरर, तिते करेली, तिमी राम्रो हाँसोले स्रोताको मन जितेका छन् । आम्दानी ठ्याक्कै भन्न अप्ठेरा मान्ने मुना थापाको नाम महिनामा एक लाख रुपैयाभन्दा कम नकमाउने कलाकारमा पर्छ । मुनाले गाएको आई लभ यु को उत्तरै जानिन भन्ने बोलको गीत छिट्टै आउँदैछ । मलेसिया, हङकङ, जापान, अष्ट्रेलिया, युके लगायतका देशमा गएर गाईसकेकी मुनाको नाम नेपालका धेरै स्टेज शोहरुमा गाउने कलाकारका रुपमा पनि आउँछ ।
देवी घर्ती
बाग्लुङमा जन्मिएकी र गाउनका लागि २०६१ मा काठमाण्डौ आएकी लोकगायिका देवी घर्तीको स्वरका फ्यान धेरै छन् । त्यसैले देबीलाई नेपालका चर्चित गायिकामध्ये एक बनाएको छ । हालसम्म ३ ओटा एल्बम सार्वजनिक भए पनि देवीको आवाजमा करीव ५ हजार गीत रेकर्ड भईसकेका छन । देवीले गाएका लाछा डोरी उनको, हास्न सिकायौ, बिरामी छु ,पर्खाइमा गयो जस्ता गीत अहिले निकै चर्चामा छन् । गीत गाउन कोरिया, जापान, कतार, मलेसीया, साउदी अरेविया, हङकङ लगायत देशहरुमा पुगेकी गायिका देवीको आम्दानी मासिक दुई लाखसम्म पुग्छ । पति राजु ढकाल र छोरी रिदमसंग काठमाडौको नयाँबजारमा बस्ने देवी नेपालका व्यस्त गायिकाको श्रेणीमा परेको धेरै भैसक्यो ।
पम्फा कडेंल
सुर्खेत बावियाचौरबाट गीत गाउन २०६३ सालमा काठमाडौ हान्निएकी पम्फा कडेंल मध्यपश्चिम नेपाली उदयीमान लोकगायिका हुन् । पम्फाका ४ वटा एल्बम सार्वजनिक भएका छन् भने लगभग सयभन्दा धेरै लोकतथा दोहोरी गीत पम्फाको आवाजमा गुञ्जिएका छन् । पम्फाले गाएका अझै माया, तिनतलेमा झयाल, हिन्छौ मिसकल ठोकी गीतहरु निक्कै चर्चित छन् । एक छोराकि आमा पम्फाको बिवाह ४ वर्ष अघि भएको हो । उनका श्रीमान् नेपाली सेनामा जागिरे छन् । विवाह पछि गायनबाट केही सुस्ताएकी लोकगायिका पम्फालाई आजभोलि भने स्टेज कार्यक्रममा देखिन थालेको छ । भर्खरै स्टेजमा देखिन थालेकी पम्फा हालै भारतका विभिन्न शहरमा गायन कला देखाएर नेपाल फर्केकी छिन् ।
राधिका हमाल
रोल्पामा जन्मेर भारतमा हुर्के बढेकी राधिका हमालले ५४ साल देखि गाउन शुरु गरेकी हुन् भने २०५९ सालमा काठमाडौ छिरेकी हुन । लोकलयदेखि देउडासम्म करीब ३ हजार गीतम गाएकी लोकगायिका राधिका हमालले गाएको माता भवानी ढल्क्यो जवानी, झोर्ले, कुरकुरे बैसले लगायतका गीतहरु निक्कै चर्चित छन् । गायिका हमालले आफ्नै लगानीमा रेकडिङ स्टुडियो पनि खोलेकी छिन । उनको गायन पेशामा श्रीमान कृष्ण पुनले निक्कै सहयोग गर्ने गर्दछन । उनी गाएरै मासिक ५० हजार भन्दा बढी कमाउँछिन ।
जानकी तारामी
सुर्खेत साल्कोटको सामान्य परिवारमा जन्मे हुर्केकी जानकी तारामीले गाएको ढाड दुखेर मारो, भोटमा बस्ने भोटीनी तराईमा बस्ने थरुनी बोलका गीतहरुले अहिले बजारमा निक्कै चर्चा बटुलेका छन् । जानकी आफैले १० वटा लोक तथा दोहोरी गीतका एल्बम बजारमा ल्याएकी जानकि पोखराका विभिन्न दोहोरी साँझमा लोकगीत र दोहोरी गाउँदा गाउँदै काठमाडौ पसेकी हुन् । काठमाडौको नयाँबजारमा बस्ने जानकीलाई उन्का साथी र स्रोताले सुरिलो आवाज र मिजासिलो व्यवहारकी गायिका भन्छन् । लोकदोहोरी गीत संगीतमा सधै व्यस्त जानकीको कमाई पनि उन्को उमेर जस्तै गोप्य छ ।
सुुनिता दुुलाल
सिन्धुपाल्चोकमा जन्मेकी सुुनिता दुुलालको परिचय भिजे, मोडेल आरजे सबै हो । तर पनि पछिल्लो समयमा उनको परिचयले सफल गायिकाको पगरी पाएको छ । स्टेज कार्यक्रममा दर्शक र श्रोतालाई मनोरन्जन दिलाउन सिपालु सुनिताका फ्यान् देश र बिदेश सबैतिर छन् । सुनिताले गाएका “आमाले पकाएको मिठो खाना, अव त मैले पनि झुम्का लगाउछु र मेरै दिलमा फुल्यौ निरमाया” पछिल्ला समयमा श्रोताको मुखमुखमा झुन्डीएका गीतहरु हुन । गीत गाउनकै लागि अमेरिका, युरोपेली मुलकहरु, दक्षिण कोरिया, जापान, मलेसिया , हङकङ, लगायत देशहरुमा पुगिसकेकी अविवाहित सुनिता आफ्नो गीतको म्युजिक भिडियोमा आफै मोडल भएर देखिन्छिन । मोडल र गायिका दबुै भएकाले स्टेज शोमा बिदेश जाँदा सुनिता आफुले लगाएका लुगा आफ्ना महिला फ्यानलाई बेचेर पनि आम्दानी बढाउछिन् ।
ज्योति मगर
चल्तिका लोक गायिकाहरुमध्ये हट, हीट एण्ड सेक्सी छविकी ज्योति मगर जहाँ पुगे पनि तहल्का मच्चाएर फर्किन्छिन् । पछिल्लो समय कार्यक्रममा दुवई पुगेकी ज्योति स्टेजमा चढ्नासाथ हलमा हचलच मच्चियो । उपस्थित युवा जमात उनको नजिक पुग्न खोज्यो । स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि झण्डै कार्यक्रम नै रोक्नु परेको खबर विभिन्न अनलाईले दिए । ज्योतिले लगाएको कपडा समाज सुहाउँदो नभएको भन्दै नेपाल टेलिभिजनले केही महिना अघि उनको अन्तरवार्ता प्रसारणमा रोक लगाएको थियो । महोत्सव र साँस्कृतिक कार्यक्रममा दर्शक र आयोजकको पहिलो रोजाई बन्नुको कारण उनका ग्लामरस् गफ, उत्तेजक पहिरन र प्रस्तुतिलाई मानिन्छ ।
“पिरतीमा दम छ, अघि मैले, मन किन टाढा भयो, मायासँग, उही मुलाको सिन्की, चौबन्दी चट्टै तथा जिम्वाल बाउकी छोरी” जस्ता अल्बम बजारमा ल्याइसकेकी ज्योतिको माग देश विदेशमा धेरै नै छ । ज्योति स्टेजमा उक्लिदा गीतसंगै उनले लगाएको पहिरनले पनि चर्चा पाउछ । स्टेज कार्यक्रममा ग्लामरस् र सेक्सी पहिरनमा सजिन मन पराउने ज्याति आफुले गाउने गीत अलि छाडा भएको हो भन्न अप्ठेरो मान्दिनन्, तर त्यस्ता गीत गाउन पनि छाड्दिनन् । ज्योति मगर अहिलेकी अति व्यस्त लोकगायिका हुन र जति व्यस्त छिन् उति नै कमाई पनि गर्दैछिन् । उज्यालो ऑनलाइन बाट
0 $type={blogger}:
Post a Comment