हरिस पन्थले आफ्ना भाइहरु को सल्लाह अनुसार लम्खादी र माझ भन्ने दुई ठाउँ को खेत र खरबारी अनि मन्दिर को सेरोफेरो मा रहेको जङ्गल पन्थहरु ले कुलपुजा गर्ने बारी को पाटो समेत उसै मन्दिरको नाम मा गुठी राखेका थिए। पन्थहरुले कुल पुजा गर्ने कुलायनको स्थान पनि त्यही मन्दिर को बगल मा रहेको छ ।मन्दिर निर्माण र गुठी को ब्यबस्था भएपछि सबै पन्थ दाजु भाई जुटेर दुर्गापुजा गर्ने चलन थियो । त्यसरी ब्यबस्था गरिएको गूठी को जग्गा र गहना पात समेत अहिले आयर ब्याक्ती बिशेषले कब्जा गरेका कारण पुजाआजा र अन्य काम मा समेत असर परेको छ भने मन्दिरपनी जिर्ण भै सक्दा समेत मर्मत सम्भार हुन सकेको छैन ।
हाल पुननिर्माण को लागी दिगाम ४ का ठाकुर पन्थ को अध्यक्षतामा निर्माण समिति गठन भयको छ तेसै गरी काठमाडौ मा बेद प्रसाद, नबनिघी र पुस्कर पन्थ को सल्लाहकार समितिले पुननिर्माण को लागी चाहीने सहयोग संकलन गर्दै छ, स्मरण रहोस यो मन्दिर मा बडाँ दसै र चैते दसै को अबसर मा अस्ट्मी को दिनमा पुजा आजा गरिदै आयको छ। हिजो पनी विधि अनुसार पुजा सम्पन्न भयेको छ, पुजा मा दिगाम ४/५ मा बस्ने पन्थ परिवार को उपस्थिति रहेको थियो । खुसी को कुरा अब छिटो भन्दा छिटो यो मन्दिर पुननिर्माण हुने भएको छ।।।
लेखक: रमेस पन्थ
दिगाम ४ मिनामकोट,गुल्मी
0 $type={blogger}:
Post a Comment