Thursday, March 19, 2015

कता हराए गुल्मीबाट एस.एल.सी दिने १ सय ८ जना ?

शिबलाल सुबेदी गुल्मी, ५ चैत।
यस बर्षको एसएलसी परिक्षा बिहीवारबाट शुरु भएको छ । एसएलसी परिक्षाको पहिलो दिन गुल्मीमा १ सय ८ परिक्षार्थीहरु अनुपस्थित भएका छन । जिल्लाका बिभिन्न परिक्षाकेन्द्रहरुबाट गरि पहिलो दिनको परिक्षामा १ सय ८ परिक्षार्थीहरु अनुपस्थित भएका हुन । नियमित तर्फ पहिलो दिनको परिक्षामा छात्रा ८ र छात्र ७ गरि १५ जना अनुपस्थित भएका हुन भने एक्जाम्टेडतर्फ छात्रा ५६ र ३७ छात्र गरि ९३ जना परिक्षार्थीहरु अनुपस्थित
भएका छन । गुल्मी जिल्लामा यो बर्ष कुल ५ हजार ७ सय ४७ जना बिद्यार्थी परिक्षामा सहभागि हुने भएका थिए । जस मध्ये २ हजार २ सय १८ छात्रा र २ हजार १ सय ७ छात्र गरेर नियमित तर्फ ४ हजार ३ सय २५ जना र १ हजार ४ सय २२ जना बिद्यार्थी एक्जामटेड रहेका थिए । त्यस्तै शिक्षा कार्यालय गुल्मीका अनुसार हाजिरी नपुगेका र विचैमा कक्षा छोडेका बिद्यार्थीहरू गर्रि १ सय २७
जना बिद्यार्थी परिक्षा दिन अयोग्य भएका थिए । यता जिल्ला कारागार गुल्मीमा रहेका १ जना परिक्षार्थीले परि यस बर्षको एसएलसी परिक्षामा सहभागीता जनाएका छैनन । जिल्लाको पश्चिमी गाविस पौदीअमराईमा रहेको नेपाल राष्ट्रिय सर्वोदय उच्च माध्यमिक बिद्यालय पौदीअमराईमा अध्ययन गर्ने बाबुराम गिरीले परिक्षामा सहभागीता जनाएका छैनन । त्यस्तै उदय उच्च माध्यमिक बिद्यालय शान्तिपुर र जन ज्योती उच्च माध्यमिक बिद्यालय रिमुवाका गरि ५७ जनाले प्राविधिक तर्फबाट परिक्षामा सहभागी भएका छन
। यस बर्षदेखि गुल्मी जिल्लाका प्रत्येक परिक्षा केद्रमा प्राथमिक उपचार, सेनेटरी
प्याडको समेत ब्यवस्था गरिएको छ । ३० वटा परिक्षा केन्द्रमा सञ्चालन हुने परिक्षामा १ सय ३४ वटा बिद्यालय सहभागि हुँदै छन् ।

तस्बीरमा: बिहीवार तम्घासमा पहिलो दिनको परिक्षा दिँदै बिद्यार्थीहरु ।
तस्बिर: तारा भुषाल

0 $type={blogger}: