प्रेम सुनार गुल्मी, फागुन २३ ।
१ सय ६७ वर्षको मानिस जिवित होलान त ? पक्कै पनि संसारमैं छैनन् । तर पत्याउनु होस् या नपत्याउनु होस् गुल्मी जिल्लामा नागरिकतामा १ सय ६७ वर्ष उमेर पुगेका व्याक्तिले बृद्ध भत्ता खाँदै आई रहेका छन् । गुल्मीको दोहली गाविस वडा नम्वर –३, बाँझ निवासी रेवते सार्कीले कागजी प्रमाण अनुसार संसारमै अहिले सम्मकै बढि उमेरको मान्छेका रुपमा बाँचेर २०६५ साल असोज १ गते देखि त्यस गाविसबाट बृद्ध भत्ता खाँदै आएका हुन् ।
दोहली गाविस सचिव भिमप्रसाद पोखरेलले २०४० सालतिर त्यस गाविसमा आएको नागरिकता शिविरमा रेवतेको नागरिकता बनाईएको र त्यसमा जन्म मिति बिक्रम संम्वत १९०४ साल १ महिना १५ गते भएकोले २०६५ साल देखि बृद्ध भत्ता खुवाईएको बताए । उनको उक्त जन्म मिति अनुसार उनको उमेर अहिले १ सय ६७ वर्ष हुन आउने र त्यो कुरा त्यति वेलाकै गाविस सचिव र प्रशासनका कर्मचारीहरुको लापवार्ही भएको गाविस सचिव पोखरेलले बताए ।
तत्कालिन नागरिकता शिविरका कर्मचारीहरुको लापवार्हीका कारण उनको उमेर त्यसरी असाधरण रुपमा बढि बनाईएको हो । ‘ म अनपढ मान्छे, केहि थाह भएन् ’ –सार्कीले भने–‘ मैले २००४ सालमा जन्मेको भनेको हुँ तर उनिहरुले १९०४ लेखाई दिए छन् । ’ उनि नागरिकतामा १ सय ६७ वर्ष पुगे कुरा गाँउमा चर्चा चल्न थाले पछि सार्कीलाई कतिपयले तिमीलाई कार्वाही हुन्छ भनेर डर देखाउन थाले त्यस पछि उनले डरले नागरिकता लुकाउने गरेका छन् ।
यो समाचारदाता उनको घरमैं पुगेर स्थानिय भद्रभलादमी समेत जुटाएर माग्दा उनले कहिले छोरीको घरमा छ भनेर ढाँटे भने कहिले नाती संग छ भन्दै नागरिकता देखाउन मानेन् । जसका कारण उनको नागरिकता जारी मिति र हस्ताक्षर गर्ने अधिकारी यसमा खुलाउन सकिएको छैन् । उनले किन चाहियो नागरिकता भन्दै बृद्ध भत्ताको परिचय पत्र मात्रै हामीलाई देखाए ।
यस सम्वन्धमा दोहली गाविस सचिव पोखरेलसंग सम्पर्क राख्दा उनले सार्कीको नागरिकतामा जन्म मिति १९०४ नै रहेको बताए । यस सम्वन्धमा कुरा उठेको छ पोखरेलले भने –‘मुचुल्का उठाएर सच्चाउने तर्फ लाग्ने छौं । निमित्त प्रमुख जिल्ला अधिकारी वलाराम अर्यालले आश्चर्य प्रकट गर्दै यो अत्यन्तै गम्भिर विषय भएको बताए ।
यो निकै सेन्सटिभ कुरा हो, संसारमै अहिले सम्म यति धेरै उमेरको मान्छे हुनै सक्दैन अर्यालले भने–‘ हामीले त्यस गाविस सचिवलाई बोलाएर सच्चाउन लगाउने छौं, यसलाई समाचारको विषय नबनाई दिनुहोस् । ’ किन समाचारको विषय नबनाउने ? तपाईको पालामा होईन क्यारे के फरक पर्छ र भन्ने प्रश्नमा अर्यालले भने– ‘मेरो गल्ती होस् या यस अघिका ब्याक्तिको तर तालुकदार अड्डाको कम्जोरी त देखिन्छ नि । ’

यसरी आफ्नो कम्जोरी देखाउन नचाहने सम्वन्धीत निकायका कर्मचारीहरुका कारण रेवते साकी जस्ता कैयौं सोझा अनपढ व्याक्तिहरुले आफ्नो वास्तविक जन्म मिति सच्चाउन नसकेर कसैले उमेर नपुग्दै बृद्ध भत्ता खाएका छन भने कसैले उमेर पुगेको दश वर्ष नाघि सक्दा समेत खाना पाएका छैनन् । विगत देखी हाल सम्म पनि नागरिकतामा उमेर मात्र होईन नाम थर समेत स्थानिय भद्रभलादमीहरुले हेपेर लेख्ने गरेका छन् । जसले गर्दा विशेषतः दलित समुदाय उपेक्षित भएका छन् ।
ति समुदायको रंङ्ग र जिउडाल अनुसार नाम राखी दिदा कसैको नाम काले, कसैको राते, सेते , कसैको पुड्के र कसैको ठेठे जस्ता नाम राखिएका नागरिकता र त्यस्तै वास्तविक थरलाई उपेक्षित भाष प्रयोग भएका नागरिकता बनेका छन् । जुन नागरिकताको नाम थर सार्वाजानिक स्थानमा पुकार्दा त्यस्ता व्याक्तिहरुको ठाडै अपमान हुने गरेको छ । यस्ता कुराहरुमा पुनरावलोकन गरिनु पर्ने माग सर्वत्र उठ्दै आएको छ ।

तस्वीर: गुल्मी दोहली - ३ का रेवते सार्कीको तस्वीर र बृद्ध भत्ताको परिचय पत्रमा जन्म मिति १९०४।१।१५ गते उल्लेख भएको प्रतिलिपी
0 $type={blogger}:
Post a Comment