खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा ( फोटो फिचर )

विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना

सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...

हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

Showing posts with label प्रवास समाचार. Show all posts
Showing posts with label प्रवास समाचार. Show all posts

Monday, October 10, 2016

दु:खद समाचार : दिगामका न्यौपानेको भरतामा सडक दुर्घटनामा मृत्यू

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, असोज २५ । भारतको भुपालमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गयको छ, गुल्मी जिल्ला दिगाम गा.बि.स. वडा न. ९ एकुल डाडा स्थाई घर भई बिगत लामो समय देखी भारतको भुपालमा स:परिवार उतै बस्दै अयाका शिव न्यौपानेको हिजो सोमवार बिहान सडक दुर्घटनामा परी मृत्यू भयको छ। उनी बिहान ४ बजे छिमेकीको बच्चा संगै भुपालको प्रख्यात मन्दिर सलकनपुर दर्शन गर्न जादै गर्दा बाटोमा दुर्घटनामा परेको र दुर्घटना भयको ठाउ जंगल एरीया भयकोले धेरै समय सम्म उद्धार हुन नसक्दा निजको ज्यान गयाको पारिवारिक स्रोतले जानकारी दियको छ । मृतक न्यौपानेका श्रीमती दुई छोरा र एक छोरी छन् ।

मृतक : शिव न्यौपाने

श्रीमानको मृतुको खबर पाय पछी श्रीमती अचेत अबस्थामा छीन्न, पारिवारिक स्रोतका अनुसार हिजै घटना बारे पुलिशमा रिपोर्ट गरीसकेको र आज मृतका परिवार संगै उनका मईला भाई सहित स:परिवार स्थाई घर दिगाम आउदै छन्न ।

वहाँको दिवंगत आत्माको चीर शान्तिको निमित्त गुल्मी दिगाम सेरोफेरो नेटवर्क हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै अपुरणिय क्षति खेप्नु भएको वहाँका सम्पुर्ण परिवारजनहरुमा यस दुखद घडीमा धैर्यधारण गर्ने क्षमता मिलोस भनि भगवान समक्ष प्राथना गर्दछौं । फेरिपनि स्व. शिव न्यौपाने प्रति हार्दिक श्रद्धान्जलि ।



दशैको खुशीयालीमा यस्तो दु:खद समाचार लेख्दा अत्यानतै मर्माहीत बनायो, आउदा दिनमा यस्ता अप्रिय समाचार कहिलै लेख्न नपरोस्

- गुल्मी दिगाम सेरोफेरो नेटवर्क


तस्बीर: बिष्णु शर्मा



Saturday, July 30, 2016

दिल्लीको रेडलाइटमा भेटिएका नेपाली चेली, मिसन: जिबी रोड “रातो लाईटको, कालो कहानी”

देबेन्द्र केसी, नयाँ दिल्ली। भन्छन दिल्ली `दिलवाला ‘ को शहर हो। दिलवाला त दिलदार हुनुपर्ने तर दिल्लीमा दिल अथवा मन कै कमी महसूस हुन्छ। `दिन दुई गुना र रात चौगुना ‘ रफ्तारमा गन्तव्य खोज्दै दौडिने दिल्लीलाई कसैको दुखमा आँशु खसाल्ने फुर्सद छैन। यो महानगरमा कतिपय सपनाहरुले नाम र दाम दुबै कमाएका छन् भने कतिपय सपनाहरु भाषमा कहिल्यै नउठ्ने गरि गडेका छन्। नयाँ दिल्ली नेपाली नागरिकहरुको सबै भन्दा सस्तो गन्तव्यको रुपमा पर्दछ। यहाँ बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको स्थिति “हाँस्दा हाँस्दै रुने र रुँदा रुँदै हाँस्ने ” को भएपनि “जिबी रोड” नामले कुख्यात रेडलाईट एरियामा धकेलिएका नेपाली चेलीहरुको स्थिति एकदमै दर्दनाक छ। कल्कलाउदो जवानीलाई जवानी मै मारेर जिबी रोडका कोठाहरुमा नारकिय जीबन बिताउन बाध्य नेपाली चेलीहरुको बेदना नजिकबाट नियाल्न यो पड्तिकार नातामा अंकल पर्ने एक समाजसेवीलाई साथी बनाएर जिबी रोडको नामले कुख्यात रेडलाईट एरिया स्थित ६४ नम्बर कोठामा पुग्यो।
मिसन जिबी रोड
नयाँ दिल्लीको मुटु क्नाट प्लेसबाट १५ मिनटको यात्रा पछि पहाड़गंजको कमला मार्केट पुग्यौ। कमला मार्केटका गल्लीहरु छिचोल्दै पड्तिकारको टोली अजमेरी गेटलाई बाईपास गर्दै पहाड़गंजको फ्लाई ओभरलाई दाँया बनाएर जिबी रोड पुग्यो। जिबी रोड अन्दाजी ३ किलोमीटर लामो छ। त्यसो त रेडलाईट एरियाको नामले कुख्यात यो रोडमा यौन ब्यापार बाहेक अरुपनि सामानको किनमेल हुँदो रहेछ। सामान्य सामान देखी मेसिनरी पार्टपुर्जा पनि पाईने हुनाले जिबी रोडमा जाने हरेकलाई यौनप्यास मेटाउन आउने रहेछन भन्ने भ्रम रहेन अब। अजमेरी गेट तिरबाट शुरु भयो हाम्रो “मिशन जिबी रोड “को यात्रा। ठुला ठुला भवनहरु। भवनको बाहिर सजाईएका नसप्रेका गमलाका फुलहरु। साना साना गल्लीहरु। दिउसै साँझ पर्ने बातावरण। ट्यापे, मुन्द्रे, जगल्टेहरुको ओहोरदोहोर। सोझा साझा केटाहरु देखेपछि देखिने उनिहरुको दूषित मनसाय। केहि अनहोनीको आशंका पनि पलाउँदै थियो मनमा। तर मन दह्रो थियो। हामीहरुपनि “देश गुनाको भेष “भनेझै ट्यापेपना शरिरमा झल्काउदै आबश्यकिय रिपोर्ट सामाग्रीको चाँजो पाँजो मिलाएर कोठा नम्बर ६४ मा जाने निधो गर्यौ। त्यसो त जिबी रोडमा कोठा नम्बर ६४ जस्ता अन्दाजी ५०० भन्दा बढि कोठा छन्। तर नेपाली चेलीहरु बढि परोसिने र यातना दिएर राख्ने गरेको खुफिया रिपोर्ट पाएको कारणले र अंकलको बिशेष आग्रहले पनि कोठा नम्बर ६४ जाने निधो भयो।
रेड लाईटको कालो कहानी
“सर बढिया माल मिलेगा मेरे साथ चलो” गेटमै हात समायो एउटा दलालले। कुरो बुझ्दा प्रति ग्राहक १०० रुपैया मिल्दो रहेछ त्यो दलाललाई। मैले मोलभाव र सुबिधाको बारेमा केरकार पारेँ ।” सर यहाँ पर सबसे निचे वाला फ्लोरमेँ २५० मे, बिच वाले में ५०० रूपये में और टफ फ्लोर में १००० रुपये मे आप ऐस कर सकते हैं” मैले अझै केरकार गर्न खोज्दै थिए “आप पत्रकार हैं क्या ” दलाल बिच्कियो। अंकलले थम्थमाएर माल (केटी ) देखाउन आग्रह गरे। ” चलो सर उपर रिसेप्सन में बढिया नेपाली माल मिलेगा ” दलाल बड्बडाउदै उक्लियो हामी लाग्यौ पछि पछि उसैको। ओहो ! नामको रिसेप्सनमा एउटी मोटी अधबैसे आईमाई उपरखुट्टी लगाएर बसेकि थिई। अन्य ग्राहकहरु मोलभाव गर्दै थिए। ओठ निचोर्दा दुध निस्कने जस्ला कल्कलाउदा केटीहरुलाई भारतीय काल्दाईहरुले स्तनमा हात छिराउदै मोलभाव गरिरहेका थिए।
ओभर मेकअप, दिनभरि ग्राहक सन्तुष्ट पारेर थाकेको शरिरले कुटिल मुस्कान दिदै ग्राहकका गोप्य अंग छाम्दै थिए नेपाली चेलीहरु। अहो ! यो के तमाशा हो ? यि चेलीहरुलाई भनेझै भा होला त यो सबै गरेर ? ” जल्दी जल्दी पसंद करो *** नहि होता क्या ” ? अधबैसेले शासन लगाई अस्लिल बोली सड्गै। दलालले भने जस्तो २५० मा एकपटक, ५०० मा ३/४ घण्टा त १००० तिरेपछि रातभरि मस्ती गर्न पाईने रहेछ त्यो पनि बीयरको चुस्की सँगै। हामी बाबु छोराले एउटी गुल्मी घर बताउने कमला (नाम परिवर्तन) लाई छान्यौ ५०० मा र केहि घण्टा मस्ती गर्ने सर्तमा र लाग्यौ बाबु छोरा उपल्लो कोठामा।
पापी पेटको लागि सरिर बेच्ने रहर या बाध्यता
माथी कोठामा सिगरेट, बियरको दुर्गन्ध र अस्त ब्यस्त थियो। म प्रेस भएर आउने निउमा बाथरुममा छिरेँ। मेरी बास्सै! कन्डमहरुको भारी नै बनाएर राखेको घाँसको जस्तै। एकदुई कन्डमहरु एत्रतत्र छरिएका। मनमनै सोचेँ मान्छेलाई स्वस्थ रहन सेक्सको आवश्यकता छ त्यो पनि सुरक्षित लोग्ने, स्वास्नी बिच मात्रै। तर यहाँ भएको बिखण्डनकारी सेक्सले कस्को भलो गर्छ? भलो हुने र मोटाउने तिनै दलालहरु त होलान। तर जल्ले शरीर बेच्छ तेल्लाई के मिल्छ ? बेस्याको ट्याग ?
नेपाली चेलीहरुको बेस्यालयको बास रहर र बाध्यता दुबै
अंकलले कमलालाई सम्झाई सक्नु भएको थियो हामीहरु रिपोर्टिंगको लागि आएको भनेर। बरु मेरो सरिर लुछ्नुस तर मलाई केहि नसोध्नुस कमला रुन थालिन।

केहि समयको प्रयास पछि कमला केहि खुलिन”दाई यहाँ त जबरदस्ती ल्याएर बेचेका नेपाली केटीहरु पनि छन र आफै राजी खुसी आएका नेपाली केटीहरु पनि छन।” कमलाले खुलासा गरे अनुरुप नेपालीहरु बाध्यताले मात्र नभई स्वईच्छाले पनि बेस्यालयमा यौवन बेचिरहेका छन् यद्यपि यो संख्या निकै कम छ।

कमलालाई दाङको केटाले बिहे गरेर ल्याई बेस्यालयमा बेचेको रहेछ। दाई ! ” मामाघर दाङमा पर्छ। मामाघर मै बसेर स्कूल पढ्दै थिए एउटा केटा स्कूलमा दिनदिनै आउथ्यो। अरु केटीहरुसँग मेरै कुरा गर्दथ्यो रे। कपडा ल्याई दिन्थ्यो खुब माया देखायो। घरमा पनि ममी बित्नुभएको थियो। बाबाले अर्को बिहे गरेर बुटवलमा बस्नुहुन्थ्यो। मामाले पनि राम्रो केटा पाए गए हुन्छ भन्ने। मामाघरमा घाँडो भएझै लाग्यो र बिहे गरेँ उसैसँग ” बोल्दा बोल्दै कमलाका आँशु टिल्पिलाए । नाम, ठेगाना सोधिनौ? भन्ने प्रश्नमा कमलाले नाम सन्दिप कुँवर भएको र ठेगाना तिमी जस्तै घर न घाटको हो भनेको बताईन। कमलालाई दुई दिन भालुवाङ राखेर दिल्ली ल्याएको रहेछ। दिल्लीको कोठामा राखेर अहिले आउछु भनेर गएको सन्दिप नामको दलाल अहिलेसम्म फर्केको छैन्। तबदेखि अहिलेसम्म सयौले उनको शरिर लुछिसकेका छन्। “पहिला पहिला त यस्तो गलत काम भनेर मानिन। यो साहुनीले दिनु यातना दिई।” तातो चिम्टाले डामेका पेटका डामहरु देखाउदै कमला रुन थालिन। करिब २०० सेक्स वर्करहरु रहेको ६४ नम्बरमा २० नेपाली सेक्स वर्करहरु स्वईच्छाले शरिर बेच्दा रहेछन्। उनिहरु मोबाइल सहित सुबिधा सम्पन्न फ्ल्याटमा बस्दा रहेछन्। उनिहरुलाई आवश्यकता अनुसार बेश्यालय बाहिर जाने छुट पनि रहेछ।

ईच्छाले शरिर बेच्नेका समस्या पनि दयनीय
बेश्यालयमा आफै आएर शरिर बेच्ने नेपाली चेलीहरुका समस्या पनि चाङका चाङ छन्। ” दिनभरि रंगरसमा लट्पटिएर साँझ पैसा माग्दा उल्टै घोप्टो पारेर चुट्छन कोहि ग्राहकहरु। दिनभरि कमाएको पैसामा पनि दलाल, पुलिसले हिस्सा माग्छन्। उतिखेर साथीको लहैलहैमा पैसा पनि हुन्छ ऐस पनि हुन्छ भनेर बेश्यालय छिरियो अहिले उदेक लागेर आउछ। अन्त कतै जागिर माग्न गए “बेस्या” शब्द ले दुत्कार्छन।” खोटाड्ग घर बताउने एक राई थरकि युवतीले भनिन्। कतिपय ईच्छाधारी सेक्स वर्करले बिहे गरेर बच्चा पनि जन्माएका छन् तर पिरलो छ कतै बेस्याको कलंक नलागोस।
ग्राहक अधिकांश नेपाली, सरुवा रोग लाग्ने र लुटिने त्रास उत्तिकै
जिबी रोड जाने ग्राहकहरु भारतीय नै बढि भएपनि कोठा नम्बर ६४ जाने अधिकांश ग्राहकहरु नेपाली नागरिकहरु थिए। सोझा साझा नेपालीहरुलाई कहिले दलाल र कहिले पुलिसले लुट्नु लुट्दा रहेछन्। अनि कोठामा गएपछि सेक्स वर्करहरुले कन्डम लगाउन आग्रह गरेपनि “मजा नै आउदैन ” भन्दै आनाकानी गर्ने रहेछन्। घरपरिवारबाट लामो समय टाढिएर बसेका नेपाली युवाहरु केटी देख्ने बितिक्कै बाघ झै झम्टिदा रहेछन्। अधिकांश रक्सीको नसामा भेट्टिने नेपाली युवाहरुले एकछिनको रमाईलोको लागि जिन्दगी दाउमा लगाएको भेटियो।
लिगल कोठा ईलिगल धन्दा !
जिबी रोडमा सन्चालित कोठाहरु सरकारबाट स्वीकृत भएर सरकारबाट गाईड लाईन जारी गरेको भएपनि काम भने गैरकानूनी हुने गर्छ। ईच्छा बिपरित यौन कार्य गराउनु, पैसा दिएर दूरदराजका गरिब तर राम्रा केटीहरुको मोलमोलाई गर्नु, शारिरीक तथा मानसिक रूपमा सेक्स वर्करलाई प्रताड़ित गर्नु, उमेरै नपुगेकी १२१३ बर्षकी केटीलाई औषधी खुवाएर छिट्टै जवानी परोसन तयार गराउनु अनि ग्राहकहरुसँग लुटपाट, बदशुलकी र जबरदस्ती यी काम मनपरी हुन्छ बेश्यालयमा। कोठाहरुमा कानुन चल्ने भनेको कोठा मालिकको हो। उनिहरु स्वतंत्र छन मनपरि गर्न। कहिलेकाही उजुरी आएर पुलिस गएपनि पैसा खाएर कोठा मालिक र दलालकै पक्षमा बोल्ने जनगुनासो आईरहन्छ।
के भन्छन त बेचिएका चेली रेस्क्यु गर्ने सँस्था ?
नयाँ दिल्लीमा बेचिएका नेपाली चेलीहरुको रेस्क्यु गर्दै आईरहेका सँस्थाहरु हेल्प नेपाली मिसन, प्रवासी नेपाली मित्र मन्च र नवगठित सँस्था नेपाली देशभक्त आवाजले बिभिन्न ठाँउबाट नयाँ दिल्ली तथा तेस्रो मुलुकमा बेचिन लागेका कयौ चेलीहरुको उद्धार गरेको छ। माईती नेपालले बोर्डरमा कडा निगरानी थालेपछि पछिल्लो पटक चेलिबेटी बेचबिखनका घटनामा निकै कमि आएको छ। “हामीहरुले बेच्ने नियतले दिल्ली ल्याएका चेलीहरुको उद्धार गरेर सकुसल घर फर्काएका छौ तर जिबी रोड भित्रका पिडितको उद्धारका लागि दुताबास तथा स्थानीय प्रशासनको समन्वय हुन जरुरी छ” नेपाली देशभक्त आवाजका संस्थापक अध्यक्ष बाबु रोकाले भने। बिभिन्न चरणहरुमा हेल्प नेपाली मिसनले पनि बेचिएका या बेचिन लागेका चेलीहरुको रेस्क्यु गरेर दुताबास पुर्याएको थियो। अन्य राजनीतिक संगठनहरु र दुताबासले पनि हातेमालो गरेर चेली बेटी बेचबिखनको बिरुद्ध आवाज उठाउनु पर्ने देखिन्छ।
मलाई जिबी रोडको यात्राले सोचमा डुवायो। दिल्लीको चकाचौंधमा भासिएका ति सपनाहरु सँगै गुजिल्टिएका ब्याथाका पोकाहरु अनि ति अबोधको छातिमा लागेको दाग कसरी पखालिन्छ? कमला त यो घटनाकी प्रतिनिधि पात्र हुन्। हजारौ चेलीहरु छन भारतका महानगरहरुमा जस्ले नरकको जीबन जिउन बाध्य छन्। के छ यसको समाधान? अनि जन्म दिने बाबु आमालाई पन्छाएर कथित प्रेमीसँग आकाशमा उड्ने सपना देख्ने ति चेली पनि कठघरामा आउनु पर्दैन ? दोष केवल सिस्टमको मात्र हैन, दोष हाम्रो सोच र समझको पनि हो। घरपरिवारलाई मामको जोहो गर्न भारतका महानगरहरुमा भाषिने नेपाली युवाहरुको बेश्यालयप्रतिको आकर्षक किन? यि सबै पक्ष जागरुक भए मात्र नेपालीहरुको शिर ठाडो हुन्छ। तसर्थ एक गलत कदम चाल्नु अघि सयौं बार अवश्य सोचौ।
(स्थलगत रिपोर्ट)-himalpost


Thursday, July 21, 2016

गुल्मी दिगामका ऋषिराम पन्थको हत्या आरोपमा दिगामकै सुबेदी पक्राऊ

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, साउन ६ ।



ऋषिराम पन्थको हत्या अरोपमा गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ९ भान्डाडा निवासी वर्ष ३२ का बिष्णु सुबेदीलाई आज बिहान दिल्ली पुलिसले पक्राऊ गरेको दिल्ली पुलिसलाई उधृत गर्दै तेहाबाट खिम लाला पन्थले जानकारी दियाका छन्न, आर्थिक लेन देन को विषयलाई लियर हत्या भयको पनी उनले जानकारी दिय, ब्रिस्तित जानकारी भने दिल्ली पुलिसको आनुसंधान पछी थाहा हुने छ ।



रोजगारीको शिलशिलामा करिब १२ बर्ष देखि दिल्लीमा काम गर्दै आएका गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ८ बिसौना घर भयका ३७ बर्षीय ऋषिराम पन्थको घाटी रेटी दिल्ली स्थित मोतिनगर WZ -100 बसाइधारा मा गत १४ तारिक बिहिबार उनकै कोठाको ताला तोडेर हेर्दा त्यहा उनको सडिकेको लास फेला परेको थियो पोष्टमार्टम पछि उनको सतगत गरिएको छ, हत्या भएको पाँच दिन पछि उनको लास फेला परेको थियो ।
हत्या आरोपी:बिष्णु सुबेदी


सडिकेको ऋषिराम पन्थको लास




Tuesday, July 19, 2016

गुल्मी दिगामका ऋषिराम पन्थको दिल्लीमा घाँटी रेटी हत्या

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, साउन ५ ।
रोजगारीको शिलशिलामा करिब १२ बर्ष देखि दिल्लीमा काम गर्दै आएका गुल्मी जिल्ला दिगाम गाबिस वार्ड नम्बर ८ बिसौना घर भयका ३७ बर्षीय ऋषिराम पन्थको दिल्ली स्थित मोतिनगर WZ -100 बसाइधारा मा गत १४ तारिक बिहिबार हत्या भएको पाँच दिन पछि उनको लास फेला परेको थियो ।
मृतकका दाजु कमल पन्थ र बिनोद खनालको अनुसार ऋषिराम कोठामा एक्लै बस्ने गर्दथे उनका श्रीमती एक छोरा र एक छोरी रुपन्देही भैरहवामा बस्छन ऋषिराम बस्ने कोठाबाट दुर्गन्धको बासना छिमेकी को घरमा फ़ैलिएपछि छिमेकीहरुले पुलिस लाइ खबर गरेपछि मृतक ऋषिराम को कोठाको ताला तोडेर हेर्दा त्यहा उनको सडिसकेको लास फेला परेको थियो दिल्लीको गर्मीले लासमा किरा परेर लास सडिसकेको थियो पोष्टमार्टम पछि उनको सतगत गरिएको छ ।
हत्या किन कसरी र कसले गर्यो भन्ने कुरा अझै सम्म पत्ता लागेको छैन तर हत्यारालाइ जसरि भएपनि पक्राउ गर्न दिल्ली पुलिसलाइ नेपाली राजदुतावास का एस एस पी यादव खनालले जोड दिनु भएको छ भने घटनाको छानबिन को लागि दिल्ली पुलिसमा केस दर्ता भइसकेको छ । - DC Nepal

Wednesday, December 10, 2014

बहराइनमा नेपाली युवाले गरे आत्महत्या

एम लाल बेलबासे / गुल्मी दिगाम सेरोफेरो बहराइन, मंसिर २४। 
बिदेशमा नेपालीहरुले दिनप्रतिदिन आत्महत्या गरेर मरेको खबर आइरहेको बेला आज फेरी त्यस्तै अर्को दु:खद समाचार आएको छ हिजो अर्थात मंसिर २३ का दिन मोरङ जिल्ला बयरबन स्थायी घर भइ हाल बहराइनमा कार्यरत योगेन्द्र कार्कीले आत्महत्या गरेकाछन् ।

मृत्यु शाश्वत सत्य हो । कसैले पनि टारेर टर्न सक्दैन यो त सवैलाई थाहा भएकै कुरा हो । तर जव मानिस आफै मृत्युको मुखमा खुशीखुशी जान तयार हुन्छ त्यो पनि जवानीमै भने त्यसका पछाडी केही न केही कारण त पक्कै पनी हुन्छ विशेष गरी विदेशमा रहेका नेपालीले आत्महत्या गरेको हामी बाक्लै सुन्न पाउँछौ । हुनत देशभित्रै पनि नेपालीहरुले आत्महत्या गर्ने दर कम छैन तर यसरी आत्महत्या गर्दैमा समस्याको समाधान भने पक्कै हुदैन बरु यसले घर परीवारमा अझ दु:ख पीड़ा थपिदिन्छ मृत्युसंग नडराउने तर जीवनका सबै पक्षका सघंर्ष संग डरायर आत्महत्या गर्ने कातरहरुले सामाजीक समवेदना समेत पाउदैनन् । समाज,घरपविार देखि लिएर साथीभाई सबैले आत्महत्या गनेै लाई धिक्कार दिन्छन् । मूर्ख मानिसले मृत्युपछि पनि दुखःदिन्छ भन्ने हाम्रो सामाजीक मान्यता अनुसार आत्महत्या गर्ने मानिसले कानुनको दृष्टीकोड बाट पनि अरु मानिसलाई अप्ठरो गराएर दुखःदिने काम गरिरहेको हुन्छ अझ बिदेशमाको हकमा भन्नु पर्दा त अंतिम दाहसंस्कारको लागि शवसमेत परिवारजन को जिम्मा लगाउन समेत अनेकौ समस्या झेल्नु पर्ने हुन्छ ।

राज्यको दृष्टिकोण आत्महत्या गर्ने सामाजीक समस्या प्रति केन्द्रित हुन सकेको छैन । यसलाई न्युनिकरण गर्दै रोक्न सकिएन भने यसले समाजमा ठूलो समस्या खडा गर्दछ । समस्या पर्‍यो भन्दैमा आत्महत्या हैन समस्याको समाधान तर्फ लागौ, आशा गरौं आउदा दिनहरुमा अरु यस्ता दु:खद समाचार सुन्न नपरोस ।

Saturday, November 29, 2014

अन्तरजातीय विहे गर्ने जोडीको केटी पक्षद्वारा हत्या

लखनउ, मंसिर १३।
भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा परिवारको सहमति बिना बिहे गर्ने एक जोडीको  घाँटी रेटेर हत्या भएको छ। फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए। दानसिताको परिवारलाई बिहेलाई स्वीकार गरेका थिएनन। शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरु अलग अलग बस्नु पर्ने उर्दी जारी गरेको थियो।

प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले शनिबार बिहान सोनुको आँगनमै उनको घाटी रेटेर हत्या गरेका थिए। आवाज सुनेर बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

Saturday, November 8, 2014

साउदीमा मृत्युदण्ड पाएकी शोभाको परिवारलाई आठ लाख आठ हजार ८८८ सहयोग

यमलाल बेलबासे/ गुल्मी दिगाम सेरोफेरो। बहराईन, कात्तिक २२ - साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपालले आर्थिक सहयोग गरेको छ छ। गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद गाविस वडा नं ३ भावर निवासी वर्ष ३१ की शोभा परियारलाई दलित एकता सन्जाल नेपाल ले सन्जाल अभीयन्ता र सन्जाल को NCC हरु रहेको देश हरु मा चलाएको आर्थीक सहयोग संकलन अभियान बाट संकलित राहत रकम रु आठ लाख आठ हजार ८८८ सहयोग गरियको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वयका संयोजक नारायण रपाल विश्वकर्माले जानकारी दिनुभयको छ।

सञ्जालमा सङ्कलन भएको उक्त रकम आज तनहुँको दमौलीमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरियको छ। उक्त रकम शोभाको बिरामी ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गरेको बताइएको छ।

साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो। तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो।

संयोजक विश्वकर्माले नेपालीहरू संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो समुदायको हक, हित र उत्थानका निम्ति दलितहरू आफै चेतनशिल र जागरूक हुदै संगठित हुने क्रम बढ्दै गयको बताउनुभयो साथै अहिले सम्म दलित एकता सञ्जालले बिभिन्न सात राष्ट्र मा आफ्नो संजाल बिस्तर गरी सकेको पनी उहाले जानकारी दिनुभयो।


Sunday, July 27, 2014

बलिउडमा बबाल मच्चाउने नेपालीहरु

काठमाडौं, साउन ११ ।
 नेपाली रजतपटका खलनायक ‘राते काँइला’ अर्थात् सुनील थापा बलिउडमा फेरि छाएका छन् । थापाले बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको बक्सिङ प्रशिक्षक बन्ने मौका पाएका हुन् । हिन्दी चलचित्र ‘मेरी कोम’मा थापा प्रियंकालाई बक्सिङ सिकाउँछन् । गत बुधवार सार्वजनिक सो चलचित्रको ट्रेलरमै पटक–पटक थापालाई देख्न पाइन्छ । यसबाट पनि चलचित्रमा उनको मुख्य भूमिका रहेको स्पष्ट हुन्छ । बलिउड थापाको लागि नयाँ भने होइन । सन् १९८१ मा ‘एक दुजे के लिए’ बाट बलिउडमा अभिनय यात्रा थालेका थापाले सन १९८१ कै ‘मानव हत्या’, १९८२ मा ‘आज की आवाज’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् । त्यसपछि एकैपटक उनले सन १९८९ मा ‘मनु द ग्रेट’, ‘अलबेला नसीबवाला’मा अभिनय गरे । चर्चित निर्देशक संजय लिला भन्सालीले निर्माण गरेको ‘मेरी कोम’ले भने अभिनेता थापालाई फेरि बलिउडमा स्थापित गर्ने संभावना बढेको छ । २०४६ सालतिर प्रदर्शनमा आएको सुपर हिट चलचित्र ‘चिनो’मा थापाको राते काईंलाको भूमिकालाई दर्शकले औधी रुचाए । चलचित्र ‘चिनो’ ७५ हप्तासम्म चल्यो । चलचित्र ‘ठुल दाई’, ‘आगो’ देखी पछिल्लो चलचित्र ‘मुखौटा’सम्म आइपुग्दा उनले धेरै नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

 सीमा छिचोल्दै 

नेपाली कलाकारले चलचित्रको देशीय सीमा छिचोलेका छन् । बलिउड र पाकिस्तानी चलचित्रमा मात्र हैन, हलिउडमा पनि नेपाली कलाकारको क्षमताको परख भइरहेको छ । मुम्बईमा कोही संघर्ष गरिरहेका छन् भने कोही स्थापीत भइसकेका छन् । नायिका झरना बज्राचार्यले बलिउड चलचित्र ‘लभ इन नेपाल’मा अभिनय गरेर आफ्नो सेक्सी काया प्रर्दशन गरेकी थिइन् । तर त्यो चलचित्रपछि उनी बलिउडमा देखा परिनन् । नायक विराज भट्ट भारतमै बनेका भोजपुरी चलचित्रमा अभिनय गरिरहेका छन् । बलिउडमा स्टण्ट ब्वाईको रुपमा चर्चामा आएका निखिल उप्रेती केही समय नेपाली चलचित्रमा एक्सन हिरोका रुपमा चर्चामा आए । अहिले नायक निखिल फेरि मुम्बईमै संघर्षरत छन् । नेपाली मुलका प्रशान्त तामाङ इण्डियन आइडल बने । नेपाली मुलकै उदीता गोस्वामीले चलचित्र ‘अक्सर’मा काम गरेर ख्याती कमाइन् । बुटवलकी ११ वर्षीया तेरिया मगरले डिआइडी मास्टर्सको उपाधी जितेर नेपाली पनि नाच्न कम छैनन भन्ने साबित गरिन् । नेपाली मुलका डेनी डेन्जोंगा त चरित्र अभिनेताका रुपमा शिर्ष स्थानमै छन् । मुम्बईमा संघर्ष गर्दा गर्दै र केही सफलताकै बीच गायक कुमार कान्छाले यो संसार छाडिसकेका छन् । फोटोग्राफर राकेश श्रेष्ठले पनि मुम्बईमा नाम र दाम कमाएका छन् ।

उदीतको उचाई

 बलिउडमा जमेका दर्जनौं कलाकार अहिले त्यहाँ शानको जिन्दगी बाँचीरहेका छन् । असीकोमध्य दशकमा हिन्दी चलचित्र ‘कयामत से कयामत तक’का सदाबहार गीतबाट ख्याती कमाएका नेपाली गायक उदीत नारायण झा अहिले त्यहाँ किशोर कुमार, मोहमद रफीपछिकै लिजेन्ड गायक बन्न सफल भएका छन् । उदीतले भारतका विभिन्न भाषामा गीत गाएर आफुलाई विश्व विख्यात गायककै कोटीमा राखेका छन् । भारत रत्नलगायत दर्जनौं राजकिय सम्मान पाइसकेका उदीतपछि अब उनका छोरा आदित्यले पनि मुम्बईमा कमाल देखाइरहेका छन् ।

मनीषा मोहनी

 ‘सौदागर’बाट अभिनय यात्रा थालेकी अभिनेतृ मनीषा कोइरालाले दर्जनौं हिट चलचित्रमा अभिनय गरेर आफुलाई स्थापीत नायिकाका रुपमा चिनाएकी छन् । हाल क्यान्सरको उपचारपछि उनी चिकित्सककै सल्लाहमा ग्लेमरस क्षेत्रबाट अली टाढा छिन् । ‘उडायो सपना सबै हुरीले’का गायक मुरलीधर पनि मुम्बईमा विभिन्न विधामा स्थापीत छन् । हिन्दी सिरियल महाभारतमा अभिनय गरेका मुरलीधर अहिले पनि त्यहाँ गायन र अभिनयमा जमेका छन्् । नेपाली चलचित्र ‘सम्झना’ ‘तृष्णा’, ‘सम्पत्ती’ र ‘सपना’लगायतका नेपाली चलचित्रमा अभिनय हिन्दी, मैथली र भोजपुरी चलचित्रको क्षेत्रमा उनको ख्याती छ ।

 बर्फीका भोला 

नेपाली रंगकर्मी भोला सापकोटाले पनि सन् २०१३ को सेप्टेम्बरमा प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘वर्फी’मा मौका पाए । चलचित्रमा भोला चर्चित अभिनेता रणवीर कपूरको साथीको भूमिकामा छन् । चलचित्र ‘आचार्य’का निर्देशक प्रशान्त रसाइलीमार्फत भोलाले त्यो चलचित्रमा मौका पाएका थिए । निर्देशक अनुराग बसुले चलचित्रका लागि कलाकार खोज्ने क्रममा प्रशान्तसँग पनि सल्लाह गरेपछि प्रशान्तले गुरुकुलका कलाकारको रुपमा भोलाको फोटो पठाएका थिए । फोटो हेरेपछि भोलालाई मुम्बई बोलाइएको थियो । ‘चलचित्र छायांकनका क्रममा एक दम रमाइलो भयो । अभिनेता मसँग रणवीरले एकदम राम्रो व्यवहार गरे । प्रायः नेपालका ठुला कलाकार आफ्ना को एक्टरसँग सल्लाह गदैनन्, तर रणवीरले मसँग सल्लाह गर्थे’, भोला भन्छन् । भोला यो चलचित्रमा रणवीर कपुर अर्थात वर्फीको बच्चादेखी बुढोसम्मको साथी हुन्छन् । वर्फीलाई विरामी पर्दा हेर्ने र रमाइलो गर्ने उनको भूमिका छ । ‘मुम्बईबाट फेरि अर्को चलचित्रमा काम पाएको छु । तर त्यसको नाम नभनौं’, भोला भन्छन् ।

 क्यामरामा विनोद

 नेपाली मुलका बिनोद प्रधानले सिनेम्याटोग्राफीका क्षेत्रमा मुम्बइमा तहल्का नै मच्चाएका छन् । ‘सम्झना’, ‘कुसुमे रुमाल’ र ‘तृष्णा’जस्ता नेपाली चलचित्र छायांकन गरेका बिनोदले पुनेको फिल्म इन्स्टीच्युटबाट सिनेम्याटोग्राफीको अध्ययन गरेका हुन् । पहिलो चलचित्र ‘परिन्दा’देखी पछिल्लो चलचित्र ‘भाग मिल्खा भाग’सम्म आइपुग्दा दर्जनौं चलचित्र छायांकन गरिसकेका छन् । विनोदले नै संजय लिला भन्सालीको चलचित्र ‘देवदास’को छायांकन गरेका हुन् ।

 निर्देशनमा कमलकृष्ण

 भारतीय निर्माताद्वय इदरीस खान र अजर खानले निर्माण गरेको हिन्दी चलचित्र ‘तेरे इश्क मै’को निर्देशन गरेर नेपाली निर्देशक कमलकृष्णले बलिउडमा निर्देशनमा पनि नेपालीको पहुँच बढाएका छन् । यो चलचित्रको छायांकनका क्रममा निर्माता अजर खानले भनेका थिए, ‘मनीषा कोइराला र उदित नारायण झाले भारतमा गएर संघर्ष गरेरै राम्रो स्थान बनाए । अब कमलकृष्णले पनि भारतमा ठुलो पहिचान बनाउनेछन् । कमलकृष्णले यसअघि पनि हिन्दी सिरियलहरु ‘चन्द्रकान्ता’, ‘शक्तिमान’, ‘युग’, ‘जुनुन’मा अभिनय गरेर मुम्बईमा घर नै किनेका छन् । नेपाली चलचित्र ‘रावण’, ‘फुलस्टप’ र ‘प्राण भन्दा प्यारो’मा अभिनय गरिसकेका कमलकृष्ण भन्छन, ‘मुम्बईमा लामो संघर्षको अनुभवकैकारण भारतीय मुलधारको चलचित्र निर्देशन गर्ने मौका पाएको हुँ ।’

‘दबंग’मा नवराज

 बलीउडमा सुनील थापा मात्र हैन, अन्य नेपाली कलाकारले पनि चरीत्र अभिनयमा आफ्नो क्षमता देखाएका छन् । सलमान खानको चर्चित चलचित्र ‘दबंग’मा नेपाली कलाकारले समेत अभिनय गरेका छन् । नेपाली कलाकार नवराज विश्वकर्माले यो चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका छन् । चलचित्रमा नवराज ‘मुच्छर सिंह’ नाम गरेका खलनायकको भूमिकामा छन् । आफ्नो भीमकाय शरीर र बेजोड आवाजका कारण नवराजले थुप्रै हिन्दी र मराठी चलचित्रमा पनि काम गरिसकेका छन् । निर्माणमा दिवस बलीउडमा नेपाली निर्माताले पनि नाम कमाउन थालेका छन् । निर्माता दिवस बाबु पुरीले हिन्दी चलचित्र ‘बिन फेरे फ्रि मे तेरे’ निर्माण गर्दा करीब ४ करोड भारतीय रुपैयाँ लगानीमा गरेका छन् । १२ करोड भारुमा बनेको यो चलचित्रमा बाँकी रकम अन्य निर्माताले लगानी गरेका हुन । गत जेठमा प्रदर्शनमा आएको यो चलचित्रले अपेक्षित व्यापार गरेको बताइन्छ । यो चलचित्रमा आर्स देवल, अर्षिता अग्रवाल, गोविन नामदेवलगायतका कलाकारले अभिनय गरेका छन् । मनोज शर्माले निर्देशन गरेको यो चलचित्र कमेडीले भरीएकाले दर्शकले मन पराएका थिए ।

 उषाको उभार

 करीव चारवर्षदेखी मुम्बईमा संघर्ष गरेपछि नेपाली नायिका उषा पौडेलले पनि बलीउड चलचित्रमा मौका पाएकी छन् । उनले चलचित्र ‘सनु लडकी’मा सह अभिनेत्रीको भूमिका निर्वाह गरेकी छन् । ओस्कार विजेता चलचित्र ‘स्लम डग मिलेनियर’का एक अभिनेता अंकुल विकलको जोडीमा बनेकी उषाले मुम्बईमा भने आफुलाई रुक्मणीका रुपमा चिनाएकी छन् । केही समय पहिले काठमाडौं आएको बेला उनले भनेकी थिईन्, ‘मेरो वास्तविक नाम रुक्मणी नै हो । पासपोर्टमा पनि यही नाम छ । त्यसैले मुम्बईमा पनि यही नामले चिनिएँ ।’ नेपाली चलचित्र ‘मुना मदन’की मुना उषा अर्थात् रुक्मणीले हालसम्म चालिस वटा नेपाली चलचित्रमा मुख्य नायिका छिन् ।

 पाण्डेको प्रख्याती

 गुल्मी अस्लेवाका लोकनाथ पाण्डे सात कक्षा पढ्दा पढदै कामको खोजीमा मुम्बई पुगेका थिए । अहिले उनी मुम्बईमा चर्चित छन् । हिन्दी टिभी च्यानल सोनीबाट प्रशासन हुने टेलिसिरियल ‘अमर धरा’को निर्देशन गरेर चर्चामा आएका पाण्डेले सहारा च्यानलबाट प्रशारीत ‘माताकी चौकी’, ‘मान रहे तेरा पिता’, ‘अग्ले जनम मोहे वेटिया होगी’लगायतको निर्देशन गरिसकेका छन् । सुरुमा ‘तारा’ सिरियलमा काम गरेका पाण्डेले जि टिभीबाट प्रशारण भएका ‘दिवार’, ‘सटर्डे सस्पेन्स’, ‘एक्सजोन’ र ‘संसार’लगायतका सिरियलमा सहायक निर्देशक भएर काम गरे । यो अनुभवपछि उनले मिडिटेक कम्पनीमा आवद्ध भई ‘कभी बिबी कभी जासुस’मा मुख्य सहायक निर्देशकको रुपमा काम गरे । अचेल निर्देशकका रुपमा उनी मासिक ४ लाख भारु कमाउँछन् ।

 हलीउडमा पनि

 कुनैबेला पाकिस्तानमा ‘शिवा’का नामले प्रख्यात भएका नेपाली नायक शिव श्रेष्ठ सन् १९८० को दशकमा पाकिस्तानी चलचित्रमा छाएका थिए । शिवले ‘हम से जवान’बाट अभिनय यात्रा थालेका शिवले दर्जनौं पाकिस्तानी चलचित्रमा काम गरेर ख्याती कमाए । ओस्कार मनोनीत हलीउड चलचित्र ‘क्याराभान’मा मुख्य भूमिकामा अभिनय गरेर डोल्पाका थिन्लेले विश्वमै ख्याती कमाए । नायक राजबल्लभ कोइरालाले हलीउड चलचित्र ‘हाइवे टु धम्पुस’मा अभिनय गरेका छन् । त्यसैगरी हलीउड चलचित्र ‘काठमाडौं ः अ मिरर इन द स्काई’मा कलाकार सौम्यता भट्टराईको अभिनय हेर्न पाइन्छ ।

रेसुङ्गाको साउने मेलाको रौनक – फोटो फिचर

प्रेम सुनार गुल्मी, साउन ११ ।
शनिवार भव्य रुपमा साउने मेला सम्पन्न भए पनि अघिल्लो दिन देखि सदरमुकाम तम्घासमा विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषण गर्न सकिएन् । परम्परा देखि साउने मेलामा गरिदै आएको स्थापति शिव पञ्चायन, राधाकृष्ण, शिद्ध वाल शिद्ध, विष्णु पादुका , शिवालय, रुद्री, व्राम्ह पोखरीको पुजा गरिएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । यस पालीको साउने मेलामा फरक के देख्न सकिन्थ्यो भने नाच गान कम र पुजा पाठमा मानिसहरु बढि लिन । तर माथी यज्ञशालामा त्यस्तो देखिए पनि तल महादेव पोखरीमा धर्मका लागि भन्दा पनि रमाईलोका लागि आउनेहरु बढि देखिन्थे । साथीहरु विच रमाईलो गर्ने र खान–पिनका लागि जंगलतिरको एकान्त खोज्नेहरु विगतमा भन्दा कम थिएनन् । वेला वेलामा वर्षा भई रहे पनि मानिसहरुको भिड साँझ सम्म रहेको थियो । साउने मेलामा रेसुङ्गाको विकासका लागि थुप्रै दानविरहरुले दक्षिण दिएको अध्यक्ष भुसालले बताए । धुर्कोट रजस्थल–५ की तिला केसी, देवदह–३, रुपन्देहीका केशव राना र जैसीथोक ९, गोपेगाउँकी सिता केसीले प्रति व्याक्ती २५ हजारका दिएर आजिवन सदस्य बनेको भुसालले जानकारी दिए । त्यस्तै कृषि विकास कार्यालयका वरिष्ठ कृषि किवास अधिकृत चेतनाथ अधिकारीले रेसुङ्गामा बस्ने पिठादिशका लागि शिरक डस्नाहरु प्रदान गरेका थिए । अध्यक्ष भएको पहिलो वर्षमा भुसालले अपार सहभागिताका साथ पुजा सम्पन्न भएको दावि गरे ।
 प्रस्तुत छ केहि तस्वीहरु साउने मेलाको ……………











Friday, June 6, 2014

आफ्नैले पार्छन् चेलीलाई बिचल्ली

होम कार्की, मनमा (बहराइन) जेष्ठ २३ । 
खुरुखुरु मालिकको घरमा काम गरिरहेकी युवतीलाई आफ्नै देशको युवकले फकाउन थाल्छ । घुमफिरको दैनिकी, अनि राम्रो कमाइको प्रलोभनमा उनी हाउसमेडको काम छाडेर उसकै पछि लाग्छिन् । सुरुमा दुवै साथै बस्छन्, रमाइलो गर्दै । जब खर्चको पारो बढ्दै जान्छ, समस्या सुरु हुन्छ । तीतो सम्बन्धमा हिंसा प्रवेश गर्छ, युवती बाटामै आइपुग्छिन् । 'नेपाली हाउसमेडहरूलाई नेपालीले नै भगाउँछन्, निहित स्वार्थका लागि,' बहराइनस्थित नेपाली दूतावासका कार्यालय प्रमुख ओमकुमार भण्डारीले भने, 'यसले हाम्रा चेलीको बिचल्ली हुँदै गएको छ । खाडी क्षेत्रमा बहराइन तुलनात्मक रूपमा खुला समाज हो । राजधानी सहर मानमामा अन्य कट्टर मुस्लिम सहरहरूभन्दा विपरीत खुला सामाजिक जीवनको सुविधा छ । यही परिवेशमा संख्यात्मक रूपले बढ्दै गएको नेपाल आप्रवासी कामदार समुदायमा आफैंलाई मर्का पर्ने व्यवहार मौलाउँदै गएको छ । 'बदमास नेपाली दाजुभाइकै कारण चेलीहरू पीडित छन्,' समस्यामा परेका महिलाहरूलाई उद्धार गर्दै आएकी सिन्धुपाल्चोककी कृष्णकुमारी बिष्ट भन्छिन् । घरेलु कामदारले मासिक तलब सालाखाला ७५ डिनार (करिब १९ हजार रुपैयाँ) सम्म पाउँछन् । यहाँ पनि कतिपय मालिकले नेपाली चेलीहरूलाई घरमै थुनिराख्ने, नियमित तलब नदिने गर्छन् । यही समस्याले समेत चेलीहरू भागेर सजिलो खोज्छन् । बाहिर आइसकेपछि स्थानीय कानुनअनुसार अवैध भइन्छ । अवैध कामदारले बाहिर सजिलै काम पनि पाउँदैनन् । यस्तो परिबन्दमा परेका चेलीहरूले रेस्टुरेन्ट, डान्सबारमा जोखिमपूर्ण र शोषित अवस्थामा काम गरिरहेको समेत भेटिन्छ । कतिपयले अर्को अवैध धन्दा देह व्यापारका लागि कोठीसमेत चलाएको पाइन्छ । 'घरबाट निस्केपछि झन् यातना पाएँ,' राई थरकी एक युवतीले भनिन्, 'हामीले नचाहिएको काम गर्नुपरेको छ ।' यहाँ कठीन कुरा बस्नु नै हो । 'कोठाभाडा महँगो छ । भनेका जस्ता साथी पाइँदैनन् । एक्लैले त्यो तिर्न सकिँदैन,' उनले भनिन्, 'कि केटा साथीको शरणमा बस्नुपर्‍यो कि अवैध बाटो अपनाउनु पर्‍यो ।' नेपाली क्लब बहराइनले मालिकको घरबाट निस्केपछिको अवस्थामा अवैध गर्भ बोकेका युवतीलाई उद्धारसमेत गरेको छ । 'गाउँबाट आएका सोझा युवतीलाई केही भन्नेबित्तिकै फकिइहाल्ने । उनीहरू तावाको माछा भुंग्रोमा पर्छ भन्ने ख्याल गर्दैनन्,' क्लब अध्यक्ष दुर्गाबहादुर गिरीले भने, 'हामीले त्यस्ता धेरै महिलालाई उद्धार गरेर नेपाल पठाएका छौं । कतिपयलाई त बच्चासहित पठाउनुपरेको छ ।' दूतावासका भण्डारीका अनुसार भागेका महिलाहरू सहजै घर फिर्नसमेत पाउँदैनन् । 'भिसा लागेका हाउसमेडलाई स्पोन्सरले रद्द नगरेसम्म स्वदेश पठाउन सकिन्न,' भण्डारीले भने, 'अझ कतिपयलाई त चोरीको मुद्दा हालिदिन्छन् । उद्धार गरेर पठाउनै मुस्किल पर्छ ।

Monday, March 17, 2014

बनभोज तथा साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

कुमार अविरल पन्थी दोहा चैत्र ३ ।
गुल्मी सेवा समाज दोहा–कतारको बनभोज तथा साँस्कृतिक कार्यक्रम समाल मजरामा भब्यताका साथ सम्पन्न भएको छ । सस्थाका वर्तमान कार्यबाहक अध्यक्ष बिजय बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष टि वि.कार्की को प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि बिशेष अतिथिमा दोर्ण बस्नेत अतिथिहरु बिल गुरुङ, अमृत गुरुङ, रवी रोषी, केशव भुषाल, टंकनाथ भट्टराई, राय कुमार मंगल, कमलमणि गुरागाई, पूर्ण केसी, खगेन्द्र कार्की, रामहरी गैरे लगायत रहनु भएको थियो ।
सस्थाका सल्लाहकार भिम तरामु मगरले स्वागत मन्तब्यले उपस्थित सम्पूर्ण लाई स्वागत गर्नुभएको थियो । नेपालको झल्को मेटाउने स्थानमा कार्यक्रमको आयोजना गरिएकोले उपस्थित सम्पूर्ण निकै हर्षति देखिन्थे । कलाकार डोलराज परियारले रेसुङ्गाको पानीले हुर्कएिको म, गुल्मेलीको मायाले फुर्कएिको म भन्ने बोलको गीत गाउँदा उपस्थित सबैको मुटु छोएको थियो । गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिति रहेको कार्यक्रममा कलाकारहरु डोलराज परियार, अविरल अजित, इन्दिरा शाह, बिक्रम बुडाथोकी दिपक बुढामगर, निसान, बब्लू (लक्की) लगायतले उपस्थित सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले सस्था नितान्त निस्वार्थ सेवा गर्ने सस्थाको रुपमा अघि बढिरहेको र सम्पूर्ण गुल्मेली हरुलाई हरेक क्षेत्रमा एकता बद्द भएर अगाडी बढ्न आग्रह गर्नुका साथै गुल्मेली मात्र नभई सम्पूर्ण नेपालीले बिदेशमा धेरै दुःख पिडा भोगिरहेको अवस्थामा सम्पूर्ण गुल्मेलीहरु एकजुट भएर अगाडी बढ्न सके यहाको समस्या समाधानमा सहज हुने कुरामा बिशेष जोड दिएका थिए । कार्यक्रमको सञ्चालन भने कुमार अविरल पन्थीले गर्नु भएको थियो ।
unnamed (2)unnamed (4)
 unnamed (3)

 unnamed (1)
 unnamed
 unnamed (16)
 unnamed (15)
 unnamed (14)
 unnamed (13)
 unnamed (12)
 unnamed (10)
 unnamed (9)
 unnamed (8)
 unnamed (7)
 unnamed (6)
 unnamed (5)

Tuesday, February 4, 2014

अब देखि ओझेलका खबर अस्ट्रेलियाबाट पनि बज्ने

एम लाल बेलबासे,
राष्ट्रपति रामवरण यादव ज्युवाट सम्मानित भई सकेको अस्ट्रेलियाबाट सञ्चालित नेपाली सञ्चार रेडियो ४७÷७ बाट आज देखि हरेक मंगलवार अस्ट्रेलियाको समय साँझ ९ वजे ओझेलका खवर प्रशारण हुने कुरा स–गौरव जानकारी गराउन चाहन्छौं । नेपाली सञ्चार नेटवर्क अस्टे«लियाका निर्देशक प्रमोद के सोनी ज्युका अनुसार दुखी, असाहयहरुको उद्धार र उठ्न नसकेका विषयलाई उठाउने जमर्को गरेकोले आझेलका खवर सो सञ्चार नेट वर्कको छनौटमा परेको हो ।

लाखौं प्रवासी नेपालीहरुको धड्कन मानिने नेपाली सञ्चार रेडियोमा ओझेलका खवरलाई स्थान दिनु भएकोमा त्यस नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया परिवारप्रति ओझेलका खवर युनिट हार्दिक आभार प्रकट गर्दछ ।
यस अवसरमा यस ओझेलका खवर सुरुमा उत्पादन गरेर यहाँ सम्म ल्याई पुराउने रेडियो रेसुुङ्गा, अहिले रेडियो स्काई, रेडियो गुल्मी, रेडियो रुरु, रेडियो रिपब्लिक, रेडियो ढोरपाटन, नयाँ एफएम सन्धीखर्क लगायत ओझेलका खवर युनिटका रुपमा सहकार्य गर्दै आई रहेको गुल्मी न्युज डटकम, गुल्मी टाईम्स डटकम, गुल्मी टुडेडटकम, हाम्रो गुल्मी न्युज डटकम, बुटुवल अनलाईन्, धौलाश्री अनलाईन् , बुटुवल अनलाईन्, फेशबुक पेज गुल्मी दिगाम सेरोफेरो, ओझेलका खवरलाई युट्यवमा पुराउने ज्ञवा सञ्चार आभियान, पल्लीकोट न्युज डटकमलाई आभार प्रकट गर्दै उहाँहरुलाई पनि बधाई दिन चाहन्छु किन कि यो प्रयास म एक्लैको थिएन् र यसको श्रेय सबैलाई बराबरी जान्छ ।

यसरी एकपछि अर्को मिडियाले रुचाएर स्थान दिदै जान थाल्नु भएकोले हामी सबै मिलेर यस ओझेलका खवरलाई अझ स्तरिय र खोज मुलक बनाउन कस्सीनु पर्ने महसुस भएको छ । यस अवसरमा ओझेलका खवरलाई उत्पादन गर्दाको सुरुवाका दिन स्मरण गर्न मन लागेको छ । नपत्याई नपत्याई सुरु गरिएको यो कार्यक्रम पचासौं श्रृंखला सम्म सामग्री खोज्न निकै कस्ट ब्यहोर्नु परेको थियो । तर अहिले अटी नअटाउ सामग्री भएकोले ओझेलका खवर भाग दुईका रुपमा हप्ताको दुई चोटी प्रशारण गर्ने सोंचमा छौं तर समय निकाल्न बढो मुस्कीले परेको छ ।

फेरी पनि म दोहराउन चाहन्छु कि ओझेलका खवरलाई यहाँ सम्म ल्याउने हात म एक्लैको हो भन्नु मेरो मुर्खता हुनेछ । यसमा गुल्मीका आदरणीय पत्रकार जनार्दन घिमिरे, घनाश्याम गौतम, रेडियो रुरुका स्टेशन मेनेजर युवराज बस्याल, रेडियो स्काईका सञ्चालक विष्णु भुसाल, गोपाल भुसाल, नवराज भुसाल गणेश श्रीपाली, हिरा एसी, ज्ञानबहादुर महतरा, लगायतका अग्रजहरुको सुझाव सल्लाह भुल्न नसकीने र निरन्तरता कायमै रहोस् भन्ने आग्राह गर्दछौं ।
त्यस्तै सक्रिय सहयोगी साथी एम खत्री, अहिले तुलसिंह, वसन्त, महेन्द्र लगायतका रेडियोकर्मी मित्रहरु सवैको सहयोग र सुझाव सल्लाह अनि गुल्मी, वाग्लुङ्ग, पाल्पा वल्लो भेग, स्याङ्गजा वल्लो भेग, अर्घाखाँची प्युठानका श्रोताको ठुलो हात छ जसले खान खान छोडेरै ओझेलका खवरको समय कुरेर बसी दिनु भयो र फोन मार्फत हाम्रो हौसाला बढाई दिनु भयो ।
पछिल्लो चरण प्रवासमा रहनु भएका देशैभरका नेपालीहरुले ब्याग्र पतिक्षाका साथ ओझेलका खवरलाई सुनि दिनु भएकोमा हामी आभार प्रकट गर्दछौं । १५६ औं श्रृंखलादेखि नेपाली सञ्चार रेडियो अष्ट्रेलियाबाट आज प्रशारण हुन गई रहेको अवसरमा हामी समस्त विज्ञापन दाता, सहयोगी, शुभ चिन्तक र प्रिय प्रिज श्रोतमा पुनःपुनः आभार प्रकट गर्दछौं ।


ओझेलका खवर युनिट
प्रवास शाखा ।

Wednesday, January 15, 2014

गुल्मेली समाज समिति बहराईनको बनभोज कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

कृष्ण बहादुर हमाल,बहराईन
गुल्मेली समाज समिति बहराईनको आयोजनामा १० जनवरी २०१४ को दिन बहराइनको जल्लाकमा भव्य रुपमा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
सो बनभोज कार्यक्रमको सञ्चालन उपाध्यक्ष हिमलाल पाण्डेले गर्नुभएको थियो भने सभापति गुल्मेली समाज समिति बहराइनका अध्यक्ष भीम कूँवरले गर्नु भएको थियो ।
सोही अबसरमा अध्यक्ष भीम कूँवरले उदघाटन मन्तव्य व्यत गर्दै भन्नु भयो हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको कार्यक्रममा सहयोग गर्ने कलाकारहरु , सहयोगी महानुभावहरु , गुल्मेली समाज समिति बहराइनका सम्पूर्ण साथीहरुलाई एकै थलोमा जमघट बनाएर सुःखदुःख एक आपसमा आदान प्रदान गर्ने उद्धेश्यका साथ बनभोज कार्यक्रमको आयोजना गरिएको जानकारी दिदैं सबैलाई अनुशासित रुपमा रमाइलो गर्नको लागी अनुरोध गर्नुभएको थियो ।
बनभोज कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु , मान्यजनहरु , कलाकारहरु लगायत इच्छुक महानुभावहरुको उल्लेख्य सहभागिता थियो । साथै सोही कार्यक्रममा सबैले आआफनो परिचय दिएका थिए लाग्थ्यो कार्यक्रममा सबैले गुल्मी जिल्ला सांगितिक रुपमा अगाडी भएको महशुश गराएको थियो किनकी सबैले आफनो परिचय लगभग गीतबाट नै दिएका थिए जसले गर्दा कार्यक्रमको रौनक नै बेग्लै थियो ।
कार्यक्रमको दोस्रो चरणमा साँगितिक कार्यक्रमको संचालन गुल्मेली समाज समिति बहराईनका साँस्कृतिक सचिव, लोकगायक तथा शब्द संकलक अशिम महतले गर्नु भएको थियो भने उदघोषण सहयोगी अर्घाखाची प्रवासी समाजका अध्यक्ष तथा नेपालीजनप्रगतिशिल मञ्च बहराइनका सहसचिव कर्ण थापा मगरले कार्यक्रम शुरु भएको थियो ।
सांगितिक कार्यक्रममा मोहन पौडेलले सान्नानीले झुक्कायो मलाई , अर्जून दुलालले तुलसी आँगनमा रोपौला, कर्ण थापाले रेशम फिरीफिरी , राजन सुवेदीले फेवातालमा साइली , अशिम महतले उकाली ओराली भन्ने गीतबाट सबैलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रममा बिश्व विनोद, सूर्य बलामी,सरीता दलार्मी, अरुण क्षेत्री , सुनिता दोङ्ग, सपना शेर्पा लगायतका कलाकारहरुले गीत तथा नृत्यबाट बनभोज कार्यक्रमलाई सांगितिक रमझममा बाँधेर राख्नुभएको थियो ।
रमाइलोपक्ष त के थियो भने कार्यक्रममा विदेशीहरु समेत नेपालको संगीतको तालमा चिसो मौसमको समेत पर्वाह नगरी कम्मर मकाई मकाई नाँचि रहेका देखिन्थे ।
समग्रमा कार्यक्रम बनभोज भएपनि कार्यक्रमस्थल जल्लाकनै नेपालीमय देखिन्थ्यो । यसरी भव्य रुपमा सम्पन्नभएको छ गुल्मेली समाज समिति बहराइनको बनभोज कार्यक्रम ।
कार्यक्रमको बारेमा सोधिएको एक प्रश्नमा गुल्मेली समाज समिति बहराईनका अध्यक्ष भीमकूँवर भन्नुहुन्छ “सबैलाई समेटेर जल्लाकको चिसो ठाउँमा कार्यक्रम सफल भएको देख्दा अत्यन्तै खुशी लागेको र त्यसको श्रेय सम्पूर्ण गुल्मेली समाज समिति बहराइनका सदस्यहरु, सहयोगीहरु, अतिथिहरु र कलाकारहरुलाई जान्छ उहाँहरू सबैलाई धन्यवाद”आफनो कार्यक्रमलाई मिडियामार्फत प्रचार प्रसार गरिदिनुभएको छ यो राम्रो कामभएको पनिबताउनुभयो ।
कार्यक्रम कस्तो भयो भनि सोधिएको एक प्रश्नमा सो समाजका कोषाध्यक्ष भीम गुरुङ्ग भन्नुहुन्छ “कार्यक्रमअति नै भव्य रुपमा सम्पन्न भएकोले खुशी छौ ।



Tuesday, January 14, 2014

लुम्बिनी वेलफेर सोसाइटी युएई को बनभोज कार्यक्रम सम्पन्न

luगीतामणि पाण्डेय ,दुबई
लुम्बिनी वेलफेर सोसाइटी युएईले अंग्रेजी नया बर्ष को अबसर पारेर युएईको फुजेराको मसाफी भन्ने ठाउमा बनभोज (पिकनिक ) कार्यक्रमको आयोजना गरि नया बर्ष २०१४ को शुभकामना आदान प्रदान का साथ पिकनिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ। बनभोज कार्यक्रम लुम्बिनी अन्चलबासि लगाएत  नेपाली दाजु भाइ दिदि बहिनिहरुलाइ आपसी भाइ चारा सदभाब बढाउने उद्धेश्यले गरिएको उक्त कार्यक्रममा अन्य जिल्लाका नेपालीहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।उक्त बनभोज कार्यक्रममा नेपाली स्वादको खसीको मासु , खसीको भुटुवा , खसीको सेकुवा ,कुखुराको सेकुवा , तरकारी , अचारको स्वाद लिदै नेपाली लोक बाजा , नेपाली गित , नेपाली डान्स हेर्ने र सुन्नेको र  हेर्नेको भिड देखिन्थ्यो यो कार्यक्रम अरु कार्यक्रम हरु भन्दा भिन्न देखिन्थ्यो ।
unnamed (3)
औपचारिक रुपमा सम्पन्न कार्यक्रममा सस्थाका अध्यक्ष डी एल शर्मा को सभापतिमा सम्पन्न कार्यक्रमको संचालन गीतामणि पाण्डे ले गरेका थिए भने सस्थाका प्रमुखहरु ,समाज सेवी , व्यवसायी , कलाकार , पत्रकारहरुको पनि बाक्लो उपस्थिति थियो ।अन्त्यमा  सभापति बाट त्यहाँ  उपस्थित सबैलाई नया बर्ष २०१४ को शुभकामना दिदै धन्यवाद दिएका थिए ।
 unnamed (2)unnamed (5) unnamed (4)