एम लाल बेलबासे / गुल्मी दिगाम सेरोफेरो बहराइन, मंसिर २४।
बिदेशमा नेपालीहरुले दिनप्रतिदिन आत्महत्या गरेर मरेको खबर आइरहेको बेला आज फेरी त्यस्तै अर्को दु:खद समाचार आएको छ हिजो अर्थात मंसिर २३ का दिन मोरङ जिल्ला बयरबन स्थायी घर भइ हाल बहराइनमा कार्यरत योगेन्द्र कार्कीले आत्महत्या गरेकाछन् ।
मृत्यु शाश्वत सत्य हो । कसैले पनि टारेर टर्न सक्दैन यो त सवैलाई थाहा भएकै कुरा हो । तर जव मानिस आफै मृत्युको मुखमा खुशीखुशी जान तयार हुन्छ त्यो पनि जवानीमै भने त्यसका पछाडी केही न केही कारण त पक्कै पनी हुन्छ विशेष गरी विदेशमा रहेका नेपालीले आत्महत्या गरेको हामी बाक्लै सुन्न पाउँछौ । हुनत देशभित्रै पनि नेपालीहरुले आत्महत्या गर्ने दर कम छैन तर यसरी आत्महत्या गर्दैमा समस्याको समाधान भने पक्कै हुदैन बरु यसले घर परीवारमा अझ दु:ख पीड़ा थपिदिन्छ मृत्युसंग नडराउने तर जीवनका सबै पक्षका सघंर्ष संग डरायर आत्महत्या गर्ने कातरहरुले सामाजीक समवेदना समेत पाउदैनन् । समाज,घरपविार देखि लिएर साथीभाई सबैले आत्महत्या गनेै लाई धिक्कार दिन्छन् । मूर्ख मानिसले मृत्युपछि पनि दुखःदिन्छ भन्ने हाम्रो सामाजीक मान्यता अनुसार आत्महत्या गर्ने मानिसले कानुनको दृष्टीकोड बाट पनि अरु मानिसलाई अप्ठरो गराएर दुखःदिने काम गरिरहेको हुन्छ अझ बिदेशमाको हकमा भन्नु पर्दा त अंतिम दाहसंस्कारको लागि शवसमेत परिवारजन को जिम्मा लगाउन समेत अनेकौ समस्या झेल्नु पर्ने हुन्छ ।
राज्यको दृष्टिकोण आत्महत्या गर्ने सामाजीक समस्या प्रति केन्द्रित हुन सकेको छैन । यसलाई न्युनिकरण गर्दै रोक्न सकिएन भने यसले समाजमा ठूलो समस्या खडा गर्दछ । समस्या पर्यो भन्दैमा आत्महत्या हैन समस्याको समाधान तर्फ लागौ, आशा गरौं आउदा दिनहरुमा अरु यस्ता दु:खद समाचार सुन्न नपरोस ।

0 $type={blogger}:
Post a Comment