Tuesday, February 4, 2014

अब देखि ओझेलका खबर अस्ट्रेलियाबाट पनि बज्ने

एम लाल बेलबासे,
राष्ट्रपति रामवरण यादव ज्युवाट सम्मानित भई सकेको अस्ट्रेलियाबाट सञ्चालित नेपाली सञ्चार रेडियो ४७÷७ बाट आज देखि हरेक मंगलवार अस्ट्रेलियाको समय साँझ ९ वजे ओझेलका खवर प्रशारण हुने कुरा स–गौरव जानकारी गराउन चाहन्छौं । नेपाली सञ्चार नेटवर्क अस्टे«लियाका निर्देशक प्रमोद के सोनी ज्युका अनुसार दुखी, असाहयहरुको उद्धार र उठ्न नसकेका विषयलाई उठाउने जमर्को गरेकोले आझेलका खवर सो सञ्चार नेट वर्कको छनौटमा परेको हो ।

लाखौं प्रवासी नेपालीहरुको धड्कन मानिने नेपाली सञ्चार रेडियोमा ओझेलका खवरलाई स्थान दिनु भएकोमा त्यस नेपाली सञ्चार नेटवर्क अस्ट्रेलिया परिवारप्रति ओझेलका खवर युनिट हार्दिक आभार प्रकट गर्दछ ।
यस अवसरमा यस ओझेलका खवर सुरुमा उत्पादन गरेर यहाँ सम्म ल्याई पुराउने रेडियो रेसुुङ्गा, अहिले रेडियो स्काई, रेडियो गुल्मी, रेडियो रुरु, रेडियो रिपब्लिक, रेडियो ढोरपाटन, नयाँ एफएम सन्धीखर्क लगायत ओझेलका खवर युनिटका रुपमा सहकार्य गर्दै आई रहेको गुल्मी न्युज डटकम, गुल्मी टाईम्स डटकम, गुल्मी टुडेडटकम, हाम्रो गुल्मी न्युज डटकम, बुटुवल अनलाईन्, धौलाश्री अनलाईन् , बुटुवल अनलाईन्, फेशबुक पेज गुल्मी दिगाम सेरोफेरो, ओझेलका खवरलाई युट्यवमा पुराउने ज्ञवा सञ्चार आभियान, पल्लीकोट न्युज डटकमलाई आभार प्रकट गर्दै उहाँहरुलाई पनि बधाई दिन चाहन्छु किन कि यो प्रयास म एक्लैको थिएन् र यसको श्रेय सबैलाई बराबरी जान्छ ।

यसरी एकपछि अर्को मिडियाले रुचाएर स्थान दिदै जान थाल्नु भएकोले हामी सबै मिलेर यस ओझेलका खवरलाई अझ स्तरिय र खोज मुलक बनाउन कस्सीनु पर्ने महसुस भएको छ । यस अवसरमा ओझेलका खवरलाई उत्पादन गर्दाको सुरुवाका दिन स्मरण गर्न मन लागेको छ । नपत्याई नपत्याई सुरु गरिएको यो कार्यक्रम पचासौं श्रृंखला सम्म सामग्री खोज्न निकै कस्ट ब्यहोर्नु परेको थियो । तर अहिले अटी नअटाउ सामग्री भएकोले ओझेलका खवर भाग दुईका रुपमा हप्ताको दुई चोटी प्रशारण गर्ने सोंचमा छौं तर समय निकाल्न बढो मुस्कीले परेको छ ।

फेरी पनि म दोहराउन चाहन्छु कि ओझेलका खवरलाई यहाँ सम्म ल्याउने हात म एक्लैको हो भन्नु मेरो मुर्खता हुनेछ । यसमा गुल्मीका आदरणीय पत्रकार जनार्दन घिमिरे, घनाश्याम गौतम, रेडियो रुरुका स्टेशन मेनेजर युवराज बस्याल, रेडियो स्काईका सञ्चालक विष्णु भुसाल, गोपाल भुसाल, नवराज भुसाल गणेश श्रीपाली, हिरा एसी, ज्ञानबहादुर महतरा, लगायतका अग्रजहरुको सुझाव सल्लाह भुल्न नसकीने र निरन्तरता कायमै रहोस् भन्ने आग्राह गर्दछौं ।
त्यस्तै सक्रिय सहयोगी साथी एम खत्री, अहिले तुलसिंह, वसन्त, महेन्द्र लगायतका रेडियोकर्मी मित्रहरु सवैको सहयोग र सुझाव सल्लाह अनि गुल्मी, वाग्लुङ्ग, पाल्पा वल्लो भेग, स्याङ्गजा वल्लो भेग, अर्घाखाँची प्युठानका श्रोताको ठुलो हात छ जसले खान खान छोडेरै ओझेलका खवरको समय कुरेर बसी दिनु भयो र फोन मार्फत हाम्रो हौसाला बढाई दिनु भयो ।
पछिल्लो चरण प्रवासमा रहनु भएका देशैभरका नेपालीहरुले ब्याग्र पतिक्षाका साथ ओझेलका खवरलाई सुनि दिनु भएकोमा हामी आभार प्रकट गर्दछौं । १५६ औं श्रृंखलादेखि नेपाली सञ्चार रेडियो अष्ट्रेलियाबाट आज प्रशारण हुन गई रहेको अवसरमा हामी समस्त विज्ञापन दाता, सहयोगी, शुभ चिन्तक र प्रिय प्रिज श्रोतमा पुनःपुनः आभार प्रकट गर्दछौं ।


ओझेलका खवर युनिट
प्रवास शाखा ।

0 $type={blogger}: