जनार्दन घिमिरे गुल्मी, १७ चैत ।
अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपांग केन्द्रले जिल्लाको दिगाम गाविसमा पुगेर अपांगताहरुको लागि निशुल्क शिविर संचालन गरेको छ । सदरमुकामसम्म पहुँच पुग्न नसकेका अङ्गगता भएका व्यक्तिहरुलाई घरदैलोमा पुगेर सेवा प्रदान गर्ने उद्देश्यले एक दिने निशुल्क शिविर संचालन गरिएको आशा अपाङ्ग केन्द्रकि उपाध्यक्ष गंगा रायमाझीले वताईन् ।
दिगाम गाविस स्थित गाउँ विकास समितिको भवनमा संचालन गरिएको निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविरमा जन्मजात हात खुट्टा वांगिएका, आगोले पोलेका, जन्मजात औंला बढी भएका, ओठ तथा तालु फाटेका, कानको समस्या भएका विरामीहरुको स्वास्थ्य परिक्षण गरिनुका अतिरिक्त कृतिम उपकरहरु वितरणका लागि आवश्यकता अनुसार विरामीहरुको नापजाँच गरिएको थियो ।
आफ्नै घर अगाडि अपाङ्गंता भएका व्यक्तिहरुको लागि पहिलो पटक शिविर संचालन भएकोमा स्थानीयवासीहरु निकै खुसि बनेको गाविस सचिव लीला बहादुर सिंजालीले वताए । आशाले ग्रामिण क्षेत्रका दुरदराजसम्म पुगेर अपाङ्गता भएका व्यक्तिहरुको लागि गरेको सेवा राज्यका लागि पनि अनुकरणीय र उदाहरणीय भएको शिविर निरिक्षणको क्रममा दिगाम पुगेका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले वताए । कार्यक्रममा स्थानीय विकास अधिकारी डिलाराम पन्थीले अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाले मात्र उनीहरुको जीवन परिवर्तन गर्न गाह्रो हुने भन्दै उनीहरुलाई सीप सिकाउन सकेमा मात्र जिउने आधार निर्माण हुन सक्ने सुझाव दिए ।
एक दिने उक्त शिविरमा ४७ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको वताईएको छ । शिविरमा अपांगता भएका
व्यक्तिहरुको रुची र चाहना अनुसार आर्यआर्जन तथा शिपमूलक तालीमहरु संचालन गरि उनीहरुलाई सीप सिकाउने योजना रहेको उपाध्यक्ष रायमाझीले बताईन् ।
0 $type={blogger}:
Post a Comment