Sunday, November 25, 2018

मन्त्री पौडेलले गर्नुभयो छत्रकोट स्थित सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन


अमर पन्त गुल्मी, मंसिर १० प्रदेश न ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले गुल्मीको छत्रकोट ४ श्रृङ्गा रुप्से मा रहेको सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन गर्नुभएको छ ।


मन्त्री पौडेल सँग सभासद माननीय गिता रिजाल , आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थसचिव ठानेश्वर गौतम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक देविराम मरासिनी, स्वकीय सचिव सुर्य रोकायले पनि फर्मको अवलोकन गर्नुभएको थियो । फर्म अवलोकन पछि नेता पौडेलले माटो प्रतिको लगाव प्रति खुसी व्यक्त गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै फर्म संचालक रामकृष्ण कडेलले आफुले गा. पा. बाट चाहेजस्तो सहयोग नपाएको गुनासो गर्नुभएको छ । उहाले राष्ट्रिय स्तरको कृषक बन्नको लागि प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा राखेको समेत बताउनु भएको छ ।


छत्रकोट गा. पा ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले, रूरू गा.पा. ५ का वडा अध्यक्ष हरि ज्ञवाली, नेपाल कम्युनिस्ट पाटीका नेपालका जिल्ला समिति सदस्य एवम् युवा जुझारु नेता रामप्रसाद पाण्डे, समाजसेवी रवी कडेल लगाएतले फर्मको अवलोकन कार्यक्रममा सहभागीता रहेको थियो ।

0 $type={blogger}: