एमलाल बेलबासे गुल्मी दिगाम सेरोफेरो नेटवर्क, असार ११ । गए राती परेको वर्षाले गुल्मी छत्रकोट गाउँपालिका ४ बिसौनामा श्रीराम भण्डारीको घर उच्च जोखिममा परेको छ घरै मुनि बाट खनियको मोटर बाटोको कारण अहिले उक्त घर जोखिममा परेको हो,सडक निर्माण गर्दा इन्जिनियरिङ डिजाइनको प्रयोग अनिवार्य गर्नुपर्छ ।
सडकको तल र माथि कम्तीमा एक सय मिटर माथिसम्मको जोखिम अनुसन्धान पहिल्यै गर्नुपर्छ । जमिनको अवस्थिति र पहिरोको अध्ययन गरेर सुहाउँदो अनुकूलन विधि अपनाउनु पर्नी हुँछ तर यहाँ तेसो गरेको देखिदैन । त्यसैले छत्रकोट गाउँपालिकाले सडक र संरचनाको तत्काल अध्ययन गरी भविष्यको क्षति कम गर्रनुपर्नी देखीन्छ ।
पछिल्लो समय परेको पानिले दिगाममा जमिन चिरा पर्नुको साथै गए राती परेको अविर वर्षाले ठाउँ ठाउँमा जमिन धसियको, छ दिगाममा मात्र १ दर्जन स्थानीयका घर जोखिममा परेको वताएको छ ।दिगाममा विकासले साथ साथै विनाश पनि निम्त्याउँदै छ घर वरिपरिको धर्ती धुजाधुजा भएपछि वर्षौं बिताएको थातथलो छाड्नैपर्ने बाध्यतामा दिगामवासीलाई आईपरेको छ ।
0 $type={blogger}:
Post a Comment