एमलाल बेलवासे गुल्मी दिगम सेरोफेरो नेटवक असार २४ ।
यतिखेर किसानको बारीमा मकैको घोगा भर्खर पसाउदै गएको छ । वर्षभरीको मेहनतलाइ अन्नका रुपमा भित्राउन पाउने आशामा कृषकहरु खुसी हुनुपर्नै हो तर यही मौकामा कृषकहरुमा पीरलो थपिएको छ । विगतका वर्षहरुमा कमै मात्रामा रहेको वाँदर अहिले करिब १७० देखी १८० सम्म रहेको र १/२ वर्षमै यो संख्या दोब्बर हुने देखिन्छ पछिल्लो समय वादरको संख्या बढेकाले गाउँभरिनै वाँदरको आतंक वढेको स्थानियको गुनासो छ ।
छत्रकोट गाउँपालिका –४ अन्र्तगत पर्ने यस ठाउँका स्थानिय वाँदरको आतंक बढेपछि वसाईनै सर्न वाध्य भएका हुन् । वाँदरले वस्तीमा पसेर दुखः दिन थालेपछि गाँउका तल्लो भेगका करिव १२ देखि १५ घर स्थानियले खेतीनै गर्न छाडेका छन् ।
सोही ठाउँका स्थानिय गुणाखर न्यौपाने फेसबुकमा लेख्नुहुन्छ ‘वाँदरको उपद्रो बढ्दो छ, एक घण्टा मात्र वालीमा पस्न पायो भने वर्ष भरि खाने अन्न छिन भरमै खाईदिन्छ, वाँदरकै कारण हामी मानसिक यातना भोगीरहेकाँ छौ यसबाट यहाँको वस्ती नै आतंकित वनेको छ ।उनले वाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नु पर्ने समेत वताए । ‘खोइ सरकारले वाँदर मार्नु हुन्न भन्ने कानुन लाएको छरे, यो उपद्रो हेर्दा स्थानियतहले नै वाँदर नियन्त्रणमा पहल गर्नु पर्छ, सकिदैन भने वाँदरले पुर्याएको क्षतिको क्षतिपूर्तिको व्यवस्था स्थानियतहले गरोस ।
विगतमा अमिलो जातका फलफूल र काँडा भएका वनस्पति वाँदरले नोक्सान नपार्ने भए पनि आजभोली यी फलफूल र जमिन भित्रका अदुवा, आलु समेत खोस्रेर खाने र वर्षातको वेलामा मात्र नभई हिउदमा पनि खेती लगाउन नदिने गरेको कृषकको गुनासो छ ।गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा उल्टै आक्रमण गर्ने हुदा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।
बाँदर आतंका कारण धेरै स्थानिय बसाई सरिसकेको यसरीनै स्थानिय बसाई सर्ने होभने गाउँनै खाली हुने सम्भावना रहेकोले यसको नियन्त्रणको लागि योजना वनाएर काम गर्नुपर्नी जरुरी देखीन्छ ।‘ वाँदर आतंक वारे स्थानियले वडा कार्यालयमा पनि गुनासो गरिरहेका छन्, यसको समाधानको लागि गाँउपालिकाले अहिले सम्म कुनै ठोस कदम चालेको देखीदैन।’
वाँदरकै कारण जिल्लाका वस्तीमा तथा दिगामको तल्लो भेगका मानिसहरुले सास्ती भोग्दै आएका छन् । वाँदरकै कारण दिनानुदिन खेति योग्य जमिन वाँजिदै गएको छ ।
0 $type={blogger}:
Post a Comment