अस्पतालको शैयामा रहेका कुरुवाहरुलाई आँशु थाम्न बढो मुस्कील परी रहेको छ । श्रीमानको हिजै घटना स्थलमा मृत्यु भएको हो तर उनलाई ढाँटिएको छ । उहाँ सामान्य घाईते भएर तम्घास अस्पताल मै हुनुहुन्छ भनिएको छ तर सत्य यो हो कि आज रिडीमा उनका श्रीमानको अन्त्यष्टी गरिदै छ । उता पाल्पा स्थित अस्पतालको शैयामा तिनै श्रीमतिले श्रीमान पुकारेको–पुकारै छन र उनको एक कल फोनको आशामा छट्पटाएकी छन् ।
तस्वीरः अस्पतालको शैयामा श्रीमान पुकार्दै श्रीमति
अन्तिम पाली रहेछ र उनि तम्घासको भुजेलखर्क स्थित घरबाट श्रीमानले काम गर्ने स्थान गुल्मीको चारपालामा एक हप्ता सम्म बस्न गएकी थिईन् । अझै केहि दिन बस्थे होला ति जोडी तर भोली बाबुको श्रद्धा परेकोले हिडेका थिए उनिहरु ।
चारपालाबाट बुढा बुढी गफ गर्दै आएका उनिहरु हिजो चारपाला घुम्ती भन्ने स्थानबाट बस चढे । तर वस चढेको पाँच मिनेट नहुँदै उनिहरु उर्लेनीको बिश्वकर्मा मन्दिर नर्जिकै दुर्घटनामा परे । सिटमा एकले अर्कोलाई बचाउने प्रयासमा जुटिरहे । बस तल खस्ने बेला सम्म उनिहरु चिच्चाई रहे , एकले अर्कोलाई नियाली रहे । केहि वेर मैं श्रीमानले सधैका लागि आँखा ओछाए ।
श्रीमतिले हेरी रहिन र ए राजा….ए राजा..भन्दै बोलाई रहिन तर उनि बोलेनन् । हात भने मृत्यु पश्चात पनि उनै जिवन संगिनीको शरिरमा थियो । ति जोडी थिए रेसुङ्गा नगरपालिका–८ भुजेलखर्कका ३२ वर्षिय करण चुँदारा र २७ वर्षिया उनकी श्रीमति कमला चुँदरा ।
आज श्रीमानलाई रिडी घाटमा अन्तष्टी गरिदै छ भने उता श्रीमति पाल्पा स्थित अस्पतालको शैयामा छ्ट्पटाई रहेकी छन् । कुरुवाहरुका अनुसार उनले अस्पतालको शैयाबाट श्रीमानलाई पुकारेको पुकारै छन् ।
हिजो तम्घास अस्पतालको शैयामा उनले मृत श्रीमानको अन्तिम पटक चेहरा हेर्न चाहेको कुरा सासै सासले भन्दै थिईन तर उनको अवस्था गम्भीर भए पछि पाल्पा रिफर गरियो । तम्घास अस्पतालको शैयामा श्रीमति कमलाले भन्दै थिईन–‘ वस असाध्यै दौडाएको देखेर भो हामी ओलिन्छौं भनेका थियौं, कन्टेक्टरले रोक्न मानेन् ।
त्यसको केहि वेर पछि वस गल्र्याम तल खस्यो । उहाँले मलाई , मैले उहाँलाई समाती रह्यौं । तल खस्दा मैले उहाँलाई बोलाएँ , उहाँ बोल्नु भएन् । हामी एकले अर्कालाई समातेको समतै थियौं । ’ उनले सोध्धै थिईन श्रीमान कुन बेडमा हुनुहुन्छ भनेर । आफन्तले सामन्य घाईते हुनुुहुन्छ पल्लो कोठामा भने पछि उनले भाग्यले दुवै बाँचियो भन्दै थिईन् ।
भुजेलखकृ स्थित उनकी छिमेकी पुष्पा पन्थीका अनुसार त्यो परिवारको सम्पत्तीका नाममा वास मात्रै रहेको छ । स सानान दुई छोराहरुलाई उनिहरुले दैनिक मजदुरी गरेर पालन पोषण गर्दै आएका थिए । अव उनिहरुको विचल्ली हुने भएको छ । पन्थीले भनिन् –‘उनिहरुको विचल्ली हुने भयो, किरिया खर्च जुटाउन समेत मुस्कील पर्ने अवस्था छ ।’
उता सोही दुर्घटनामा परेकी अर्लाङ्गकोट ६ की २७ वर्षिया पुष्पा परियार पनि सोही अस्पतालमा छट्पटाएकी छन भने उता घरमा परिवारजनले उनका पाँच वर्षिया छोरा सिजन परियारको पनि अन्यत्यष्टी गर्दै छन् । नियतिले यसरी आफ्नो जोडी र सन्तानको अन्तिम मुख देख्ने मौका पनि दिएन् ।
तस्वीरः यता श्रीमानको अन्तिम अन्त्यष्टीको तयारी
0 $type={blogger}:
Post a Comment