- (गजल) चुनाव पछि सँविधान लेख्छु भन्थे नेता हरु
- सगरमाथा नदी नाला खोला फेवा ताल छ,
- वुध्द जन्मेको देशमा शान्तिको अनिकाल छ ।।
- चुनाव पछि सँविधान लेख्छु भन्थे नेता हरु,
- के भनौ खै हाम्रो देशको आज वेहाल छ ।।
- रोजगार छैन देशमा सबै जनता विदेश तिर,
- के को चिन्ता विदेस पठाउन हजारौ दलाल छ ।।
- एउटा कुर्सी ताना तान चल्य छ रे देशमा,
- विस्वले चिन्ने हाम्रो सानो देश नेपाल छ ।।
- आफ्नै पैसाले हामी आफै बेचिएका छौ साथी,
हाम्रा अगि नुन छैन उनको अगि सुनको थाल छ ।। - कुनै देशमा नभाको राजनिती भा छ रे देशमा,
- चड्नै दिन्नन्माथी खुट्टा तान्ने जाल छ ।।
- बाउ नाच्ने मस्त हिरोईन सँग छम छमी,
- छोरा अर्कैको श्रीमती लि भाग्ने कस्तो चाल छ ।।
-
अनन्तराम गिरि
हाल मलेशिया
0 $type={blogger}:
Post a Comment