साँझ झमक्क पर्न आटेको बेला जिल्ला प्रहरी कार्यालय गुल्मीको गेटमा २ वटा कार टक्क रोकिए । आँखामा चश्मा, कोरीयन स्टाईलको कपाल, हिल सुज र पाईण्टमा एक यूवती कारको ढोका खोलेर प्रहरी कार्यालयमा भित्रीईन् । पछिपछि उनको व्याग समाउने पुरुष, दायाँपट्टी वकील र अरु २÷३ जना पुरुष । उनी ओर्लने वित्तीकै जिल्लाका चर्चित नेताहरु पनि प्रहरी कार्यालयमा प्रवेश । बिहीबार साँझ जिल्ला प्रहरी कार्यालयमा सरकारको उच्च व्यक्ति प्रवेश गरेजस्तो तामझाम भयो ।
तर यो भिआईपिको स्वागतको तामझाम थिएन । फरक फरक नाम र फरक फरक जन्ममिति राखेर तीन वटा नागरीकता बनाएको आरोपमा पक्राउ परेकी अभियुक्तलाई प्रहरीले हिरासतमा लिँदाको दृष्य हो । गुल्मी दिगाम ७ माईत भई दुई ठाउँमा बिबाह गरेर छुट्टाछुट्टै नागरीकता बनाएकी नर बहादुर सूर्यवंसीकी छोरी तारा भनिने हरीकला झाँक्री नाम गरेकी एक महिलालाई म्याग्दीबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय भित्र्याउँदा कुनै उच्च पदस्थ व्यक्तित्व भित्रँदाको जस्तै तामझाम देखेर सर्बसाधारण समेत अचम्ममा परे ।
गत साउन महिनामा सञ्चारमाध्यमहरुमा एक व्यक्ति, दुइवटा नाम, तीनवटा नागरीकता शिर्षकको समाचार आएपछि सोधखोज हुँदै जाँदा भर्खरै मात्र प्रमाण पु¥याएर ति महिलालाई गुल्मी प्रहरीको पहलमा म्याग्दी प्रहरीले बिहीबार बिहान पक्राउ गरी साँझ गुल्मी ल्याएको हो ।
गत साउन महिनामा विभीन्न पत्रपत्रिकामा समाचार आएपछि जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले उनको किर्ते कामको विषयमा खोजी शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले बताए। नागरीकतामा हस्ताक्षर गर्ने तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको साउन ४ गतेको पत्रअनुसारआफूलाई पनि झुठा काजगात पेश गरेर झुक्याएको भन्ने पत्र प्राप्त भएपछि रीपोर्ट तयार गरेको थियो । त्यसपछि प्रहरीले खोजी कार्या शुरु गरेको हो । ‘गत साउन १३ गते जिल्ला प्रसासन कार्यालय गुल्मीले दिएको रीपोर्टको आधारमा हामीले खोजीकार्य शुरु गरेका हौँ’ – जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले भने ।
ति महिलाले फरक फरक दुई नाम र जन्ममिति भएका ३ वटा नागरीकता बनाएकी छन् । २०६४ साल जेठ २ गते पल्लीकोट १ का लिल बहादुर झाँक्रीको श्रीमतिको रुपमा ४११०१७ ÷६५७११ नम्बरको नागरीकता बनाएकी उनले त्यसपछि २०६५ साल कार्तिक ७ गते अविबाहितको रुपमा गीता देवि सूर्यवंसीको नामबाट ४११०२० ÷७४२६० नम्बरको नागरीकता बनाएकी छन् । गीतादेविकै नामबाट उनले २०६६ साल चैत्र १३ गते म्याग्दी ८ पुलाचौर निवासी गोविन्द वानीया पति भएको तेश्रो नागरीकता म्याग्दी जिल्ला प्रशासनबाट निकालेकी छन् । उनका तीनवटा नागरीकतामा जन्ममिति पनि फरक फरक रहेको छ । हरिकला नामको पहिलो नागरीकतामा उनको जन्ममिति २०४० चैत्र २७ गते रहेको छ । गीतादेवि नामको दोश्रो र तेश्रो नागरीकतामा उनको जन्ममिति २०३८ चैत्र २७ गते रहेको छ । डेढ वर्षको अवधिमा गुल्मी जिल्ला प्रशासन कार्यालयबाट बाट लिएका दुईवटै नागरीकतामा सहायक प्रमुख जिल्ला अधिकारी पुरन गिरीको हस्ताक्षर रहेको छ । गिरीले पहिलो नागरीकतामा कायममुकायम प्रमुख जिल्ला अधिकारीको रुपमा र दोश्रो नागरकिता सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा हस्ताक्षर गरी जारी गरेका छन् । नक्कली कागजात जम्मा पार्ने बानी परेकी उनले आफ्ना विभीन्न प्रमाणपत्रमा पनि फरक फरक नाम राखेकी छन् ।
ति महिलाले दोश्रो नागरीकताको आधारमा नागरीकता जारी भएको २२ दिनपछि २०६५ साल कार्तिक २१ गते नेपाली राहदानीको प्रमाणपत्र समेत बनाएकी छन् । पहिलो श्रीमानको मृत्यू पछि सम्पत्ति आफ्नो नाममा बनाएर म्याग्दीका गोविन्द संग बिबाह गरेकी ती महिलाले दोश्रो पतिको पनि काठमाण्डौमा रहेको घरजग्गा आफ्नो नाममा नामसारी गराईदिन भनेपछि बिबाद हुँदा यो पोल खुलेको हो ।
झुठो विवरण पेश गरी किर्ते गरेको अभियोगमा ति महिलालाई जिल्ला अदालत गुल्मीमा मुद्धा दायर गरएको प्रहरीले जनाएको छ । ‘कानुनी गल्ती गरेकै हो त्यसैले कार्वाहीको प्रकृयामा जानुपर्छ – प्रहरी निरीक्षक श्रीवास्तवले भने – त्यसैले मुद्धाको प्रकृयामा गईसक्यो ।’ अदालतले थप अनुसन्धानका लागि ७ दिनेको म्याद थप गरेको छ ।
निमित्त प्रहरी प्रमुख राजेन्द्र श्रेष्ठले सरकारबादी मुद्धा भएकोले उक्त मुद्धा तुरुन्तै किनारा लाग्न सक्ने बताए । ‘कानुनी प्रकृया शुरु भएको छ – उनले भने – सकेसम्म कष्टडीमा रहेकै बेला छिनोफानो हुन्छ ।’
नागरिकता ऐन २०६३ अनुसार झुठो वा किर्ते विवरण खडा गरी नागरीकता बनाउने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म जेल सजायँ वा २० हजार देखि १ लाख सम्म जरीवाना वा दुवै सजाय हुने व्याबस्था छ ।
हिरासतमा रहेकी ति महिला शुक्रबार पनि खुलेआमा प्रहरी कार्यालय परीसरमा डुल्ने गरेकी छन् । यो सम्बाददाता पुग्दा दिनभर जसो उनी प्रहरी कार्यालयको बराण्डामा घाम तापेर बसेकी थिईन् । उनका निजि वकिल र केही संगै आएका व्यक्तिले दिनभर उनीसंग निर्वाध रुपमा भेटघाट गरीरहेका छन् ।
श्रोतका अनुसार उनलाई छुटाउन विभीन्न राजनैतिक दलका केन्द्रिय स्तरका नेताहरुको फोन आईरहेको छ । ‘दवावले हाम्रोमा पनि हैरानी छ ।’ – प्रहरी श्रोत भन्छ । केन्द्रबाट नेताहरुले त्यो मुद्धा मिलाउन भन्दै जिल्ला स्तरका नेताहरुलाई भनेपछि दिनभरजसो गुल्मीका विभीन्न राजनैतिक दलका नेताहरु प्रहरी कार्यालयमा धाउने गरेका छन् । केन्द्रबाट पनि सिधै आउने फोनले तनाव दिएपछि प्रहरी अधिकारीहरुले बेला बेलामा मोबाईल नै स्विच अप गरेर बस्ने गर्छन् । केहीदिनअघिमात्रै काठमाण्डौबाट पक्राउ परेकी ति महिलालाई महिलालाई म्याग्दी जिल्ला प्रसासन कार्यालयले बुधबार विनाकारण छाडेको थियो । त्यसपछि गुल्मी प्रहरीको दवावमा फेरी उनलाई बिहीबार पक्राउ गरीएको हो ।
म्याग्दीबाटै उनीसंग २ वटा कारमा वकिल सहितका अन्य व्यक्तिहरुले उनलाई छुटाउनको लागि जे सुकै पहल गर्न पनि पछि नपर्ने भन्दै तम्घास बजारमा डुलिरहेका छन् । ति मध्येका एकजना वकिल पनि खाना लैजाने बाहनामा हिरासतमै उनीसंग भेट गरी सूचना आदानप्रदान गर्ने गरेका छन् ।
ति महिलाको गुल्मीको पल्लीकोटस्थित पहिलो श्रीमानबाट २०५८ सालमा जन्मिएका देव बहादुर र २०६० सालमा जन्मिएका विरेन्द्र नामका २ छोराहरु छन् । २०६५ सालामा श्रीमानको मृत्यू भएपछि उनले तुरुन्तै २०६५ कार्तिक ४ गते छोराहरुको संरक्षकको रुपमा अंश पाउनुपर्ने भन्दै जिल्ला अदालत गुल्मीमा मुद्धा दायर गरेकी थिईन् । त्यसको केहीदिन कार्तिक १८ गते अविबाहिताको रुपमा नाम र जन्ममिति समेत परीवर्तन गरी माईतिबाट नागरीकता लिएकी थिईन् । अविबाहितको नागरीकता लिएको एक महिना पनि नवित्दै २०६५ मंसिर १५ गते म्याग्दीमा दोश्रो बिबाह गरेको र दोश्रो बिबाहपछि पहिलो पतिका दाजुभाइलाई धम्क्याएर २०६५ माघ १३ गते अंश लिएको अदालतको फैसला विवरणमा उल्लेख छ ।

0 $type={blogger}:
Post a Comment