प्रेम सुनार गुल्मी २ माघ । थाकेको शरिर , निद पनि नपुगेको , यसो अधकल्चो निद्रबाट जागेकी उनि हाई काड्दै लथालिङ्ग कपाल सम्हालिन ।
शरिरका अस्त्र–वस्त्र नियाल्दा लाजले भुतुक्क हुँदै अस्त्र छोप्ने ‘वस्त्र’ खोज्दा पलङ्ग मुनी पुगेको देखिन् । अनि सिरकै सित उठीन र लगाईन । यसो झ्यालबाट हेरिन् । तल चिनेका मान्छेहरु देखिन् । फसाद प¥यो उनलाई । लोग्ने घर छैन् । किन होटलमा बसेकी भनेर कसैले सोधे भने के जवाफ दिने ?
वजियाले फँसाई हाल्यो, म कुकुर्नीको मनले पनि मानेन् । अँस्ती फेरी अर्को गधाले ‘ विना टोपी’ फँसायो , यस वजियाले पनि लास्टमा त्यति कै झम्टेर म¥यो , कतै केही भयो भने के होला………. ? .यस्तै यस्तै पिर चिन्ताले बल्ल विहान पख पोल्यो उनलाई । रातीको पोलाईले भने उनलाई मदहोस पारेको थियो तर विहानको पोलाईले आफैले आफैलाई थुक्क कुकुर्नी तेरो बैंस…….लोग्ने विचरो कति दुख गरेर बसेको छ तेरो यो चर्तिकला……भनेर मनमनै आफुलाई सराप्न थालिन् ।
उनि अर्थात हिजो फुल–प्रसाद बोकेर रिडीको माघे सक्रान्ति मेलामा धर्म गर्न गएकी ‘बाह्र मासे फुल’ नाम परिवर्तन । धर्म त उनले गरिन तर आफ्नै आत्माको । त्यो रिडीको माघे सक्रान्ति मेला कहाँ निर कस्तो भयो विचरीलाई थाहै छैन् । माथीबाट त्यो वजियाले वाईकबाट देखाएको हो त्यस पछि…….मेला न सेला…………।
घरबाट ह्डिदा छोरा छोरीले मम्मी चाँडै घर आउनु भन्ने वर मागेर आउनु है रिडीका देवि देउतालाई भनेका थिए । त्यो झर्लक्क सम्झीन् । बाटो ह्डिदै गर्दा उताबाट श्रीमानले फोन गरेर रिडीमा तिमीले नुहाएको र पुजा पाठ गरेको फोटो खिच्न लगाएर फेश बुकमा पठाई दिए है , म हेर्छु भनेको कुराले उनलाई झस्याङ्ग पा¥यो । ए बा, कसरी पठाउ फोटो..? उफ…..गर्दै फेरी लडिन पलङ्गमा । सवै जना हिजै घर फर्के । उनले फोन गरे भने के जवाफ दिने होला ? यस्तो कुरा के सोच्दै थिईन टिङ्ग टिङ्ग घण्टी बज्यो मोवाईलको ।
रेडिमेट जवाफ तयार भई नसकेकोले फोन उठाईनन् । तिन कल आई सके पछि तयार भई सकेका सति सावित्रयाँईका फार्मुलाहरु पस्कीनका लागि फोन उठाईन् । सधा झैं मिठास फोनमा उस्तै । जवाफ थियो हेर्नुस न म त नुहाएँ, पुजा पाठ गरेर फुवै सित भेट भयो र उहाँले कर गरे पछि उहाँको घरमा आएकी छु………यस्तै यस्तै सति सावित्रयाँईका फार्मुलाहरु पस्केपछि उनि मख्ख परे अनि त्यसो भए आजै जाउ हैं घर भन्दै सदा र्झै चुप्प म्वाँई खाएर फोन राखे ।
उनका मनमा धेरै कुरा खेल्यो । आज सम्म मेरो यति विश्वास गर्ने देउता जस्तो लोग्नेलाई मैले किन यसरी घात गरेकी छु ? भन्ने सवाल गरिन् आफै सित । कित भने पचास वर्ष सम्म बेपत्ता भएको लोग्ने कुरेर बसीन जेठी सासुले र पनि भए कै थियो । उहाँ फर्के पछि अहिले बुढेसकालमा कस्तो मिलन भएको छ । पाल्तीरकी ठुलीका पनि गोसाँ ९ वर्ष पछि फर्के उनले पनि कत्ति मन डकाईनन् । उफ…मलाई बाउ आमाले के पातकी छोरी जन्माए छन् है भनेर उल्टै बाउ आमालाई दोष थुपरिन् ।
घाम लागे वाहिर । त्यो वजिया झिसेमिसेमा उठेर हिड्यो । आफु कति बेला हो हिड्ने …..यस्तै यस्तै सोच्दै थिईन । ढकढक ढोका हाने बाहिरबाट तर खोल्न डराईन । एक छिन पछि सुनिन् चिया लिएर आएका रहेछन् । पैसा कति भयो हिसाव गर्नु है भनेर सोधिन् । त्यस्तै पाँच हजार जति भा’ होला यस्तो जबाफ पाईन् । त्यो सुनेपछि वजियाले खानु खान्छ र सधै त्यस्तै भनेर मनमनै भनिन् अनि चिया पिए पछि एक झप्को सुत्ने कोशिसमा लडेकी उनलाई के को निद्रा लागोस् मनमा कुरा खेलिनै रह्यो ।
घरकाले थाह पाए वा केहि कसो भए के गरुँला ? त्यो पिरलाई शान्ता पार्न अरुका घटनाहरुबाट चित्त बुझाउने कोशोस गरिन् उनले । त्यो उपल्ला घरे सानी त्यत्रा वर्ष सम्म कहिले काँही त हाकी दाउ हर्केलाई घर मै सुताएर पनि के भयो ? उल्टै टन्न पैसा पाई । उसको लोग्ने आयो घरका कुरा सुन्यो, उ सित झगडा ग¥यो , दुई चार थप्पड के हानेको थियो उसको पालो गई जिल्लामा र सम्वन्ध विच्छेदको उजुरी हाली , १५ लाख मागी आखिर ७ लाख त च्ड्काएरै छाडी ।
अझ पल्ला गाउँकी सुन्तली त पोईला गई सकेकी थिई पछि उसकी सौताले लुछेर माईतमा बसेकी मान्छेले लोग्ने आएर अर्को विवाह के गरेको थियो वहु विवाहको मुद्धा जाकी । पछि अधिकारकर्मीहरु बसेर जेल जान्छस्की उ विचरीलाई गोजी भराई गर्छस् ? भन्दै मुखा मुखा चप्पल गराउन थाले पछि ४ लाख त दिन बाध्य भयो । हाम्राँकाले पनि निहुँ खोजी हाले भने मैले पनि त्यसै गरुँला, विना स्वादै………..भनेर चित्त बुझाईन ।
विचरीले चित्त त बुझाईन तर पनि हिजो आएकी मान्छे यति वेला सम्म होटलको कोठाबाट बाहिर निस्कन सकेकी छैनन् । के गर्नु धर्मकर्म ,मेलो मेसो धार्मिक मानिसहरुले त राम्रै मिलाएका हुन तर यस्तो मेलोमोसोमा अर्को मेसो मिलाउनेहरुलाई बढो गजव चाँही हुँदो रहेछ, है ? (कथाको विषय वस्तु पछिल्लो चरण कतिपयमा बढ्दै गएको विकृतिमा आधारित छ र कथाकी पात्र पनि काल्पानिक हुन् । कसैको यथार्थ संग मेल खान गएमा संयोग मात्रै हुनेछ ।
0 $type={blogger}:
Post a Comment