खुल्ल्ला दिसा मुक्त गाविस दिगामको घोषाण सभा ( फोटो फिचर )

विद्यालयमा पुरै महिला शिक्षक भएपछि आमा तुल्य

‘म सपनाको कुरा गर्छु, तिमी आँखाको मोल सोध्छ्यौ’

चुनावी पराजयपछिको भावुक प्रतिक्रिया एवं अनुभूति

परिवारले खोसे पनि फेरी सुरजसंगै सम्झना

सुन पानीले र्छक मायालु, यो समाजले काँचुली फे दैछ अझै केहि दिन पर्ख मायालु ...

हेरौ दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

गुल्मी जिल्ला त्यसै पनि शौन्दर्य छ, यसै जिल्लाका गाविस मध्यको एक गाविस दिगाम पनि हो । हेरौं यस दिगाम गाविसका केही मनमोह दृष्यहरु ...

Thursday, July 8, 2021

वाँदरका कारण गाउँ छाड्दै स्थानिय “वाँजिदै खेति योग्य जमिन”

एमलाल बेलवासे गुल्मी दिगम सेरोफेरो नेटवक असार २४ । 


यतिखेर किसानको बारीमा मकैको घोगा भर्खर पसाउदै गएको छ । वर्षभरीको मेहनतलाइ अन्नका रुपमा भित्राउन पाउने आशामा कृषकहरु  खुसी हुनुपर्नै हो तर यही मौकामा कृषकहरुमा पीरलो थपिएको छ । विगतका वर्षहरुमा कमै मात्रामा रहेको वाँदर अहिले करिब १७० देखी १८० सम्म रहेको र १/२ वर्षमै  यो संख्या दोब्बर हुने देखिन्छ  पछिल्लो समय वादरको संख्या बढेकाले गाउँभरिनै वाँदरको आतंक वढेको स्थानियको गुनासो छ । 


छत्रकोट गाउँपालिका –४ अन्र्तगत पर्ने यस ठाउँका स्थानिय वाँदरको आतंक बढेपछि वसाईनै सर्न वाध्य भएका हुन् । वाँदरले वस्तीमा पसेर दुखः दिन थालेपछि गाँउका तल्लो भेगका करिव १२ देखि १५ घर स्थानियले खेतीनै गर्न छाडेका छन् । 


सोही ठाउँका स्थानिय गुणाखर न्यौपाने  फेसबुकमा लेख्नुहुन्छ ‘वाँदरको उपद्रो बढ्दो छ, एक घण्टा मात्र वालीमा पस्न पायो भने वर्ष भरि खाने अन्न छिन भरमै खाईदिन्छ, वाँदरकै कारण हामी मानसिक यातना भोगीरहेकाँ छौ यसबाट यहाँको वस्ती नै आतंकित वनेको छ ।उनले वाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नु पर्ने समेत वताए । ‘खोइ सरकारले वाँदर मार्नु हुन्न भन्ने कानुन लाएको छरे, यो उपद्रो हेर्दा  स्थानियतहले नै वाँदर नियन्त्रणमा पहल गर्नु पर्छ, सकिदैन भने वाँदरले पुर्याएको क्षतिको क्षतिपूर्तिको व्यवस्था स्थानियतहले गरोस । 


विगतमा अमिलो जातका फलफूल र काँडा भएका वनस्पति वाँदरले नोक्सान नपार्ने भए पनि आजभोली यी फलफूल र जमिन भित्रका अदुवा, आलु समेत खोस्रेर खाने र वर्षातको वेलामा मात्र नभई हिउदमा पनि खेती लगाउन नदिने गरेको कृषकको गुनासो छ ।गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ । महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा उल्टै आक्रमण गर्ने हुदा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।


बाँदर आतंका कारण धेरै स्थानिय बसाई सरिसकेको यसरीनै स्थानिय बसाई सर्ने होभने गाउँनै खाली हुने सम्भावना रहेकोले यसको नियन्त्रणको लागि योजना वनाएर काम गर्नुपर्नी जरुरी देखीन्छ ।‘ वाँदर आतंक वारे स्थानियले वडा कार्यालयमा पनि गुनासो गरिरहेका छन्, यसको समाधानको लागि गाँउपालिकाले अहिले सम्म कुनै ठोस कदम चालेको देखीदैन।’


वाँदरकै कारण जिल्लाका वस्तीमा तथा दिगामको  तल्लो भेगका मानिसहरुले  सास्ती भोग्दै आएका छन् । वाँदरकै कारण दिनानुदिन खेति योग्य जमिन वाँजिदै गएको छ ।

Monday, June 28, 2021

पहिरोको कारण छत्रकोटमा दर्जन बढी घर उच्च जोखीममा

एमलाल बेलबासे गुल्मी दिगाम सेरोफेरो नेटवर्क, असार ११ । गए राती परेको  वर्षाले गुल्मी छत्रकोट गाउँपालिका ४ बिसौनामा श्रीराम भण्डारीको घर उच्च जोखिममा परेको छ  घरै मुनि बाट खनियको मोटर बाटोको कारण अहिले उक्त घर जोखिममा परेको हो,सडक निर्माण गर्दा इन्जिनियरिङ डिजाइनको प्रयोग अनिवार्य गर्नुपर्छ । 

सडकको तल र माथि कम्तीमा एक सय मिटर माथिसम्मको जोखिम अनुसन्धान पहिल्यै गर्नुपर्छ । जमिनको अवस्थिति र पहिरोको अध्ययन गरेर सुहाउँदो अनुकूलन विधि अपनाउनु पर्नी हुँछ तर यहाँ तेसो गरेको देखिदैन  । त्यसैले  छत्रकोट गाउँपालिकाले सडक र संरचनाको तत्काल अध्ययन गरी भविष्यको क्षति कम गर्रनुपर्नी देखीन्छ । 


पछिल्लो समय परेको पानिले  दिगाममा  जमिन चिरा पर्नुको साथै गए राती परेको अविर वर्षाले ठाउँ ठाउँमा जमिन धसियको, छ दिगाममा मात्र १ दर्जन स्थानीयका घर जोखिममा परेको वताएको छ ।दिगाममा विकासले साथ साथै विनाश पनि निम्त्याउँदै छ  घर वरिपरिको धर्ती धुजाधुजा भएपछि वर्षौं बिताएको थातथलो छाड्नैपर्ने बाध्यतामा दिगामवासीलाई आईपरेको छ ।

Sunday, November 25, 2018

मन्त्री पौडेलले गर्नुभयो छत्रकोट स्थित सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन


अमर पन्त गुल्मी, मंसिर १० प्रदेश न ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरति पौडेलले गुल्मीको छत्रकोट ४ श्रृङ्गा रुप्से मा रहेको सम्झना फलफूल तथा कफी नर्सरी फर्मको अवलोकन गर्नुभएको छ ।


मन्त्री पौडेल सँग सभासद माननीय गिता रिजाल , आर्थिक मामिला तथा योजना मन्त्रालयका अर्थसचिव ठानेश्वर गौतम, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सक देविराम मरासिनी, स्वकीय सचिव सुर्य रोकायले पनि फर्मको अवलोकन गर्नुभएको थियो । फर्म अवलोकन पछि नेता पौडेलले माटो प्रतिको लगाव प्रति खुसी व्यक्त गर्दै प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस्तै फर्म संचालक रामकृष्ण कडेलले आफुले गा. पा. बाट चाहेजस्तो सहयोग नपाएको गुनासो गर्नुभएको छ । उहाले राष्ट्रिय स्तरको कृषक बन्नको लागि प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा राखेको समेत बताउनु भएको छ ।


छत्रकोट गा. पा ४ का वडा अध्यक्ष डिलाराम न्यौपानेले, रूरू गा.पा. ५ का वडा अध्यक्ष हरि ज्ञवाली, नेपाल कम्युनिस्ट पाटीका नेपालका जिल्ला समिति सदस्य एवम् युवा जुझारु नेता रामप्रसाद पाण्डे, समाजसेवी रवी कडेल लगाएतले फर्मको अवलोकन कार्यक्रममा सहभागीता रहेको थियो ।

Sunday, October 16, 2016

नेपाली काङ्ग्रेसको दिगाममा चियापान कार्यक्रम सम्पन: दिगाम पुगेका भण्डारीले के भने ?



अमर पन्थ / गुल्मी दिगाम सेरोफेरो नेटवर्क, कार्तिक १। नेपाली काँग्रेस दिगामको आयोजनामा गत सनिवार दिगाम ७ उप्पली अमराईमा चियापान तथा शुभकामना आदान प्रदान सम्पन भयको छ । विगत वर्ष जस्तै नेपाली काँग्रेसले यस वर्ष पनी विजयादशमी तथा दिपावलीको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो।

शुभकामना आदान प्रदान कार्यक्रममा दिगाम आयका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी जिल्लाका सभासद चन्द्र भन्डारीले दिगाम बिकाश निर्माणमा यति पछाड़ी पर्नुको प्रर्मुख करण एकलौटी राजनीती भयको भन्दै कुनै राजनितिक दलको नाम नलिकनै २० वर्ष सम्म दिगाममा तेस्तो ऊल्लेखिनिय के बिकाश भयो ? उनको भनाईले एमालेलाई ईंकित गर्दै थियो, भन्डारीले भन्नु भयो अझ ठुला-ठुला ओठे भासण गर्दै हिडेको देख्दा अचम्म लाग्छ छ। भन्डारीले चैन्थान- बोखर सडकको स्तर उन्नति गर्नको लागी आफुले पहल गर्ने बताएका छन्। तेस्तै नेपाली काँग्रेस दिगामले दिगामको आदर्श मा.वि. मा काङ्ग्रेस निकट कोही शिक्षक नभको नया दरवदीमा नियुक्ति लियर आउन लागेको शिक्षकलाई समेत रोकेर राखेको भन्दै दुःख ब्यक्त गरेकोछ साथै यस प्रति आफुहरुको गंभीर ध्यानाकर्षण भयको जनायको छ।



कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ,ने.का जिल्ला सचीव खिलधोज पन्थी,नेपाल महिला संघ जिल्ला सभापति बिष्णु सापकोटा तथा नेपाली काङ्ग्रेस दिगाम गा.वि.सका अध्यक्ष जितु पौडेल लगायत सक्रिय कर्याकर्ताको उपस्थिति हरेको थियो उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी करीव ६० जना काङ्ग्रेसमा प्रबेश गरेका थिय।



Monday, October 10, 2016

विजया दशमीको पावन अवसरमा हार्दिक मगंलमय शुभकामना…


विजया दशमी २०७३ को पावन अबसरमा यस गुल्मी दिगाम सेरोफेरो नेटवर्कका पाठकहरु लगायत तपाइहरुको परिवारमा सुख, शांति, सु स्वास्थ , समृद्धि एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभ-कमाना ब्यक्त गर्दछौं ! यस अबसरमा शुभकामनाका शब्दहरु पनि यहाँहरुमा अर्पण गर्दछौं ।
जाँगर दिने जमरा आँट दिने अक्षता
घर छिमेकि गाउँ बस्ति, आफन्तको ममता
शरद्को खुशियालि छाइरहोस, फुलिरहोस
महान चाड विजया दशमी २०७३ को पावन अवसरमा
हजुरलाइ हार्दिक मगंलमय शुभकामना…


सम्पादक: एम लाल बेलबासे
एवम्
गुल्मी दिगाम सेरोफेरो नेटवर्क परिवार

दु:खद समाचार : दिगामका न्यौपानेको भरतामा सडक दुर्घटनामा मृत्यू

गुल्मी दिगाम सेरोफेरो नेटवर्क, असोज २५ । भारतको भुपालमा सडक दुर्घटनामा परी एक नेपालीको ज्यान गयको छ, गुल्मी जिल्ला दिगाम गा.बि.स. वडा न. ९ एकुल डाडा स्थाई घर भई बिगत लामो समय देखी भारतको भुपालमा स:परिवार उतै बस्दै अयाका शिव न्यौपानेको हिजो सोमवार बिहान सडक दुर्घटनामा परी मृत्यू भयको छ। उनी बिहान ४ बजे छिमेकीको बच्चा संगै भुपालको प्रख्यात मन्दिर सलकनपुर दर्शन गर्न जादै गर्दा बाटोमा दुर्घटनामा परेको र दुर्घटना भयको ठाउ जंगल एरीया भयकोले धेरै समय सम्म उद्धार हुन नसक्दा निजको ज्यान गयाको पारिवारिक स्रोतले जानकारी दियको छ । मृतक न्यौपानेका श्रीमती दुई छोरा र एक छोरी छन् ।

मृतक : शिव न्यौपाने

श्रीमानको मृतुको खबर पाय पछी श्रीमती अचेत अबस्थामा छीन्न, पारिवारिक स्रोतका अनुसार हिजै घटना बारे पुलिशमा रिपोर्ट गरीसकेको र आज मृतका परिवार संगै उनका मईला भाई सहित स:परिवार स्थाई घर दिगाम आउदै छन्न ।

वहाँको दिवंगत आत्माको चीर शान्तिको निमित्त गुल्मी दिगाम सेरोफेरो नेटवर्क हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै अपुरणिय क्षति खेप्नु भएको वहाँका सम्पुर्ण परिवारजनहरुमा यस दुखद घडीमा धैर्यधारण गर्ने क्षमता मिलोस भनि भगवान समक्ष प्राथना गर्दछौं । फेरिपनि स्व. शिव न्यौपाने प्रति हार्दिक श्रद्धान्जलि ।



दशैको खुशीयालीमा यस्तो दु:खद समाचार लेख्दा अत्यानतै मर्माहीत बनायो, आउदा दिनमा यस्ता अप्रिय समाचार कहिलै लेख्न नपरोस्

- गुल्मी दिगाम सेरोफेरो नेटवर्क


तस्बीर: बिष्णु शर्मा



Sunday, October 9, 2016

कालिका मन्दिरमा भक्तजनहरुको घुंईचो:दर्शनार्थीहरुको संख्या अहिले सम्मकै उच्च ...

कालिका मन्दिर दिगाम थुम्की घलामा आज बिहानैदेखि भक्तजनहरुको भीड ... महाअष्टमी पूजा,सहयोय गर्ने दाताहरूलाइ सम्मान तथा प्रसाद बितरण को कार्यक्र चलीरहेको छ तेसै गरी केही समय पछी सरायँ नाच पनी सुरु हुदै छ... 











तस्बीर: सालिक राम बेलबसे / गुल्मी दिगामा सेरोफेरो नेटवर्क