प्रेम सुनार, गुल्मी, साउन–१० ।
गत सुक्रवार विहान गुल्मीको पिपलधारामा रुखको टुप्पोमा भतिजी झुण्डीएको अवस्थामा र काका त्यसको भेदमा मृत
फेला परेको घटना आत्मा हत्या नभई हत्या भएको प्रहरीलेद्धारा प्रकाशित घटना विवरणमा पुष्टी भएको छ । पिपलधारा–८ नादीगाउँमा काका पर्ने ३८ वर्षिय वेलबहादुर मुखिया र १८ वर्षिया भतिजी सिता मुखियालाई मार्ने मुख्य अभिुक्त मृतकवेलबहादुरकै ४४ वर्षिय दाजु नारायण मुखिया भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले आज
पुष्टी गरेको हो । साउन ८ गते राती १२ बजे देखि १ वजेको विचमा अभिुक्त नारायण मुखिया, सोही गाउँको २१ व्षिय बाशुदेव जि.सी., र पिपलधारामा ५ फोटो :काका भतिजीको हत्या अभियोगमा पक्राउ परेकाहरु । तस्बिर : जनार्दन घिमिरे
५ को विष्णुबहादुर मुखियाले घरकोदलानमा सुतिरहेका भाई वेलबहादुर मुखियालाई चिरुवा दाउरोले कुट पिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेकी सिता मुखियाको पनि तिनै जनाले मुख छोपेर हत्या गरी नजिकै रहेको खनियाँको रुखमा लगेर उनकै चुन्नीले झुण्डाएको र वेलबहादुरको सव पनि त्यही रुख तल लगेर फालिएको प्रहरीले जनाएको छ ।
के गरे त उक्त दिन ति काका भतिजीले ?
प्रहरीका अनुसार अघिल्लो दिन एक वजेको समयमा मृतक काका वेलबहादुरकै घरमा बसेर सिता र वेलबहादुरले चाउचाउ संगै मादक पदार्थ सेवन गरे । त्यस पछि वेलबहादुर माथी पिपलधारा वजार तिर लागे । सिता आफ्नो माईतीमा गईन् । त्यसै दिन साँझ करिव ६ बजेतिर वेलबहादुरकी आमा संग पैचो लिएको चामल बुझाउन भन्दै सिता आईन्न र फर्किईन् । साँझको ६ बजेर ५ मिनेनको समयमा बेलबहादुर माथी वजारबाट घर आए ।
अँध्यारो भए पछि सिता पुनः बेलहादुरको घरमा आईन र घटना घटेको समय सम्म संगै रहीन् । राती करिव ११ वजेको समयमा आएकी सिताले वेलबहादुरकी आमा मुगा मुखियालाई ढोका खोल्न लगाई भित्र पसिन् । आमाले गाली गर्दै कोठामा गएर सुत्न भन्दै आफु आफ्नो कोठामा गईन् ।
कोठामा गए पछि अभियुक्त नारायण मुखियाले ठुलो स्वरमा क्यासेट बजाउन सुरु गरेको । रातको समयमा ठुलो स्वरमा क्यासेट बजाए पछि अरु गाउँवासीले घटना नसुनुन् भन्ने अभिप्राय राखेको प्रहरीले उल्लेख गरेको छ । नाारायण मुखिया धान रोप्न भनि असार २९ गते तम्घासबट घर गएको ।
वेलबहादुर पनि असार ३१ गग्ते धान रोप्न भन्दै तम्घासबाट घर गएका । साउने सक्रान्तिको दिन दाजु भाई संगै वसेर चाड माने । त्यस दिन समुहको बैठकमा भाई वेलबहादुरले दाजु नारायणले कृषि समुहको रकम हिनामिना गरेको कुरा उठाए । त्यस पछि उनिहरु विच झगडा सुरु भयो । दाजु भाई विच अन्य रिसईवी पनि रहेको बताईएको छ ।
आफ्नै भाई र भतिजी मार्ने नारायणको पृष्ठभुमी
स्थानियवासीका अनुुसार उनि त्यहाँका थुप्रै चोरी र अपराधीक घटनामा जोडिएका व्यक्ति हुन् । धेरै पटक विभिन्न घटनामा प्रहरीको खोजीमा पर्ने गरेका थिए । केहि समय माओवादी पार्टी संग पनि जोडिन पुगेका थिए ।
त्यस पछि ठेक्का पट्टामा लागेर तम्घासमा राम्रै पैसा कमाउँदै आएका थिए । मृतक वेलबहादुर र नारायणकी श्रीमति डेरामा तम्घास वस्दै आई रहेका थिए । विवाहित सिता श्रीमानबाट छुट्टिएर माईतीमा बस्दै आई रहेकी थिईन् । यस घटनाले त्यस नादीगाउँमा भएका अन्य त्यस्तै अपराधिक घटनाको पनि पोल खुल्ने देखिएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी हिमालयकुमार श्रेष्ठले त्यहाँका अन्य पुराना घटनाको पनि सुक्षम ढंगले अनुसन्धान गर्ने बताएका छन् । यस घटनामा प्रहरी निकै छिटो हत्यारा खोज्न सफल भएको छ । अभिुक्तहरु तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तस्बीर : उनै मृतक काका-भतीजी
0 $type={blogger}:
Post a Comment