गुल्मी दिगाम सेरोफेरो नेटवर्क बुटवल, भदौ ५ –
नेपाली समाजमा पैँचो
भन्नाले पछि उत्ति नै फिर्ता दिनेगरी छिमेकीसँग
लिइएको खाद्यान्न वा खानेकुरा बुझिन्छ । तर, यहाँ ‘पैँचो पसल’को कुरो छ ।
तस्बीर: दिगाम गा.वि.स. वडा नं. ३ मा स्थापना भएको पैँचो पसल रहेको सुन्दर घर
ग्रामीण भेगका कृषि उत्पादनलाई बिक्री–वितरण गर्न र उत्पादनका लागि आवश्यक सामग्री सहज उपलब्ध गराउन बुटवलको सुक्खानगरमा पैँचो पसल सञ्चालनमा ल्याइएको छ ।
पैँचोले गुल्मी र पाल्पाका किसानलाई आवश्यक मलबिउलगायत अन्य उपभोग्य सामग्री दिएर उनीहरूका उत्पादन संकलन गर्छ र बजारमा बिक्री गर्छ । पैँचो पसल स्वरोजगार अभिवृद्धिका लागि उद्यमी युवाले सञ्चालन गरेका हुन् । पैँचो पसलमा गुल्मीका पल्लिकोट, रुरु, ग्वादी, बम्घा, हर्दिनेटा, दिगाम, बलेटक्सार, थानापतिलगायत र पाल्पाको अर्गली गाविसका किसानले उत्पादन गरेका अग्र्यानिक तरकारी, फलफूल र खाद्यान्न पाइन्छ ।
गिठा, तरुल, अम्बा, नासपती, निउरो, बाँसको तामादेखि चुक, अमिलो, सुन्तला, अमला, मौसम, नासपतीको जाम, खुर्सानी, आँप, कागती, अदुवाको अचार र अन्य तरकारीलगायत ग्रामीण भेगका ताजा चिज किन्न पाउँदा बुटवलबासी पैँचो पसलप्रति आकर्षित भएका छन् ।
ग्रामीण भेगका उत्पादन ताजै पैँचो पसल बुटवलमा पुर्याइन्छ । प्रालिका प्रबन्ध निर्देशक धु्रव न्यौपाने भन्छन्, ‘हामीले गुल्मी र पाल्पाबाट तरकारी, फलफूललगायत कृषि उपज आफ्नै सवारी साधनमार्फत ल्याउँछौँ । उसै दिन बिहानै बुटवल ल्याइपु¥याउँछौँ । त्यसैले तरकारी ताजा हुन्छ ।’
पैँचो पसल ०७१ असोजदेखि सञ्चालनमा आएको हो । यो १० महिनामै पसलले चार करोडको कारोबार गरेको छ । कृषकका तरकारी मात्रै एक करोड रुपैयाँसम्मको तरकारी बिक्री गरेको छ ।
पैँचो पसलबाट बुटवलका फुटकर व्यापारीले पनि सामान खरिद गर्ने गरेका छन् । बुटवल तीनकुने नजिकै किराना पसल गर्दै आएका सन्तोष अर्यालले केही महिनादेखि पैंचो पसलबाट तरकारी खरिद गरी बिक्री गर्न थालेको बताए । ‘उपभोक्ताले पैँचो पसलका तरकारी निकै मन पराएका छन्,’ अर्याल भन्छन्, ‘धेरैले गाउँको झल्को मेटिएको बताएका छन् ।’
उपभोक्ताको माग बढेपछि अर्यालले पैँचो पसलबाट दिनको दुईपटक सामान ल्याउँछन् ।
पैँचो पसल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारी भन्छन्, ‘एक करोड रुपैयाँको लगानीमा हामीले पैँचो पसल सुरु गरेका हौँ । अब अझ व्यवस्थित किसिमले १५ करोड रुपैयाँ लगानी पु¥याउँदै छौँ ।’
गुल्मीका ११ र पाल्पाको एक गरी १२ गाविसका कृषकका उत्पादन पैँचो पसलले संकलन गर्छ । यी १२ गाविसमा १५ वटा संकलन केन्द्र राखिएको छ । आफ्ना उत्पादनले सहजै बजार पाएपछि पहाडी क्षेत्रका किसान उत्साही भएका छन् । प्रालिका प्रबन्ध निर्देशक न्यौपानेका अनुसार आफ्नो उत्पादनले बजार पाएपछि १२ गाविसका ४० हजार किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।
न्यौपाने भन्छन्, ‘ती गाविसका एक लाखभन्दा पनि बढी रोपनी जग्गामा उत्पादित तरकारी बुटवल आएको छ, यो आवमा उत्पादन दोब्बर बनाउने अभियान किसानले सुरु गरिसकेको हामीले पाएका छौँ ।’
पँैचो पसल सञ्चालनमा आएपछि आफूहरूले स्वच्छ र ताजा सामान सुपथ मूल्यमा पाउने गरेको बुटवल सुक्खानगरकी सविता भण्डारी बताउँछिन् ।
उनी भन्छिन्, ‘पैँचो पसलबाट गाउँले स्वच्छ खानेकुरा पाएका छौँ । प्रत्येक सामानमा बजार मूल्यभन्दा एक÷दुई रुपैयाँ सस्तो पनि छ ।’
आफ्नो उत्पादनले बजार पाएपछि रुरु–४ रातामाटाका किसान राजेन्द्र रानाभाट खुसी छन् । उनी भन्छन्, ‘पैँचो पसलले हाम्रा उत्पादनलाई बजारसम्म पुर्याएको छ । सामानको मूल्य पनि राम्रै पाएका छौँ । बजारमा बिक्ने भएपछि अझ उत्पादन बढाउने सोचमा छु ।’
0 $type={blogger}:
Post a Comment