Saturday, July 25, 2015

रहस्यमय बन्दै काका–भतिजी मृत्यु प्रकरण अनुसन्धानका लागि पहिलो पटक पोलिग्राफ मेशिनको प्रयोग

प्रेम सुनार गुल्मी, साउन ९ ।
शुक्रबार अनौठो प्रकृतिले मृत अवस्थामा फेला परेका पीपलधाराका काका–भतिजीको एकै साथ आत्महत्या काण्डको रहस्य पत्ता लगाउन प्रहरीले व्यापक अनुसन्धान शुरु गरेको छ ।
पीपलधारा–८ का अन्दाजि ४० बर्षका बेलबहादुर मुखिया खन्यूको रूखको फेँदमा मृत अवस्थामा फेला परेका थिए भने नाताले उनको भतिजी पर्ने १६ बर्षिय सीता मुखिया उक्त रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
ती काका भतिजीले सँगै आत्महत्या गरेको नभई सकैले हत्या गरेको स्थानीयको आशंका सम्बन्धमामा जिल्ला प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठसँग सम्पर्क राख्दा उनले सम्भवत आइतबारसम्म पत्रकार सम्मेलन गरेर यो घटनाको तथ्य सार्वजनिक गरिने बताए ।

डिएसपी श्रेष्ठले यस घटना अनुसन्धानका लागि गुल्मीमा पहिलो पटक बेग्लै मेशिनको प्रयोग हने समेत बताए । श्रेष्ठले भने– ‘गुल्मीमा पहिलो पटक अनुसन्धानका लागि काठमाडौंबाट मगाएर पोलिग्राफ नामक मेशिनको प्रयोग हुँदै छ । ’
उनले भने– ‘हामी सुक्षम ढंगले यस घटनाको अनुसन्धान गरिरहेका छौं, अहिले चाँही अरु केहि भन्न मिल्दैन् । सम्भवतः भोली वा पर्सी सम्म यो घटानको तथ्य तपाई पत्रकारहरुकै सामु सार्वजानिक गर्नेछौं । उनले यस घटनालाई सम्भवत गुल्मी जिल्लाकै पहिलो र अनौठो घटनाका रुपमा चित्रित गरे ।
बेलबहादुर रूखको फेँदमा मृत फेला परेको र उनको टाउकोमा गम्भीर चोट देखिएको स्थनीयले बताएका छन् । बेलबहादुरको घाँटीमा निल डामहरू रहेको र रगत लतपतिएको काठ समेत नजिकै फेला परेकोले उनीहरू दुबैको हत्या भएको हुन सक्ने पीपलधाराका कांग्रेस नेता हरिबहादुर थापाले बताए ।
‘यो शतप्रतिशत हत्या हो, प्रहरीले राम्ररी अनुसन्धान गर्ने छ भन्नेमा विश्वस्त छौँ,’ कांग्रेसका क्षत्रिय उपसभापति समेत रहेका थापाले भने, ‘सीतालाई समेत कुटपीट गरेर अचेत अवस्थामा झुण्डाइएको हामीलाई लागेको छ ।’ रूखमा चुण्डीले झुण्डीएकी सीताको गुप्ताङमा तरल पदार्थ पैताला सम्म चुहिएको देखिएको उनले बताए ।
उनीहरू पीपलधाराको नादीखोला गाउँमा घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । मृतकका दाजु नारायण र मृतक बेलबहादुरको घर आम्नेसाम्ने पर्दछ । त्यसैबीचको मलखातमा लडाइएको अवस्थामा बेलबहादुरको शव फेँदमा र माथि रूखमा सीताको शव फेला परेको थियो ।
थापाका अनुसार सीता र बेलबहादुरसँगै भएकोले बेला कुनै तेस्रो ब्यक्तिले उनीहरूको हत्या गरेको स्थानीयले आशंका गरेका छन् । ‘यस अघिपनि यस्तै रहस्यमय तरिकाले ६ जनाको मृत्यु भइसकेको छ,’ थापाले भने, ‘ती घटनाहरू बाहिर आउन भने सकेनन्, यस्तै हो भने गाउँमा ज्यानमारा मात्रै फैलिने भयो ।’
उनले आफूहरु समेत असुरक्षित रहेको बताउँदै अत्यन्तै गम्भीर तरिकाले अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेका छन् । उनले यहाँका सञ्चारकर्मीहरूलाई समेत घटनाबारे खोजेर सहयोग गर्न अनुरोध गरे । मृतक सीताकी आमाले प्रहरीलाई दिएको बयानका अनुसार सीता बिहिबार साँझ करिब ८ बजे कसैको फोन आएप्छि घरबाट बाहिरिएकी थिइन् ।
स्थानीयका अनुसार उक्त घटना रातको करिब १० देखि ११ बजेको बीचमा भएको छ । उक्त घटनाको बारेमा गाउँले कोहीपनि बोल्न चाहाँदैनन् । घटनास्थलमा पुगेका प्रहरी निरिक्षक राप्रसाद पौड्यालले मृत्यु शंकास्पद भएको बताए ।
यस बिषयमा अनुसन्धान गरिरहेका डिएसपी हिमालय कुमार श्रेष्ठले आफूहरु घटनाको तथ्यको नजिकै पुगेको बताए पनि अरू बोल्न चाहेनन् । ‘हामीले एक÷दुई दिनमै यसको तथ्य सार्वजनिक गर्छौँ,’ उनले भने, ‘यस अघिपनि त्यस गाउँमा यस्ता प्रकृतिका घटना घटेका छन्, सम्भवत यो गुल्मीको पहिलो अनौठो प्रकृतिको अपराध हो ।’
उनले यस घटनासँगै पहिलेको घटनाको पनि अनुसन्धान हुने समेत बताएका छन् । अहिले मृतकका आफन्तहरूलाई सोधपुछ गर्ने क्रम चलिरहेको प्रहरीले बताएको छ । ती आफन्तहरूलाई प्रहरीले कोही कसैसँग भेट हुन दिएको छैन् ।
मृतक बेलबहादुर र उनका दाजु नारायण तीन चार दिन अघि मात्रै सदरमुकाम तम्घासबाट खेत रोप्न भन्दै घर गएका थिए । बेलबहादुरका श्रीमती र छोराछोरीहरु छन भने सीता केहि दिन अघि मात्रै माइतिमा आएकी थिइन् । सीताका श्रीमान् भारतमा मजदुरी गर्दछन् ।

तस्बीर : उनै मृतक काका– भतिजी

0 $type={blogger}: