Wednesday, January 14, 2015

रिडीको माघे सक्रान्ति मेला आज बाट शुरु

गुल्मी दिगाम सेरोफेरो गुल्मी, माघ १।
धार्मिक एवं पबित्र स्थल रुरु क्षेत्रमा आज देखि माघे सक्रान्ती मेला शुरु भएको छ ।
रूरू क्षेत्र रिडीको महत्व शब्दमा उतारेर सकिदैन ,पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंम स्थल कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको रिडीमा विहानै देखि भिडभाड शुरु भएको छ । नेपालका चार धाम मध्यको रुरु क्षेत्रको काली गण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङजालगायत अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ्ग र सिमावर्ती भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । माघ १ गते देखि ३ गते सम्म काली गण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गरेमा मानिसले गरेका सम्पुर्ण पाप नास हुने जन बिश्वास रहेको पाईन्छ । रुरु क्षेत्रमा परापुर्बकाल देखी नै माघ ३ गते सम्म जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा मेला लाग्ने गरेको छ ।
बराह पुराणका अनुसार भगवान इन्द«ले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भंग गर्न पठाएकी अप्साराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो र पुनः उनै बालिकाको तपस्याबाट त्यस क्ष्ँेत्रको नाम रुरु क्षेत्र रहन गएको किम्बदन्ती रहेको पाईन्छ । मेलामा स्थानिय उत्पादनहरु, रुकुम , रोल्पा, डोल्पाबाट उत्पादन गरी ल्याएका काम्लो, राडी, पाखी र बासबाट उत्पादित बिभिन्न किसिमका डाला, सुपा, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी ल्याएको छ । रुरु मेलाको अबसरमा रुरु फ्रेन्डस क्लबले आयोजना गरेको सास्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारको उपस्थिति रहने जनाइयको छ, सोही अवशरमा उक्त क्षेत्रमा श्रीमद् भागवत महापुराण समेत संचालन हुँदै छ । केही समय पछी उर्जामन्त्री राधा ज्ञवालीले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तस्बीर : फाईल तस्बीर

0 $type={blogger}: