Saturday, January 10, 2015

मगरात बन्दले गुल्मी ठप्प

शिबलाल सुबेदी गुल्मी २७ पुस
एकीकृत नेकपा माओवादीको नेर्तवमा  बनेको ३० दलीले गठबन्दनले गरेको एक दिने मगरात बन्दको असर गुल्मीमा परेको छ ।
मोर्चाले गरेको बन्दका कारण यहाँको जनजिवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण गुल्मी जिल्लामा बिहानैदेखि लामो तथा छोटो दुरीका कुनै पनि सवारीका साधनहरु चलेका छैनन भने पसल, कल कारखाना, उद्योगहरु पनि पुरै ठप्प भएका छन । एकीकृत माओवादी सहित मोर्चामा आवद्ध नेता कार्यकक्ताहरु बिहानै देखि सदरमुकाम तम्घास बजारमा झण्डा बोकेर माइकिङ् गदै बजार बन्द गराउदै हिडेका छन । जिल्लाको सदरमुकाम तम्घास लगायत जिल्लाका ग्रामिण क्षेत्रका मुख्य बजारहरु, रिडी, बलेटक्सार, सिमलटारी, पुर्कोटदह, शान्तिपुर, वामीटक्सार लगायतका बजारहरु पनि पुर्ण रुपमा बन्द भएको स्थानीयले जानकारी दिएका छन । प्रेस, एम्बुलेन्स, दुध, सुरक्षा, कुटनितीक आयोगका सवारीका साधनहरु भने सञ्चालनमा कुनै रोक लगाइएको छैन । प्रहरीले जिल्लामा कुनै पनि अप्रिय घटनाहरु नघटोस भन्का लागि सदरमुकाम तम्घासका बिभिन्न चोकहरुमा प्रहरी बाक्लो रुपमा खटाइएको छ ।

0 $type={blogger}: