अनिल खत्री गुल्मी, पुस २१।
गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा बृद्धि भएको छ । जिल्लामा यस वर्ष २ हजार ७६ टन सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि बिकास कार्यलय गुल्मीका अनुसार यो वर्ष गत वर्ष भन्दा १४ प्रतिशतले सुन्तला उत्पादन बुद्धि भएको छ । जिल्लाका बिभिन्न गाविसहरुमा लगाइएको सुन्तला खेती मध्ये अहिले ३१ प्रतिशत सुन्तला टिप्न बाकी रहेता पनी पछिल्लो संकलित बिवरण अनुसार उत्पादन बृद्धि बढेको हो । जिल्लामा सुन्तला उत्पादन बृद्धि दर बढनुमा सुन्तला खेत तर्फ किसानहरु आकर्षित हुनुु तथा व्यावस्थित तरिकाले खेत गर्नु सगै जिल्ला कृषि बिकास कार्यलय गुल्मी र कृषि सहकारी, कृषक बाट बगैचा सुढृढीकरणमा बिरुवामा वोर्डे पेष्ट, मिक्चर तथा विरुवा काटछाट गरिएको र यस वर्ष पतेरोको प्रकोप कम भएको जिल्ला कृषि बिकास कार्यलय गुल्मीका बरिष्ठ कृषि बिकास अधिकृत चेतनाथ अधिकारीले जानकारी दिनुभयो ।
जिल्लाका प्रायजसो सबै गाविसहरुमा सुन्तला खेती गरेतापनि व्यास्थित र सुन्तला उत्पादन को लागी व्यावस्थित मानिने गाविसहरु अर्लाङकोट, अर्बेनी, जयखानी, दिगाम, हर्दिनेटा, गौडाकोट, जुभुङ्ग, रेसुङ्गा नगरपालिका, पिपलधारा, हाडहाडे, नयाँगाउ, भनभने, धुर्कोट रजस्थल, धुर्कोट वस्तु, पुर्कोटदह, लगायतका गाविसहरुमा कृषकहरुले सुन्तला उत्पादन गर्दै आएको बरिष्ठ कृषि बिकास अधिकृत अधिकारीले जानकारी दिनुभयो । अन्य गाविसहरुमा सुन्तला खेती गरेतापनि उत्पादन र मौसमका हिसावले त्यति प्र¥याप्त नभएको बरिष्ट कृषि बिकास अधिकृत अधिकारीले बताए । गुल्मीमा उत्पादन भएको सुन्तला केहि जिल्लामै खपत भएतापनि अन्य भने जिल्ला बाहिर अर्घाखाँची,पाल्पा,बाग्लुङ्ग,वुटवल, पोखरा लगायका मुख्य बजारमा बिक्री बितरणको लागी लगिने बताईएको छ ।

0 $type={blogger}:
Post a Comment