Sunday, November 23, 2014

राष्ट्रिय कलाकारले तताए गुल्मीे शान्तिपुरको चक्रेश्वर मेला (फोटो फिचर सहित)

अनिल खत्री गुल्मी मंसिर ७ 
गुल्मीको शान्तिपुरमा विगतका वर्षहरुमा जस्तै संञ्चालन हुदै आएको चक्रेश्वर मेला यस वर्षपनि बिबिध कार्यक्रमहरु सहित सम्पन्न भएको छ । गुल्मीको शान्तिपुर गाविसको वाड नं. १ मा पर्ने मन्दीरमा वाला चर्तुदसी सतबिज छर्ने पर्वको अबसरमा यस क्षेत्रको चर्चित एबं धर्मिकरुपले पनि लोकप्रिय मानिदै आएको मेला सम्पन्न भएको छ । चके्रश्वर मन्दीरमा विगतका वर्षहरुमा जस्तै यस वर्षपनि उदय शान्ति युवा क्लव शान्तिपुरकोे आयोजनामा चक्रेश्वर मेला व्यावस्थापन समितीले बिबिध सांस्कृतिक कार्यक्रम सहित नेपालमा बिभिन्न चर्चाको शिखरमा रहेका राष्ट्रिय स्तरका  कलाकारहरु सहित नेपाली चलचित्रका महानायक राजेश हमाल पनि सहभागि भएका छन ।
मंसिर २ गते बाट सुरु भएको मेला शनिवार सम्म संञ्चालन भएको थियो । चर्केश्वर मेलामा बिभिन्न खेलकुद,कौडा नाच, लोक झाँकी,भजन कृतन सहित बिबिध सांस्कृति कार्यक्रमको आयोजना गरिएको संस्कृतिक कार्यक्रमका संयोजक शोबित श्रेष्ठले जानकारी दिनुभयो । हिन्दु धर्म अनुसार वाला चर्तुदसीको अबसरमा सतबिज छर्नाले पुन्यलाभ हुने जनबिश्वास रहि आएकोले यस क्षेत्रमान बिगत सयौ वर्ष पहिले देखि नै पुजा आज हुदै आएको स्थानिय वासी बताउछन ।
मंससिर ४ र ५ गते भएको बिबिध सांस्कृतिक कार्यक्रममा नेपाली चलचित्रका महानायक राजेश हमाल,गायक गायिकाहरु खुमन अधिकारी,मञ्जु पौडेल, कमल खत्री, रामचन्द्र चन्द, सन्तु थापा र हाँस्यकलाकार राजाराम सहित एक दर्जन भन्दा वढी कलाकारहरुले गुल्मीको शान्पिुरको चक्रेश्वर मेलामा संगितमय बनेको थियो । नेपाली चलचित्रका महानायक राजेश हमाल गुल्मी जिल्लामा यो सहित दोश्रो पटक आएका छन । केहि वर्ष पहिले गुल्मीमा कुनै एक चाउचाउको उपहार बितरण गर्नको लागी गुल्मीको सदरमुकाम तम्घास आएको बताइएको छ । गुल्मीमा यो सहित दुई पटक आउने भएता पनि उनि सांस्कृतिक कार्यक्रममा भने पहिलो कार्यक्रम रहेको बताइएको छ । धार्मिक रुपले पनि निकै महत्वपुर्ण मानिएको यस क्षेत्रकोृ यो पर्व तथा मेलामा महानायक राजेश हमाल आउनाले मेलामा थप आकर्षण वढेको आयोजकले जनाएको छ ।
पहिले पुजा आज सहित स्थानिय स्तरको बिबिध धार्मिक झाँकी,भजन कृतन बिभिन्न संस्कृतिक कार्यक्रम हुदै आएको थियो तर पछिल्लो समय यता मेलालाई थप व्यावस्थित गर्नको लागी राष्ट्रिय स्तरका कलाकारहरुको सहभागितामा बिबिध संस्कृतिक कार्यक्रम हुदै आएको संयोजक श्रेष्ठले बताउनु भयो । चक्रेश्वरमेलामा गुल्मी जिल्लाका बिभिन्न ठाउ सहित बाग्लुङ्ग,पाल्पा वुटवल सम्मका तिर्थालुले अबलोकन गरेका छन ।








0 $type={blogger}: