अनिल खत्री गुल्मी कार्तिक ३०।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाले लोक बिधाम गित गाउनेहरुका लागी संञ्चालन गरेको गुल्मी लोक तारा को फाइनल कार्याक्रम उतकृष्ट २ जना नयाँ प्रतिभा छनोट गर्दै गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । यसरी गुल्मी लोक तारा बन्नेहरुमा महिला तर्फ गुल्मी जिल्ला वडागाँउ घर भएकी देबी कुमारी पल्ली र पुरुष तर्फ गुल्मी रिमुवाका बिष्णु सिंजाली रहनु भएको छ । प्रतिष्ठान गुल्मी शाखाले गत जेष्ठ महिनादेखि गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पुगी १ सय भन्दा वढी प्रतिप्रधीहरुबाट बिभिन्न चरण पार गरि आएका ७ नव कलाकारहरुले फाईनल कार्यक्रममा सहभागिता जनाए थिए । पुराना कलाकारलाई सम्मान नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ २९ गते अर्थात शनिवार गुल्मीको सदरमुकाम तम्घासमा सांस्कृतिक कार्याक्रमको आयोजना गरि समपन्न कार्यक्रमले गुल्मीको सदरमुकाम तम्घास दिनभर संगितमय बनेको थियो ।
फार्ईनल कार्यक्रममा आजिवन सदस्य सहित गुल्मीका ४ वटा एफ एम रेडियोहरु र ३ जना पत्रकारलाई प्रतिष्ठान गुल्मीले सम्मान समेत गरेको छ । यसरी सम्मानित हुने पत्रकारहरुमा रुरु एफ एम गुल्मीका अनिल खत्री दैनिक पत्र संम्वाददाता शिवलाल सुवेदी, नागरिक दैनिकका जिल्ला सम्बाददाता बिशाल भट्टराई रहनु भएको छ । सम्मानित पत्रकारहरुलाई कार्यक्रममका प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, बिशेष अतिथी प्रहरी नावय उपरिक्षक हिमालय श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष वद्री पंगेनी, प्रतिष्ठान गुल्मीका अध्यक्ष खुम बहादुर खत्री, सचिव जनक पन्त, प्रहरी निरिक्षक महेन्द्र नेपाल, कार्यक्रम संयोजक शिलु भट्टराई, लगायतले दोसल्ला तथा सम्मान पत्रले सम्मान गर्नु भएको थियो । सोहि कार्यक्रममै प्रतिष्ठान गुल्मी शाखालाई आर्थिक सहयोग गर्ने क्याम्पसरोडका मानबहादुर श्रेष्ठ ,गुल्मीका रेडियो रेसुङ्गा, रुरु एफ एम, गुल्मी एफ.एम.,स्काई एफ.एम. सहित आजिवन सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । गुल्मी लोकताराको फाइनल कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष चन्द्र शर्माले नेपाली लोक संस्कृतिको क्षेत्रमा राज्यले लगानी गर्नु पर्ने र लोक क्षेत्रमा लागेका कलाकारहरुलाई जिबिको पार्जन, स्वास्थ्य उपचार लगायतका क्षेत्रमा यथोचित ध्यान दिनुपर्ने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै प्रतिष्ठानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष वद्री पंगेनीले लोक सांगितिक क्षेत्रले नेपाली मौलीक लोक संस्कृतिको संरक्षण गर्न सक्ने, समाजले पचाउन सक्ने मर्यादित र समाजलाई बाटो देखाउन सक्ने शन्देस मुलक हुनु पर्नेमा जोड दिनुभयो । गुल्मी जिल्लाका बिभिन्न ग्रामीण बस्तीमा रहेका नया प्रतिभालाई अगाडी ल्याउने उदेश्यले लोक बिधामा रहेर गुल्मी लोक तारा कार्यक्रम सुरु गरिएको उक्त कार्याक्रकी संयोजक शिलु भट्टराईले बताउनु भयो । यसरी नै गुल्मी जिल्लामा नयाँ प्रतिभालाई हामीले अगाडी ल्याउनु पर्ने भट्टराईले बताउनु भयो । फाइनल कार्याक्रममा उत्कृष्ट महिला र पुरुष २ जनालाई एउटा लोक दोहोरी गितको एल्वम निकालिदिने सचिव पन्तले बताउनु भयो । गुल्मीको सदरमुकाम तम्घसमा सम्पन्न फाइनल कार्याक्रमको सांस्कृतिक कार्याक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष चन्द्र शर्मा सहित कलाकारहरु बद्री पंगेनी, बैकुण्ठ महत, लक्ष्मण खड्का, जमुना राना,शिलु भट्टराई,हरि खत्री, तुलसिंह रनपछाई,वालचन्द्र बराल,शुसिला थापा,लगायत एक दर्जन भन्दा वढी कलाकारले शनिवार गुल्मीको सदरमुकाम तम्घास बजार संगितमय भएको थियो । शाखाले गत वर्ष पनि लोक दोहोरी प्रतिष्ठान र शैली डिजिटल प्रालिले गुल्मी जिल्लाका बिभिन्न स्थानमा संञ्चालन गरेको शैलि प्रतिभाको अडिसनले उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गित एल्वम र म्युजिक भिडियो निमार्ण गरिदिएको थियो । आफु संग प्र तिभा भएर पनि कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउने अभिप्रायले हामीले गर्न लागेको कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्ने,पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लो प हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग ,बजारमा भैरहेको गितको पाईरेसीलाई निर्मूल पार्न सहयोग,सबै संस्कृति र लोक गितको बजार ब्यावस्थापनमा सहयोग पुग्ने लोक तथा दोहोरी गित प्रतिष्ठान गुल्मी अध्यक्ष खुम बहादुर खत्रीले बताउनु भयो । र्फानल कार्यक्रमको समापन कार्यत्रम राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका अध्यक्ष खुम बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी,स्थानिय बिकास अधिकारी डिलारा पन्थी, प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठ नेपाली कांग्रेसका जिल्ला उपसभापति भुवन श्रेष्ठ, निर्माण व्यावसायि गुल्मीका महासचिव हरिकुमार श्रेष्ठ, गुरु गोरख गुल्मका गुल्म पति भिमशंकर वन, शसस्त्र प्रहरी वल गुल्मका प्रहरी नायव उपरिक्षक अनुसन्धा अधिकृत, प्रहरी निरिक्षक महे न्द्र नेपाल लगायत गुल्मी जिल्लाका बिभिन्न कार्यलयका तथा संघ संस्थाका प्रमुखहरु एक दर्जन भन्दा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहेको कार्यक्रम प्रतिष्ठानकी उपाध्यक्ष बिष्णु कुमारी सापकोटाको स्वागत सचिव जनक पन्तको संञ्चालनमा सम्पन्न भएको थियो ।
0 $type={blogger}:
Post a Comment