प्रेम सुनार गुल्मी, कात्तिक ५ ।
गुल्मी जिल्लाको इतिहासमा पहिलो पटक यहाँको एक व्यक्ति अहिले सम्मकै ठूलो रकम अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । एक महिलाको मृगौला प्रत्यारोपण गरिदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तुराङ्ग–६ का ५८ वर्षीय रामप्रसाद शर्मा पौड्यालले १० लाख र उनकी ४८ वर्षिया श्रीमती लक्ष्मी भन्ने विष्णु पौड्यालले ५० हजार रुपैयाँसहित कुल १० लाख ५० हजार धरौटी बुझाएर बुधबार रिहा भएका हुन् । यो धरौटी रकम कुनै पनि मुद्दामा अहिलेसम्मकै सबैभन्दा बढि रकम भएको जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतले जनाएको छ । पौड्यालले तुराङ्ग–४ की पार्वतीकुमारी उपाध्यायको दुवै मृगौला प्रत्यारोपण गरिदिन्छु भन्दै एक पटक १२ लाख र अर्को पटक २७ लाख गरी कुल ३९ लाख ठगी गरेको पिडितले उजुरी दिएपछि प्रहरीले असोज १४ गते बुटवलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राख्दै अदालतमा मुद्दा चलाएको थियो । मंगलबार जिल्ला न्यायाधिश ऋषिराम आचार्यको इजलासले पौडेललाई १० लाख धरौटी माग गरेको थियो । उक्त रकम निजले बुधबार बुझाए पछि रिहा भएका हुन् भने उनकी श्रीमतीले ५० हजार रुपैयाँ मंगलबार नै बुझाएर रिहा भएकी थिइन् । गत ३५ वर्षदेखि भारतको वैङ्गलोरमा बसेका पौड्यालले दुबै मृगौला फेला भएकी उपाध्यायलाई २०६८ देखि २०७० सम्म भारतको एक होटलमा राख्दै देश विदेशमा रहेका उनका आफन्तजनबाट विभिन्न बाहाना पार्दै रकम मगाउँदै ठग्दै गरेको पिडित पक्षले बताएका छन् । त्यति ठूलो रकम ठगी भएपछि पिडित उपाध्याय यहाँस्थित रेडियो कार्यक्रम ओझेलका खबरमार्फत भण्डाफोर गरेपछि यो कुरा बाहिर आएको थियो । यता भने, पिडित उपाध्यायको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । ३९ लाख ठगी आरोपमा यति ठूलो रकम धरौटी बुझाउन सक्ने पौड्यालले भारतमा पक्की घरसमेत उपाध्यायको उपचारकै शिलशिलामा आफूहरुको रकम ठगेर बनाएको पिडित पक्षको आरोप छ । आरोपित पौड्याल परिवारले भने आफूहरुले नभई अरुले धोका दिएर फस्नु परेको जिकिर गर्दै आएका छन् ।

0 $type={blogger}:
Post a Comment