प्रेम सुनार गुल्मी, कार्तिक ४ ।
दिनभरीसंगै खेतमा काम गर्दै जिस्किँदै गरेकी आफ्नो नव दुलहीको आँखा छलेर गुल्मीका एक व्यक्तिले १० वर्षीया बालिका वलात्कार गरेको खुलासा भएको छ । गत असोज २६ गते साँझ करिव ५ वजेको समयमा वाँझकटेरी–३ का १८ वर्षिया गोविन्द केसीले सोही वडाको फुर्सेधार भन्ने स्थानमा १० वर्षिया वालिकालाई वलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले मंगलवार खुलासा गरेको हो । केसीले समेत आफुले ती बालिकाको वलात्कार गरेको स्वीकार गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनले भने, ‘मेडिकल रिर्पोटले पनि बालिका वलात्कृत भएको देखाएको छ ।’ उनका अनुसार निजले फुर्सेधारको बाटोदेखि तल कोदोवारीमा लगेर बालिकाको मुख थुन्दै वलात्कार गरेका थिए । निजलाई पक्राउ गरी अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरिएको नेपालले जानकारी दिए । स्थानियवासीका अनुसार केसी तीन महिनाअघि मात्र विवाह गरेकी श्रीमतिसँग दिनभरी खेतमा काम गरेको र श्रीमति भन्दा करिव १ घण्टा अगाडी आई तल वेसीबाट मासको भारी बोकेर आएकी ति वालिकालाई समातेर तलवारीमा लगेर वलत्कार गरेका थिए । ‘म र अंकलकी छोरी वेसीबाट मासको भारी बोकेर आउँदै थियौं’– पिडित वालिकाले भनिन –‘ वहिनीलाई हिड्दै गर भनेर पठायो र मलाई भारी विसाउन लगायो मैले मानिन उसले समातेर तल वारीमा लगेर मुख थुन्दै वलत्कार ग¥यो ।’ उनका काकाले पनि उनी वेलावेलामा आफै तर्सिने गरेको बताए । बलात्कार गर्दा म वेस्सरी चिच्चाएँ उ भाग्यो मैले रुदै घर आएर हजुर आमासंग भने पछि उहाँले गाउँमा सवैसंग भनेर प्रहरीलाई खवर गरेका हौं –ति वालिकाले भनिन् । गुल्मीमा गत एक वर्षको अन्तरालमा ११ वर्ष मुनिका ४ जना वालिका वलात्कृत भएका छन् । एक महिना अघि १५ वर्षिया किशोरीलाई सामुहिक वलात्कार गर्ने घटनामा १० वर्षिया वालिक समेत संलग्न रहेको प्रहरीले जनाएको थियो । यस जिल्लामा वलात्कार घटना बढ्दै गएको प्रति यहाँको प्रहरी प्रशासन र अधिकारकर्मी चिन्तित छन् । प्रहरीले गाउँ गाउँमा पुुगेर जनचेतना कार्यक्रम गर्ने तयारी गरेको प्रहरी निरीक्षक नेपालले बताए ।

0 $type={blogger}:
Post a Comment