Sunday, October 19, 2014

गुल्मीमा रेसुङ्गा टेलिभिजनको परिक्षण प्रसारण सुरु


अनिल खत्री गुल्मी कातिक २।
गुल्मीको सदरमुकाम तम्घासमा स्थापना भएको रेसुङ्गा टेलिभिजनले परिक्षण प्रसारण सुरु गरेको छ । गुल्मीकोे पर्यटकिय स्थल रेसुङ्गाको नामबाट नामाकरण गरि संञ्चालनमा आएको टेलिभिजनले परिक्षण प्रसारण सुरु गरेको टेलिभिजनका प्रबन्धक तिलक के.सीले बताउनु भयो । गुल्मीको सदरमुकाम तम्घासबाट संञ्चालित तम्घास केवलमा उक्त टिभी च्यानल हेर्न सकिने बताइएको छ ।

गुल्मी जिल्लामा पछिल्लो समयमा धेरै एफ एम रेडियोहरु संञ्चालनमा आएपछि संञ्चारको क्षेत्रमा ब्यापक बिकास भएको छ । बालक देखि बृद्धा सम्म अहिले सुचना प्रबिधिसंग रहेर बिबिध चेतना मुलक प्रस्तुती हेर्ने सुन्ने बानी बसीसकेको छ । जिल्लामा धेरै एफ एम रेडियोहरु संञ्चालनमा आएता पनि स्थानिय स्तरको टिभी च्यानल भने संञ्चालनमा आएको थिएन । गुल्मी जिल्लाको हकमा रेसुङ्गा टेलिभिजन पहिलो टेलिभिजन हो । जिल्लामा तम्घास केवलले दैनिक रुपमा आफनो च्यानलमा जिल्लामा हुने बिबिध कार्याक्रमहरु,सुचना, गित संिगतहरु प्रस्तुत गर्दैै आएको छ ।
गत आश्विन महिना बाट परिक्षण प्रसारणमा आएको उक्त टेलिभिजनले यहि कार्तिक महिनाको दोस्रो साताबाट दैनिक रुपमा समाचार सगै सुचना मुलक प्रस्तुतिहरु, हास्य तथा मनोरञ्जन मुलक टेलिसृङखला, फिल्मी कार्याक्रम, लोक संगित मुलक कार्यक्रमहरु लगायत बिबिध कार्याक्रमहरु सहित संञ्चालनमा आउने प्रबन्धक केसीले बताउनु भयो । जिल्ला भित्रका र बाहिरका दर्सकको मागलाई मध्यजनर राखेर टिभी संञ्चालनमा आएको प्रबन्धक केसीले बताउनु भयो । अहिले तम्घास केवल मार्फत हेर्न सकिने र केहि समयपछि सेटलाइट मार्फत बिश्वभर हेर्नमिल्ने गरि संञ्चालनमा लैजाने के.सी.ले बताउनु भयो । अहिले यो टिभि च्यानल गुल्मी जिल्लामा संञ्चालित तम्घास केवल मार्फत गुल्मी जिल्लाका अधिकांस गाविसहरु छिमेकी जिल्ला अर्घाखाँची र वाग्लुङ्गका बिभिन्न स्थानका करिव ५० हजार दर्सक श्रोताले यो टिभि च्यानल हेरिरहेको प्रबन्धक के.सी.ले दाबी गर्नु भयो ।

हाल जिल्लाको सदरमुकाम तम्घासमा ३ वटा एफ एम रेडियो र सदरमुकाम भन्दा बाहिर ग्रामीण बस्तीहरुमा ३ वटा गरि ६ वटा एफ एम रेडियोहरु संञ्चाचलनमा छन । जिल्लामा एक दर्जन भन्दा वढी छापा संञ्चार माध्यहरु दर्ता भएका छन । छापा संञ्चार माध्यम पत्रिकाहरु धेरै दर्ता भएपनि नियमित रुपमा संञ्चालनमा भने आएका छैनन । जिल्लामा ६ वटा एफ एम रेडियो संञ्चालनमा आउदा एउटा पनि छापा संञ्चार माध्यम पत्रिका नियमित रुपमा संञ्चालनमा नआउनु जिल्लाको लागी यो निकै दुखको पक्ष भएको सरोकारवालाको भनाई छ ।जिल्लाको सञ्चार क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले जिल्लाको नाम बाट जिल्ला वाहिर प्रदेशमा रहेर पनि केहि गुल्मीका आफनो जिल्लाको समाचार बिभिन्न सुचना, चेतना मुलक सामाग्रीहरु अनलाइन समाचारहरुले प्रेसित गदै आएका छन । गुल्मी जिल्लाको नाम र जिल्लाका समाचार सुचनाहरु समेटिने गरि झण्डै आदा दर्जन भन्दा वढी अनलाइन समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यहरु पनि संञ्चालनमा आएका छन । गुल्मी जिल्लामा पहिलो रेसुङ्गा टिभी च्यानल संञ्चालनमा आएसगै जिल्लावासीले यसको निरन्तरता सगै खुसी ब्याक्त गरेका छन ।

0 $type={blogger}: