प्रेम सुनार गुल्मी, असोज–१० ।
आज विहानदेखि गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला स्तरिय खुल्ला व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । व्याडमिन्टन संघ गुल्मीको आयोजनामा तम्घासको कभर्डहल भित्र चलिरहेको प्रतियोगिताको निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथी निमित्त प्र.जि.अ. पन्थी र विशेष अतिथी क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय वुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सचिव विष्णु वलाल, नेकपा एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त, एकिकृत माओवादीका सचिवालय सदस्य भुपाल पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जिवन राना लगायतका दलका प्रमुख , प्रतिनिधीहरुको सहभागिता थिए ।
त्यस्तै गुरुगोरख गुल्मका गुल्मपति सेनानी भिमशंकर वन, प्रहरी नायव उपरिक्षक हिमालयकुमार श्रेष्ठ, प्रहरी निरीक्षक महेन्द्र नेपाल, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कृष्ण भण्डारी, पुर्व अध्यक्षहरु क्रमशः शेरबहादुर थापा, वालकृष्ण काउछा, श्रीप्रसाद भलामी, प्रितम काउछा, टिका भलामी, उक्त प्रतियोगिताका संयोजक अनुुपकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिता ३ दिन सम्म चल्ने संयोजक श्रेष्ठले जानकारी दिए । व्याडमिन्टन संघका अध्यक्ष महेश काउछाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र कार्यक्रममा कोषाध्यक्ष लालमणी पन्थीको स्वागत मन्तव्य र सचिव भरत भलामीको सञ्चालन रहेको थियो । तस्वीरः उद्घाटन सत्रको

0 $type={blogger}:
Post a Comment