Thursday, September 25, 2014

गुल्मीमा जिप दुर्घटना, १२ घाईतेमध्ये तीनको अवस्था गम्भीर


प्रेम सुनार गुल्मी, असोज–९ ।
गुल्मीको रुरुमा जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुटवलबाट रिमुवातर्फ जाँदै गरेको लु १ ज १८३३ नम्बरको जिप बिहिबार दिउँसो करिव १ बजेको समयमा गुल्मीको रुरु–३ स्थित खोपा भन्ने स्थानमा दुर्घटना भएको हो । कालिगण्डकी करीडोर अन्तर्गतको रीडि रुद्रवेणी खण्डमा माथीबाट खसेको ढुङ्गा छल्ने क्रममा जिप करीब १ सय ५० मिटर तल कालिगण्डकी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक महेन्द्र नेपालले बताए । करीडोरको उक्त सडकमा ब्लाष्टिङ्ग गरेर सडक चौडा पारिएपछि असोज १ गतेदेखि मात्रै उक्त सडक सुचारु भएको थियो । घाईतेहरुमध्ये दाङ्ग भमके ८ का जिप चालक जिवन भन्ने सुक बहादुर ठाडा, यात्रुहरु लिम्घा ६ का विनोद शाही, लिम्घा ३ बस्ने ४३ वर्षीय युवराज ज्ञवालीको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि पाल्पा पठाईएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुमा ठूलोलुम्पेक ७ का २२ वर्षीया रीना थापा, लिम्घा ३ बस्ने १८ वर्षीय मिलन केसी, सोही ठाउँका २५ वर्षीया राधिका ज्ञवाली, ४० वर्षीय हुमनाथ ज्ञवाली, ३५ वर्षका गोविन्द ज्ञवाली, लोकरत्न ज्ञवाली, रुपन्देही मुर्गियाकी सावि पौडेल, मनु पोडैल र चितवन भरतपुरकी ११ कि १० वर्षीया बिनीता पौडेल रहेका छन् ।

0 $type={blogger}: