प्रेम सुनार गुल्मी, असोज–११ ।
दशैका यात्रुहरुको सुविधालाई ध्यानमा राखी वर्षयाममा वन्द भएका गुल्मीका अधिकांस ग्रामीण सडकहरु मर्मत गरी यातयात सुचारु हुने जनाईएको छ । वर्षायामभर वन्द भएको तम्घास रातडाँडा, बडागाउँ, मुसिकोट पौदीअमराई नेटा सम्मको यातयात सेवा पनि आज शनिवार देखि सुचारु भएको छ ।
‘ निस्तेखोला बढेकोले जिप तर्न नसकेर अहिले सम्म तम्घासबाट रातडाँडा सम्म मात्रै जिप आउने गर्दथ्यो’– रातडाँडा निवासी राम मल्ल ठकुरीले भने–‘ आज दुई वटा जिपहरु तरे, अव यसरी नै पानी रोकियो भने सिधै तम्घासबाट नेटा सम्म जिप सञ्चालन हुने भएको छ ।’ हिजो सम्म रातडाँडाबाट मानिसहरु हिडेर पारी जान्थे एकादुई जिप पाए चढ्थे नत्र हिडेर जाने गरिन्थ्यो मल्लले थपे–‘ अव भने दशैंका यात्रुहरुले सुविधा पाउने भएका छन् । ’
गुल्मी यातयात व्यवसायी संघका सदस्य तथा उक्त रुट हेर्ने महेशकुमार राजभण्डारीले पनि अव तम्घासबाट नेटा गाविस सम्म जिप सञ्चालन हुने बताए । उनले भने–‘ अहिले सम्म आफु खुशी राताडाँडा सम्म जिप जान्थे र खोला तार्न नसके पछि पारी भञ्ज्याङ्गबाट अर्को जिपले ओसार्ने गर्दथे अव सिधै नेटा सम्म सञ्चालन हुने भएको छ ।’
भञ्ज्याङ्ग ईन्द्रगौडाको सडकमा भने पहिरो हटाउन नसकेर गाडीहरु जान सकेका छैनन् । उता तम्घास सिमाहघाट जैसीथोक धुर्कोट रजस्थल र भनभने सम्म जिप जाने गरेको गुल्मी यातयात व्यवसयी संघका उपाध्यक्ष एवं रुट संयोजक रमेश श्रीस्ले जानकारी दिए । ‘पुर्कोटदह , वाँझकटेरी, सिर्सेनी, अग्लुङ्ग , घमिर, अर्खवाङ्ग , दर्लिङ्गको सडक खुलेको छैन् ’– श्रीस्ले भने–‘ अन्य अधिकांस स्थानमा जिप सञ्चालन भई रहेको छ ।’
उनका अनसार वस्तु, वाग्ला , सिमलटारी सम्म जिपहरु सञ्चालन भएका छन् । यता तम्घास , दर्लामचौर , दोहली, ईस्मारजस्थ हुँदै अर्जे , छापाहिले, अर्खवाङ्ग सम्म जिपहरु चलेका छन् । क्षेत्र नम्वर ३ का अधिकांस स्थानमा जिपहरु जाने भए पनि सडक विग्रिएकोले जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् यात्रुहरु र चालक दलहरु । वस सञ्चालन भने कतै हुन सकेको छैन् ।
रुट संयोजक श्रीस्का अनुसार क्षेत्र नम्वर १ को भार्से लगायतका केहि स्थानमा सडक सुचारु हुन नसके पनि अन्य अधिकांस स्थानमा सुचारु भएको छ । जिल्ला विकास समितिका योजना फाँटका अधिकृत खड्ग थापाका अनुसार वर्षयाममा विग्रेका सडहरु सोहोर्नका लागि धमाधम उपभोक्ता समितिहरुलाई वोलाएर सम्झौता गराउने काम भई रहेको छ ।
थापा भन्छन्–‘ दुई तिन वटा बाटाहरुको सम्झौता भई सकेको छ उपभोक्त समितिहरुलाई सम्झौता गर्न आउनका लागि पनि ताकेता गरेका छौ र यस मिडिया मार्फत पनि समितिलाई तत्काल जिविसमा आई दिन आग्राह गर्दछौं । ’ दँशैंको वेला जथाभावी भाडा असुल्ने गरेको गुनासो विगतमा पनि सुनिदै आएको छ । यस सम्वन्धमा जिल्ल्ला प्रहरी प्रमुख हिमालयकुमार क्षेष्ठको ध्यानकृष्ट गराउँदा उनले निर्धारित भाडा दर भन्दा कसैले बढि लिए तत्काल कार्वाही गरिने बताए ।
क्षमता भन्दा बढि यात्रु राख्ने, अव्यवस्थीत पार्किङ्ग गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कार्वाही गर्न आफै सडकहरुमा हिड्दै आएका प्रहरी प्रमुख श्रेष्ठले भने–‘ लागु गरेको नियम कसैले उल्लघन गरे सिधै लाईसेन्समा प्वाल पारेर कार्वाही सुरु हुन्छ । ’ उनले कोही कसैबाट ठगिनु परे वा अन्य विपतमा परे तत्काल प्रहरीलाई सुचित गर्न आग्राह समेत गरेका छन् ।

नखुलेका सडक खुलाउन प्रशासनको भुमिका के रहेको छ त ? भन्ने प्रश्नमा निमित्त प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले दँशैका यात्रुहरुको सुविधाका लागि प्रशासनले बाटो तत्काल खुलाउन ताकेता गर्दै आएको बताए । ‘हामीले जिविस, सडक विभाग र यातयात व्यवसायीहरु संग पटक पटक छलफल गरी सडक सुचारु गराउन ताकेता गर्दै आएका छौ ’–उनले भने–हिजो सहित तिन पटक सम्म ति सम्वन्धीत पक्ष संग छलफल गरियो अव तत्काल दशैं भित्र्रै पुरै सडकहरु सुचारु गराउने पहलमा लागेका छौं । ’
गुल्मी यातयात व्यवसायी संघका अध्यक्ष झकबहादु मिदुन भन्छन्–‘हामीले खुलेका सडकहरुमा जिप सञ्चालन गरी रहेका छौं तर नखुलेका सडकहरु खुलाउन जिविसलाई तपाईहरुले पनि घच्घचाई दिनु प¥यो । ’ उनले पनि जथाभावी भाडा असुल्नेहरुलाई कार्वाही हुने बताउँदै त्यसो नगर्न चालक दलहरुलाई सजग गराएका छन् ।
दशैंका यात्रुहरुको चाँप जिपहरुले मात्र थेग्न नसक्ने भएकोले छिट्टै वर्षायाममा विग्रेका सडकहरुमा डोजर हालेर क्षेत्र नम्वर ३ को दोहली, सिमलटारी, धुर्कोट , पुर्कोट, क्षेत्र नम्वर २ को वडागाउँ , मुसिकोट लगायतका विभिन्न गाविस र क्षेत्र नम्वर १ का पनि विभिन्न स्थानमा वस सेवा सञ्चालन गर्ने स्थानिय उपभोक्ता समितिका पदाधिकारीले तयारी गर्दै आएका छन् । उपभोक्ताहरुको यस्तो तयारीलाई जिल्ला विकास समिति र सडक डिभिजन कार्यालय पाल्पा गम्भीर हुँदै छिटो–छरितो काम गरी दिन जरुरी देखिएको छ ।

0 $type={blogger}:
Post a Comment