प्रेम सुनार गुल्मी, असार २४ ।
गुल्मीको एक विद्यालयले निजी श्रोतका शिक्षकहरुलाई तलव खुवाउन नसके पछि घर घरमा पुगेर मानो–मुठी अन्न संकलन अभियान सुरु गरेका छ् । पालुखा माध्यामिक विद्यालय हस्तीचौर–८ , गुल्मीले यस्तो अभियान सुरु गरेको हो ।
२०३५ सालमा स्वीकृति पाएको सो विद्यालयलाई आवस्यक शिक्षकको दरबन्दी जिल्ला शिक्षा कार्यालयले नदिए पछि ६ जना शिक्षक निजी श्रोतबाट राखिएको छ । ‘आर्थिक श्रोत केहि छैन ’विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर कुँवरले भने–‘ केहि शिप नलागे पछि मुस्ठी संकलन अभियानमा जुटेका छौं । ’
प्रधानध्यापक सुरेन्द्र पाण्डेका अनुसार त्यस विद्यालयमा मावि दरवन्दी छैन । खाली दरवन्दी दुई जना, अस्थाई एक जना , प्रावि राहत एक जना , निमावि तहका दुई जना शिक्षक रहेका छन् भने ६ जना निजी श्रोतका शिक्षकलाई कुल मासिक ७१ हजार तलव खुवाउने गरिएको छ । ‘ अभिभावकबाट चन्द संकलन गरेर ति शिक्षकलाई तलव खुवाउदै आएका थियौं’–प्रधानध्यापक पाण्डेले भने–‘ अहिले खातामा जम्मा ६ हजार छ , मासिक ७१ हजार तलव कसरी खुवाउने भन्ने चिन्तामा छौं ।’
शिक्षा कार्यालयबाट स्वीकृत पाउनु पुर्व २०१५ सालमा एक छाप्रोमा विद्यालय स्थापना हुँदा पनि त्यहाँका बुढा पाकाहरुले मुस्ठी संकलन गरेरै विद्यालय चलाएको स्मरण गर्दै अहिले पनि त्यसै गर्न लागिएको अर्का शिक्षक बाबुराम खत्रीले बताए । त्यसरी गाउँबाट अन्न संकलन गरेर बेच्ने र त्यसको पैसाले तलव खुवाउने प्रधानध्यापक पाण्डेले बताए ।
हाल सम्म २५ घरधुरीमा यो अभियान चलाईएको बताउँदै पाण्डेले देश विदेशमा रहेका र जागिरे स्थानियवासीलाई सहयोगका लागि अपिल गरे । हस्तीचौर ६, ७ , ८ , अर्खले ६ र जैसीथोक ९ सम्मका करिव ३ सय घरधुरीका वाल वालिकाले पढ्ने उक्त विद्यालय सञ्चालन नहुने हो भने साढे दुई घण्टाको बाटो हिडेर अर्को विद्यलय जानु पर्ने हुन्छ ।
उक्त विद्यालयको समस्याका सवन्धमा जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठ संग सम्पर्क राख्दा उनले त्यस विद्यालयको अवस्थावारे आफुलाई जानकारी प्राप्त भएको बताए । ‘त्यस विद्यालयमा पढाई गुण स्तरिय रहेको यसपालीको एसएलसी परिक्षाको नतिजाबाट थाह पाईयो’ जिशिअ श्रेष्ठले भने –‘त्यस्तो विद्यालयमा आफुहरुको दृष्टि नपुग्ने त कुरै भएन् । ’
उनले शिक्षा समितिमा आफुले जोडदार संग त्यस विद्यालयको अवस्थावारे कुरा राख्ने र आवस्यक भौतिक सुविधा र शिक्षक दरवन्दीका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जिल्लाका अन्य साधन श्रोत सम्पन्न विद्ययलयका विद्यार्थीहरु एसएलसीमा न्युन संख्या उतिर्ण भई रहेको बेला त्यस पालुखा माध्यामिक विद्यालयले भने यसपाली ९१.३० प्रतिशत विद्यार्थी उतिर्ण गराएर जिल्लाको तेश्रो सामुदायिक विद्यालयको पंक्तीमा रहन सफल भएको छ ।
उसले एसएलसी परिक्षामा २३ जना सहभागि मध्ये २१ जना उतिर्ण गराएको थियो भने जम्मा दुई जना मात्रै पुरकमा परेका थिए । त्यस विद्यालय साधान श्रोतमा जिल्लाका माध्यामिक विद्यालयहरु मध्ये सवै भन्दा पछाडी परेको विद्यालय हो ।
हालै मात्र चार कोठे एक भवन बनेको छ तर अधिकांस विद्यार्थी बाँसको टहरामा पढ्न बाध्य छन् । एउटा गतिलो खेल मैदान छैन् । छात्र शौचालय छैन् । फर्निचर नहुँदा विद्यार्थी चिसो भुँईमा बसेर पढ्न बाध्य छन् । शिक्षकहरुलाई समेत आबस्यक कुर्ची नहुँदा पालो गरेर बस्ने गर्दछन् । त्यस विद्यालयको त्यो दयानिय अस्थाप्रति सरोकारवाला सबैको ध्यान जानु पर्ने देखिएको छ ।
तस्वीरः स्थापनाकालको ३५ वर्ष सम्म पनि वाँसको टहरामा पालुखा मावि

0 $type={blogger}:
Post a Comment