अनिल खत्री गुल्मी, असार २४।
गुल्मीको सदरमुकाम तम्घास देखि सिमलटारी हुदै पुर्कोट प्युठान जोडने सडक खण्ड अन्र्तगत रेसुङगा नगरपालिका र हस्तिचौर गाविस जोडने छल्दी पनाहा पुलमा आज खसेको ठुलो ढुंगाका कारण पक्की पुलमा क्षति पुग्नुका साथै यातायात संञ्चालनमा कठिनाई आएको छ । अबिरल वर्षाका कारण सडक निर्माण क्रममा छेउमा राखिएका ढुंगाहरु सहित गएको पहिरोले यातायात संञ्चालनमा समस्या आएको जनाईएको छ । दर्जनौ यातायातका साधन र सयौ यात्रुहरुको दैनिक आवतजावत हुने सडकमा आएको समस्याले यातायात ब्यावसायी र यात्रुहरुलाई सास्ती थपेको छ । वर्खाको मौसममा दैनिक उपभोग्य सामान तथा खाद्यन्न ढुवानीमा प्रयोगहुने ट्क तथा ट्याक्टरहरुको आवतजावत ठप्प रहेको छ ।
यात्रुवाहक जिपहरुको एक तर्फी आवतजावतका लागी निकास खोलिए पनि ठुला ठुला ढुंगाहरुका कारण सडक खुलाउन समस्या भएको निर्माण ब्यवसायी दुर्गाचन्द्र बोहराले जानकारी दिनुभयो । सडक स्तर उन्नतीका क्रममा निर्माण गरिएका नाली समेत पहिरोले भत्काएको र पक्की पुलको वार समेत भाँचिएर क्षति पुगेको छ । सडक खुलाउन मेसीनको प्रयोग गरि तत्काल सम्बन्धीत निकायले काम सुरु गर्नु पर्ने र आगामी दिनमा यस्ता घटना दोहोरीन नदिन निर्माण ब्यावसायीले काम गर्दा संरचनामा क्षति नपुग्ने गरि सुरक्षित र गुणस्तरिय ढंगले काम गर्नु पर्ने बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवँरले बताउनु भयो ।
0 $type={blogger}:
Post a Comment