Friday, May 9, 2014

पश्चिम नेपाल मैं पहिलो भुजेली पर्व मनाईयो गुल्मीमा

9प्रेम सुनार  
गुल्मी, बैशाख २६ । पश्चिम नेपाल मैं पहिलो पटक भुजेल समुदायको राष्ट्रिय कार्यक्रम भुजेली पर्व गुल्मीका भुजेल समुदायले आफ्नै जिल्लामा मनाउने अवसर पाएका छन् ।  भुजेल सेवा समाज गुल्मीको विशेष पहलमा यहाँका भुजेल समुदायले पहिलो पटक आफ्ना पुर्खाहरुको धर्म संस्कृतिको चिनारी सहित  यस्तो  केन्द्रिय कार्यक्रम  आफ्नो जिल्लामा गर्ने  अवसर  पाएका हुन् ।
भुजेलहरुको भाषामा ‘ता’ अर्थात घोडा वर्षका रुपमा १५१९ भुजेली पर्व  मनाएका हुन् ।  प्रत्येक वर्ष मनाईने यो पर्व यस अघि पुर्वका विभिन्न जिल्लामा मनाईए पनि पश्चिम नेपालमा पहिलो पटक गुल्मीबाट मनाईने  अवसर प्राप्त भएको समाजका केन्द्रिय उपाध्यक्ष विष्णु घर्तिले बताउनु भयो ।
   भुजेल जाती संस्कार संस्कृती अध्यान मञ्चका केन्द्रिय अध्यक्ष लक्ष्मण भुजेलले त्यस भुजेली पर्वमा प्रस्तुत गरेका भुजेल भाषाको  प्रवचन  सुन्दा र पुर्खेयौंली पुजा प्रकृया देख्दा स्वयम यहाँका भुजेल समुदायका मानिसहरु नै  अचम्भ परेका थिए ।  
  तम्घासको एभरग्रीन पार्टी प्यालेस भित्र वनाईएको माटाको मठ, जहाँ पुर्खाले प्रयोग गर्ने पुजा सामग्री र भुजेलहरुको ऐतिहाँसिक घरेलु हतियार भुजेली लगायतका वस्तु, उनिहरुको भेषभुषा, परिकारले  उनिहरुका  पुर्खाको सम्मान र सम्वोधन भई रहेको महशुस हुन्थ्यो ।
वाग्लुङ्गको ढोरपाटन र भुजी खोला आसपासमा रहेका उनिहरुका पुर्खालाई  विक्रम संवत १३ सय  ७२ सालमा  रुकुमेली मल्ल राजाहरुले मध्येरातमा आक्रमण गरी लखटे पछि उनिहरु वोवाङ्ग, ढोरापाटन लगाएत भुजीखोला आसपासबाट भागेर विभिन्न स्थानमा ज्यान जोगाउन भागेको त्यस जातिका  अनुसन्धान कर्ताहरु बताउँ छन् ।
रुकुमका संस्थापक मल्ल राजा डुँडारसिंह मल्लका सन्ततीहरुले भुजी राज्य गरेर वसेका भुजेलहरुलाई नरसंम्हार मच्चाएर भगाएको ईतिाहाँसका पानाहरुमा पनि उल्लेख गरिएको भुजेल जाती संस्कार संस्कृति अध्यान मञ्चका केन्द्रिय अध्यक्ष एवं आज यस कार्याक्रमका प्रमुख अतिथी लक्ष्मण भुजेलले बताउनु भयो ।
2
किराँत वंशजका आदीवासी जनजाती  रहेका भुजेलहरुको धर्म सांस्कृति सवै  मल्ल राजा लगायतका तत्कालिन आर्य शासकहरुले  नामेट पारी दिए पछि अन्य आदिवासी जनजातीहरु झैं भुजेल जातीहरु पनि आफ्नो पहिचानको खोजीमा छन् ।
प्रकृतिका पुजक मानिने भुजेल जातीहरुले  प्रत्येक वर्ष विभिन्न जनवारहरुको सम्मान र संरक्षअलग होस भन्नका लागि कहिले वाघ, कहिले घोंडा कहिले शर्प आदी जनावर वर्षका नाममा भुजेली पर्व मनाउने गरेको अध्यक्ष  भुजेलले जानकारी दिनु भयो ।
घर्ति लगायतका अन्य थर भएकाहरु पनि भुजेल जातीहरु भएको बताईएको छ । गुल्मीमा घर्ति र भुजेलहरुको संख्या ठुलो छ । उनिहरुको तथ्याङ्ग, भाषा संस्कृतिको पहिचानका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका भुजेल सेवा समाजका केन्द्रिय उपाध्यक्ष विण्णु घर्तिले पछिल्लो चरण निकै प्रयास गरिरहनु भएको छ ।
घर्ति यसै जिल्लाको  भनभने गाविसमा जन्मे–हुर्के देखि नै आफ्नो समुदायको पुर्खेयौंली संस्कृतिको  खोजीमा लागेको स्थानियवासी बताउँ छन् । घर्ति विष्णु भनभनेलीका नाममा आफ्ना कृतिहरु पनि पस्कीदै आउनु भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली,  भुजेल सेवा समाजका केन्द्रि कोषध्याक्ष प्रितम भुजेल , नेपाली कांग्रेसका  उपसभापति भुवनप्रसाद श्रेण्ठ, सचिव छन्द पहराई, नेकपा एमालेका सचिव सोमनाथ सापकोटा , एकिकृत नेकपा माओवादीका सचिवालय सदस्य अशोक थापा , नेपाल मगर संघका जिल्ला अध्यक्ष श्रीप्रसाद भलामी, आदीवासी जनजाती महासंघकी सचिव कमला पुन, दलित महिला संघकी अध्यक्ष कमला वराल  लगायतको आतिथ्यथा थियो ।
3
भुजेल सेवा समाजका पुर्व संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार रुद्रबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुजेल महिला समाजकी अध्यक्ष कमला घर्तिको स्वागत मन्तव्य र समाजका सचिव मिनबहादुर घर्तिको सञ्चालन रहेको थियो । कार्यक्रममा भुजेल समुदायको पहिचानका लागि विशेष योगदान पुराउने विभिन्न ब्याक्तीहरुलाई सम्मान पनि गरिएको थियो ।
भुजेली पर्व विशेष कार्यक्रम पश्चात अहिले भुजेल सेवा समाजको बैठक चलि रहेको केन्द्रिय उपाध्यक्ष विष्णु घर्तिले जानकारी दिनु भयो ।  त आजको गुल्मी फिचरमा त्यस भुजेली पर्वको केहि झलकहरु अनि त्यस कार्यक्रमका प्रमख अतिथी लक्ष्मण भुजेलसंग  रेडियो कुराकानी गरिएको  छ । सुनौं भुजेलहरुलाई कहाँबाट कसले लखेट्दै उनिहरुको पहिचान नामेट पारेका थिए त ?
8 4 5 6 7
1




तस्वीर-प्रेम सुनार

0 $type={blogger}: