वैशाख २६ – सामाजिक सञ्जालले पछिल्लो समय विश्वका शहर मात्र होइन, कुनाकाप्चालाई पनि एक अर्कासँग जोडिरहेका छन् ।
यस्ता सामाजिक सञ्जालमध्ये पनि फेसबुक सवैभन्दा लोकप्रिय र आम नागरिकको पहुँचमा पुगेको छ । सामाजिक सञ्जालको उपयोग र दुरुपयोगका कुराहरु बेलाबेलामा उठिरहन्छन् । छिनभरमै देश दुनियाका खबर दिने राम्रो पक्ष हुँदाहुँदै सामाजिक सञ्जाल आफ्नो रिसिइबी साँध्ने, गाली गर्ने, सूचनाको दुरुपयोग गर्ने जस्ता नराम्रा कामका लागि पनि बद्नाम हुने गरेको छ ।
यस्ता अभ्यासका कारण मानिसको बद्नाम र बेइज्जती हुने मात्र होइन, मानिसले ज्यानै समेत गुमाउनुपरेका घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेका छन् । ब्राजिलमा सामाजिक सञ्जालका कारण भर्खरै यस्तै एउटा दुखद घटना भएको छ ।
ब्राजिलको साओ पाउलो नजिकैको ग्वारुहामा फेसबुक पेजमा अपलोड भएको सूचनाका आधारमा एक युवतीले ज्यानै गुमाउनुपरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । ३३ वर्षकी फाबियाने मारियाको उपचारका क्रममा अस्पतालमा ज्यान गएपछि घटनाको सोधीखोजी गर्ने क्रममा फेसबुकको हात रहेको रहस्य खुलेको हो ।
घटना यस्तो थियो
ग्वारुहा अलर्ट नामक फेसबुक पेजमा एक महिलाले टुनामुनाका लागि बच्चाको अपहरण गर्ने गरेको खबर र त्यसको अपडेट पोष्ट भइरहेको थियो । ५० हजारभन्दा बढी मानिस जोडिएको त्यो फेसबुक पेजमा यो खबर लगातारजसो आएपछि यसबारे ठूलै हल्लीखल्ली मच्चियो । कुनै आधिकारिक प्रमाण नभएको यो हल्ला धेरैले सेयर र लाइक गरे ।
पोष्टमा बच्चा अपहरण गर्ने महिलाको हातमा सधैंजसो बाइबल हुने कुरापनि उल्लेख थियो । एकदिन हातमा बाइबल बोकेकी महिलालाई मानिसको भीडले अन्धाधुन्ध आक्रमण गर्यो । संयोग नै भनौं आक्रमण हुनु पहिले ती महिला बालकलाई केरा खुवाइरहेकी थिइन् । बाइबल बोकेकी र बच्चासंगै भएकाले उनी नै टुनामुनाका लागि बालक अपहरण गर्ने महिला भएको भीडले आशंका गर्यो । कुटपिटबाट उनी गम्भीर घाइते भइन् । उपचारका लागि अस्पताल भर्ना गरियो, जहाँ उनको प्राणपखेरु उड्यो ।
आखिर तिनै महिला मारिया थिइन् । हल्लामा भनिएजस्तो हातमा बाइबल हुनु र बच्चालाई केरा खुवाइरहेको अवस्थामा भेटिनुले मारियाले ज्यान गुमाउनुपरेको हो । मारियाका वकिलले फेसबुक पेज चलाउने ब्यक्तिलाई हत्याराका रुपमा कारबाही गर्न माग गरेका छन् । तर ब्राजिलमा अहिले सामाजिक सञ्जालबाट हुने अपराधमा संलग्नलाई कारबाही गर्ने कुनै कानुन छैन । यो घटनापछि अब कानुन बनाउनेबारेमा सरकारले गम्भीरतापुर्वक सोच्ने विश्वास ब्यक्त गरिएको छ ।
नेपालजस्तो सामाजिक सञ्जालको उपयोग र दुरुपयोग दुवै भइरहेको ठाउँमा बेलैमा सचेत हुनका लागि ब्राजिलको यो घटना पनि पाठ बन्न सक्छ ।
–लक्ष्मण कार्की (एजेन्सीको सहयोगमा)

0 $type={blogger}:
Post a Comment