प्रेम सुनार गुल्मी, बैशाख २५ ।
पञ्चायती व्यवस्थाको झण्डै डेढ दशक सम्म लक्ष्मीपुर गाउँ पञ्चायत रहेको तम्घास गाउँ विकास समित आज देखि रेसुङ्गा नगर पालिका घोषणा भएको छ । आज वसेको मन्त्री परिषदको बैठकले ७२ वटा नगर पालिका घोषणा गर्ने निर्णय भित्र रेसुङ्गा नगर पालिका पनि परेको हो ।
सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई उदृत गर्दै ७२ वटा नगर पालिका मध्ये रेसुङ्गा नगर पालिका पनि परेको बताईएको छ । तम्घासका निर्वतमान गाविस अध्यक्ष भुवन प्रसाद श्रेष्ठले तम्घास रेसुङ्गा नगर पालिका घोषणा भएको जानकारी गराउँदै खुशी ब्यक्त गरे । उनले भने–‘ १० वर्ष अघि नै हुनु पर्ने तर जेहोस् ढिलै भए पनि आज घोषण भएकोमा खुशीको सिमा छैन् । उनि वहुदल पछिका पहिला र अन्तिम तम्घास गाविस अध्यक्ष हुन् ।
तम्घास गाउँ पञ्चायतका प्रथम प्रधानपञ्च नरप्रसाद श्रेष्ठले निकै खुशीको कुरा सुनाउनु भयो भनेर भने । ‘म चारपालाबाट २०१९ सालमा आउँदा लक्ष्मीपुर गाउँ पञ्चायत थियो’ श्रेष्ठले भने–‘ म भन्दा पहिला त्यसका प्रधानपञ्च चेतनारायण मरासनी हुनुहुन्थ्यो । उनले थपे– ‘ ए हो र ? साह्रै खुशीको कुरा सुनाउनु भयो । ’
पुर्व क्याम्पस प्रमुख शशी पन्थीका अनुसार २०१७ सालको परिवर्तन पछि २०१८ सालमा लक्ष्मीपुर गाउँ पञ्चायत बनेको हो । त्यसका पहिला प्रधान पञ्च पदमपाणी उपाध्याय पन्थी थिए । २०३२ सालमा संविधान संशोधन गरी लक्ष्मीपुरलाई तम्घास गाउँ पञ्चायत बनाईएको प्राध्यापक पन्थीले बताए ।
त्यस लक्ष्मीपुर गाउँ पञ्चायतमा अर्खले पनि संगै थियो । संयोग आज रेसुङ्गा नगर पालिका घोषण हुँदा उ पनि तम्घास संगै भएको छ । नगर पालिका भित्र अर्खले पर्नु पर्छ भनेर त्यहाँका वासीन्दाले चर्को आन्दोलन समेत गरेका थिए । प्राध्यापक पन्थी कार्यान्वयन नभए सम्म खुशी हुनु पर्ने अवस्था नरहेको बताए । ‘तम्घासलाई नगर पालिका घोषण गरेको यो सित तिन पटक भयो पन्थीले भने कार्यन्यवन हुन अझ कति पटक कुर्न पर्ने हो । ’
स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीका अनुसार अन्तिम पटक निर्णय गर्दा अर्खले तम्घास, सिमीचौर र दुविचौर सहित चार गाविस पार्ने गरी रेसुङ्गा नगर पालिका सिफारिस गरी पठाईएको थियो । उनले भने –‘तम्घास गाविस रेसुङ्गा नगर पालिका घोषणा भएको सुनिए पनि आधिकारिक पत्र भने आएको छैन् । ’
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत विनोद मरासीनीले दिएको विवरण अनुसार रेसुङ्ग नगर पालिका भित्र सिमीचौर गाविसका १२ सय २३ घरधुरीका ५ हजार १ सय ६३ जन संख्या रहेका छन् । त्यसमा महिला २ हजार १ सय ६२ र पुरुष ३ हजार १ रहेका छन् । सिमीचौर गाविसको क्षेत्रफल २०.०२ वर्ग कि.मी. रहेको छ ।
तम्घास गाविसमा ४ हजार १ सय ७५ घरधुरीबाट १४ हजार ८ सय ४५ जन संख्या रहेका छन् । त्यसमा पुरुष ७ हजार १५ र महिला ७ हजार ८ सय ३० रहेका छन् । क्षेत्रफल १०.०६ वर्ग कि.मी. रहेको छ । अर्खले गाविसमा १४ सय ३९ घरधुरी रहेका छन् । जसमा ६ हजार ७६ जन संख्या रहेका छन् ।
ति मध्ये पुरुष २५ सय ६४ र महिला ३५ सय १२ रहेका छन् । श्रेत्रफल २०.४५ वर्ग कि.मी. रहेको छ । दुविचौर गाविसमा ६ सय ११ घरधुरी रहेका छन् । जन संख्या ३६ सय ५२ रहेका छन् । जस मध्ये पुरुष १ हजार १ सय ५५ र महिला १५ सय ८१ रहेको कार्यक्रम अधिकृत विनोद मरासीनीले बताए । उनका अनुसार दुविचौरको क्षेत्रफल ८.४८ वर्ग कि.मी. रहेको छ ।
लक्ष्मीपुर र तम्घास गाविसका केहि ऐतिहाँसिक तथ्यहरु
तम्घास गाविस कार्यालय सहायक ढुण्डीराज पन्थीले दिएको जानकारी अनुसार २०२१ साल उताका प्रधानपञ्च लगायतका पदाधिकारीको तथ्याङ्ग छैन् । उनका अनुसार २०२१ कार्तिक २८ – २०२८ अशौज सम्म डिल्लीराज शर्मा पन्थी लक्ष्मीपुर गाउँ पञ्चायतका प्रधानपञ्च थिए । २०२९ देखि २०३२ साल सम्म चेतनारायण मरासीनी, प्रधानपञ्च रहेका थिए ।
२०२१ कार्तिक २८ –०२८ अशोज २८ सम्म डिल्लीराज शर्मा पन्थी लक्ष्मीपुर गाउँ पञ्चायतका प्रधानपञ्च थिए । २०२८ देखि २०२९ फागनु सम्म चेतनारायण मरासीनी लक्ष्मीपुर गाउँ पञ्चायत कालका अन्तिम प्रधानपञ्च थिए । । त्यस पछि मात्र तम्घास गाविस भएको थियो । त्यस तम्घास गाविसका प्रथम प्रधनपञ्च नरप्रसाद श्रेष्ठ थिए । उनले २०३२ फागुन देखि २०३८ चैत्र सम्म प्रधानपञ्च चलाएका थिए ।
२००३९ जेठ देखि २०४३ फागुन सम्म विष्णुप्रसाद पन्थी प्रधानपञ्च रहेका थिए । टोपप्रसाद श्रेष्ठ २०४३ फागनु देखि २०४६ चैत्र सम्म प्रधानपञ्च रहेका थिए । त्यस पछि पुनः नरप्रसाद श्रेष्ठ प्रधान पञ्च रहेका थिए । २०४६ को परिवर्तन पश्चात अन्तरिम कालमा गाविस सचिव झविन्द्र भण्डारीले कार्यकारी अध्यक्षका रुपमा तम्घास गाविस चलाएका थिए । उनले २०४७ भदौ देखि २०४९ अशौज सम्म चलाएका थिए । २०४९ साल जेठ १५ गते भएको चुनावमा भुवनप्रसाद श्रेष्ठ वहुदलिय व्यवस्थाको पहिलो जन निर्वाचित अध्यक्षका रुपमा निर्वाचित भए । उनले २०५९ साल सम्म लगतार १० वर्ष तम्घास गाविस चलाए ।
त्यस पछि पुनः अन्तरिम कालः २०५९ साउन देखि २०६६ सालमा गाविस सचिव झविन्द्रलाल भण्डारी ले चलाएका थिए । २००६६ असार देखि २०७० अशौज सम्म गाविस सचिव दोर्णरा पन्थीले चलाएका थिए । त्यसको दुई महिना सम्म डिल्लीराज पनेरु र हाल सम्म गाविस चिव खुपक केसीले चलाएका छन् । अव स्थानिय निकायको निर्वाचन भयो भने रेसुङ्ग नगर पालिकाको पहिलो मेयर को हुने होला भन्ने जिज्ञाषा पनि बढ्दै जाने छ ।
यस अवसरमा तम्घास गाविस कार्यालयको तथ्याङ्गमा अंकित लक्ष्मीपुर र तम्घास गाविसका उपाध्यक्षहरुलाई पनि सम्झीनु पर्दा क्रमशः प्रेमलाल थापा, रणबहादुर कुँवर, सुकुन्दराज श्रेष्ठ , जगतबहादुर श्रेष्ठ, वेदप्रसाद पन्थी उपाध्याय, पदमपाणी पन्थी उपाध्याय , वेदप्रसाद पन्थी उपाध्याय, गणेशबहादुर श्रेष्ठ, डिलबहादुर भलामी उपाध्यक्ष रहेका थिए ।

0 $type={blogger}:
Post a Comment