प्रेम सुनार गुल्मी,जेठ २ ।
गण्डकी अञ्चलकको स्याङ्गजा, धौलागिरीको पर्वत र बाग्लुङ्ग, लुम्विनीको गुल्मी अर्थात तिन अञ्चल तिन जिल्लाको संगम स्थाल सेतीवेनी । साढे ६ किलो मिटर तल मिर्मीको ड्याम । दक्षिण तर्फ स्याङ्गजाको मिर्मी लगायतका सुन्दर वस्ती । पुर्व तर्फबाट बग्दै आई रहेकी कृष्ण गण्डकी । उत्तर मुक्ती नाथबाट बग्दै आएकी कालिगण्डकी । एक देखि अर्को जिल्ला मात्र नभई जल देविहरुको समेत स्पर्ष गर्दै अँगालो मार्ने स्थान ।
पुर्वमा पर्वतको रानीपानी गाविसको मनोरम वस्ती । उत्तर तर्फ बाग्लुङ्गको फिस्टे, जैवी लगायतका गाउँहरु र यता पश्चिम तर्फ गुल्मीको हर्मीचौर, अर्वेनी , जयखानी, उत्तर तर्फ खडगकोट, भुर्तुङ्ग, फोक्सीङ्ग गाविसको हरियाली नियाल्दा मन रमाउँछ । त्यस माथि मिर्मीको निलरह तालले मन त्यतै कतै नहराउने त कुरै भएन् । साँच्ची नै प्राकृतिक उपासकहरुका लागि त्यो स्थान स्वर्गिय आनन्द प्राप्त हुने थलो नै रहेछ ।
नेपालमा जति प्राकृतिक सुन्दरता छ त्यति नै त्यसको प्रचार–प्रशार हुने हो भने विकासित मुलुकका मानिसहरुका लागि पनि नेपाल सपनाको देश बन्न सक्छ भन्ने अनुभुत गरियो त्यहाँ पुग्दा । खडगकोटबाट फर्किएको एकदमै हतारको यात्र, तम्घास साँझ फर्किनै पर्ने । रेडियो गुल्मीका उपाध्यक्ष अशोक थापा, पत्रकार जनार्दन घिमिरे, रेडियो रुरुका स्टेशन म्यानेजर युवराज वस्याल र मेरो त्यो हतार विर्साई दियो त्यो सेती वेनीले ।
गुल्मी तर्फको खिच्ने की स्याङ्गजा, पर्वत वा वाग्लुङ्ग तर्फको दृश्य ? सवै लोभ लाग्दो । ति दृश्यहरुमा क्याम्रा घुमाउँदा घुमाउँदै तल निलरह तालमा हुईकिएको स्टेम्वरको तस्वीर खिच्न झण्डै कसो भुलिएको थियो । हामीहरु सेतीवेनी मैं वास वस्ने योजना बुन्न थाल्यौं तर ति मध्ये कसैको समस्या तम्घास नपुगी नहुने थियो र हिड्न विवस भईयो ।
तम्घास आउने बेला सम्म चर्चा पुरै सेतीवेनी कै भयो । किन जान चाहन्छन् नेपालीहरु धर्म–कर्मका लागि भारतका विभिन्न स्थानहरुमा तिर्थ यात्रा ? किन हिडछन् संभ्रान्त नेपालीहरु विकासित मुलुकहरुमा लाखौ खेर्चेर भ्रमण ? किन जान्छन युवा युवतीहरु जहाँ पायो त्यही डेटिङ्ग ? सायद नजिकको तिर्थ हेला भनेको यहि हो । यस्तै यस्तै सवाल उठायौं र सञ्चार माध्यमले व्यापक प्रचार–प्रशार गर्नु पर्नेमा जोड दियौं ।
तम्घास आई पुगे पछि सेतीवेनीका बारेमा केहि कुरा लेख्न थालियो र सम्वन्धीत पक्षसंग सम्पर्क गरियो । जो जससंग सम्पर्क गरियो ति सवैको प्रतिकृया थियो सेतीवेनीको प्रचार गर्न र विकासका अन्य बाटाहरु खोज्न सरकारी निकायबाट खासै पहल हुन सकेको छैन् । ‘ब्याक्तीहरुले बरु लगानी गरेर सेतीवेनीमा जल यातयात ( स्टेम्वर ) सेवा सञ्चालन गरी जन सेवा र पर्यटक भित्राउने काम गरेका छन् ’– गुल्मी खडगकोटका समाज सेवी अर्जुन ढकालले भने –‘ तर सरकारी निकायबाट यहाँको विकासका लागि खासै पहल हुन सकेन् । ’
१ उक्त स्टेम्वर सेवा सञ्चालन गर्ने शिला सालिकराम कालिगण्डकी जल यातयात प्रा.लि.का अध्यक्ष टिकाराम कुँवरसंग सम्पर्क राख्दा उनले स्टेम्वर बृद्धी गर्नका लागि सालको काठ महंगीएकोले समस्या आएको बताए । ‘अन्यत्रको सालको काठले हुँदैन तराईका ठुला ठुला साल चाहिन्छ ’– उनले भने –‘ हिजो ११ सय क्यु फिटमा खरिद गर्दथ्यौं अहिले तिन हजार भन्दा बढि पर्छ , राज्यबाट अनुदान छैन् कर मात्रै तिर्ने गरेका छौं । ’
३ वर्ष अघि एउटा स्टेम्वर १९ लाखमा वनाईएको उनले बताए । त्यसको प्रधान कार्यालय स्याङ्गजाको कृष्ण कालिगण्डकी गाविस वडा नम्वर ८, आँधीदोभान टोलमा रहेको छ । जहाँ स्याङ्गजा, पर्वत, वाग्लुङ्ग र गुल्मीका स्थानियवासीले् दैनिक आवत जावत गर्छन भने ईजरायल, कोरिया, ईटाली जापन, जर्मन लगातगका विदेशी पर्यटकहरु आउने गर्दछन् ।
२०४८ सालबाट सुरु गरिएको उक्त परियोजना २०५८ सालमा सम्पन्न भएको थियो । २०५९ सालमा डेढ करोड लागतमा हातले चलाउने ११ वटा डुङ्गाबाट तिन जिल्लाका मानिसहरुलाई आवत जावत सेवा पुराउँदै आएको उक्त प्रा लिले अहिले भने स्टेम्वर सञ्चालन गरेर विदेशी पर्यटकहरु भित्राउन सफल भएको अध्यक्ष कुँवरले बताए ।
‘अहिले दश वटा स्टेम्वर सञ्चालन गरेका छौं कुँवरले भने–‘ खाली राख्न परेको छैन् स्थानिय आवज जावतका अलवा घुम्न आउने पर्यटकहरुको संख्या बढ्दो छ । ’ उनले कालिगण्डकी कोरिडोर खुले पछि भने गुल्मी तर्फको संख्या भने अलि घटेको बताए । १० वटा स्टेम्वरबाट दैनिक ४० हजारको कारोवार हुने बताउँदै कुँवरले रातका सुरुक्षाकर्मी सहित ४० जनाले रोजगार पाएको बताए ।
उनका अनुसार ईटाली, चिन, जापान मिलेर उक्त जल विद्युत परियोजना निर्माण गरेको र पछि नेपाल विद्युत प्राधिकरणले किनेर स्वामीत्वमा लिएको उनले जानकारी दिए । स्टेम्वर सञ्चालक समितिका सल्लाहकार रत्नबहनदु क्षेत्रीका अनुसार मिर्मी ड्याम देखि ७ किलो मिटर तल सुरुङ्गवाट पानी लगेर वेलटारीबाट १ सय ४४ मेघाहर्ज विद्युत उत्पादन गरिएको छ ।
त्यस जल यातयात प्रालिका अध्यक्ष कुँवर भन्छन–‘ यत्रो विशाल जलशायमा राज्यले नयाँ नयाँ टेक्नोलोजी भित्राउन सके यस क्षेत्रको विकास र राज्यले पनि राम्रो आम्दानी लिन सक्छ । ’ जलशायका लागि नेपालमा कानुनमा स्पष्ट व्यवस्था नभएको भन्दै उनले कानुन संशोधन गरेर विकास गरिनु पर्ने सुझाव दिए । यस ठाउँमा आएका पर्यटकहरुलाई यहिवाटै रिडी रुद्रवेणी र उता मुक्तीनाथ सम्म यात्र गराउने व्यवस्था सरकारी तौर बाटै हुनु पर्नेमा स्थानियको जोड छ । परापुर्वकालमा भारतका तिर्थालुहरु रिडी रुद्रवेणी हुँदै मुक्तीनाथ जाने गर्दथे । बुढापाकाहरुका अनुसार रुद्रवेणी देखि माथील्लो गाउँ अस्लेवाको समथल खेत र त्यहाँका मानिसहरुको व्यवहार असल देखेर भारतियहरुले ‘बढा असलवा ’ ( धेरै असल ठाउँ ) भन्दै जाँदा अस्लेवा नाम रहन गएको थियो । कालिगण्डकी कोरिडोरको अवधारण पनि त्यही पराम्परालाई निरन्तरता दिन ल्याईएको सोही जलसाय भेगमा पर्ने गुल्मी हसराका वासीन्दा एवं पुर्व समाषद सुदर्शन वराल बताउँ छन् ।
रिडी , रुद्रवेणी, कृष्ण गण्डकी , कालिगण्डकीको शिर मुक्तीनाथका वारेमा लेखिएका पौराणीक धर्मग्रन्थहरु युवा पुस्तालाई अध्यान र त्यस क्षेत्रको भ्रमण गराउन नितान्त जरुरी भएको धार्मिक ब्याक्तिहरु बताउँ छन् । हाम्रा सहयात्री पत्रकार युवराज वस्याल परिवारसंग आराम गर्नका लागि दुई तिन महिनामा एक चोटी त्यहाँ गएर घुम्ने गरेको बताउँ छन् । अर्का पत्रकार जनार्दन घिमिरेले पमि धेरै चोटी पुगेको बताए ।
त्यस क्षेत्रको प्रचार प्रशारका लागि नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर ३ ले गत वर्ष त्यसै जलसायको स्टेम्वरमा वैठक राखेको थियो । यसरी नै शैक्षिक र अन्य सामाजिक संघ संस्थाहरुले त्यहाँको प्रचार प्रशारका लागि भुमिका खेल्न सके आन्तरिक पर्यटकहरु समेत बढ्ने देखिन्छ । सेतीवेनीको पहिलो यात्र म कहिल्लै भुल्न सक्दिन र सातै काम छाडेर पनि वर्षको एक चोटी मात्रै भए पनि त्यस ठाउँमा जान भुल्ने छैन् । तपाई पनि त्यस ठाँउमा जाने, रमाउने कि ? हेरौं तस्वीहरु र त्यहाँ एकचोटी पुग्ने योजना बनाउँ...

0 $type={blogger}:
Post a Comment