Friday, May 16, 2014

गुल्मीमा जिपले किचेर वालकको ज्यान लियो, चालकले गाडी ब्याग गरेर मारेको आरोप


प्रेम सुनार गुल्मी, जेठ २ ।
समय दिनको ४. ४५ वजे । यो समयको डेढ घण्टा अघि केहि वेर अघि गुल्मीको भुर्तङ्गमा जिपले किचेर एक वालकको ज्यान लिएको छ ।
वाग्लुङ्गबाट गुल्मीको खड्गकोट तर्फ दैनिक उपभोग्य वस्तु वेच्न आएको ध १ ज २१८ नम्वरको निजी जिपले भुर्तुङ्ग ९ का विष्णुबहादुर सार्कीका ८ वर्षिय छोरा जिवन सार्कीलाई सडकमा खेल्दै गरेको अवास्थामा किचेर ज्यान लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भयो ।
घटना स्थलमा भुर्तुङ्ग प्रहरीचौकी र शान्तिपुर ईलाका प्रहरी चौकीबाट प्रहरीहरु पुगेर चालक र जिप नियन्त्रणमा लिईएको लम्सालले बताउनु भयो । प्रहरी प्रमुख लम्सालले कानुन वमोजिम चालकलाई कार्वाही र मृतकका परिवारलाई क्षति पुर्ति दिलाउने प्रतिबद्धता जनाउनु भयो । स्थानियवासीले किचेर घाईते भएका वालकलाई चालकले फेरी गाडी ब्याग गरेर मारेको आरोप लगाएका छन् ।


0 $type={blogger}: