अनिल खत्री गुल्मी चैत्र २६,आगामी जेष्ठ २४ देखि ३१ सम्म काठमाडौमा हुन गैरहेको नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेसन नजिकिदै जाँदा शो पार्टीले आफनो संगठन सुदृढिकरण तथा बिस्तार अभियानलाई तिव्र बनाएको छ । यसै क्रममा गुल्मी निर्वाचन क्षेत्र नं. ३ अन्र्तगत हस्तिचौर गाउँ कमिटीको आठौँ गाउँ अधिवेसन हस्तिचौर २ हर्पुकोटमा सम्पन्न भएको छ । अधिवेसनले राम मल्ल ठकुरीको अध्यक्षतामा २९ सदस्यिय नयाँ नेतृत्व चयन गरेको छ । नव निर्वाचित कमिटीको उपाध्यक्षमा बेल बहादुर कुवँर सचिव नारायण कुवँर तथा उप–सचिव सुमनलाल बिश्वकर्मा लगायत रहनु भएको छ । नेकपा एमाले गुल्मी जिल्ला सचिवालय सदस्य लक्ष्मण बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेसनमा जिल्ला सचिवालय सदस्य हिरा ए.सी., जिल्ला कमिटी सदस्य टिका रेश्मी, दल बहादुर बिश्वकर्मा, ३ नं.निर्वाचन क्षेत्रिय सचिवालय सदस्य जगत के.सी., सदस्य कृष्ण बहादुर रायमाझी, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, अनेरास्वबियु गुल्मीका सचिव राजेन्द्र बिक्रम कुवँर, दोहोली गाउँ कमिटी अध्यक्ष निम बहादुर खत्री, लगायतका बक्ताहरुले मन्तब्य व्यक्त गर्नु भएको थियो । अधिवेसन राम मल्ल ठकुरीको अध्यक्षता,उपाध्यक्ष बेल बहादुर कुवँरको स्वागत तथा सचिव नारायण कुवँरको संञ्चालनमा सम्पन्न भएको थियो ।
0 $type={blogger}:
Post a Comment