Monday, April 7, 2014

कलर्जको मोबाइलमा अब निःशुल्क इन्टरनेट

काठमाडौं, चैत २४ ।
कलर्ज मोबाइलले एक्स फ्याक्टर शृंखलाको सबैभन्दा लोकप्रिय चार मोडलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । एक्स फ्याक्टर स्टार ३.५ र एक्स फ्याक्टर आइडल ०.५ तीन महिनाको लागि एकसय २० एमबी इन्टरनेट निःशुल्क पाइने जनाएको छ । मोबाइलमा एक ग्याजेड एन्ड्रोइड प्रोसेसर, डबल सिम र ३.५ इन्चको स्क्रिनजस्ता विशेषता छन् । यस्तै एक्स फ्याक्टर स्टार र एक्स फ्याक्टर एक्स ४५ स्टारमा तीन सय एमबी इन्टरनेट निःशुल्क पाइन्छ । दुवै चार इन्चको स्क्रिन भएको उत्कृष्ट थ्रीजी मोबाइल हुन् । स्किम विशेष गरी एसएलसी र प्लस टुका परिक्षा सकाएर बसेका विद्यार्थीहरुका लागि ल्याएको कम्पनीले जनाएको छ । स्किमको प्रयोगले विद्यार्थीले आफ्नै मोबाइल फोनबाट सजिलै इन्टरनेट चलाउने स्वतन्त्रता पाउने जनाएको छ । स्किमको लागि निःशुल्क इन्टरनेट एनसेलले आफ्नो एनसेल लोडेड क्याम्यिनद्वारा प्रदान गर्ने भएको छ । यो क्याम्पियनमा कलर्जको मोबाइल खरिद गर्दा पाएको भाउचर ल्याउने ग्राहकलाई एनसेलले मोबाइलको मोडल र यो अफर अनुसार निःशुल्क सिम पनि प्रदान गर्नेछ । यसबाट ग्राहकले निःशुल्क इन्टरनेट चलाउन मिल्नेछ ।
                         

0 $type={blogger}: