टोपलाल अर्याल (रेडियो स्काई) गुल्मी चैत्र २२ ।
सिमिचौर गाविसलाई पुर्ण खोप गाविस घोषणा गरिएको छ । गुल्मी जिल्लामा अभियान शुरुभए पछि आठौ गाविसको रुपमा सिमिचौर गाविसलाई घोषणा गरिएको हो । जन्मेदखि १ बर्षका बालबालिकालाई नेपाल सरकारले तोकेका सबै खोप पुरा गरेको अवस्थालाई पुर्ण खोप भन्ने गरिन्छ । घोषणा सभालाई संबोधन गर्दै कार्यक्रममका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले पुर्ण खोप गाविस घोषणा गरिनु आफैमा खुसीको कुरा भएपनि यसलाई आगामी दिनमा निरन्तरता दिनु महत्वपुर्ण र चुनौतिको बिषय भएको बताउनु भयो । साथै कार्यक्रममा बोल्ले अधिकाँश बक्ताले सरकारले संचालन गरेका ४ वटा अभियान मध्ये १ बटा अभियान मात्र सिमीचौरमा सफल भएको भन्दै अरु अभियान सफल बनाउन थप प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा पुर्णखोप सफल बनाउन तथा समाजमा स्वास्थको क्षेत्रमा निस्वार्थ सेव गर्ने २१ जना स्वयमसेबिकालाई सम्मान गरिएको सिमस्चौर स्वास्थ्यचौकीका निमित्त प्रमुख ओम बहादुर थापा क्षेत्रिले बताउनु भयो । यसैबिच गुल्मीकै सबैभन्दा पुरानो नाच काभ्रेली तथा कालीका नाच पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रममकै अवसरमा स्थानिय बिद्यालयको तर्पmबाट बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत भएका थिए । राजनितीक दल, स्वास्थ्यकर्मी, समाजसेवि, व्यापारी, महिला तथा बिद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा निमित्त स्वास्थ्य चौकी प्रमुख ओम बहादुर थापा क्षेत्रीले पुर्ण खोप गाविस घोषणाको क्रममा ३ महिना देखि भएका गतिविधीहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै स्वागत मन्तव्य व्यतm गर्नुभएको थियो । कार्यक्रम स्थानिय खोप समन्वय समितिका संयोजक देवबहादुर बस्नेतको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीको प्रमुख आतिथ्यता र गाविस सचिव कमल प्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।
0 $type={blogger}:
Post a Comment