शिबलाल सुबेदी गुल्मी, ७ बैशाख।
गुल्मीको दरबार देबिस्थानमा आईतवार विहान भएको जीप दुर्घटनामा परि मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दरवार देविस्थान गाविसबाट आइृतवार बिहान २१ जना यात्रुहरु वोकेर सदरमुकाम तम्घासतर्फ आउदै गरेको लु १ ज २५२९ नम्वरको जिप सोही गाविस ८ स्थित वेलपोखरा भन्ने स्थानमा र्दुघटना परेको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दरबार देबिस्थान गाविस ८ निबासी ८ वर्षीय विवश सारु, गाडि मालिक वर्ष ३५ का महेन्द्र कुँवर, वर्ष ५० कि जमुना खत्री, वर्ष ४० कि चन्द्रकला केसी र अर्घाखाँचि वल्कोट गाविस निवासी वर्ष ४५ कि सानु मिया रहेका छन् । सारुको घटना स्थलमै मृत्यु भएको थियो भने अन्य तीन जनाको उपचारको क्रममा जिल्ला अस्पताल तम्घास र एक जनाको पाल्पा स्थित लुम्विनि मेडिकल कलेज प्रवासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ । घाइतेहरु मध्ये १० जनाको पाल्पा स्थित लुम्विनि मेडिकल कलेज प्रवासमा उपचार भईरहेको छ भने अन्य ६ जनको गुल्मी जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको समेत प्रहरीले जानकारी दिएको छ । यसरी पाल्पा रिफर हुनेहरुमा दरवार देवीस्थान ८ का बिमल खत्री, गता खत्री, प्रकाश खत्री, सीता सारु, ज्ञान कुमारी सारु, इलेस बस्नेत, शुसिला केसी, सुमन थापा अर्खले गाविसका हुन भने अन्य सबै दरवार देवीस्थान गाविस ८ कै रहेका छन । क्षमताभन्दा बढी यात्रुहरु लिएर उकालोमा चढ्दै गरेको उक्त जिप ब्रेक फेलभई र्दुघटना भएको हो । जीप सडकवाट ८० मिटर तल सालको रुखमा अडिएको छ । पाल्पामा उपचार भैरहेका घाईतेहरु मध्ये ४ जनाको अवस्था अझै गंम्भिर रहेको वताईएको छ । मृत्यु हुने र घाईते हुनेहरुमा अधिंकास व्यक्तिहरु एकै वडाका रहेका छन् । एउटै गाउँका सबै जना दुर्घटनामा परेपछि दरवार देवीस्थान गाविु शोकमग्न भएको छ ।
तस्बिर: जनार्दन घिमिरे
0 $type={blogger}:
Post a Comment